Powered by Blogger.
उत्कृष्ट विद्यार्थी सम्मानित

बुद्ध नेपाली, भदौं २४ - एसईई मा उत्कृष्ट नतिजा ल्याउने सिन्धुलीको कमलामाई नगरपालिकाका ६ जना विद्यार्थीहरु शनिवार सम्मानित भएका छन् । २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याई एसईई उर्तिण गर्ने कमलामाई नगरपालिका भित्रको सामुदायिक विद्यालयका दुई जना र संस्थागत विद्यालयका ४ जना गरी ६ जना विद्यार्थीलाई कमलामाई नगरपालिकाले सम्मान गरेको हो । 

सामुदायिक विद्यालयबाट ३ दशमलब ७ जिपिए ल्याई एसईई उर्तिण गर्ने कमला माध्यमिक विद्यालय ढुंग्रेवासका छात्र रंजित चौलागाई, ३ दशमलब ५ जिपिए ल्याई एसईई उर्तिण गर्ने माध्यमिक विद्यालय पानीट्याङकीकी छात्रा रोजिता पौडेल र संस्थागत विद्यालयबाट ३ दशमलब ९५ जिपिए ल्याएका भगवती बोर्डिङ स्कुलका छात्र विकास अधिकारी, ३ दशमलब ९५ जिपिए ल्याएका सोही विद्यालयका अर्का छात्र विकास कुमार अधिकारी, छात्रा तर्फ सिद्धस्थली बोर्डिङ स्कुल माढी बजारका सु्क्मीता पहाडी, सुनिता श्रेष्ठलाई नगद ५ हजार, सम्मान पत्र सहित नगरपालिकाले सम्मान गरेको छ । 

३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा एक कार्यक्रमका विच नगरपालिकाले उनीहरुलाई सम्मान गरेको हो । 


0 comments

Write Down Your Responses