Powered by Blogger.
सिन्धुलीमा सहकारी घुम्ती शिविर

सिन्धुली २० माघ । डिभिजन सहकारी कार्यालय जनकपुरले सिन्धुलीमाढीमा एक हप्ते सहकारी घुम्ती शिविर सुरु गरेको छ । शिविरको उदघाटन सहायक प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले एक समारोह बीच उदघाटन गरेका छन । 
शिविरमा लेखापरिक्षक स्वीकृति, विनीयम संशोधन, संस्था खारेजी र संस्था दर्ताको सेवा प्रदान गरिने डिभिजन सहकारी कार्यालय प्रमुख रविन्द्र प्रसाद यादवले जानकारी दिए । उदघाटन कार्यक्रममा विभिन्न् विषयगत सहकारीका प्रमुख तथा प्रतिनिधीहरुले सुभकामना व्यक्त गरेका थिए । 
विहिबारबाट सुरु भएको शिविर अर्को साता बुधबार सम्म चल्ने जनाइएको छ ।  


,

0 comments

Write Down Your Responses