Powered by Blogger.
हरिहरपुरगढी गाउँपालिकामा माओवादी प्रवेशको लहर



सिन्धुली, २६ चैत्र । माओवादी केन्द्रको किल्लाको रुपमा रहेको मरिण क्षेत्रमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने लहर नै चलेको छ । 
सनिबार नेकपा(माओवादी केन्द्र) हरिहरपुरगढी गाउँपालिकाले महेन्द्रझ्याडीमा आयोजना गरेको पार्टी कार्यालय उदघाटन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले, काग्रेस तथा विप्लव माओवादी परित्याग गरी झण्डै चार सय नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको गाउँपालिका संयोजक ज्ञान बहादुर राईले जानकारी दिए । 
गाउँपालिकाको सम्पर्क कार्यालय उदघाटन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई पुर्व कृषि मन्त्री तथा सांसद हरिबोल गजुरेलले सम्बोधन गरेका थिए । कार्यक्रमलाई स्म्बोधन गर्दै नेता गजुरेलले माओवादी केन्द्रको राजनैतिक एजेण्डामा सिङ्गो देश हिडिरहेकाले त्यसको व्यवाहारिक कार्यान्वयनको लागी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको जित अनिवार्य रहेको बताए । 
माओवादीकै कारण सिंहदरबारको अधिकार जनताको घर घरमा आइपुगेको बताउँदै ब्यवाहारिक रुपमा त्यसको कुशल कार्यान्वयन गर्दै जनतालाई अधिकार पाएको अनुभुति गराउन सक्ने क्षमता माओवादी केन्द्र र उस्का उमेदवारहरुले मात्र राख्न सक्ने भएकाले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले देशै भरि जित्नु पर्नेमा जोड दिए । 
गाउँपालिका संयोजक ज्ञान बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, सहइन्चार्ज रामचन्द्र ठाडामगर, गणेश वुढाथोकी लगायतका नेताहरुले माओवादीको जितलाई सुनिश्चित गर्नका लागी उच्च मनोवलका साथ कार्यक्षेत्रमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।  
साथै गाउँपालिकाको वैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई व्यस्थित ढंगले परीचालन गर्नका लागी ज्ञान बहादुर राईको संयोजकत्वमा १ सय १ सदस्यीय निर्वाचन परीचालन समिति गठन गरेको जनाइएको छ । 
पुराना ४ वटा गाविस महेन्द्रझ्याडी, क्यानेश्वर, पिपलमाढी र हरिहरपुरगढी मिलेर बनेको हरिहरपुरगढी गाउँपालिकामा ८ वटा वडा रहेका छन भने स्थानीय तहको निर्वाचनमा उक्त गाउँपालिकामा झण्डै १५ हजार मतदाताले भाग लिदैछन । 


, ,

0 comments

Write Down Your Responses