सिन्धुली– बागमती प्रदेश सरकारले तामाङ्ग र नेपाल भाषालाई सरकारी कामकाजमा मान्यता दिएको अवसरमा सिन्धुलीका तामाङ्ग र नेवार समुदायले स्वागत गरेका छन ।
सोमबार नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समन्यव समिति सिन्धुली र नेवा ः दय् देबु सिन्धुलीले अन्तरक्रिया कार्यक्रम गर्दै प्रदेश सरकारको निर्णयलाई स्वागत गरेका हुन ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सांसद सुकुमायाँ तामाङ्गले बागमती प्रदेश सरकारले गरेको निर्णय महत्वपूर्ण रहेको बताउँदै यसको कार्यान्वयनमा सबै सरकारी संयन्त्र जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘ बागमती प्रदेशमा रहेका तामाङ तथा नेवार जातिका मानिसहरूले प्रयोग गर्ने मातृ भाषाको रूपमा रहेको नेपाल तथा तामाङ भाषालाई सरकारी कामकाजको लागि प्रयोगमा ल्याएपछि अब तामाङ तथा नेवार समुदायको बाक्लो बसोबास रहेको बागमतीको अधिकांश जिल्लामा कार्यसम्पादन गर्न थप सहजता हुने छ ।’
त्यस्तै नेपाल तामाङ्ग घेदुङ्ग सिन्धुलीका अध्यक्ष सुरत बहादुर स्याङ्गतान(बृहत)ले संघीयता र समावेशीतालाई बलियो बनाउन र सबै जातजाती भाषा भाषीको सह अस्तीत्वलाई स्वीकार गर्न बागमती प्रदेश सरकारले महत्वपूर्ण निर्णय गरेकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा नेवा दय देवुको जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनुभयो ।
बागमति प्रदेश सरकारको २०८०⁄०१⁄१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेश सरकारको कामकाजको भाषाको रुमा लागु हुने अवसरको दिन सोमबार सर्वाजनिक बिदाँ दिने निर्णय गरेको थियो ।
आधुनिक प्रविधिको सफल प्रयोग मार्फत अन्तर जलाधार जल स्थानान्तरण तथा बहुउदेश्यीय जलश्रोत आयोजनाको बिकास गरी कृषि योग्य भुमीमा बाहै महिना भरपर्दो सिचाई सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व बृद्धिको साथै यस आयोजनाबाट उत्पादन हुने जलविधुतबाट समेत देशको आर्थिक विकास हासील गर्न सहयोग पुर्याउने मुलभुत लक्ष्यका साथ राष्टिय गौरब तथा रुपान्तरणकारी आयोजनाको रुपमा सुनकोशी मरिण हाइभर्सन बहुउदेश्यीय आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजनाको पहिलो चरणको कार्य अन्र्तगत सुरुग निर्माणको कार्यका लागी अन्तराष्ट्रिय प्रतिसप्रर्धाबाट छनौट भएको निर्माण ब्यवसायी China Oversaese Engineering Grup co. ltd(COVEC) बाटTunnel Boring
Machine(TBM) को प्रयोग गरी हाल सम्म ९२२६ मिटर सुरुङ्ग खन्ने कार्य सम्पनन् भएको छ । दोश्रो चरणको कार्य अन्र्तगत Headwork, power house, surge Shaft,
Hydro-mechanical, realignment of Bp highway हात्तिटार जग्गा उकास र अन्य संरचनाहरुको निर्माण कार्यको लागी अन्तराष्ट्रिय प्रतिसप्रर्धाबाट छनौट भएको निर्माण ब्यवसायी Patel-Raman JV द्धारा निर्माण कार्य भईरहेको छ । सुनकोशी मरिण बहुउदेश्यीय आयोजनाले सामाजिक दायीत्व तथा बातावरणीय सुधारका कार्यक्रम अन्र्तगत बाँध निर्माण स्थानको डुबान क्षेत्र र सिन्धुलीको मरिण नदिमा निर्माण हुने पावर हाउस क्षेत्रमा नदि नियन्त्रण सडक सिचाई कुलो लिफ्ट सिंचाई खानेपानी लगायतका विभिन्न् कार्यक्रमहरु आवश्यक्ता अनुरुप सञ्चालन गर्ने छ । यस्को अलावा आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित समुदायमा विभिन्न् सीप बिकास तथा क्षमता अभिबृद्धिका विभिन्न् कार्यक्रमहरु समेत संचालन भईरहेका छन । करिब ४९.४२ अर्ब लागत अनुमान(संशोधित ०१) रहेको यस आयोजनाको निर्माण कार्य आ.ब.२०७७/७८ मा शुरु भई आव २०८५/८६ सम्ममा निर्माण कार्य सम्नन् गर्ने लक्ष्य रहेको छ । आयोजनाको हाल सम्मको भौतिक प्रगतिको २५.२० प्रतिशत र आर्थिक २१.९९ हासील गरेको छ । यस राष्ट्रिय गौरब तथा रुपान्तरणकारी आयोजनाको सफल कार्यान्वयनका लागी सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरिएको छ ।
सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली
इस्लाम धर्मालम्बीहरुको मस्जिद घर ः फाईल फोटो from google.com
बुद्धकुमार आछामी
सिन्धुली, ६ बैशाख । शुक्रबार साँझ उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीबासीमा पनि थप त्रास उत्पनन् भएको छ ।
