Powered by Blogger.
गर्मी याम सुरु भएसँगै सिन्धुलीमा व्यापक आगलागीका घटना


रोशन अधिकारी दनुवार 
सिन्धुली ४, चैत । गर्मी मौषम सुरु भएसंगै सिन्धुलीमा आगलागीका घटनाहरु बढेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार पछिल्लो एक सातामा मात्र जिल्लामा आगलागीबाट १ जनाको ज्यान गएको छ भने १६ घरगोठ जलेर नष्ट भएका छन् ।
आगलागीबाट करिव ७० लाख रुपैयाँबराबरको धनमालको क्षेती भएको छ । सोमवार मात्रै जिल्लाको गोलन्जोर गाउँपालिका ५ निगालेमा स्थानिय वम वहादुर लुङ्गेलीको घरमा हुदाँ अन्नपात, लत्ताकपडा नगद गरी ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
गत शनिवारमात्र सिन्धुलीको दुधौली नगरपालिका ५ पोखरेमा आगालागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार स्थानीय शान्तिमायाँ खवतरीको घरमा अचानक आलगाी हुँदा २ घर गोठ जलेर नष्ट भएको छ भने उक्त आगो निभाउने क्रममा दुधौली नगरपालिका ५ सिम्रहरीका ४७ वर्षीय रेवती अधिकारीको मृत्यु भएको हो ।
‘आगलागीबाट झण्डै ६ लाख मुल्यबराबरको क्षेती भएको छ । उक्त अगलागी नियन्त्रण गर्न निक्कै कठिन भएपछि स्थानीय स्तरमा दमकल नहुँदा उदयपुर स्थित कटारी नगरपालिकाबाट दमकल ल्याएर नियन्त्रणमा लिन सफल भएका हौं,’ प्रहरी उपरिक्षक सिंहले भने ।
यस्तै त्यसको एक दिन अघि मात्र जिल्लाकै तिनपाटन गाउँपालिका ७ झनझनेमा भिषण आगलागी हुँदा ८ वटा घरगोठ पूर्णरुपमा जलेर नष्ट हुँदा पशु चौपाय सहित ४ लाख रुपैयाँबढीको क्षेती भएको छ ।
‘स्थानीय ज्ञानबहादुर सार्कीको घरबाट सल्कीएको आगोले उनको २ घरगोठ सहित ८ वटा घरगोठ जलेका नष्ट भएको हो ।
आगालागीबाट स्थानीय टिकाबहादुर सार्की, हितबहादुर श्रेष्ठ र टेकबहादुर सार्कीको समेत घरगोठ जलेका छन् । टिकाबहादुर साकीको किराना पसल, नागद २ लाख समेत जलेको छ । हितबहादुर श्रेष्ठको २ घर, २ गोठ, २ तोला सुन, १ लाख ७५ हजार नगद, ३ वटा बाख्रापाठा र कुखुरा समेत जलेर नष्ट हुँदा २२ लाख रुपैयाँबराबरको क्षेती भएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।
उता जिल्लाको सुनकोसी गाउँपालिका ५ हाइडाँडामा स्थानीय अर्जुन थापाको गोठमा गाइबस्तुलाई कुँडो पकाउन सल्काईएको आगो नियन्त्रण बाहिर जाँदा उनको पनि घरगोठ नै जलेको छ । स्थानीय र प्रहरीको प्रयत्नमा आगो नियन्त्रणमा लिई अन्य क्षेती हुनबाट जोगाइएपनि थापाको १० लाख रुपैयाँ बराबरको क्षेती भएको प्रहरी चौकी रातमाटाले जनाएको छ ।


, ,

0 comments

Write Down Your Responses