Powered by Blogger.
अझै अन्त्य हुन सकेन बालिघरे प्रथा

दुधाैली नगरपालिका ३ का पूर्ण ब.विक अाफ्नाे परम्परागत अारनमा काम गर्दै । 

सिन्धुली, ३१ श्रावण । परम्परादेखी चलिआएको बालिघरे प्रथा अझै हट्न सकेको छैन । सिन्धुलीका ग्रामीण क्षेत्रमा मात्र होइन सदरमुकाम वरपर पनि अहिले सम्म बालिघरे प्रथा कायम छ । 
दुधौली नगरपालिका–३ का पूर्ण बहादुर विक अहिले पनि वर्ष भरिको आफ्नो पारीश्रमिक अन्नपात लिएर चिक्त बुझाउछन । उमेर ५० नाघिसकेका विकले वर्ष भरि गाउँका आफ्ना विष्ट(ग्राहक)को हषिया, कोदालो लगायत कृषि औजार बनाए वापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात लिने गरेका छन । उनले गाउँभरिका विष्टहरुको काम यसरी नै गर्दै आएका छन । 
विक त एक प्रतिनिधी पात्र मात्र हुन उनी जस्तै ग्रामीण क्षेत्रका दलित समुदायले लुगा सिलाएको, कृषि औजार बनाएको पारीश्रमिक वापत अहिले पनि बालिघरे प्रथामै चित्त बुझाउनु परीररहेको छ । अर्का झागाँझोली रातमाटा गाविस–२ का सानुमान विश्वकर्मा पनि आरन चलाए वापत मकै र धानमा काम गरिरहेका छन । 
उनले कामको पारीश्रमिक वापत वार्षिक विष्टसँग अन्न लिने गर्छन । सदियौ देखी चलिआएको बालिघरे प्रथा निर्मुल हुन नसक्दा आफुहरुले काम गरेवापतको मुल्य नपाएको उनीहरुको गुनासो छ । बालिघरे प्रथा अनुसार उनीहरु परीवारबाट भिन्न हुँदा ग्राहकको पनि अंशवण्डा गर्ने गर्छन । आफ्नो अंशमा परेका ग्राहकको वर्षदिनको औजार बनाउने तथा लुगा सिलाउने काम उनीहरु बालिघरे प्रथाको आधारमा गर्दै आएका छन । 
अझै पनि ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा हट्न सकेको छैन त्यसमाथि सदियौ देखि चलिआएको बालिघरे प्रथामा उनीहरु चित्त बुझाउन बाध्य छन । 
मुलुकमा दलितको नाममा आन्दोलन र सवैलाई सम्मानका साथै काममा लगाएपछि परिश्रम अनुसार मुल्य दिनुपर्ने भाषणहरु नेताहरुबाट हुने गरेको भएपनि त्यस अनुसारको अझै परिवर्तन हुन नसकेको दलित समुदायको गुनासो छ । नेकपा(माओवादी केन्द्र) सिन्धुलीका दलित नेता बिनोद विक अझै पनि ग्रामीण क्षेत्रमा बालिघरे प्रथा कामयै रहेको स्वीकार गर्छन । 
‘ठुला मेसीन किन्न सक्नेले शुल्क तोकेर काम गरे पनि ग्रामीण भेगका गरीब दलितहरु अझै पनि बालिघरे प्रथाका कारण श्रम शोषणमा परीरहेका छन’, बिकले भने । दलित सम्बन्धी काग गर्ने दर्जनौं संस्था सदरमुकाममा सिमित भइदिदा ग्रामीण भेगका दलितहरु आफ्नो पारिश्रमिक लिन सकिरहेका छैनन् । ‘दलितका नाममा आएका अबौं रुपैयाँ सदरमुकाममा सभा सेमिनार  गरेर सकिन्छ तर हाम्रो हितका लागी खासै काम गरेको देखिदैन ।’ बाहुनतिल्पुङ्ग गाविसका बावुराम नेपालीले गुनासो गरे । 
एकातिर जातीय छुवाछुत र अर्कातिर बालिघरे जस्ता प्रथाका कारण ग्रामीण भेगका दलितहरु श्रमशोषणमा परिरहेका छन । यस तर्फ सम्बन्धीत निकायको ध्यान जान जरुरी छ ।  



,

0 comments

Write Down Your Responses