सरकारले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी चैत्र ११ देखी बैशाख १५ गते सम्म लकडाउन घोषणा गरेको भएपनि कट्टर धार्मिक पन्थीहरु विशेषत क्रिश्चिीयन तथा इस्लाम धर्मालम्बीहरुले आफ्ना नियमित गतिविधीहरु बन्द नगर्दा सरकारले कडाईका साथ बन्द गर्न आब्हान समेत गरेको थियो ।
गत चैत ३० गते वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सरकारले मस्जिदहरुलाई बिशेष निगरानीमा राखेको थियो । सरकारले भिडभाड नगर्न आग्रह गरी कडाईका साथ लकडाउन कार्यान्वयन गर्न सबै समुदायलाई आग्रह गरेपनि कट्टर धार्मिक पन्थीहरुले त्यसलाई खासै कडाईका साथ ब्यवाहारमा कार्यान्वयन नगर्दा संक्रमण झन बढी फैलिने खतरा बढ्दै गएको छ ।
सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका–६ धुराबजारमा मुसलमान समुदायका मानिसहरूले भगवानको प्रार्थना गर्ने भवन मस्जिद रहेको छ । लकडाउन अगाडि मुसलमान समुदायको दैनीक विहान र बेलुका प्रार्थना गर्नेहरुको भीडभाड हुने गरेको भएपनि लकडाउन पछि भने सिन्धुलीमाढीका स्थानीय इस्लाम धर्मालम्बीहरु मात्र जम्मा हुने र प्रार्थना गर्ने गरेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
धुराबजारका स्थानीय तथा मस्जिद भवन नजिकैका छिमेकी धुब्र बस्नेतले भने पटक–पटक प्रशासनलाई खबर गर्दा समेत स्थानीय प्रशासनले खासै चासो नदिएको गुनासो गरे । अहिले पनि नियमित रुपमा मस्जिद खुल्ने गरेको उनले बताउनुभयो । मस्जिदमा कोरोनाको संक्रमण फैलिएका कारण सिन्धुली जिल्लाका इस्लाम धर्म मान्नेहरुको संगत, सम्बन्ध र ट्राभल हिस्ट्रीका बारेमा बिशेष निगरानी राख्न जरुरी रहेको बस्नेतको भनाई थियो ।
सिन्धुलीमाढीका स्थानीय इस्लाम धर्मालम्बी आलम शाहले सरकारले लकडाउन गर्ने वित्तिकै देखी मस्जिद बन्द रहेको र बन्दपछि कहिले काँही सरसफाइका लागी खुल्ने गरेपनि प्रार्थनाका लागी जम्मा हुने र भिडभाड गर्ने काम नभएको बताउनुभयो । उहाँले सिन्धुली जिल्लामा बढीमा १५ जना इस्लाम धर्मालम्बीहरु रहेको भएपनि जिल्ला बाहिर जाने र जिल्ला बाहिरका मान्छे भित्र छिर्ने क्रम नरहेको शाहले जानकारी दिनुभयो ।
बिरगन्ज स्थित मस्जिदमा संक्रम भेटिए लगतै देखी जिल्लामा पनि मस्जिद, चर्च, गुम्बा, मठमन्दिरहरुमा विशेष निगरानी गरी भिडभाड हुन नदिन अनुरोध तथा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । मस्जिदमा संक्रमण भेटिएपछि जिल्लामा निक्कै चर्चा भएपछि स्थानीय इस्लाम धर्मालम्बीहरुसँग उहाँहरुको ट्राभल हिस्ट्री तथा गतिविधीहरुको बारेमा नियमित निगरानी पनि भइरहेको प्रजिख पाण्डेले बताउनुभयो ।
इस्लाम धर्म विश्वको दोस्रो सबैभन्दा ठूलो धर्म हो । अल्लाहको भक्ति गर्नु इस्लाम धर्मको विशेषता हो । इस्लाम धर्मको पवित्र पुस्तकको नाम कुरआन हो जसको नेपाली मा अर्थ बारम्बार पढिने पुस्तक हुन्छ ।
इस्लाम धर्मको सिद्धान्त अनुसार मुसलमान को लागि एक दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ । विवशता र बीमारी को हालत मा पनि यस्लाई छोड्न सकिदैन भन्ने मान्यता छ ।
जिल्लामा इशाई(क्रिश्चीयन) धर्मालम्बीहरुको संख्या र चर्चको संख्या पनि निक्कै रहेकाले स्थानीय गाउँपालिका, नगरपालिका तथा स्थानीय प्रहरी प्रशासन मार्फत चर्चमा गरिने साप्ताहिक प्राथलाई कडाई पुर्वक बन्द गर्न लगाइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । कोरोना भाइरस(कोभिड–१९)ले जुनसुकै धर्म, जाति, भाषाभाषी र समुदायलाई संक्रमण हुनबाट नछोड्ने भएकाले सबैले बेलैमा सजगता अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
डा.शेरबहादुर पुन
सर्प दंशलाई नेपालमा बेवास्ता गरिएको स्वस्थ समस्या भन्न सकिन्छ। सर्पदंश खासगरी नेपालको तराईमा र पहाडी जिल्लाहरुको दुर्गम ठाउँहरुमा बढी देखिने गरेको पाइन्छ। तर तराईका जिल्लाहरुमा जस्तो मृत्युदर भने पहाडी जिल्लाहरुमा देखिदैन।यसको प्रमुख कारण भनेको सर्पमा हुने भिन्न भिन्नै प्रजाति हुनु हो।
पहाडी जिल्लाहरुमा देखिने सर्पहरु भन्दा तरार्इमा पाइने सर्पहरु (जस्तै: कोब्रा, करेत ) बढी बिषालु हुन्छन्। पहाडी जिल्लाहरुमा पिट भाईपर जातका जसलाई स्थानीय भाषामा ( हर्रो वा छिरबिरे रंगको साप) भन्ने गरिन्छ बढी मात्रामा हुने गर्दछ। यसले मानिसको मृत्यु तुरुन्तै नगराउने भएता पनि उपचार ढिलो गरेमा बिभिन्न स्वस्थ समस्याहरु निम्त्याउन सक्दछ। विषालु सर्पले टोकेको भनेर कसरी चिन्ने ?
