सिन्धुली १७ जेठ । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिकामा राम्रो प्रदर्शन गरेर मात्र नहुने र उपाधि जित्नुपर्ने बताएका छन् ।
उनले कोपा अमेरिकाको उपाधि नजितेसम्म खुशी नहुने बताए । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने मेसीले अर्जेन्टिनाको सिनियर टिमबाट अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन् ।
सन् २०२१ को कोपा अमेरिका मेसीको लागि अन्तिम अवसर हुन सक्छ । कोलम्बियालाई सहआयोजकबाट हटाइएपछि अर्जेन्टिनाले अर्को महिना सुरु हुने प्रतियोगिता एक्लै आयोजना गर्ने तयारी थियो । तर दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले अर्जेन्टिनामा कोरोना भाइरस बढ्दो रुपमा रहेकाले आयोजकको रुपमा हटाएको छ ।
कोपा अमेरिका अघि अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत दुई खेल चिली र कोलम्बियाविरुद्ध खेल्नेछ ।
‘साथीहरुसँग यहाँ हुन पाउँदा म खुशी छु । यो एकदमै अनौठो र फरक अवस्था हामीले सामना गरिरहेका छौं,’ मेसीले अर्जेन्टिनियन फुटबल एशोसिएसनसँगको कुराकानीमा भने, ‘हाम्रो सामान्य क्याम्प हुन सकेको छैन । हामी विस्तारै सँगै हुँदैछौं, कडा मिहिनेत गर्दैछौं र छनोट खेलका लागि तयार हुँदैछौं ।’
मेसीले आफू उत्साहित रहेको र राम्रो गर्न भोकाएको बताए । ‘म एकदमै उत्साहित छु र राम्रो गर्नको लागि साँच्चै भोकाएको छ । पछिल्लो कोपा अमेरिकामा हामीले राम्रो प्रभाव छोड्यौं तर हामी त्यसैमा मात्र खुशी हुन सक्दैनौं,’ मेसीले भने, ‘हामी राम्रो गर्न चाहन्छौं । हामीले खेलेको पछिल्लो छनोट खेल राम्रो भयो । दुर्भाग्यवस हामीले फेरि सँगै खेल्न नपाएको धेरै समय भयो ।’ मेसीले अहिले राम्रो टिम रहेको र त्यो महत्वपूर्ण भएको बताए ।
साओपाउलो / ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ आइतबार मात्र पनि ८७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।
यहाँ यो संक्रमणबाट ४ लाख ६१ हजार ९३१ जनाको ज्यान गएकोे आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन । कतिपय दिन यहाँ संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ ।
अधिकारीहरुले संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका पाइएको छ । अधिकारीहरुले अहिले पनि यहाँका बिरामीको चाप थेग्न सकेका छैनन् ।
यहाँ गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५२० जना संक्रमितहरु भेटिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार सो जानकारी दिएको छ ।
त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् ।
ब्राजिलका अधिकारीहरुले यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् । यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् ।
सिन्धुली, ७ जेठ । भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको हो।
तालिमका क्रममा रहेको जहाज दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।
यो वर्ष भारतीय वायु सेनाको एमआइजी-२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो।
५ जेठ, काठमाडौं । दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ ।
स्थानीय प्रशासनका अनुसार मंगलबार साँझ यो घटना भएको थियो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिन थालेसँगै मानिसहरुको उद्धार गरिएको हो ।
त्यतिबेला चीनमा कुनै भूकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार पनि लाग्ने गरेको छ ।
यो भवन चीनको सेन्जेन भवनको बीचमास्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो सहरमा यो भवन एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।
चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो ।
समाचारमा हताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो ।
एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी दिदी म्यारियन ट्रम्प बेरी । भदौ ८, २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकी दिदी म्यारियन ट्रम्प बेरीले फटाहा र धोकेबाज रहेको बताएकी छिन्। म्यारियन पूर्व संघीय न्यायाधीश पनि हुन्। गोप्य रुपमा रेकर्ड गरिएको संवादमा म्यारियनले ट्रम्प कुनै सिद्धान्त नै नभएको मानिस रहेको भनेकी छिन्। यो सम्वाद म्यारियनकी भतिजी म्यारी ट्रम्पले रेकर्ड गरेकी खुलेको छ। 'ट्रम्पका बकवास ट्वीटहरु...उसलाई ईश्वरले नै झुठबाट जोगाउन सक्लान्, उ धोकेबाज र क्रुर छ,' सो अडियोमा म्यारियनले यस्तो भनेकी छिन्। आफ्नै दिदीले धोकेबाज र फटाहा भनेपछि ट्रम्पले यसबारे प्रतिक्रिया दिएका छन्। राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट जारी गरिएको वयानमा उनले हरेक दिन केही अलग भइरहने र यी घटनाको परवाह गरिरहन नसकिने उल्लेख गरेका छन्। बीबीसीका अनुसार ट्रम्पविरुद्ध उनकी दिदीले गरेको कटाक्ष सबैभन्दा पहिलो वासिङ्टन पोष्टले सार्वजनिक गरेको थियो। सो गोप्य रेकर्डिङमा म्यारियनले ट्रम्प प्रशासनको आप्रवासन नीतिमाथि निन्दा गरेकी सुनिन्छ। ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकी छिरेका आप्रवासीहरुको बच्चालाई हिरासतमा राख्नेगरी यस्तो नीति बनाएको छ। सो अडियो रेकर्ड गरेकी मेरी ट्रम्पले 'टु मच एण्ड नेभर इनफ : हाउ माई फ्यामिली क्रियटेड द वर्ल्डस् डेन्जर म्यान' नामक आफ्नो जीवनी पुस्तकमा डोनाल्ड ट्रम्पले आफ्ना साथीलाई पैसा दिएर एसएटी परीक्षा दिन लगाएको खुलासा गरेकी थिइन्।
