Powered by Blogger.
युवाहरुलाई व्यवसायिक सीप सहित स्वरोजगार वनाइने



सिन्धुली २०, माघ । जिल्ला युुवा समिति सिन्धुलीले जिल्लामा रहेका वेरोजगार युवाहरुलाई विभिन्न किसिमका व्यवसायिक सीपमुलक तालिमहरु प्रदान गर्नुका साथै परामर्श सेवा उपलव्ध गराउने भएको छ । 
१६ देखी ४० वर्ष उमेर समुहका कुनै व्यवसायिक सीप सिकी कुनै उद्यम गर्न वा स्वरोजगार हुन चाहने न्यूनतम आधारभूत तहको योग्यता हाँसिल गरेका युवाहरु मध्येबाट मागको आधारमा विभिन्न किसिमका व्यवसायिक सीप सम्वन्धि तालिमहरु प्रदान गरिने जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष संंजयकुमार दाहालले जानकारी दिए ।
‘युवाको क्षमता तथा व्यवसायिक सीप विकास गरी स्वरोजगार र आयआर्जनका माध्यमबाट आत्मनिर्भर वनाउने राष्ट्रिय युवा परिषद्को उदेश्य वमोजिम यस जिल्लामा पनि युवाहरुको माग र आवश्यक्ताका आधारमा विभिन्न किसिमका तालिमहरु संचालन हुने भएका हुन्,’ अध्यक्ष दाहालले भने ।
युवाहरुको मागको आधारमा उपलव्ध गराइने व्यवसायिक सीप विकास तालिम न्यूनतम ३ महिनाको हुने र तालिममा छनौट भएका सहभागीहरुले वीचैमा तालिम छाड्न नपाइने व्यवस्था गरिएको छ । 
युवाहरुलाई स्टिल फेब्रिकेटर, वेल्डर, इलेक्ट्रीसियन, व्यूटीपार्लर, प्लम्बर, मोवाइल रिपेइरिङ, सिलाईवुनाई, हेयरड्रेसर लगायतका तालिमहरु उपलवध गराइने युवा समितिका कार्यालय प्रमुख शत्रुघन यादावले थपे ।
त्यसैगरी युवा समितिले जिल्लाका युवाहरुलाई एक दिने युवा परामर्श सेवा कार्य क्रम संचालन गर्ने भएको छ । १ सय  जना युवाहरुलाई प्रदान गरिने सो परामर्श सेवामा युवा विद्यार्थीहरु, राजनैतिक दल सम्वद्ध युवाहरु, गैसस आवद्ध युवाहरु, ग्रामीण तथा विपन्न युवाहरु, अपाङ्ग युवाहरु, पत्रकारहरु लगायतलाई सहभागी गराइने कार्यलयले जनाएको छ ।
युवाहरुलाई स्वरोजगार  आन्मनिर्भर वनाउने उद्धेश्यले १६देखी ४० वर्षका वेरोजगार युवाका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको ’एक वडा १० युवा एक उद्यम’ कार्यक्रम संचालन गर्न प्रस्ताव आव्हान गरिएको पनि कार्यलय प्रमुख यादवले जानकारी दिए ।
एउटै वडाका १० जना युवाहरुले प्रचलित कानून वमोजिम सम्वन्धित निकायमा दर्ता गरेको समूह वा संस्थाले ५ बर्षे व्यवसायिक कार्ययोजना सहित युवा समितिमा पेश गर्नुपर्ने व्यवस्था रहेको पनि वताए ।
आर्थिक सम्वृद्धिका लागि नमूनाको रुपमा शुरु गरिएको एक वडा १० युवा एक उद्यम कार्यक्रमलाई सफल पार्न र वैदेशीक रोजगारमुक्त समाज निर्माण गर्न अव सवै युवाहरु हातेमाले गर्दै अघि बढ्नुको विकल्प नभएको युवा समितिकाअध्यक्ष दाहालको भनाइ छ ।


,

0 comments

Write Down Your Responses