बिष बिहिन वा ड्राई बाईट : यसमा कि सर्प बिषालु हुदैन् वा बिष नै छोडेको नहुन् सक्दछ । जसलाई (ड्राई बाईट) भन्ने गरिन्छ। तसर्थ स्वस्थकर्मीहरुले सबैभन्दा पहिले बिष बिहिन सर्प थियो वा ड्राई बाईट हो भनेर छुटाउन जरुरी हुन्छ।
तर यस्तो अवस्थामा पनि सर्पदंश पीडित ले बढी आत्तिएर बिभिन्न लक्षणहरु भने देखाउन सक्दछ। जस्तै:
१. बढी अत्तिदा हृदय घात हुन् सक्दछ।
२. छिटो छिटो सास फेर्ने गर्दछ।
३. टोकेको ठाँउमा घोचेको जस्तो अनुभब हुने।
४. हात खुट्टा कडा हुने वा बाँउडिने।
५. चक्कर लाग्ने ।
६. बेहोस हुने ।
७. झर्किने गर्दछ। यस्ता लक्षण पनि हेर्नुपर्छ
१. सुन्निने : यो बढी पहाडी जिल्ला मा पाइने हर्रो सर्प को टोकाई बाट बढी हुने गर्दछ।
२. दाँतको चिन्ह : खासगरी पिट भाईपर जातको सर्पमा देखिन्छ भने बिषालु सर्प ले टोकेमा दुई वा एउटा दाँत को चिन्ह देखिन्छ।
३.रक्तश्राप हुने
४. निलो हुने वा पनि फोका भन्ने
५. लिम्फ ग्रन्थि सुन्निने
६. संक्रमण वा नेक्रोसिस हुने
(यी माथिका प्राय पहाडी जिल्लाहरुमा सर्पले टोकेपछि बढी देखा पर्ने गरेको पाइन्छ।) सर्पले टोकेपछि स्नायु प्रणालीमा देखिने चिन्ह र लक्षणहरु :
१. स्वादमा भिन्नता
२.बान्ता हुनु
३. आँखाको परेला उठाउन गाह्रो हुनु
४. स्वरमा परिवर्तन आउनु
५.घाँटी भाचिने चिन्ह (ब्रोकेन नेक साइन)
६ . नाडी छिटो छिटो चल्नु
७. स्वास फेर्न मा समस्या देखिनु
(यी चिन्ह र लक्षणहरु विशेष गरेर कोब्रा, करेत जस्ता बिषालु सर्पका टोकाईका कारणले हुने गर्दछ) प्राथमिक उपचार :
१. बिरामीलाई सबै भन्दा पहिले शान्त पर्नु पर्दछ। सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने र हृदय घात बढी हुने भएकोले बिरामीलाई परामर्श दिई शान्त पार्नु पर्दछ।
२. बिरामीलाई सजिलो हुने गरी भुइमा सुताउनु पर्दछ र शरीर मा कसिएको समान हरु र कसिएको लुगा फुकाली दिनु पर्दछ।
३. टोकेको ठाउँ वरीपरि प्रेसर ब्यान्डेज लगाउने।
४.टोकेको ठाउँ लाई सकेसम्म नचलोस भन्न को लागि काठ वा स्प्लिन्त को प्रयोग गर्ने किनभने टोकेको भाग बढी चलेमा सर्प को बिष मांसपेशिका छिटो सोसित भएर रगतमा मिसिन सक्छ।
(यी सबै कुराहरु गरिसकेपछि छिटो भन्दा छिटो नजिकैको सर्प दंश उपचार केन्द्र मा पुराउनु पर्दछ।) के नगर्ने ?
१.टोकेको सर्प लाई मार्ने कोशिस नगर्ने । यसले गर्दा अरु व्यक्ति पनि घाइते हुन् सक्दछ।
२.टोकेको घाउलाई नचलाउने । यसबाट अरु इनफेक्सन हुने र बिष छिटो फैलिने सम्भावना हुन्छ।
३.रवर वा डोरीले कडा रुपमा नबाधने। यसले रक्तसंचार लाई अबरुद्ध पार्छ । यदि रबर तन्किएर ४० मिनेट भन्दा बढी बाधेमा कोषिका हरु मर्दै (नेक्रोसिस) जाने छ र धेरै ढिलो भए नेक्रोसिस भएको भाग नै काटेर फ्याक्नु पर्ने हुन् सक्दछ।
४. धामी झाक्री संग उपचार गराउछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएको जति सक्दो चाडो सर्प दंश उपचार केन्द्र मा लागने।
५. टोकेको ठाउमा कुनै चिजले नकाट्ने, नचुसने, कुनै मलम वा रासायनिक कुरा नदलने।
सर्प दंश समस्या नेपालमा ठुलै भएपनि यस बारेमा धेरै स्वास्थ्यकर्मी र नीति निर्माताहरु को चासो दिएको पाइदैन। यो समस्यामा सामान्यत न्युनआय स्तरका व्यक्तिहरु नै प्रभावित हुने भएकोले पनि यो समस्या प्रति चासो नदिएको हुन सक्छ । यद्धपी यसले गर्ने बर्षेनी ठुलो मात्रामा गर्ने मानवीय क्षतिको पुरयाउने गरेको छ । तसर्थ सर्प दंश समस्यलाई पनि उच्च प्राथमिकता दिई नियमित रुपमा जनचेतना मुलक कार्यक्रम गर्नु पर्दछ।
सिन्धुली बजारको बीचमा रहेको यस गौमति बहुमुखी क्याम्पस सिन्धुलीमा शैक्षिक सत्र २०७४/०७५ का लागी स्नातक तह प्रथम वर्षमा व्यवस्थापन र मानविकी सकायमा भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन अनुरोध गर्दछौं । हाम्रा विशेषताहरु दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराईने । English/ Nepali दुबै माध्यमबाट पढाई हुने । गरिब जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था भएको Library को व्यवस्था भएको । विद्यार्थीहरुको बृत्ति विकासको लागी अतिरिक्त क्रियाकलापको व्यवस्था भएको विद्यार्थी हकहितको लागी स्वतन्त्र विद्यार्थी युनियन स्थापित भएको