सिन्धुली, २० भाद्र । बैदेशिक रोजगारीको सिलसिलामा मलेसीया पुगेका नेपाली युवाहरुले गत श्रावण २८ गते गएको पहिरोका कारण मृत्यू हुने कमलामाई नगरपालिका–६ गैरीबजारका मृतकका आफ्न्तलाई राहत स्वरुप रकम सहयोग गर्ने भएका छन ।
सिन्धुलीमाढीबाट सञ्चालित विजयकिल्ला डटकम अनलाईन तथा फेसबुक मार्फत देशभरिका बाढी पिडितहरुको दुःखमा दुखित बनेका परदेशी नेपाली युवाहरुले आफ्नो जिल्लामा परेको दैबिक विपदका कारण मृत्यू हुने परिवारका आफ्न्तलाई दुखेको घाउँमा थोरै भएपनि मलम पट्टी लगाउने उदेश्यका साथ सहयोग रकम हस्तान्तरण गर्न लागेको बताएका छन ।
मलेसीयामा कार्यरत श्रवण लुंगेली मगरको संयोजनमा २१ जना विशेषत सिन्धुलीकै युवाहरुले मलेसीयन रिङगेट ३ हजार ४ सय ४४ अर्थात नेपाली रुपैयाँ ८१ हजार ४ सय ८६ रुपैयाँ संकलन गरी पिडित परिवारलाई हस्तान्तरण गर्न लागेका हुन ।
मलेसीयामा संकलन गरिएको राहत रकम रेडियो बिजयकिल्ला ९३.० मेगाहर्जको संयोजनमा प्रमुख जिल्ला अधिकारी मार्फत मृतकका आफ्न्त उदय बहादुर खड्कालाई हस्तान्तरण गर्न नेपाल पठाईसकिएको संयोजक श्रवण लुंगेली मगरले जानकारी दिए ।
आउँदो सुक्रबार विशेष कार्यक्रमका साथ प्रमुख जिल्ला अधिकारी मार्फत पिडित परिवारलाई राहत रकम हस्तान्तरण गर्ने तयारी भएको रेडियो बिजयकिल्लाका सञ्चालक समिति अध्यक्ष नरेश देवकोटाले जानकारी दिए ।
गत श्रावण अन्तिम सात परेको अबिरल वर्षाका कारण सिन्धुली कमलामाई नगरपालिका–६ गैरीबजारमा गएको पहिरोले एकै घरमा दुर्गा कुमारी खड्का (२७ वर्ष) ,शोभा खड्का ( १५ वर्ष), अनिस खड्का वर्ष ( १० बर्ष) र मनिष खड्का (वर्ष ८) का को मृत्यू भएको थियो । मृतकका आफ्न्तलाई विभिन्ने व्यक्ति, संस्था तथा समुहले सहयोग गर्ने क्रम निरन्तर जारी छ ।
सहयोग गर्ने व्यक्तिहरुको नाम र सहयोग रकम तपशिल बमोजिम रहेको छ ।
१ श्रवण लुङ्गेली मगर २०१।–
२ सागर पहाडी २५०।–
३ उमेश माझी १०१।–
४ पेमा लामा तामाङ २०१।–
५ लोक बहादुर पुलामी १११।–
६ मधुकर कार्की २०५।–
७ कबिराज बस्नेत २११।–
८ डम्बर श्रेष्ठ १०१।–
९ अशोक तामाङ २००।–
१० अर्जुन दियाली १०१।–
११ जितेन माझी १०१।–
१२ श्रवन लामा ११०।–
१३ पदम ठाडा मगर २०५।–
१४ सुनिल माझी १०१।–
१५ भिम रिजाल १०१।–
१६ शंखध्वज भ्लोन ३००।–
१७ रोहित बस्नेत \साथीहरू ३५०।–
१८ बाबुलाल वाइबा ११०।–
१९ आयुस मगर १५१।–
२० सुमन पोख्रेल १०५।–
२१ अरुण गोले ११०।–
२२ सन्दीप वाईवा ११०।–
जम्मा रकम ३४४४।–
सन १९७४ मा ‘ब्ल्याक होल’बारे असाधारण अनुसन्धान गरेर त्यसको पूरानो सिद्धान्त नै परिवर्तन गरिदिने वैज्ञानिक स्टेफन हकिन्स विज्ञानको दुनियाँका विख्यात वैज्ञानिक हुन् । थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला, उनको दिमागबाहेका शरीरका कुनै अंग चल्दैन । उनी प्यारालाइज् हुन् ।
आफ्नो सफलताको राज बताउने क्रममा उनले भनेका थिए, ‘यही शारीरिक अशक्तताले मलाई वैज्ञानिक बनयो ।’ यसरी शारीरिक अपाङ्ता हुनुअघि उनी पढाइमा खासै ध्यान दिँदैन थिए । तर, पछि उनका शरीरका प्राय: अंगले काम गर्न छाड्यो । त्यसपछि उनले आफ्नो पूरा दिमाग रिसर्चमा लगाए । त्यसैक्रममा उनले ब्ल्याक होलका विषयमा यसअघिका वैज्ञानिकहरुले सार्वजनिक गरेका तथ्यलाई नै झुट सावित गरिदिए र एकाएक सेलिब्रेटी बने ।
स्टेफन हकिन्स वैज्ञानिकका अलावा एक दार्शनिक पनि हुन् । उनका कैयन यस्ता भनाइहरु छन्, जसले तपाईंको सोच्ने तरिका नै परिवर्तन गरिदिन्छ । आज हामीले उनका यस्ता १० भनाइबारे जानकारी दिँदैछौं ।
1. अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’
2. ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।
3. मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।
4. म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।
5. जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।
6. शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन ।
7. पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।
8. आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ । विना काम जिन्दगी खाली-खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।’
9. मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।
10. रिस सबैभन्दा ठूलो दुश्मन हो । यसले सभ्यतालाई नै नष्ट गर्नसक्छ ।
स्टेफन हकिन्सका महत्वपूर्ण पुस्तकहरु:
ए ब्रिफ हिस्ट्री अफ टाइम
द ग्रांड डिजाइन
यूनिभर्स इन नटशेल
माई ब्रिफ हिस्ट्री
द थ्योरी अफ एभ्रीथिंग
