Powered by Blogger.
सिन्धुलीमा बोलेरो दुर्घट्ना हुँदा चार जनाको मृत्यु, सात जना घाइते


सिन्धुली २०, कात्तिक । मध्येपहाडी लोकमार्ग अन्तरगत सिन्धुलीको फिक्कल गाउँपालिका ४ टर्कीबेसीमा आइतबार राती बोलेरो दुर्घट्ना हुँदा एकै गाउँका चार जनाको मृत्यू हुनुका साथै ७ जना घाइते भएका छन् ।
सिन्धुलीको खुर्कोटबाट फिक्कल गाउँपालिका ४ स्थित खाङ्साङको पोटीतर्फ गइरहेको बा७च ३६९५ नम्बरको डवल क्याप बोलेरो दुर्घट्ना हुँदा तिन जनाको घट्ना स्थमै र एक जनाको उपचारका क्रममा मृत्यू भएको सिन्धुलीका प्रहरी प्रमुख एस्पी टिकाबहादुर केसीले जानकारी दिए । 
फिक्कल गाउँपालिका ४ का वर्ष ४० का अम्मरबहादुर दर्लामी, सोही ठाँउका वर्ष ४० कै रामप्रसाद बराल र वर्ष ५९ का  दिपबहादुर मगरको घट्ना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ भने वर्ष ६० का नरबहादुर बलमपाखी मगरको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घट्नामा फिक्कल गाउँपालिका ४ का ४१ वर्षीया धनबहादुर पुर्वाछान गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं स्थित वि एण्ड वि अस्पतामा रिफर गरिएको केसीको भनाई छ । 
अन्य ६ जना घाइतेको अवस्था सामान्य रहेको र उनिहरुको खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यू हुने र घाइते हुनेहरु एकै गाउँका र आफन्त रहेको प्रहरीले जनाएको छ । 
उनिहरु भुकम्प पिडितहरुले पाउने दोस्रो किस्ता बापतको १ लाख ५० हजार रुपैयाँ अनुदान लिएर घर फर्कदै गर्दा उकालो सडकमा बोलेरो दुर्घट्नामा परेको थियो । 
दुर्घट्ना पछि बोलेरोको चालक फरार भएको भएपनि हाल इलाका प्रहरी कार्यालयले खुर्कोटले नियन्त्रणमा लिएको जनाइएको छ । मृतकहरुको शव पोष्ट मार्टमका लागि सिन्धुली अस्पताल ल्याउँदै गरिएको प्रहरीले जनाएको छ ।
दुर्घट्नाको कारण एकिन नभएपनि दुर्घट्नाबारे अनुशन्धान थालिएको प्रहरीले जनाएको छ । 


, ,

0 comments

Write Down Your Responses