Powered by Blogger.
सिन्धुलीका द्धन्द्धपिडितलाई झण्डै १० करोड राहत वितरण

बुद्धकुमार आछामी 
सिन्धुली, १८ श्रावण । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शसस्त्र द्वन्दका क्रममा राज्य तथा बिद्रोही पक्षबाट हत्या भएका, बेपत्ता पारिएका १ सय ९४ परिवारलाई राहत रकम बितरण गरेको छ । द्वन्दका क्रममा १ सय ८० मृतकका आफन्त परिवार र १४ जना बेपत्ता परिवारलाई जनही  ५ लाखका दरले ९ करोड ७० लाख राहत रकम बितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत ऋषि काफ्लेले जानकारी दिए । त्यस्तै द्धन्द्धको क्रममा अपांग भई जिवननिर्वाह भक्ता खाईरहेका ११ जनालाई ७ लाख ७४ हजार रकम वितरण गरिएको छ । 
काफ्लेले भने “शान्ति सम्झौता को समयमा शसस्त्र द्वन्दका क्रममा राज्य तथा बिद्रोही पक्षबाट हत्या भएका, बेपत्ता पारिएका परिवारलाई १० लाख रुपैया दिने निर्णय गरिएको हुदाँ सोहि निर्णय अनुसार राहत रकम बितरण गरिएको हो, २०६७ सालदेखि रकम बितरण सुरु गरेका थियौ, एक्कै पटक सबै रकम नआएको हुदाँ थोरै थोरै रकम पनि हामिले बितरण गरेका थियौ यो बर्ष देखि १ सय ९४ जनालाई सरकारले दिने भनेको राहत रकम १० लाख रुपैया बितरण गर्यौ ।” 
सेना प्रहरी र शसस्त्रका परिवारले भने रकम पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस भन्दा अगाडि विभिन्न् ठाउँबाट राहत रकम बुझेकाले तत्काल रकम दिन ढिलाई भएको कार्यालयले जनाएको छ । सवै परिवारलाई बुझिसकेको रकममा थप गरी १० लाख पु¥याउने सरकारको निर्णय अनुसार नै रकम वितरण गरिने प्रशासकीय अधिकृत काफ्लेले बताए । 
स्थानिय शान्ति समिति सिन्धुलीको तथ्याङ्क अनुसार सिन्धुलीमा सर्वसाधारण मृतक १ सय ७८ जना, बेपत्ता १४ जना, सेना प्रहरी र शसस्त्रका गरि ४८ जना र जिवन निर्वाह भक्ता खाने घाईते अपांग ११ जना रहेका छन ।


,

0 comments

Write Down Your Responses