Powered by Blogger.
दर्जनभन्दा बढी सरकारी कार्यालय भवन विहीन



बुद्धकुमार आछामी
सिन्धुली, १६ भाद्र । सिन्धुली जिल्लामा हालसम्म पनि दर्जनभन्दा बढी सरकारी कार्यालयका आफ्नै भवन छैनन् । सरकारी कार्यालयको आफ्नै भवन नहुँदा बर्सेनी कार्यालयले भवनको भाडास्वरुप व्यक्तिलाई लाखाँै रुपैयाँ भुक्तानी दिँदै आएका छन् । 
आफ्नै कार्यालय नभएका कार्यालयमा शिक्षा कार्यालय, नापी कार्यालय, निर्वाचन कार्यालय, भूसंरक्षण कार्यालय, जिल्ला प्राविधिक कार्यालय, तथ्याङ्क शाखा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, राष्ट्रिय वाणिज्य बैंक,  कोष तथा लेखा नियन्त्रण कार्यालय, महिला तथा बालवालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, शसस्त्र प्रहरी बल जिल्ला सुरक्षा वेस क्याम्प लगायतका सरकारी तथा अर्धसरकारी कार्यालय, सुरक्षा निकाय र विक्तिय संस्था तथा वैंकहरुका आफ्नै घरहरु नहुँदा वार्षिक लाखौं रकम घरभाडा तिर्नु पर्ने अवस्था विद्यमान रहँदै आएको छ । 
यता जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्राविधिक कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला नापी कार्यालयको आफ्नै भवन निर्माणाधीन अवस्थामा रहेका छन । कोलेनिका, जिल्ला प्रशासन कार्यालय भवन ठेकेदारको लापरवाहिका कारण समयमै निर्माण कार्य सम्पनन् हुन सकेको छैन । 
कार्यालय व्यक्तिको घरमा हुँदा तितरबितर अवस्थामा छन् जसले गर्दा सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो भइरहेको अवस्था छ । त्यसको प्रत्यक्ष मारमा अपाङ्ग, दलित र महिलाहरु परेको उनिहरु बताउछन ।  व्यक्तिको घरमा कार्यालय भएकाले सेवाग्राहीहरुलाई सेवा लिन विभिनन् समस्याहरु पर्ने गरेको सेवाग्राहीहरुले बारम्बार गुनासो गर्ने गरेका छन । 
जिल्लामा आफ्नै भवन भएका कतिपय सरकारी कार्यालयहरु पनि जिर्ण अवस्थामा रहेका छन । जिल्ला भरिका नागरीकलाई सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालयको अहिले प्रयोगमा रहेको कार्यालय भवन र आवास गृह नै जिर्ण अवस्थामा रहेको छ । 
आफ्नै भवन भएको कार्यालयहरुको पनि पुरानै शैलीमा बनेका भवनहरु भएकाले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्न र कार्यालयको सुरक्षाका दृष्टिकोणले पनि बैज्ञानिक छैन । 


,

0 comments

Write Down Your Responses