Powered by Blogger.
सिन्धुलीगढी हाफ म्याराथुनका कान्छा धावकलाई राष्ट्रिय झण्डा प्रदान

सम्मानीत हुँदै कान्छा धावक ।


राजन गाउँले
सिन्धुली २९, कात्तिक । सिन्धुलीगढी हाफ म्याराथुनमा सहभागि जिल्लाकै कान्छा धावक सुवास थापालाई सम्मान स्वरुपमा राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सिन्धुलीमाढीमा आयोजित एक सम्मान कार्यक्रममा थापालाई राष्ट्रिय झण्डा सहित एक जोर ट्रयाक सुट र जुत्ता दिइएको हो ।
जिल्लाको भद्रकाली गाविस २ घर भएका १५ वर्षीय थापालाई जिल्लाका समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य उज्ज्वल विक्रम थापाले राष्ट्रिय झण्डा प्रदान गरेर सम्मान गरेका हुन् । 
सिन्धुलीगढीमा वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाइ पराजित गरेको २ सय ४९ वर्ष पुगेको दिनको संझनामा  कात्तिक २४ गते बुधबार कमलामाई नगरपालिका सिन्धुलीद्धारा आयोजित २१ किलोमिटर दुरी (सिन्धुलीगढी—खनियाखर्क चिस्यान केन्द्र) म्याराथुनमा धावक थापाले निर्धारीत दुरी १ घण्टा २५ मिनेटमा पार गर्न सफल भएका थिए । थापा नेपाली सेनाका धावकसंग प्रतिस्पर्धा गर्ने जिल्लाका एक्ला र कान्छा धावक हुन् । 
थापाको खेलकुदप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै थप हौसला प्रदान गर्दै जिल्लाकै नाम राख्न सकुन भन्ने उद्देश्यले प्रोत्साहन गर्दै सम्मान गरिएको सम्मान कार्यक्रम आयोजक संस्था नयाँ चौतारी युवा कल्वकी अध्यक्ष रन्जना श्रेष्ठले बताइन् । 
‘नेपाली सेनाका धावकहरुसंग विना तयारी र विना तालिमनै प्रतिस्पर्धा गर्दा पनि पाँचौं स्थान ल्यायर जिल्लाकै नाम राख्न सफल भएपछि थापालाई सम्मान गरिएको हो,’ श्रेष्ठले भनिन् ।
आगामी दिनमा राष्ट्रिय भण्डाको सान उच्च राख्दै जिल्लालाई पनि उत्कृष्ठ सावित गर्न धावक थापाले भुमिका प्रदान गर्ने आशा राखिएको छ । स्थानीय स्तरको माविमा कक्षा दशमा अध्ययनरत थापालाई समयमा उचित प्रशिक्षण गर्न सके म्याराथुनको क्षेत्रमा दह्रो खम्बाको रुपमा विकास गर्न सकिने खेलक्षेत्रका जानकारहरु बताउँछन् ।


,

0 comments

Write Down Your Responses