गौमति बहुमुखी क्याम्पस, सिन्धुलीमाढी
९८४४०४१३५४
०४७–५२०१३६
राष्ट्रिय आवास पुनःनिर्माण कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित दश जिल्ला (गोरखा, धादिङ्ग, रसुवा, सिन्धुलीपाल्चोक, दोलखा, ओखलढुंगा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चाक) का गा.वि.स.हरुमा भूकम्प पीडित समुदायको आवास निर्माण कार्यमा सहयोग पुरयाउने उद्देश्यले कर्मचारी माग गरेको छ । विज्ञापन हेर्नुहोस् ।
विद्यालयमा तालाबन्दी भएपछि विद्यालय बाहीर चौरमा विद्यार्थीलाई पठनपाठन गराउँदै भोलेन्टीयर शिक्षकहरु ।
जरायोटार (सिन्धुली) १२, फागुन । शिक्षक र अभिभावकविचको विबादका कारण जिल्ला सदरमुकाम नजिकैको एक प्रावि विद्यालयमा तिन वर्ष चार महिना अघिदेखि लागेको ताला अझै खुल्न सकेको छैन् ।
विद्यालयका शिक्षीकाहरुले नौ वर्षदेखि अभिभावक भेला नगराएको, लेखापरिक्षण समेत नगरी आर्थिक हिनामिना गरेको भन्दै गत २०६९ असोज १८ गतेदेखि कमलामाई नगरपालिका ४ जरायोटार को मनकामना प्राविमा अभिभावकले लगाएको तालबान्दी अझै खुल्न नसकेको हो । उक्त विद्यालयको तालाबन्दी खुलाउने विषयमा विगत दुई वर्षदेखि कुनैपनि तहमा संवाद तथा विधि अपनाइएको छैन् ।
नौं वर्षदेखि विद्यालयमा भएको अनियमितताको छानविन गर्नु पर्ने, प्रअ विनु खड्का, शिक्षीका कमला खड्का र विद्यालय सहयोगी मैयाँ कार्कीलाई कारबाही गरिनु पर्ने अभिभावकको माग छ । दुबै शिक्षीका राहत दरबन्दीका हुन् ।
तर, आफुहरुले कुनै पनि अनियमितता नगरेको बरु विद्यालयमा गैर अभिभावकहरुले विद्यालय व्यवस्थापन समिति कब्जा गर्न खोजेपछि विवाद हुँदा अभिभावकले तालाबन्दी गरिदिएको शिक्षीकाहरु बताउँछन् ।
विद्यालयमा लगाएको तालाबन्दी चालिस महिनादेखी नखुल्दा बालबालिकाहरु कहिले खुल्ला आकाश मुनी चिसो भुइमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा जिल्ला शिक्षा कार्यालयले विवादको समाधान तथा अन्य विकल्प नदीदाँ उक्त विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयमा भएको आर्थिक अनियमितताका सम्बन्धमा छानविन गरिदिन अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी गरेपनि कुनै पनि छानविन हुन नसकेको अभिभावकहरुको गुनासो छ । विद्यालयमा भएको अनियमितताको छानविन गर्नु पर्ने माग गर्दै ताला लगाएको चालिस महिना भइ अभिभावकको मागको सुनुवाइनै नहुँदा ताला नखुलेको स्थानीय अभिभावक तेजबहादुर रानाको भनाई छ ।
‘विद्यालयको हिसाव किताब हेर्दा चित्त नबुझेपछि नौं वर्षदेखिको हिसाव किताब छानविन गरिदिन माग गरेपनि सम्बन्धित निकायले चासो नदिँदा तालाबन्दी गरिएको हो,’ उनले भने । विद्यालयको हिसाव माग गर्दै विद्यालय व्यवस्थापन समिति समेत बदल्न माग गर्दा शिक्षक र अभिभावक विचको दुरी बढ्दै गएको उनले थपे । तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानासंगको मिलेमतोमा आर्थिक अनियमितता भएको अभिभावकको अरोप छ । ‘नौं वर्षदेखि विद्यालयको कुनै पनि हिसाव किताव अभिभावकलाई थाहा छैन्,’ अर्का अभिभावक पूर्ण विकले भने, ‘हिसाव माग गर्दा नदेखाएपछि विद्यालयमा विवाद सुरुभई तालाबन्दी गरिएको हो ।’ भ्रष्ट शिक्षकलाई छानविन गरी कारबाही नभएसम्म कुनै हालतमा विद्यालयको ताला खोल्न नदिने अभिभावकको चेतावनी छ । अहिले विद्यालयमा अभिभावकहरुलेनै स्वयमसेवक शिक्षकहरु खटाएर पठन पाठन गराउँदै आएका छन् । उनिहरुलाई तलब भत्ता समेत दिन नसक्दा विद्यालयमा नियमित पठनपाठन समेत हुन सकेको छैन् ।
उता उक्त विद्यालयका प्रअ विनु खड्काले भने आफुहरु महिला भएका कारण आरोप लगाइएको जिकिर गर्छिन् । ‘हामीले कुनै पनि कमजोरी गरेका छैनौं । अभिभावकहरुले गैर अभिभावकलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन दवाव दिएको भएपनि नियमभन्दा बाहिर जान नमिल्ने भन्दा आफुमाथी अनेकौं आरोप लगाइएको छ । यो सरासर झुटो हो,’ उनले भनिन् ।
अभिभावकले उक्त विद्यालयमा आफ्ना बालबालिकानै नभएका स्थानीय प्रेमबहादुर भण्डारीलाई विद्यालयको व्यवस्थापन सुधार गर्न भन्दै सर्वसम्मत चयन गर्न दवाव दिएका थिए । विद्यालयमा आफुहरुलाई हाजिर हुन नदिएपछि शिक्षा कार्यालयले खटाएको विद्यालयमा हाजिर भएर अर्की शिक्षीका कमला खड्का सहित आफुले पनि त्यहि विद्यालयमा पठनपाठन गराउँदै आएको उनको भनाई छ । खड्काले आफुहरु चालिस महिनादेखि छिमेकी विद्यालयमा काजमा काम गर्दै आएको बताउँछीन् । उक्त विद्यालयकी कार्यालय सहयोगी कार्कीले भने राजीनामा दिइसकेकी छिन् ।
