Powered by Blogger.
जेसीका बारेमा “सांसदसँग सम्वाद”

सम्वाद कार्यक्रममा बाेल्दै सा‍सद माेहन प्रसाद बराल । 
राजन परियार
सिन्धुली, १० कात्तिक । जेसी अर्थात लैंगिक सशक्तिकरण तथा समाजिक समावेशीकरणको विषयमा सांसदसँग सम्वाद कार्यक्रम बुधबार सिन्धुलीमाढीमा सम्पनन् गरिएको छ । 
इन्हुरेड इन्टरनेशनलाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जेसीका विषयमा राष्ट्रिय अन्तराष्ट्रिय कानुनी प्रावधान, नितीहरु र ति नितीहरुको कार्यान्वयनको अवस्था र कानुन तथा नितीहरु कार्यान्वयनको सन्दर्भमा देखिएका चुनौतिहरुको बारेमा छलफल गरिएको छ । 
सांसदसँग सम्वाद कार्यक्रममा सिन्धुली क्षेत्र नं.२ बाट निर्वाचित सांसद तथा कृषि तथा जलश्राेत समितिका सभापति मोहन प्रसाद बरालसँग सम्वाद गरिएको हो । सम्वाद कार्यक्रममा बोल्दै बरालले जेसीको कार्यान्वयनमा चुनौति रहेको भएपनि यसको कार्यान्वयन नभए सम्म समाजको समग्र विकास गर्न नसकिने बताए । 
संवाद कार्यक्रममा इन्हुरेड इन्टरनेशनलकी रिता मैनालीले कार्यपत्र प्रस्तुत गरेकी थिइन । कार्यक्रममा राजनैतिक दलका स्थानीय प्रमुखहरु, कानुन व्यवसायी, अधिकारकर्मी, पत्रकार तथा नागरीक समाजका अगुवाहरुको उपस्थिती रहेको थियो । 
सहभागीहरुले जेसी कार्यान्वयनमा सरकार र सरकारको नेतृत्व गर्ने दलहरुनै गैर जिम्मेवार बनेको आरोप लगाएका थिए । दलित सेवा संघ सिन्धुलीका पुर्व अध्यक्ष निर्मल रम्तेलले दलहरुको गैर जिम्मेवारीले स्थानीय तहमा जेसीको कार्यान्वयन हुन नसकेको बताए । 
युएसएड र एसीया फाउन्डेशनको सहयोगमा इन्हुरेड इन्टरनेशनलले लैगिक सशक्तिकरण तथा सामाजिक समावेशीकरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । सिन्धुली जिल्लामा भने दलित गैर सरकारी संस्था महासंघको अगुवाई तथा स्थानीय साझेदार संस्था सामाजिक सुधार सेवा नेपालको सहकार्यमा हत्पते र निपाने गाविसमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । 


,

0 comments

Write Down Your Responses