सामुदायीक विद्यालयलाई प्रविधि मैत्री बनाईने

सिन्धुली, २९ श्रावण । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) काठमाडौंको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास कार्यक्रम(IRDP) सिन्धुलीले सुचना र प्रविधीमा सामुदायीक विद्यालयको पहुँच बृद्धि गर्नका लागी प्रधानाध्यापक, शिक्षक तथा ब्यवस्थापन समितिका पदाधीकारीहरुको लागी सुचना र प्रविधि सम्बन्धी दुई दिने कार्याशाला आईतबार सिन्धुलीमाढीमा सम्पनन् गरेको छ ।
संस्थाका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षतामा उदघाटन गरिएको कार्यशालमा आफ्नो मनतव्य राख्दै कमलामाई नगर प्रमुख खड्ग खत्रीले कार्यशालको उदघाटन गर्दै समयको विकाससँगै सामुदायीक विद्यालयहरुले प्रविधिको प्रयोग गर्न नसकेको बताउँदै आगामी दिनमा सुचना र प्रविधिको भरपुर उपयोग गरी विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न तर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
उदघाटन सत्रमा युनेस्कोका कार्यक्रम संयोजक आजात अवस्थीले प्रविधिमा विश्व निक्कै अगाडि बढीसकेको भएपनि नेपालको शिक्षामा प्रविधिको प्रयोग गर्न नसक्दा पछाडि परिरहेको बताए ।
कार्यशालामा बोल्दै सहभागी प्रधानाध्यापक तथा शिक्षकहरुले विद्यालयलाई प्रविधिमैत्री बनाउन नसकेको बताउँदै आउँदा दिनमा प्रविधिमैत्री बनाउँदै लैजान तालिम महत्वपूर्ण भएको धारणा राखेका थिए । तालिममा सहभागी नमुना गौमती उमाविका प्रधानाध्यापक दिल बहादुर केसीले प्रविधिको प्रयोगले विद्यार्थीहरु विग्रन्छन भन्ने धारणा अभिभावक र शिक्षकमा भएको कारण पनि प्रविधि प्रयोगमा समस्या भएको बताए । उनले भने, ‘टेक्नोलोजीले समाजलाई बिगारेको अनुभब हाम्रो समाजमा धेरै छ, त्यसैले त्यसको प्रयोगमा हामी अगाडि बढ्न सकिरहेका छैनौं ।’ अभिभावक, शिक्षकले प्रविधिलाई ठिक ढंगले प्रयोग गर्न विद्यार्थीहरुलाई सिकाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै नेकपा(एमाले)का जिल्ला सचिब सुर्य पाख्रीनले समाज विकासमा पछि परेका कारण पनि प्रविधिको प्रयोगमा समस्या रहेको बताउँदै स्थानीय सरकारले प्रविधिको विकासमा विशेष योजना निर्माण गनुपर्नेमा जोड दिए ।

नेकपा(माओवादी केन्द्र)का नेता ज्वालाप्रसाद न्यौपानेले सुचना र प्रविधि राजनैतिक पार्टीहरुको चुनावी एजेण्डामा पनि जोडिएकोले त्यसको विकासमा दलहरु जिम्मेवार रहेको बताए ।
कार्यशाला पछि सुचना प्रविधिलाई विद्यालयको पहुँच सम्म पुयाउन प्रधानाध्यापक, शिक्षक तथा अभिभावक रहेको समन्यव समिति समेत गठन गरिएको आयोजक संस्थाले जनाएको छ ।
सनिबार र आईतबार चलेको कार्यशालामा विज्ञ मोहन बहादुर राउत र निराजन श्रेष्ठले सहजीकरण गरेका थिए ।
प्रधानाध्यापक दिल बहादुर केसीको संयोजकत्वमा, मदन काफ्ले, सन्तोष कुमार श्रेष्ठ, सरोज थापा, लेख बहादुर बस्नेत, सुर्य पाख्रीन, हरि कार्की र विद्यालय निरीक्षक चेत प्रसाद तिमल्सीना सदस्य रहेको समिति गठन गरिएको संस्थाका सचिब विष्णु प्रसाद फुयालले जानकारी दिए ।
उनले भने, ‘यो समन्यव समितिले सामुदायीक विद्यालयलाई सुचना र प्रविधि मैत्री बनाउने योजना बनाउने, समन्य गर्ने र सुझाब सल्लाह संकलन गर्ने काम गर्नेछ ।’ सोहि योजना अनुसार प्रत्येक गाउँपालिकामा एउँटा नमुना सुचना प्रविधि युक्त विद्यालय निर्माण गरिने फुयालले बताए ।
0 comments
Write Down Your Responses