विद्यालयमा चालिस महिना देखि तालबान्दी हुँदा विद्यार्थीहरुले छात्रवृत्ति, पाठ्य पुस्तक, खेलकुद सामाग्री लगायतका सुविधाबाट समेत बन्चित भएका छन् । विद्यालयमा लागेको तालबन्दी खुल्न नसकेपछि शिक्षा कार्यालयले यस्ता सबै सुविधा कटौती गर्दै आएको छ । विद्यालयमा लागेको ताला खुलाउँन विवाद मिलाउने विषयमा विभिन्न चरणमा छलफल तथा विभिन्न प्रयास गरिएपनि सफल नभएको जिल्ला शिक्षा कार्यालयले जनाएकाे छ ।
काठमाडौं, भदौ ६ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गृहमन्त्री बामदेव गौतमलाई आतंकारीको संज्ञा दिँदै आतंककारीले अरुलाई पनि आतंकाकारी नै देख्ने बताएका छन् । उनले गृहमन्त्री गौतमलाई आफूहरुलाई आतंकारी प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा २०२८ सालको तत्कालिन मालेले शुरु गरेको झापा आन्दोलनतर्फ संकेत गर्दै महतोले भने, ‘हामीले बामदेव गौतम जस्तै बञ्चरोले कसैको टाउको काट्ने काम गरेका छैनौं, हामीले हतियार पनि उठाएका छैनौं । हामी होइन बरु गौतमकै राजनीतिक जन्म आतंकवादबाट भएको हो ।’ उनले वामदेव गौतमलाई आफूहरुले आतंकवाद र सम्प्रदायिकताको कुरा गरेको प्रमाणित गर्न समेत चुनौति दिए । ‘अधिकारका लागि लड्नु अपराध हो भने हामीलाई कारवाही गर्न चुनौती दिन्छु,’ महतोले भने । संसदमा जवाफ दिँदै गृहमन्त्री गौतमले मधेशी दलहरुले आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाखको प्रस्ताव गर्नु आतंककारी जस्तै भएको बताएका थिए ।
अध्यक्ष महतोले जर्बजस्ती ल्याउन खोजेको संविधानले अराजकता निम्ताउने बताउँदै आफूहरु विगतका सम्झौताहरु कार्यान्वयन नगरेको कारण आन्दोलनका उत्रिन पर्ने बाध्यता रहेको बताए । ‘हाम्रो कुनै नयाँ माग होइन, विगतका सम्झौताहरु पालाना हुुनुपयो,’ उनले भने ।
उनले आन्दोलनलाई बलपूर्वक दमन गरेर सरकारले अराजकता फैलाउन खोजेको आरोप समेत लगाए । उनले विगतका सम्झौताअनुसार संविधान निर्माण नभएसम्म आन्दोलन नरोकिने बताए ।
‘ज्ञानेन्द्रभन्दा त अहिलेका दलहरु प्रगमनकारी भए,’ महतोले भने, ‘विगतका सबै उपलब्धीहरु समाप्त पार्न खोजिँदैछ । उनले आफूहरु वार्ताको विरोध नभएको जिकिर गर्दै सरकारले नै वार्ताको वातावरण तयार गर्नुपर्ने बताए ।
उनले स्वायत्त मधेसका भूमिहरु खोसिएको र पहाडमा मिसाउन लागिएकाले मधेसमा दुई प्रदेश सो प्रदेशमा चुरे महाभारतको पहाडी क्षेत्र मिसाइए पनि आफुहरुलाई मान्य हुने उल्लेख गरे ।
उनले वर्षौंदेखि मधेस–थरुहट प्रदेशमा मधेसी, पहाडी र थारुहरु मिलेर बसेको र ती समुदायबीच वैवाहिक सम्बन्ध पनि हुन थालेको उल्लेख गर्दै वर्षौंको सुमधुर सम्बन्धबीच कटुता आउन दिनु नहुने आवश्यकता औँल्याए ।
अबको संविधानमा समानुपातिक प्रतिनिधित्व हटाउन लागिएको, उच्च पदमा मधेसीलाई जान रोकिएको आरोप लगाउँदै उनले खस मानसिकता बोकेका केही शासकीय वर्गले राष्ट्रका लागि होइन कि आफ्नै लागि संविधान बनाउन लागेको आरोप लगाए ।
उनले २०६४ साल फागुन ८ गते भएको सम्झौताअनुरुप र अन्तरिम संविधानमा प्राप्त अधिकार तथा भावनाअनुरुप संविधान बनाउनुपर्ने विषयमा जोड दिउनले ।
आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने विवादास्पद निर्णय बारे बोल्दै उनले पैसाभन्दा भावनालाई बुझ्न आग्रह गरे । उनले पैसाले कसैको जीवन फिर्ता गर्न नसकिने भन्दै अधिकारका लागि लड्नेहरुका लागि सम्मान स्वरुप उक्त प्रस्ताव गरिएको प्रस्ट पारे ।
यसैबीच, फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य दिलिप धाडेवालले पार्टी परित्याग गरि सद्भावनामा प्रवेश गरेका छन् ।
अध्यक्ष तथा प्रधान सम्पादकः बुद्धकुमार आछामी(९८४४२२६४२६)
सम्पादकः डुनीराज
नेपाली(९८४४२५२९८३)
सह–सम्पादकः बल बहादुर नेपाली(९८५४०४११४६)
फोटो पत्रकार: उद्धब कुमार श्रेष्ठ
कमलाखोज संवाददाता: उमेश परीयार
मध्य पहाडी संवाददाता: ओम कुमार कार्की
नगर संवाददाता: संजीत कार्की
नियमित लेखक: सुरत बहादुर स्याङतान, लिला पौडेल,