स्पेन । हस्त लिखित राहदानीको वहाल अवधि सकिए पनि प्रबासमा रहेका सबै नेपालीहरूले एमआरपी राहदानी भने बनाई सकेका छैनन् । पेरिस स्थित दुताबासको घुम्ती टोलि बार्सिलोना आउँदा करिब ५० जनाले एमआरपी बनाउँन फारम भरे पछि स्पेनमा यसको पुष्टी भएको हो ।
यद्दपी बिगतमा जस्तो एमआरपी बनाउँने भिड भने देखिएन। बार्सिलोना वरिपरी क्षेत्रबाट यसपटक कम संख्यामा फारमहरु संकलन भए । तर स्पेन भरी नै भने, ठुलो संख्यामा एमआरपी पासपोर्ट बनाई नसकेको अनुमान लगाउँन सकिन्छ ।
एमआरपी फारम भर्न आएका एक आवेदकले (नाम नखुलाईएको) भने, ‘आँफुलाई जहिले चाहियो,त्यहिले नै बनाउँन आईयो,अहिले नै घर जानु छैन, के- को हतार ।’ प्रश्न गर्दा निकै कडाईका साथ प्रस्तुत भएका उनि, नोभेम्बर २४ पछि हस्त लिखित राहदानी नचल्ने,थाहा हुँदा हुँदै पनि एमआरपी नबनाएको बताए ।
तर स्याङ्जा स्थायी घर भई हाल बार्सिलोना बस्दै आएका बिश्वबन्धु रेग्मीले, बेलैमा आँफुले एमआरपी राहदानी बनाएकोले कुनै समस्या नपरेको बताए । भर्खर जन्मेकी आफ्नी छोरीको,राहदानी बनाउँन आएका उनले भने, ‘एनआरएनले कार्यलय खोलेर यहीबाट फारम भर्न पाउँदा र दुताबासका कर्मचारीले यतै रुजु गरी दिदा, धेरै सजिलो भयो। आशा छ, फारम बिग्रियो भन्दै, फर्केर आउँने छैन। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पहलमा पेरिस स्थित नेपाली दुताबासबाट आएको, घुम्ती टोलीले नयाँ बनेका एमाआरपी राहदानी बितरण तथा फारम संकलन कार्य सम्पन्न गरेको हो ।
दुताबासका सहचारी धनीक लाल महतोले हस्तलिखित राहदानीको वहाल अवधि सकिए पनि एमआरपी बनाउँनको लागि आवेदनहरु आईरहेको बताए । उनले भने, ‘ध्यान पुर्बक फारम भरेमा, फोटो मिलाएर खिचेमा र दुताबासका सूचनाहरुलाई राम्रो सँग हेर्ने बानी बसाले पनि समयमा नै राहदानी हाता पर्छ।’ आवेदकले समयमा नै दुताबासलाई मेल गरी ठेगाना उपलब्ध नगराउदा पनि जारी भएका एमआरपी राहदानीहरु दुताबासमा नै रोकिने गरेको भन्दै महतोले यस्तो वताएका हुन् ।
सहचारी महतोलाई एनआरएन स्पेन लगायत, स्पेन स्थित संघ संस्था प्रतिनिधिहरुले फारम भर्न तथा जारी भएका राहदानी बितरण गर्न सहयोग गरेका थिए।
एनआरएन स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङले जारी भएका राहदानी बितरण तथा फारामहरु संकलन कार्य,एनआरएनको कार्यलयबाट नै गर्न सकिएको हुँदा खुसी ब्यक्त गरेका छन् । उनले भने ‘पेरिस दुताबास, स्पेनस्थित नेपाली संघ, संस्थाका प्रतिनिधिहरु प्रति आभारी छु । सबैको सहयोगले नै गर्दा आज आफ्नै कार्यलयबाट नेपाली समुदायको सेबा गर्ने मौका पाएका छौ ।’
गुरुङले हस्त लिखित राहादानीको अबधि सकिदा पनि, अझै सबैको हातमा एमआरपी नभएको भन्दै, यथाशिघ्र फारम भर्न अनुरोध गरेका छन् ।
एनआरएनको हालै संचालनमा आएको कार्यलयबाट नोभेम्बर २४ र २५ तारिक गरि दुई दिन सम्म जारी भएका राहदानी बितरण तथा फारम संकलन कार्य सम्पन्न भएको थियो।
काठमाडौं, १५ असोज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै बेवकुफ (मूर्ख) प्रधानमन्त्री बनेका छन् ।
गूगल सर्च इमेजमा मोदी सबैभन्दा मूर्ख प्रधानमन्त्री देखिएका हुन् । गूगलको इमेज सर्चमा (world’s most stupid prime minister)मा सर्च गर्दा विश्वकै मुर्ख प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको तस्वीर देखाउँछ ।
यो भन्दा पहिला पनि मोदी यस्तै विवादमा आइसकेका छन् । गूगलले मोदीलाई विश्वकै मूर्ख प्रधानमन्त्री बनाएपछि मोदीको विश्वभरी आलोचना र विरोध भइरहेको छ ।
नेपालमा अघोषित नाकाबन्दी गर्नु, अमेरिका भ्रमणका बेला शिख पटेल समुदायले मोदीविरुद्ध विरोध प्रदर्शन गर्नु, नेपालमा पुत्ला जलाउनु जस्ता कार्यले मोदी गुगलको नजरमा विश्वकै खराब(मूर्ख) प्रधानमन्त्री देखिएका छन् ।
उसो त मोदीले अमेरिका भ्रमणका क्रममा डिजिटल इण्डिया प्राजेक्टका लागि गूगलका सीईओ सुंदर पिचाईसँग भेटवार्ता समेत गरेका थिए । मोदीलाई भेटेको दिनदेखि नै गगुलले उनलाई विश्वकै खराब प्रधानमन्त्री देखाएको हो ।
काठमाडौं, ८ असाेज । ६ अप्रिल १९७५ सिक्किम राज्यबासीहरुको कालो दिनका रुपमा रहेको छ । उक्त दिन बिहानै सिक्किमका राजा चोग्याल आफ्नो दरबारमा टहलाइरहेका थिए । एक्कासी उनको दरबार अगाडी भारतीय सैनिकका बक्तरबन्द ट्रकहरुको लर्को देखे । उनी अत्तालिँदै दौडिए र झ्यालबाट हेरे । यती गर्न नभ्याउँदै उनको दरबार भारतीय सैनिकले चारैतर्फबाट घेरिसकेका थिए । यतीकैमा त्यहाँ मेसिनगनका चर्का आवाज आउन थाले ।
राजदरबारको मुल ढोकामा सुरक्षार्थ खटीएका बसन्तकुमार क्षेत्री लगायतका सिक्किमेली सेनाहरु ढले ।
करिब पाँच हजार भारतीय सैनिकले राजदरबारका २ सय ४३ वटा गाडीलाई आफ्नो कब्जामा लिन ३० मिनेटभन्दा बढीको समय पनि लागेन। त्यही दिन १२ बजेर ४५ मिनेटसम्ममा सिक्किमले स्वतन्त्र देशको मान्यता गुमाइसकेको थियो।
न त उनले भारतीय सेनालाई रोक्नै सके, न त, यस्तो होला भन्ने कल्पना नै गरेका थिए । आफ्नै देशका जनप्रतिनिधिहरु भारतसँग मिलेर देश नै बेच्छन् भन्ने उनलाई के थाहा ?
चोग्यालले यसको सूचना हैम रेडियोबाट पुरै विश्वलाई दिए। इग्ल्याण्डको एक गाउँमा रिटायर्ड डाक्टर र जापान तथा स्वीडेनका अन्य दुई व्याक्तिले चोग्यालको यो आपतकालीन सन्देश सुने। त्यसपछि चोग्याललाई नजरबन्द गरियो।
भारतले सिक्किम कब्जा गर्ने अभियान निकै अघिदेखि थालेको थियो । त्यो अति गोप्य रुपमा यस क्रममा सन् १९७३ अप्रिल ७ मा दिल्ली नगरपालिकाका आयुक्त बीएस दासलाई भारतीय विदेश सचिव केवल सिंहले उनलाई सिक्किम सरकारको नेतृत्व गर्न आग्रह गरे ।
उनी लगत्तै हेलिकोप्टर मार्फत् सिक्किमको राजधानी गान्तोक पुगे । जहाँ सिक्किमका राजाका विरोधी लोण्डुप दोर्जेले उनलाई स्वागत गरे ।
सिक्किमका राजा चोग्यालले दारको भुमिका बुझिसकेका थिए । उनले दासलाई सिक्किम गोवा नभएको भन्दै धम्की दिए ।
चोग्यालले आफ्नो देशलाई पनि भारतले भुटानलाई जस्तै मान्यता देओस् भन्ने चाहना थियो । उनले दासलाई सिक्किमका जनतालाई दवाउने योजना नबनाउन धम्की समेत दिए ।
भारतले सिक्किमलाई भारतमा विलय गर्ने योजना सन् १९६२ मा बनाएको थियो । जतीखेर भारत तीन युद्ध भएको थियो । सिक्किमको चुबी खर्क, जुन चीन सँग पनि जोडीएको छ, यो मार्गको प्रयोग गरेर चीनले भारतमाथि हमला गर्न सक्ने धेरै आधार थिए ।
सिक्किमका राजा चोग्यालले अमेरिकी महिलासँग बिवाह गरेका थिए । होप नामकी ती महिलाले राजा चोग्याललाई स्वतन्त्र सिक्किम राज्यकालागि अमेरिकी समर्थन जुटाउने प्रतिबद्धता जनाइन् । तर, भारतले सिक्किमको यो अभियान मन पराएन । चोग्यालकी श्रीमती होप कुकको व्याक्तित्व पूरै रहस्यमय थियो।
चोग्याललाई भारतविरुद्ध भड्काउनमा उनको ठूलो भूमिका पनि। त्यही सिलसिलामा स्कुलको पाठ्यपुस्तक बदलिए। उनले युवा अफिसरलाई बोलाएर हरेक साता बैठक गर्न थालिन्।
जब उनी चोग्यालकी रानीको भूमिका निभाउँथिन्, तव उनी त्यहीँको स्थानीय भेषभुषा लगाएर निक्कै विनम्रतासँग मसिनो स्वरमा कुरा गर्थिन्। जब उनी दुखी हुन्थिन् तब सबै सन्तुलन गुमाउँथिन्।
अन्तिममा राजा रानीका बीचमा यस्तो लफडा भयो की रानी अमेरिका फर्कने निधोमा पुगिन् । भारतको निरन्तरको दवाव पछि चोग्यालले १९७४ मे ८ का दिन मनले नमान्दा नमान्दै एउटा सम्झौता गरे । र उनले निर्वाचन घोषणा गरे ।
भारतले भित्र भित्रै सेटीङ मिलाइसकेको थियो । यस कारण उनलाई समर्थन गर्ने नेसनलिस्ट पार्टीले ३२ मा जम्मा एक सिट जित्यो । बाँकी उनै भारतका खुफीया लेण्डुपको पार्टीले, जुन भारतको पुरै योजनामा चलेको थियो । अवस्था यस्तो आइपुग्यो की चोग्यालले गराएको सपथ उनीहरुले नलिने अडान लिए ।
यस बीचमा चोग्याल नेपाल आए । राजा बीरेन्द्रको राज्यभिषेकका लागि चोग्याल जकीय अतिथिका रुपमा नेपाल आएका थिए । नेपालमा उनले पाकिस्तानी राजदूत र चीनका उपप्रधानमन्त्री सी लिउसँग भेट गरे। उनले भारतले आफ्नो देश सिध्याउन लागेकाले सहयोग गर्न आग्रह गरे ।
उनको यो आग्रहलाई चीनले स्विकार्ने बताए तर, मे ८ को समझौताको विषयलाई लिएर उनीहरु पनि पछि हटे । चोग्यालले आफ्नो देश जोगाउनकालागि अन्तिम प्रयास गरे ।
३० जुन १९७४ मा चोग्यालले आफ्नो सबै कुरा इन्दिरा गान्धीसँग राखे । राजा चोग्यालले लेण्डुपले देश भारतसँग मिलाउन गरिरहेको हर्कतले भारतलाई पनि बेफाइदा गर्ने भन्दै आशुँ झरे ।
तर, पुर्व नियोजित योजना अनुसार नै काम भैरहेकोमा भित्र भित्रै खुसी भएकी गान्धीले उनको अनुनय सुनिनन् ।
मात्र चुप बसिन् । इन्दिरा गान्धी चुप हुनुलाई एउटा नकारात्मक टिप्पणीका रुपमा देखिन्थ्यो। यसमा उनलाई महारथ पनि प्राप्त थियो।
गान्धी जुरुक्क उठिन्, रहस्यमय ढंगसँग मुस्कुराइन् र आफ्ना दुई हात जोडिन्। चोग्यालका लागि यो इशारा थियो, अब उनी जान सक्छन्।
चाखपूर्ण कुरा यो थियो कि, उनै चोग्याल १९५८ मा जब जवाहरलाल नेहरुका अतिथि बनेर दिल्ली आएका थिए त्यतिखेर उनी नेहरुकै निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए। चोग्याल एक अनौठा व्याक्तिका धनी थिए, जसले कहिल्यै पनि सिक्किमको पृथक पहिचानमा सम्झौता गरेनन्। सिक्किमका राष्ट्रभक्त राजा चोग्यालको क्यानसरका कारण सन् १९८२ मा मृत्यु भएको थियो ।
त्यस अघि उनकी रानीले दुई सन्तान अमेरिका लगिसकेकी थिइन् भने उनका एक छोरा, जो राज्यको उत्तराधीकारी थिए, दुर्घटनामा ज्यान गएको थियो । सिक्किम विलयको विरोध चीनले सन् १९६८ मा चेगोस्लाभिया रुसमा गाभ्दा झै गरेको थियो ।
चीनले विरोध गरेपनि गान्धीले चीनलाई तिब्बत केहो भनेर प्रश्न सोधीन् र चीन नैतिक रुपमा चुप बस्यो । यस्तो अवस्थामा भुटान पनि खुसी भयो । कारण उसलाई लाग्ने सिक्किमसँगको मित्रताको आरोप सकिदै थियो । नेपालमा भने यसको विरोध भयो । सिक्किममा ८० प्रतिशत नेपाली भाषी थिए ।
सिक्किममा जनमत संग्रह पनि गरियो । तर, त्यो नाटक मात्र थियो । भारतले मत पेटीका नै परिवर्तन गराएर परिणाम सार्वजनिक गरेको थियो ।
सिक्किम विलय गराउन भारतीय रअको महत्वपुर्ण भुमिका रहेको छ । रअले सिक्किमलाई ध्वस्त पार्ने र लोण्डुप दोर्जे मार्फत् चुनावमा धाँधली गराएर आफ्नो जित हात पार्न भुमिका खेलेको थियो ।
र सिक्किमलाई भारतको २२ औं राज्य बनाउने संविधान संशोधन विधेयक २३ अप्रिल १९७५ मा लोकसभामा पेस भयो। त्यही दिन यो प्रक्रियालाई २ सय ९९ को विरुद्ध ११ मतबाट पारित गरियो। राज्यसभामा यो बिल २६ अप्रिलका दिन पेश भयो।
र १५ मई १९७५ मा राष्ट्रपति फखरुद्दीन अली अहमदले यो बिलमा हस्ताक्षर गरे। नामग्याल राजवंश त्यही दिन समाप्त भयो। अनि एउटा सार्वभौम सत्ता सम्पन्न सिक्किम भारतको २२ औं राज्यका रुपमा स्थापीत भयो र अहिले पनि त्यहाँ भारतले विभेद गरिरहेको छ । अनि सिक्किमेली जनतालाई नागरिकता लगायतका विभिन्न खाले समस्यामा पारिनै रहेको छ । (साभार नेपाल सन्देश डटकमबाट)
काठमाडौं,३१ भाद्र । दक्षिण अमेरिकी देश चिलीमा ८.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले धेरै भवनहरुमा क्षति पुर्याएको बीबीसीले जनाएको छ ।
भूकम्प चिलीको राजधानी सेनटियोगोदेखि दुई सय ४६ किलोमिटरको दूरीमा रहेको उत्तर-पश्चिम तटीय क्षेत्रलाई केन्द्र विन्दु बनाएर स्थानीय समय अनुसार सात बजेर ५४ मीनेट जाँदा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।
भूकम्पको सतहदेखि १० किलोमिटर भित्र केन्द्र रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पमा परी एक जनाको मृत्यु भएको खबर अाए पनि क्षतिको यकिन विवरण अाउन बाँकी छ । भूकम्पका कारण विनाशकारी सुनामी आउन सक्ने पेसेफिक सुनामी चेतावनी केन्द्रले जनाएको छ ।
उक्त इलाकाको वालपरासियो पोर्टमा सुनामीको सूचक घन्टीको आवाज आइरहेको छ भने सो क्षेत्रमा रहेका इलाकाका बस्तीहरु खाली गरिएको छ ।
अदालतको आदेशपछि मुस्लिम समुदाय असन्तुष्ट
२५ भदौ, श्रीनगर । अदालतले सामाजिक, सांस्कृतिक प्रचलनलाई ख्याल नगरी आदेश सुनाउँदा कसरी अस्थिरता उत्पन्न हुन्छ भन्ने उदाहरण बनेको छ काश्मिर हाइकोर्टको बुधबारको फैसला ।
भारत प्रशासित काश्मिर हाइकोर्टले बुधबार गरेको एक आदेशमा गाईको मासु बिक्री वितरणमा रोक लगाएको थियो । तर, अदालतको सो आदेशको विरोध गर्दै स्थानीय मुश्लिम समुदायले आइतबार काश्मिर बन्दको घोाषणा गरेका छन् ।
श्रीनगरमा ४० वर्षदेखि पसल खोलेर गाईको मासु बेचिरहेका अब्दुल रहमान अदालतको आदेशपछि निराश बनेका छन् । ‘जसरी भारतमा सुँगुरको मासु बिक्री हुन्छ, त्यसैगरी यहाँ गाईको मासु बिक्री हुने गरेको छ,’ रहमानले बीबीसी हिन्दी अनलाइनलाई प्रतिक्रिया दिँदै भनेका छन्- ‘यस्तो प्रतिवन्धले मेरो परिवारमात्रै होइन, मेरोजस्तै पेशा गर्ने अन्यको परिवार पनि भोकै मर्ने अवस्था आयो । म सोच्दैछु, अब हामीले के गर्ने ?’
दक्षिणी काश्मिरका पृथकतावादी नेता काजी यासिर अहमदले गाईको मासुमाथि अदालतबाट लगाइएको प्रतिवन्धलाई ‘धर्ममाथिको हस्तक्षेप’ बताएको बीबीसीले लेखेको छ ।
मुस्लिम समुदायमा रक्सी सेवनलाई खराब मानिन्छ, तर रक्सीमाथि प्रतिबन्ध नलगाइएको र हिन्दुका लागि खराब मानिएको गोमांशमा मात्रै प्रतिबन्ध लगाइएको अहमदले गुनासो गरे ।
सन् १९९६ मा पनि त्यहाँका गर्भनरले गोमांशमा प्रतिबन्द लगाउँदा आन्दोलन भएको स्मरण गर्दै अहमदले अब फेरि सडकमा जनावर लिएर आफूहरु उत्रने बताए । कुरान र अल्लाहले नै गोमांशको अनुमति दिएकाले यो अधिकार कसैले खोस्न नसक्ने उनले बताए ।
श्रीनगरको बमिनामा बसोबास गर्ने अलि मुहम्मद गाईको मासु खाँदैनन् । तर, उनी काश्मिरमा गाईको मासुमाथि लगाइएको प्रतिवन्ध गलत भएको बताउँछन् । उनी भन्छन्- हाम्रो धर्मले गोमांशलाई अनुमति दिन्छ, यसलाई प्रतिबन्ध लगाइनुहुँदैन ।’
उनका अनुसार काश्मिरका गरिबहरु गाईको मासु खान्छन्, किनकि त्यो अरुभन्दा सस्तो छ ।
अदालत भन्छ- प्रतिबन्ध लागू हुन्छ
काश्मिर हाइकोर्टका न्यायाधीशद्वय धिरजसिंह ठाकुर र जनकराज कोतवालको डिभिजन बेञ्चले बुधबार गाईको मासुमा प्रतिबन्ध लगाएको हो । वकिल पी सेठले दायर गरेको निवेदनउपर अदालतले सुनाएको यो आदेश कार्यान्वयन गर्न सम्बन्धित निकायलाई भनिएको छ ।
हिन्दु र मुस्लिम दुबै समुदायको बसोबास रहेको काश्मिरमा यसअघि पनि गोबधमाथि प्रतिबन्ध लगाउने गरिए पनि मुस्लिम बाहुल्य स्थानहरुमा यसको कार्यान्वयन हुन सकिरहेको छैन ।
बुधबार अदालतले गरेको फैसलाले फेरि काश्मिरका मुस्लिम समुदायलाई रुष्ट एवं आक्रोशित बनाएको छ ।
-बीबीसी हिन्दीको सहयोगमा
एजेन्सी : टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।
सिरियाबाट शरणार्थीकारुपमा युरोप पस्ने क्रममा बाबुआमाको हातबाट खस्न पुगेका ती नाबालकको शव समुद्री किनारमा घोप्टो परेको अवस्थामा भेटिएपछि युरोपमा शरणार्थी संकट भयावह देखिएको छ ।
ती शिशुको शव टर्कीको पर्यटकीय क्षेत्र नजिकैको समुद्री तटमा बालुवामा भेटिएको थियो । सिरियाली शिशु आफ्ना आमाबाबुका साथ डुंगा चढेर युरोप जाँदै गर्दा डुंगा डुबेको थियो । सिरियालीहरू आफ्नो ज्यानको जोखिम मोल्दै युरोपमा शरण लिन जाँदै थिए ।
तीन वर्षका ती नाबालकको नाम अयलान कुर्दी हो । अयलानले रातो रंगको टिसर्ट र नीलो कमिज पहिरेका थिए । सिरियाबाट डुंगा चढेर ग्रिस गइरहेका १२ जना सिरियाली नागरिकको समूहमा अयलानका आमाबाबु पनि थिए ।
समुद्री किनारमा मृत भेटिएका अयलानको तस्बिर विश्वभरका सञ्चारमाध्यममा छापिएको छ । विश्वभर यो तस्बिर सामाजिक सञ्जालमा लाखौंपटक सेयर भएको छ ।
विश्लेषकहरूले मध्यपूर्व र अफ्रिकी महादेशमा चर्कँदो युद्धकाकारण देश छाडेर लाखौं मानिस युरोपतर्फ पलायन भइरहेका बताएका छन् ।
बेलायती अनलाइन ‘डेली मेल’ यो तस्बिर छाप्दै मानवतामाथि आक्रमण भएको उल्लेख गरेको छ । इटालीलीको पत्रिका ‘ला रिपब्लिका’ ले संसारलाई उदास बनाउने तस्बिर उल्लेख गरेको छ ।
बेलायती पत्रिका इन्डिपेन्डेन्टले ‘यस्ता भयावह अवस्था देख्दादेख्दै पनि बेलायत शरणार्थीप्रति बदलिन सक्दैन भने कसरी अवस्था बदलिन्छ’ भनेर लेखेको छ ।
यो वर्ष मात्र साढे तीन लाखभन्दा बढी मानिसले उत्तर अफ्रिकादेखि युरोपको खतरनाक यात्रा गरिसकेका छन् । कतिपयलाई मानव तस्करले पनि गैरकानुनी रूपमा युरोप छिराउने गरेका छन् । बुधबारमात्रै करिब तीन हजार यस्ता व्यक्तिलाई समुद्री तटबाट उद्धार गरिएको छ ।
अयलानका पिताले भने-छोरो मेरो हातबाट झर्यो
समुद्री तटमार ज्यान गुमाएका बालक अयलानका पिताले छोरो समुद्र तर्ने क्रममा आफ्नो हातबाट फुस्किन पुगेको बताएका छन् । पत्नी र दुर्इ छोरा गुमाएका उनले आफ्ना सबै सपना हेर्दा हेर्दै सकिएका बताए ।
विश्वलार्इ नै स्तब्ध बनाउने गरी छोराको तस्बिर बाहिर आएपछि पिता अब्दुल्लाले तीन वर्षीय छोरो आयलान, चार वर्षीय अर्को छोरो घालेब र पत्नी रिहानालार्इ आफूले गुमाउन पुगेको बताएका छन् ।
अब्दुल्ला कुर्दीले टर्किस डोगान समाचार एजेन्सीलार्इ बिहीबार आफूहरु चढेको डुंगा डुब्दाको क्षणबारे बताएका थिए ।
'मैले आफ्नी पत्नीको हात पक्डेको थिएँ, त्यही बेला मेरो छोरो हातबाट खस्न पुग्यो', उनले भनेका छन्, 'त्यो बेला अँधेरी रात थियो । हरेकतर्फ गुहार लगाएको मानिसको पुकार र चिच्याहटमात्र सुनिन्थ्यो । हामी सानो डुंगामा अडिरहने कोशिसमा थियौं तर डुंगा भने समुद्रमा डुबिरहेको थियो ।'
जापान विरोधी युद्धमा विजय भएको ७०औँ वार्षिकोत्सव
पैचिंग, १७ भदौ । जापान विरोधी युद्धमा विजय भएको ७०औँ वार्षिकोत्सवको अवसरमा चीनमा विशाल सैन्य परेडको आयोजना गरिएको छ । आज विहान राजधानी पैचिंगस्थित विश्व प्रसिद्ध थियान आनमन स्क्वायमा आयोजना गरिएको एक भव्य समारोहमा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङलगायतका उच्च नेताहरुको सो समारोहमा उपस्थिति रहेको थियो । चिनिया नेताहरुले चिनिया तथा विदेशी पाहुना र विभिन्न क्षेत्रका सर्वसाधारणलाई हात हल्लाएर स्वागत गर्दा लाखौं जनताले गौरवको अनुभव गरेका थिए ।
सो भव्य समारोहमा सरिक हुन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्वका ३२ देशका नेताहरु बुधवारै चीन पुगेका थिए । १७ देशका १ हजार सेनाको समेत सहभागीता रहेको सो भव्य परेडको अवलोकन गर्न लाखौ चिनिया तथा विदेशीहरु सबेरै थियान आनमन स्क्वायर पुगेका थिए ।
राष्ट्राध्यक्ष सी चिन फिङले सैन्य परेडको अवलोकन गर्दै समय समयमा जनमुक्ति सेनालाई उत्साही गर्न कमरेडहरु अभिवादन भनी सम्बोधन गर्दा हजारौं सेनाहरुले लाल सलाम भन्दै सम्मान जायर गरेका थिए ।
अन्य समयमा पर्यटकहरुको बाक्लो उपस्थिति रहने थियान आनमन स्क्वायमा आज भने सैयौंको संख्यामा सैन्य टैंक, मिसयल, तोप, ड्रोन लगायतका अत्याधुनिक हतियारहरु प्रदर्शन गरिएको थियो । त्यसैगरी पैचिंगको आकाशमा दर्जनौं सैन्य विमान र हेलिकोप्टरहरु रंगीचंगी धुवा निकाल्दै विभिन्न आकारमा उडान भरेका थिए ।
समारोह सम्पन्न गर्दै समारोहस्थलबाट ७० हजार शान्तिका प्रतीक परेवा र सोही संख्यामा रङ्गीचङ्गी बेलुन उडाइएको थियो । मातृभूमिको गुणगान गीतका साथ समारोह सफल रुपमा सम्पन्न भएको थियो ।
१७ भदौ, काठमाडौं । नेपालमा उत्पन्न तनावलाई वार्ताको माध्यमबाट समाधान गर्न संयुक्त राष्ट्र संघले सुझाव दिएको छ । सरकार र आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन राष्ट्रसंघका राजनीतिक मामलासम्वन्धी उपमहासचिव जेफ्री फेल्टम्यान नेताहरुसँग सम्वादमा रहेको राष्ट्र संघले स्पष्ट पारेको छ ।
संयुक्त राष्ट्र संघले नेपालको विद्यमान परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । हालै भएका हिंसात्मक घटनाबाट महासचिव बान कि मुन चिन्तित बनेको उनका प्रवक्ताले बताएका छन् ।
बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता स्टेफान डुजारिकले संवादमार्फत समस्या हल गर्न नेपाल सरकार र आन्दोलनरत पक्षलाई अपील गरेका छन् ।
यसबारे जारी प्रेस वक्तव्यमा भनिएको छ- ‘सबैलाई थाहा भएकै कुरा हो, राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियालाई सघाएको थियो । अब बन्ने संविधान त्यहाँको लागि एउटा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको छ । महासचिव अझै पनि आशावादी हुनुहुन्छ कि नेताहरुले सम्झौता र सहमतिमा आउनेछन् ।’
डुजारिकले नेपालमा रहेको राष्ट्रसंघीय कार्यालय नेपालका नेताहरु नियमित सम्पर्कमा रहेको र उनीहरुलाई ऐतिहासिक अवसरलाई खेर नफाल्न सचेत गराइरहेको उल्लेख गरे ।
त्यस्तै राष्ट्रसंघका राजनीतिक मामलासम्वन्धी उपमहासचिव जेफ्री फेल्टम्यानले नेपाली नेताहरुसित प्रत्यक्ष वातचित गरिरहेको र आफ्नो सुझावहरु दिइरहेको प्रवक्ताले जानकारी दिए ।
विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुक प्रयोग गर्नेको संख्या दैनिक १ अर्ब नाघेको छ ।
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गका अनुसार गत सोमबार फेसबुकले यो अभूतपूर्व सफलता हात पारेको हो । एक ब्लग पोष्टमार्फत जुकरबर्गले सोमबार एकैदिनमा १ अर्ब भन्दा बढिले फेसबुक चलाएको भन्दै जुकरबर्गले लेखेका छन्, ‘विश्वका हरेक ७ मा एक जनाले आफ्ना साथीभाई तथा परिवारसँग जोडिनका लागि फेसबुक प्रयोग गरे ।’
फेसबुकका मासिक प्रयोगकर्ताको संख्या डेढ अर्ब छ । तर दैनिक रुपमा एक अर्बले आफ्नो फेसबुक अकाउण्ट चलाएको यो पहिलोपटक हो । फेसबुकका कुल प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमै १ अर्ब पुगेको थियो । १ अर्ब मासिक प्रयोगकर्ताको त्यो संख्यालार्य फेसबुकले ३ वर्षमै दैनिक प्रयोगकर्ता बनाउन सफल भएको हो ।
बिहिबार जुकरबर्गले आफ्नो फेसबुक पेजमा गरेको पोष्टमा फेसबुकका प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने अनुमान गरेका छन् । हार्वार्ड विश्वविद्यालयमा पढ्दै गर्दा जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए ।
फेसबुक पोष्टमा जुकरबर्गले आफुहरु पहिलोचोटी कोशेढुंगामा पुग्न सफल भएको र यो पूरै दुनियाँलाई जोड्ने कुराको सुरुवात मात्र भएको बताएका छन् ।
गत जुलाइमा फेसबुकले विश्वका कुल अनलाइन प्रयोगकर्ता मध्ये आधाले फेसबुक चलाउने दाबी गरेको थियो ।
