Powered by Blogger.
पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु


सिन्धुली २८, साउन । लगातारको वर्षाका कारण पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको ज्यान गएको छ । आज बिहान (शनिवार) पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको हो । 
मृत्यु हुनेमा दुर्गा कुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का रहेका छन । शनिबार बिहान करिब २ बजेको समयमा झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनायो । 
घट्नामा सगै सुतिरहेका उद्य वहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन । शुक्रबार साँझ देखिनै परेको अविरल वर्षा शनिवार बिहान करिव २ बजेतिर पहिरो आउँदा परिवारको चारजनालाई परेको उदयले सुनाए । 
प्हिरोले उक्कासी घर थिचेको रहेछ । मैले थाहा पाउँदा चाजनालाई परि सकेको रहेछ उनले भने ।
लगातार दुई दिन देखि परिरेहको पानी सगै जिल्ला प्रहरी कार्यालयले नया भवन निर्माण गर्दा थुपारेको माटोले पहिरोको रुप लिदा उक्त घट्ना घट्ेको हो ।
 जिल्ला प्रहरी कार्यालयले भवन बनाउदा माटो थुपारेपछि सम्भावित घट्नालाई मध्य नजर गर्दै पत्रकार महासंघ सिन्धुलीले जिल्ला प्रहरी कार्यालयलाई बारम्वार हटाउन अनुरोध गरेपनि प्रहरीले बेवास्ता गर्दा घट्ना घट्न पुगेको पत्रकार महासंघ सिन्धुलीले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses