Powered by Blogger.
सिन्धुलीमा आत्महत्याका घटनामा बृद्धि



पछिल्लो चार वर्षमा २ सय सातद्धारा आत्महत्या 

बुद्धकुमार आछामी 
सिन्धुली, ७ असार । पछिल्ला वर्षहरुमा जिल्लामा आत्महत्याका घटनाहरुमा बृद्धि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङकले देखाएको छ । 
तथ्याकं अनुसार पछिल्लो चार वर्षमा आत्महत्या गर्नेको संख्या २ सय ७ पुगेको छ । आर्थिक वर्ष ०६९÷७० मा ३४ र ०७०÷७१ मा ५७ जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष ०७१÷७२ मा ५९ जना र चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा ५७ ले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
तथ्याकं अनुसार झुन्डीएर आत्महत्या गर्नेहरुको संख्या नै बढी मात्रामा रहेको छ । चार वर्षमा झुन्डीएर आत्महत्या गर्ने १ सय ५७ रहेका छन भने विष खाएर आत्महत्या गर्नेहरु ४६ जना रहेका छन । त्यस्तै आफै आगो लगाएर एकजना र औजार हतियारको प्रयोग गरी आत्महत्या गर्ने २ जना रहेका छन ।
समाजिक असन्तुलनका कारण जिल्लामा आत्महत्याका घटनाहरु बृद्धि हुँदै गएको अनुसन्धानबाट खुल्ने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमासंकर पंजीयार बताउछन । बैदेशीक रोजगार, परीवारीक समस्याका कारण उत्पनन् हुने मनोसामाजिक समस्याका कारण पनि आत्महत्या सम्म पुग्ने गरेको पंजीयारको भनाई रहेको छ । 
त्यस्तै पछिल्लो समय जिल्लामा जबरजस्ती करणीका घटनाहरुमा समेत बृद्धि हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पछिल्लो चार वर्षमा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योग सम्बन्धी ५२ वटा मुद्धा दर्ता भएका छन । आर्थिक वर्ष ६९÷७० मा ५, आव ७०÷७१ मा १८, आर्थिक वर्ष ०७१÷०७२ मा १३ र चालु आर्थिक वर्षको जेठ महिना सम्म १६ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 



, ,

0 comments

Write Down Your Responses