Powered by Blogger.
सिन्धुलीमा फरार रहेका व्यक्ति ३ वर्षपछि पक्राउ


सिन्धुली ३ साउन । सिन्धुलीमा सवारी ज्यान मुद्दामा कैद भुक्तान नगरि फरार रहेका एक व्यक्तिलाई प्रहरीले ३ वर्ष पछि पक्राउ गरेको छ । 

कमलामाई नगरपालिका-११ का ३१ वर्षिय बिपुल रसाइली भन्ने बिपुल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  

बिकलाई सवारी ज्यान मुद्दामा ०७५ बैशाख २० गते जिल्ला अदालत सिन्धुलीले ८ दिन कैद भुक्तानकाे फैसला गरेकाे थियाे । उनी कैद भुत्तान  नगरी विक फरार रहेका थिए ।

फरार रहेका विकलाई इलाका प्रहरी कार्यालय भिमानको प्रहरी टोलिले  दुधौली नगरपालिका-६ जगाडिमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।


,

0 comments

Write Down Your Responses