Powered by Blogger.
दुर्घट्नामा दुईको मृत्यू, ६ घाइते

राजन गाउँले
सिन्धुली ३०, चैत्र । विपी राजमार्ग अन्तरगत सिन्धुलीको नेपालथोक–भुकुण्डेबेसी सडकखण्ड अन्तरगत सिन्धुलीको सिमानजीकै काभे्रको रोशी गाउँपालिका ११ को पिप्लेमा सडक दुर्घट्ना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काभ्रेको धुलीखेलबाट सिन्धुली तर्फ आउँदै गरेको बा४५प ६७५३ नम्बरको मोटरसाइकललाई खोटाङको दिक्तेलबाट काठमाण्डौं तर्फ गइरहेको बा४ख ६०३ नम्बरको बस एकआपसमा ठोक्कीदा दुई जनाको मृत्यू भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार ओखलढुङ्ग जिल्ला कार्केश्वर गाविस ३ का ३५ वर्षीया मिनबहादुर पौडेल रहेका छन् । उनिसंगै सवार अर्का एक व्यक्तिको भने शनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जनाएका हुन् ।
सिन्धुलीको सिमाना नजीकै काभे्रको रोशी गाउँपालिका ११ को पिप्लेमा काभ्रेबाट सिन्धुली तर्फ आउँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ अघि बढीरहेको ना१ज ४६९५ नम्बरको सुमोलाई ओभरटेक गर्दा दिक्तेलबाट काठमाण्डौं तर्फ गइरहेको बा४ख ६०३ नम्बरको बसले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार दुबैजनाको घट्ना स्थलमै मृत्यू भएको प्रहरीले जनायो ।
घट्नामा बस र बोलेरोमा सवार ६ जना यात्रु घाइते भएका छन् । घाइते सबैको उपचारका लागि काभ्रे स्थित धुलीखेल अस्पताल तर्फ लगिएको जनाइएको छ ।
 जिवी स्याङ्बोको फेसबुकबाट ।



0 comments

Write Down Your Responses