सभामुख ओन्सरी भोली सिन्धुली आउँदै

सिन्धुली, २६ चैत्र । नेपा रेडक्रश सोसाइटी केन्द्रीइ सभाको ४६ औं महाधिवेशनको उदघाटन गर्न भोली सभामुख ओन्सरी घर्तिमगर सिन्धुलीमाढी आउने आयोजक नेपाल रेडक्रश सोसाइटीले जानकारी गराएको छ ।
आइतबार सिन्धुलीमाढीमा उदघाटन हुने महाधिवेशनमा प्रमुख अतिथीको रुपमा भाग लिन घर्तिमगर सिन्धुली आउन लागेकी हुन । उनले विहान ८ बजे सिन्धुलीको सिताराम पार्टी प्यालेशमा साधारणसभाको उदघाटन गर्ने छिन । आइतबारबाट हुने रेडक्रशको ४६ औं साधारणसभामा ७५ जिल्लाका झण्डै चार सयँ प्रतिनिधी तथा पर्यवेक्षकहरु सहभागी हुने जनाइएको छ । अधिवेशन २८ गते वेलुका सम्म चल्ने जनाइएको छ ।
0 comments
Write Down Your Responses