ज्वाला प्रसाद न्यौपाने
कार्यालय: कमलामार्इ नगरपालिका–६ सिन्धुली
इमेल: bijayakillanews@gmail.com
bijayakilla.sindhuli1824@gmail.com
फेसबुक पेज: www.facebook.com/bijayakilla
काठमाडौँ,२८ जेठ– अधिकार र सुशासनको क्षेत्रका क्रियाशिल संघ संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण अनावश्यक रुपमा खर्चिलो र प्रचारमुखी भएको निष्कर्ष निकालेका छन् ।
मानवीय जबाफदेहिता अनुगमन अभियान (हामी) ले भूकम्प अति प्रभावित ५ जिल्लामा भइरहेको राहत र उद्दारको स्थलगत अनुगमनपछि बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा विदेशी संघ संस्थाहरुको राहत वितरणले पीडितलाई सहयोग भन्दा पनि व्यंग्य गरेको उल्लेख छ ।
प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै हामीका कन्भेनर मीनवहादुर शाहीले भूकम्प प्रभावित गाउँहरुमा विदेशीहरुको उपस्थिति धेरै भए पनि उताबाट आएको पैसा अधिकांश विलासितामा खर्च हुने गरेको पाइएको बताए ।
शाहीले भने,‘एउटा मोटरसाइकल भाडामा ४५ हजारसम्म खर्च भएको छ, चार लाखसम्म गाडीको भाडा तिरेका छन, भोलेन्टियर भन्दै दुई चार सय डलर दिइएको छ । जबर्जस्ति आफ्नो काम देखाउने प्रयास गरिएको छ ।’
अन्तर्राष्ट्रिय संघ संस्थाहरुले राहत वितरण तथा पुर्ननिर्माणको काम गर्दा स्थानीय संघ संस्थाहरुसँग सहकार्य अनिवार्य हुनुपर्ने निष्कर्ष स्थलगत अध्ययनका क्रममा निकालिएको शाहीले बताए ।
प्रतिवेदनमा भनिएको छ,‘राहत सामाग्री वितरण गर्ने संस्थाको अनावश्यक उपस्थिति, अनावश्यक रुपमा टेन्ट र पाल हाली विलासी जीवन बिताउने प्रयास गरि पीडितहरुलाई व्यंग्य गरिएको देखियो ।’
विदेशीहरुको स्वच्छद उपस्थितिले पीडितलाई राहत भन्दा पनि भड्काउने काम भइरहेको निष्कर्ष निकालिएको छ । बिभिन्न ठाउँमा सामाजिक सांस्कृतिक समस्याहरु पनि देखा परेको प्रतिवेदनमा उल्लेख छ ।
‘कतिपय ठाउँमा राहत वितरणलाई धर्म प्रचारको रुमपा समेत प्रयोग गरिएको छ, त्यस्ता संस्थाहरुलाई सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने देखिन्छ’ प्रतिवेदन सार्वजनिक गर्दै शाहीले भने ।
शाही स्वयं रसुवाको स्थलगत अध्ययनमा थिए । दोलखाका स्थलगत अध्ययनमा गएकी शर्मिला कार्की, सिन्धुपाल्चोकबाट फर्किएका विनोद पहाडी, गोरखाबाट फर्किएका रेम विश्वकर्मा लगायतले पनि आइएनजिओहरुलाई आफूखुसी काम गर्न दिदा सामाजिक समस्या आउने बताए ।
भूकम्प प्रभावित बस्तिमा सामाजिक सुरक्षाको अभाव र राहत वितरणमा कतिपय ठाउँमा भेदभाव भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुने हो भने राहत वितरणमा जस्तै पुर्ननिर्माणमा पनि सरकार असफल हुने कार्यक्रमका सहभागीहरुले बताए ।
ओखलढुंगा,२९ जेठ – भूकम्पबाट भएको क्षतिपछि राहत र पुर्नस्थापनाको अवस्था बुझ्न जिल्ला अनुगमनमा आएका राष्ट्रपति रामवरण यादव र एमाले सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको छ । राजनीतिक दलका प्रतिनिधिले जिल्लाको अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति यादव बोल्न रोकेपछि दोहोरो चर्काचर्की भएको हो ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शुक्रबार ओखलढुंगामा भएको कार्यक्रम ।
नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले । सभासद् तथा एमाले केन्द्रिय सदस्य सुनुवारले आफूले पनि केही कुरा राख्न चाहेको अनुरोध गरेपनि राष्ट्रपति यादवले रोकेका थिए । ‘पार्टीका नेताहरुबाट कुरा सुनिसकेकोले तपाईले किन बोल्नु’, यादवले भनेका थिए ।
बोल्न नपाएपछि आक्रोशित भएका सभासद् सुनुवारले ‘तपाई आउँदा पनि छापामार शैलीमा आउनुभयो’। बोल्ने क्रममा यादवले राष्ट्रपति भएको सातवर्ष बित्दा पहिलो पटक आफूलाई कुनै सभासद्को व्यवहारले दुःख लागेको बताए ।
सिन्धुली,३०जेठ – सुचना तथा संचार मन्त्रि तथा नेपाल सरकारका प्रवक्ता मिनेन्द्र रिजालले मुकम्प पिडितलाई घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ को नेतृत्वको टोलीले निर्माण गरेको आठ कोठे खाङसाङ उ.मा.विको अस्थाई भवन उदघाटन गर्दै मन्त्रि रिजालले उक्त कुरा बताएका हुन् ।
