Powered by Blogger.
स्थानीय चुनाबलाई शान्तिपूर्ण बनाउन क्रियाशिल हुने शान्ति समितिको प्रतिबद्धता

सिन्धुली, ३१ चैत्र । शान्तिका लागी सहकार्य, सबैको लागी सम्मान भन्ने मुल नाराका साथ द्धन्द्ध व्यवस्थापन तथा शान्ति निर्माणका लागी क्रियाशिल स्थानीय शान्ति समिति सिन्धुलीले आउँदै गरेको स्थानीय निर्वाचनलाई शान्तिपूर्ण बनाउन क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेको छ ।
विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको सरकारी तथा गैर सरकारी निकायहरुसँगको अन्तरक्रिया कार्यक्रममा समितिले उक्त प्रतिबद्धता व्यक्त गरेको हो । स्थानीय शान्ति समितिका संयोजक राजकुमार कार्कीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले दिगो शान्ति स्थापनाका लागी र स्थानीय निर्वाचनलाई शान्तिपूर्ण बनाउन सवैपक्षलाई गम्भीर भएर लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी उमासंकर पंजीयार, विभिन्न् राजनैतिक पार्टीका प्रमुख सरकारी निकायका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


0 comments

Write Down Your Responses