Powered by Blogger.
स्थानीय तह पुन संरचना सम्वन्धी कार्यशाला सम्पन्न

कार्यशालामा सहभागीहरु । 
राजन परियार
सिन्धुली ९, कात्तिक । नेपाल नगरपालिका महासंघ, गाँउ विकास समिति महासंघ र जिल्ला विकास समिति महासंघको आयोजनामा संघिय संरचना तहगत सरकार र स्थानिय शासन विषयक कार्यशाला गोष्ठि मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । 
जिल्ला विकास समिति महासंघका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यता तथा गाँउ विकास समिति राष्ट्रिय महासंघ नेपाल सिन्धुलीका अध्यक्ष रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दल, सरोकारवाला निकायहरु, विभिन्न सामाजिक संघसंस्था र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 
प्रादेशिक तथा स्थानिय शासन सम्वन्धी संवैधानिक व्यवस्था र आगामी कार्यदिशा, संघियतामा स्थानिय स्वयत्त शासन नेपालको ः संवैधानिक व्यवस्थाको वारेमा जिल्ला विकास समिति महासंघका पूर्व उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले र गाउ पालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण संवैधानिक तथा प्रक्रियागत पक्षहरुको वारेमा राज्य पुनर्संरचना आयोगका सदस्य सुनिल रंजन सिँहले कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता माणिक ढकाल, नेकपा एमाले अध्यक्ष प्रदिप कटुवाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजन दाहाल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।   


0 comments

Write Down Your Responses