Powered by Blogger.
यहि वर्ष सबै शहरहरु लोडसेडिङ मुक्त हुन्छ ः मन्त्री शर्मा

सिन्धुली ९, पुष । उर्जा मन्त्री जनार्दन शर्माले देशका सबै शहरलाई लोडसेडिङ मुक्त बनाउने बताएका छन् । प्रेश सेन्टर नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले लोडसेडिङ मुक्त भनेर नभइ गरेर देखाउने बताएका हुन् ।
‘भएका स्रोत साधनको समुचित उपभोग, केही सुधार र पारदर्शीताका आधारबाट यहि वर्ष भित्रमा देशका प्रायः शहरहरुलाई लोडसेडिङ मुक्त गराइने छ,’ उनले भने ।
यसका लागि उज्यालो नेपाल निर्माण अभियान सहित आफुले ३७ बुद्धे घोषणा पत्र अघि सारेर काम गरेको उनको भनाई छ । काठमाण्डौं उपत्यकामा अहिलेको भन्दा विद्युत कटौती नगर्ने जनाउँदै देशका अन्य शहरहरुमा पनि यसै वर्षबाट लोडसेडिङको कार्यतालीका अर्को बनाउन नदिने प्रतिवद्धता जनाए । ‘हामी विहान दिउसो र राती समेत गरेर तिन सिफ्टमा काम गरेका छौं, म आफै खटेको छु । २२० केभी खिम्ती ढल्केबर प्रशारण लाइनको केही दिनमै निर्माण सम्पन्न पछि देशका थप केही शहरहरुमा लोडसेडीङो अन्त्य गरीने छ,’ उनले भने । 
विद्युतकै माध्यमबाट ब्यापारघाटा र गरिबी निवारण गर्न सकिने तर्क गर्दै देशको समृद्ध विकासका लागि देशैभर लोडसेडीङ  मुक्त बनाउनु पर्ने उनको धारणा थियो । तर आफुसंग यस्तो काम गर्नका लागि थुप्रै चुनौतीहरु रहेको पनि उनले उल्लेख गरे । राजनीतिक समस्याको समाधान गर्दै नेपालको पानी जनताको लगानी भन्ने मुल उद्देश्य सहितका विभिन्न कार्ययोजना बनाएको उनले उल्लेख गरे ।  जलसाय युक्त आयोजनाहरुको निर्माणमा जनताको पनि प्रतक्ष सहभागिता हुने गरी जनतालाइ धनी बनाउने र राष्ट्र सम्बृद्ध गर्ने गरी विद्युत प्राधिरकरण लगायतका विभिन्न आयोगहरु बनाइएको र थप प्राधिकरण तथा आयोगहरु गठन गर्ने प्रक्रियामा रहेको उनको भनाई थियो । 
त्यस्ता चुनौतीहरुलाइ समाधान गर्नका लागि मन्त्रलयलाई निर्देशन दिएको र सोहि अनुसार काम भएको बताइएको छ । केही सुधारात्मक काम र केही पारदर्शीताबाट यस्तो सम्भाव हुने उनले दो¥याए ।
अर्को प्रसंगमा मन्त्री शर्माले सरकारले संविधान संसोधनको प्रश्ताव कुनै हालतमा फिर्ता नलिने ठोकुवा गरे । उनले भने, ‘संविधान संसोधनको कुरा संसदिय प्रक्रियाबाट अघि बढाइएको हो यसको समाधान पनि संसदबाटै खोज्नु पर्छ । तर सरकार यहि अवस्थामा पछि हट्ने वाला भने छैन् ।’ संसदिय प्रक्रियामा पास फेल जे भएपनि सरकार र आफ्नो पार्टी उक्त निर्णयलाई मान्न तयार रहेको उनले प्रष्ट पारे ।  आफुहरुले दश प्रदेशको खाका ल्याएपनि कांग्रेस एमालेले सात प्रदशेको खाका ल्याएको र उनिहरुकै सिफारीस अनुसारको संविधान संसोधनको प्रस्ताव अघि सारेको शर्माको दावी थियो । देशमा स्थायीत्व कायम गर्न कसैलाई हेपेर र चेपेर अघि बढ्नै नसकिने भन्दै उनले सबै दलहरुलाई एक ठाउँमा उभिएर अघि बढ्न आह्वान समेत गरे ।  
भुकम्प प्रभावितहरुलाई समयमा आवास पुनर्निर्माणको अनुदान वितरण गर्न नसकेको प्रति शर्माले प्रधिकरण संग असन्तुष्ठ व्यक्त गरे । उनले पहिलो किस्ता नपाएकालाई तत्काल र दोस्रो किस्ता पाउन योग्यले प्राविधिक जाँचका आधारमा तत्काल रकम उपलब्ध गराउन पहल गर्ने उनको भनाई थियो । 


, ,

0 comments

Write Down Your Responses