खाङसाङ उ.मा.वि मा भएको कार्यक्रममा प्रमुख अतिथि रिजालले माहाभुकम्पमा परेकालाई अस्थायी टहरा निर्माणको लागि रु १५ हजार दिन शुरु गरिसकेको र अब चाँडै घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका । उनले नेपालीहरु जस्तोसुकै विपतको सामाधान पनि आफैँले गर्ने भन्दै सबैलाई पुन निर्माणमा लाग्नुपर्ने सल्लाह दिए ।
क्षेत्र नं २ का सभासद मोहन प्रसाद वरालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सचिव उपेन्द्र पोखरेलले मन्त्रि रिजाललाई माहाभुकम्पमा परेका पिडितलाई चाँडो भन्दा चाँडो सरकारले घर निर्माणको लागि दिने २ लाख उपलब्ध गराउन आग्रह गरे । उनले भुकम्पले क्षति भएका सिन्धुलीका खानेपानी, सिचाई कुलो र वर्खायाममा हुनसक्ने बाढी पहिरो नियन्त्रणको लागी तटवन्धनको लागि तुरुन्त रकम निकासा गरिनुपर्नेमा जोड दिए । साथै सचिव पोखरेलले जिल्लाका सम्पूर्ण सडक निर्माणको लागि उपकरणको व्यवस्था र संचार सेवाकालागि ५० वटै गाविसमा एनटिसिको टावर निर्माण गरिनुपर्ने माग गरे ।
काठमाडौँ,३० जेठ – मुख्य चार दलका बीच संविधानका विषयमा भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट ५ दलले शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । यी ५ दलले शुक्रबारको संविधानसभा बैठक बहिस्कार गरेका थिए ।
संविधानको धारा १३८ ले प्रदेशको सीमाबारे संविधानसभाले टुंग्याउने व्यवस्था गरेकोमा प्रदेश सभाले टुंग्याउने गरी सहमति गरिएकाले यो सहमति असंवैधानिक भएको जिकिर गर्दै उनीहरुले राष्ट्रपतिलाई ज्ञापन दिएका हुन् । ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले संविधानबारे उठ्ने प्रश्नहरुबारे आफ्नो चासो रहने बताएका थिए । राष्ट्रपतिले यसबारे शीर्ष नेताहरुसँग कुरा गर्ने आश्वासन दिएको ज्ञापन बुझाउन गएका सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए ।
बिहान ९.३० मा ज्ञापन बुझाउन सितल निवास पुगेको टोलीमा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी अध्यक्ष अशोक राई र रामसपाका नेता रामनरेश यादवलगायत थिए ।
सिन्धुली,३० जेठ – कारितास नेपालले सिन्धुली जिल्लाको अमले गाबिसमा शनिवार राहत सामाग्री बितरण गरेको छ । रिलिफ नेपाल सिन्धुली र सामुदायीक बिकास तथा पैरबि मन्चको साझेदारीमा सामाग्री बितरण गरिएको हो ।
अमले गाबिसको कुल ४५४ घर संख्यामद्ये ३२८. घरधुरीलाई खाद्यान्न तथा अस्थाई बसोवास सामाग्री र १२६ घरधुरीलाई अस्थाइ बसोबास सामाग्री बितरण गरिएको रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले बताए ।
कार्यालयले ध्वस्त, क्षतिग्रत र सामान्य सहित क्षतिलाई तीन बर्गमा बिभाजन गरि सामाग्रीको बितरण गरेको हो । यसअघि कारितास नेपालले रिलिफ नेपाल तथा सामुदायीक बिकास तथा पैरबि मन्चसंगको साझेदारीमा जिल्लाको हत्पते, तामाजोर शान्तेश्वरी, नेत्रकाली, हरहरपुरगढी,महेन्द्रझ्याडि, पिपलमाढी, बस्तिपुर गाबिसमा राहत बितरण गरिसकेको जनाएको छ । हत्पतेमा ८२, तामाजोरमा ५००, शान्तेश्वरीमा ५०३, नेत्रकालीमा ६९४ र हरीहरपुरगढीमा ५६९, महेन्द्रझ्याडिमा १हजार ६६, पिपलमाढीमा १३ सय ९२, बस्तिपुरमा ६ सय २३ घरधुरीलाई यसअघि नै राहत बितरण गरिसकेको पौडेलले जानकारी दिनुभयो । सिन्धुलीको १० गाबिसमा जम्मा ६ हजार ५ सय ३९ त्रिपाल, ५ हजार ३ सय ४२ गुन्द्रि, ७१ हजार २ सय १० मिटर डोरी, ७ हजार १ सय १९ कमल, ७ हजार ४८ किलो दाल, ३ हजार ५ सय २४ नुन किलो, ७ हजार ४८ लिटर तेल र ३० किलोको ३५ सय ४० बोरा चामल बितरण गर्ने लक्ष्य रहेको छ ।
सिन्धुली जिल्लाको नेत्रकाली, शान्तेश्वरी, हत्पते , तामाजोर, हरिहरपुरगढी, महेन्द्रझ्याडि, पिपलमाढी , बस्तिपुर, अमले र बाशेश्वर गाबिसका कुल ६ हजार ५ सय ३९ घरधुरीलाई राहत बितरण गर्ने लक्ष्य रहेको कारितास नेपाल काठमाण्डौंका ईन्द्र बिकले जनाए ।
आइतबार सिन्धुलीको बाशेश्वर गाबिसका ६९० घरधुरीमद्ये ३६६ घरधुरीलाई खाद्य सामाग्री तथा अस्थाई बसोबास र ३ सय ५४ घरधुरीलाई अस्थाई बसोबास सामाग्री बितरण गरेसँगै १० गाबिसमा राहत बितरण गर्ने कार्यक्रम सम्पन्न हुने बिकको भनाई छ ।
त्यस्तै भुकम्प प्रभाबितहरु २ बिद्यालयका बिद्यार्थीहरुलाई हिजो रिलिफ नेपालद्धारा स्टेशनरी, राहत तथा खेल सामाग्री बितरण गरिएको छ । सिन्धुलीको तिनकन्या गाबिसको रानीखोलामा अवस्थित २ बिद्यालयका ३२८ जनालाई करिब २ लाख बराबरको सामाग्री बितरण गरिएको हो ।
