Powered by Blogger.
मुआब्जा माग पिडितद्धारा संघर्षको कार्यक्रम घोषणा

राजन गाउँले
सिन्धुली ५, चैत्र । नेपालको पूर्वी तराईलाई पहाडी जिल्ला हुँदै राजधानी संग नजिकबाट जोड्ने चतार—सिन्धुली—हेटौडा बैकल्पीक मार्गको निर्माण कार्य सुरु भएसंगै स्थानीयले मुआब्जाको माग गर्दै निर्माण अबरुद्ध गरेका छन् ।
नेपाल सरकारको करिब ११ अर्व रुपैयाँ लागतमा कुल ३ सय १८ किलोमिटर लामो  बैकल्पीक मार्ग आर्थिक वर्ष ०६४÷०६५ बाट निर्माण सुरु गरिएको भएपनि सिन्धुली जिल्ला अन्तर्गत भने चालु आर्थिक वर्षबाट मात्र निर्माण सुरु गरिएको थियो । 
तर, आयोजना अन्तरगत सिन्धुलीमाढी–मरिण खण्ड अन्तरगतका घर तथा जग्गा धनहिरुले उचित मुआब्जा नपाएसम्म सडक निर्माण कार्य अघि बढ्न नदिने चेतावनी दिदै अबरुद्ध गर्न थालेका हुन् । उनिहरुले संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । 
आफुहरु विकास विरोधी नभएपनि सडक विकासमा साथ दिँदा आफ्नो बासै उठ्ने भएपछि निर्माण कार्य नै अबरुद्ध गरेर मुआब्जाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत आयोजनाको ध्यानाकर्षण गराएको स्थानीयहरुले जनाएका छन् ।
उनिहरुले आयोजनाको सर्भे भित्र परेको आफ्नो घर तथा जग्गाको मुआब्जा दिनु पर्ने माग गरेका हुन् । कमलामाई नगरपालिका–१, ४ र ५ नम्बर वडाका स्थानीयले रामबाबु श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति गठन गरेर मुआब्जा माग गर्दै संघर्षका कार्यक्रमहरु घोषणा गरको बताइएको छ ।
‘आफ्नो सम्पत्तीको नाममा भएको एउटा घर र पाँच धुर जमिन पनि सडकले कब्जामा लिने हो भने आफुहरु सुकुम्बासी भएर कहाँ गएर बस्ने के खाने भन्ने चिन्ता थपीएको छ । सडक निर्माण गर्दा आफुहरु सुकुम्बासी हुनु भन्दा सडक नै निर्माण गर्न दिँदैनौं,’स्थानीय दिपा बैजुले गुनासो गर्दै भनिन् ।
‘भएको ५ धुर जग्गामा पनि सडकले ११ मिटर काटेपछि बाँकी जग्गामा के घर बनाउनु, कहाँ बस्नु यस्तो अबस्था छ । सरकारले आयोजना मार्फत मुआब्जा नदीएसम्म हामी छाड्दैनऔं,’ उनले भनिन् ।
सडकले मुआब्जा नदिएसम्म सडक निर्माण गर्न नदिने संघर्ष समितिका अध्यक्ष श्रेष्ठले भने । ‘कि मुआब्जा दिनु पर्छ कि सडक अनेत्र स्थानबाट सडक लैजानु पर्छ,’ उनले भने । आफुहरु विकासको विरोधी नभएपनि आफै सक्किएर कुनै पनि विकास स्विकार गर्न नसकिने अर्का स्थानीय टंक थापाले गुनासो गरे ।
कि त मुआब्जा चाहियो कि सडक अनेत्र स्थानबाट सार्नु प¥यो उनले भने । गाउँभरीका एक सय ७३ परिवारको घर जग्गा सडकले अतिक्रमण गर्न लागेको बताएका छन् । तिन वटा वडा भित्रमा मात्र एक सय ७३ परिवारको जग्गा अतिक्रमण हुन लागेको अर्का स्थानीय एककुण्ठ लामिछानेले बताए । उनिहरुले आफ्नो माग लाई तत्काल सम्बोधन नगरे कडा संघर्ष गर्ने भन्दै हाललाई आयोजनाको सम्पुर्ण निर्माण कार्यलाई अबरुद्ध गरेका छन् । स्थानीयले एक सय ९ सदस्य संघर्ष समितिको गठन गरेका छन् । 
नेपाल सरकारको करिब ११ अर्व रुपैयाँ लागत रहेको बैकल्पीक मार्ग अन्तर्गत सिन्धुलीको कमलाखोंच क्षेत्रको कमला नदी, सिन्धुली र हेटौंडा सिमा जोडिएको बागमती नदी र सिन्धुली र उदयपुरको सिमाना हुँदै बग्ने गाइघाटको खोलामा पक्की पुल निर्माणका काम धमाधम सुरु भएको आयोजनाले यस अघिनै जनाएको थियो 
 बैकल्पीक मार्ग अन्तर्गत ३ सय १८ किलोमिटर भित्र विभिन्न नदी तथा खोलामा गरी ६८ ओटा पक्की पुल निर्माण गर्नु पर्ने स्टमेट अन्तर्गत चालु आबमा सिन्धुली जिल्ला अन्तर्गत ३ ओटा पक्की पुल निर्माणको काम थालिएको हो । धरानको चतारा देखि हेटौडासम्मको विभिन्न स्थानमा गरिएको सडक स्तरोन्नती र पक्की पुल निर्माण कार्य भइरहेको छ ।
 यस बैकल्पीक सडक निर्माणको स्टमेट अनुसार प्रति किलोमिटर सडक निर्माण गर्दा ३ करोड ५५ लाख रुपैयाँ लागत खर्च हुने बताइएको छ । तर आयोजनाले अतिक्रमण गर्ने घर तथा जग्गाको मुआब्जा दिने व्यवस्था भने गरेको छैन् । उता स्थानीयलाई आयोजनाको विषयमा बुझ्ने छलफल गर्ने प्रमुख जिल्ला अधिकारी कार्कीले आश्वासन दिएको पिडितहरुले जनाएका छन् । आयोजनाका प्रमुखसंग भने यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन् ।


, ,

0 comments

Write Down Your Responses