Powered by Blogger.
तीन दलले दिए आन्दोलनकारीलाई वार्तामा आउन अन्तिम अवसर

२३ भदौ, काठमाडौं । प्रमुख तीन दलले ‘अन्तिम अवसर’ भन्दै आन्दोलनरत पक्षलाई निःशर्त वार्तामा आउन अपील गरेका छन् ।

संविधानसभामा बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले वार्ताको आहृवान गरेको हो । तीन शीर्ष नेताहरुको हस्ताक्षरसहितको वार्ताको अपील आउने एमाओवादी प्रमुख सचेतक गिरीराजमणि पोखरेलले बताए ।

बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो वार्ताका लागि अन्तिम अवसर भएको बताए । उनले भने-‘हामीलाई विश्वास छ, आन्दोलनकारी वार्तामा आएर छिट्टै समझदारी हुनेछ ।’

थारु र मधेसी मोर्चाले वार्ताका लागि सेनालाई व्यारेकमा फर्काउनु पर्ने सहितका सर्त राखेका छन् । मधेसी मोर्चाले विगतको सहमति कार्यान्वयनको प्रतिवद्धतासँगै संविधान निर्माण प्रक्रिया केही समयका लागि रोक्नु पर्ने माग गर्दै आएको छ ।

तर, तीन दलले भने संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । आन्दोलनरत पक्ष वार्तामा आए दिनरात छलफल गर्न तयार रहेको नेताहरुले बताए ।


,

0 comments

Write Down Your Responses