राजन गाउँले
सिन्धुली ३१, जेठ – यहाँका एक किसान एउटै बोकाबाट ५० हजार रुपैयाँ सम्म आमदानी लिन सफल भएका छन् ।कमलामाई नगरपालिका–४, चिसापानीकी किसान भिमकुमारी थामीले उन्नतजातको एउटै बोकोबाट पचास हजार रुपैयाँ आम्दानी लिएका हुन् ।
व्यावसायीक रुपमा बाख्रापालन गर्दै आएकी थामीले पालेको उन्नतजातको व्याड बोको शुल्क र बोकाको विक्रीबाट पचास हजार रुपैयाँ आम्दानी लिएकी हुन् ।
‘दुई वर्ष सम्ममा बोकोको ब्याड शुल्कबाट २५ हजार रुपैयाँ लिएको थिए,’ शनिबार सिन्धुलीमाढीमा बोका विक्रीका लागि आएकी किसन थामीले भनिन्, ‘अहिले २५ हजारमा बोका विक्री गर्दै छु ।’
एउटा बाख्रालाई ब्याड लगाएको तिन सय रुपैयाँ लिने गरेको उनको भनाई छ । ‘अहिलेसम्म झण्डै सयबढी किसनका बाख्राहरुमा ब्याड लगाइसके । उनिहरुबाट तिनसयका दरले २५ हजार रुपैयाँबढी आम्दानी लिइसकेको छु । अहिले २५ हजार रुपैयाँमा तेही बोको विक्रीका लागि टुंगो टांगी भयो,’ उनले थपीन् ।
ब्याड र बोकाको मुल्य गरेर ५० हजार रुपैयाँबढी लिएको उनले बताइन् । उन्नत जातको बोका भएकाले पनि गाउँघरका सबैले बाख्रा ल्याउने गरेको उनले जनाइन् ।
‘मैले सुरुमा सात हजार रुपैयाँमा ब्याहुने बाख्रा ल्याएको थिए । त्यसले बोका पायो । त्यहि बोकाले अहिले पचास हजार रुपैयाँसम्म आम्दानी दिन सफल भयो । सातहजारमा किनेको बाख्रा छदै छ । त्यसले पनि झण्डै चालिस हजारको पाठनपाठी अरु जन्माइ सकेको छ,’ उनले भनिन् ।
एउटै बोकाबाट ५० हजारसम्म आम्दानी गर्दा निक्कै खुसी भएकाी थामीले बोको विक्रीबाट फेरी अर्को सानो बोको किनेर पाल्ने सोँच बनाएकी छिन् ।
‘अहिलेको बोको झण्डै तिन वर्ष भयो होला, बुढो पनि हुँदै गयो । अब यो विक्री गरेर अर्को यस्तै उन्नत जातको बोका बिनेर फेरी यसरीनै ब्याड पालेर आम्दानी लिने सोच बनाएकी छु,’ थामीले भनिन् ।
घरमै बसेर यसरी एउटै बोकाबाट यत्तिको रकम आम्दानी गर्न सकिने भएपछि उनले बाख्रालाई ब्यावसायिक पालन गर्ने तयारी पनि गरेकी छिन् । उनले भनिन्, ‘हामी जस्ता लेखपढ नभएकाहरुले पनि घरमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ । अब अरु पनि बाख्रा पाल्ने तयारी गरेकी छु । थोरै दुःख गर्दा विस पचास हजारले खाँचो नहुने रहेछ ।’
भक्तपुर, ३१ जेठ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो ।
कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताए ।
उनले अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोश्रो सातामात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भने, ‘प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।’
प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ ।
यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिए ।
यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।
रासस
सिन्धुली, ३१जेठ – गर्मी बढेसंगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा विषालु सर्पको प्रकोप देखिएको छ ।
विगतमा सर्पको प्रकोप नभएको सिन्धुलीमाडीमा यस वर्ष अत्यधिक गर्मी भएका कारण बैरी करेत सर्पहरु निस्कन थालेको वातावरणविदहरुको तर्क रहेको छ ।
सिन्धुलीमाडीको रातमाटा,राममाडी,पानीट्यांकी लगाएतका स्थानहरुमा सानो आकारको वैरी करेत सर्प रातीको समयमा निस्कने गरेको र कतिपय सर्पहरु मानिसहरुले मार्ने गरेको स्थानीय सीता मगरले बताईन् ।
रातीको समयमा हिडने र सानो आकारको सर्प वैरी करेत सबैभन्दा विषालु सर्प हो । यसले मानिसहरुलाई डसेमा आधा घण्टाको समय सम्म उपचार हुन नसके ज्यान जाने सर्प विज्ञहरुको तर्क रहेको छ ।
गर्मीका कारण सिन्धुलीमाडीमा सर्पको विगविगी बढेको अवस्थामा सर्पदंश उपचार केन्द्रको समेत आवस्यक्त खडकिएर गएको छ ।
वातावरणविदहरुका अनुसार तराईमा अत्यधिक गर्मीका कारण सर्प र विच्छीहरुले समेत भित्री तराई र पहाडी क्षेत्रमा आफ्नो वास स्थान बनाउन थालेपछि सर्पै र विच्छीहरुको प्रकोप पहाडी क्षेत्रहरुमा समेत बढेर गएको बताईएको छ ।
करिव २ वर्ष अगावी सिन्धुलीको भद्रकाली गाविसको चियावारी आसपासका क्षेत्रमा गोमन सर्पको विगविगी देखिएको थियो ।