जुकरबर्गले फेसबुकका प्रयोगकर्ताको संख्य ाझै बढिरहने दाबी गरेपनि विश्लेषकहरुले भने यो विन्दु फेसबुक प्रयोगकर्ताको लगभग उच्चतम विन्दु रहेको र फेसबुकका प्रयोगकर्ताको संख्या अब तिव्र रुपमा नबढ्ने विश्लेषण गरेका छन् । विश्वको दोश्रो धेरै जनसंख्या भएकेा भारतमा फेसबुक प्रयोगकर्ताको संख्या झण्डै उच्चतम विन्दुमै पुगेको र अमेरिका तथा युरोपमा पनि यो अधिकतम नै रहेको देखिएको छ ।
तर अफ्रिका, एसियाका केही देश तथा ल्याटिन अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या कम देखिएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा फेसबुक प्रतिबन्धित रहेको छ ।
१२ भदौ, काठमाडौं । नेपाली विद्यार्थी सिर्जना भण्डारी गौतमले एसोसिएसन अफ चार्टर्ड सटिफाइड अकाउन्टेन्ट्स (एसीसीए)मा विश्वमै सबैभन्दा बढी अंक ल्याएर प्रथम भएकी छन् ।
लन्डनमा अध्ययनरत उनले २१ हजार तीन सय सात जना परीक्षार्थीलाई पछि पार्दै ८९ अंकका साथ प्रथम स्थान हासिल गर्न सफल भएकी हुन् ।
चितवनको लंकु ६ निवासी सिर्जनाले गत जुनमा एसीसीए पी वानको परीक्षा दिएकी थिइन् ।
सिर्जनाले भनिन्-‘हामीले पढ्ने जम्मा १४ वटा विषय हुन्छ । जसमध्ये १० वटा मैले पास गरिसके । पहिलो स्टेफमा हुने फन्डोमन्टल अन्गर्ततका ९ विषयमा पास भए । प्रोफेसनल अन्तर्गत पी वनको परीक्षामा सर्वोत्कृष्ट अंक आएको छ । म अत्यन्तै खुसी छु । अब पी टु, पी थ्री, पी फोर, पी पाइवको परीक्षा आउन बाँकी छ ।’
आफ्नो सफलताको कारण श्रीमान र परिवारको हौसला रहेको पनि उनले बताइन् । जीवनमा साधै सफलता हात पार्नका लागि उक्साइरहने आमा तारा भण्डारी, बुबा रामराज भण्डारी तथा सासुआमा पुर्नकला गौतम र ससूराबुबा ओमिलाल गौतमको विशेष हात रहेको बताइन् ।
चितवनको अर्किड कलेजबाट ए लेभल उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि सन् २०१० मा उनी लन्डन पुगेकी थिइन् । उनले लन्डन मेट्रोपालिटन युनिभर्सिटीबाट म्याथ एण्ड अकाउन्टिङमा व्याचलर्स डिग्री गरेर एसीसीए पढ्न थालेको वी नेपालीले जनाएको छ ।
सिर्जना अहिले लन्डनस्थित एक व्यवस्थापन कम्पनी ‘एम एण्ड जी’मा काम गर्दै आएकी छन् ।
११ भदौ, क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । पाँचथरको भारपा सात निवासी २७ वर्षकी निलम पन्धाकले बुधबार बिहान सात बजेको समयमा आफू बस्ने होस्टलको ट्वाइलेटमा डोरीको पासो लगाइ आत्महत्या गरेकी हुन् ।
निलम मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत थिइन् । उनी १० महिना अगाडि रोजगारको लागिमलेसिया पुगेकी थिइन ।
उनको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पतालमा राखिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाउने तयारी भइरहेको मृतकका नातेदार राजन सुब्बाले जानकारी दिए ।
लिलमका श्रीमान र एक छोरा छन् ।
११ भदौ, काठमाडौं । लीबियाको तटिय क्षेत्रमा भएको डुंगा दुर्घटनामा परी सयौं बेपत्ता भएका छन् । पाँच सय भन्दा बढी प्रवासी नागरिक बोकेको ढुंगा लीबियाको जुवारा सहर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म सय जनाको शव निकालिएको छ भने २१ जनालाई जीवितै उद्धार गरिएको छ । सयौं मानिस बेपत्ता रहेका छन् ।
बीबीसीका अनुसार बिहीबार पहिलो डुुंगा दुर्घटना भएको थियो । जसमा ५० जना मानिस सवार थिए । त्यसको केही समयपछि सोही स्थानमा चार सय मानिस सवार डुंगा दुर्घटनामा परेको हो ।
सुरु हुँदैछ ‘देशी दारु’ योजना
शीर्षक पढ्दैमा ट्वाँके साथीहरु हर्षले गदगद हुनुभयो होला । महंगीको जमानामा सोमरसको मूल्य पनि उकालो चढिरहेको अवस्थामा सरकारले नै जनतालाई सस्तोमा दारु पिलाउने तयारी गरिरहेको सुन्दा को चाहीँ ट्वाँकेको मन नरमाउला ? तर रमाइहाल्नुपर्ने कुरा चाहीँ होइन है । किनकी स्वदेशी रक्सीलाई सस्तोमा उपलब्ध गराउने देशी दारु योजना हाम्रो देशमा होइन, छिमेकी भारतमा लागु हुन लागेको हो ।
भारतको तेलंगाना सरकार अब स्वदेशी मदिरा सस्तो मूल्य बेच्ने तयारीमा छ । आगामी अक्टोबर एक तारेख देखि देशी दारु योजना सुरु हुनेछ । त्यस अन्तरगत स्थानीय मदिरा अर्थात् सारा प्रति ९० मिलिलिटरलाई १७ भारु तथा १८० मिलिलिटरलाई ३५ भारुमा किन्न सकिनेछ ।
भारतको अर्को राज्य महाराष्ट्रको सिको गर्दै आफुले पनि सस्तोमा रक्सी बेच्ने घोष्णा तेलंगाना सरकारले गएको फेब्रुअरीमै गरेको थियो । त्यसका लागि सरकारले देशी दारु योजना अध्ययनका लागि एक सरकारी टोलीलाई महाराष्ट्रको भ्रमणमा पठाएको थियो ।
सस्तोमा रक्सी बेच्ने सरकारी योजनाप्रति विपक्षी दलहरुले तिव्र विरोध जनाएका छन् । तर सत्तारुढ तेलंगाना राष्ट्र समितिले भने आफ्नो कदमको प्रतिरक्षा गर्दै यसले अवैध तथा विषाक्त रक्सीको सेवनबाट हुने मृत्युलाई रोक्न सहयोग गर्ने दाबी गरेको छ । स्मरण रहोस् भारतमा विषाक्त रक्सी सेवनबाट वर्षेनी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।