बुद्ध नेपाली (खाङसाङ्क) सिन्धुली, ९ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिकाको आयोजनामा शुक्रवार देखि फिक्कल गाउँपालिका–४ खाङसाङ्कमा दोश्रो फिक्कल महोत्सब सुरु भएको छ ।
भ्रमण बर्ष २०२० लाई टेवा पु¥याउने भन्दै आयोजना गरिएको महोत्सवको उद्घाटन सिन्धुली निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले एक भव्य समारोह बीच गर्नुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीले संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान सरकारमा रहेको बताउनुभयो । उहाँले दश बर्ष भित्र नेपालीहरुको आम्दानी ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बनाउने गरी सरकार लगी परेको बताउनुभयो ।
सरकारले दुई बर्षभित्र ३६ सय किलो मिटर सडक कालोपत्रै गरेको, सोही आधारमा ग्रामीण सडक निर्माण गरेको,मध्य पहाडी लोकमार्गलाई उच्च प्राथमिकतामा राखेर निर्माणको काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले आगामी दुई बर्षभित्र आधुनिक उर्जाको सेवा पुर्याउने भन्दै सिन्धुलीको सवै स्थानिय तहका घरघरमा विजुली बत्ति पुर्याउने योजनामा लागेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बामगती प्रदेशसभा सदस्य लेखनाथ दाहाल(राजन)ले फिक्कल गाउपालिकाले पहिलो महोत्सवबाट पाठ सिक्दै दोस्रो महोत्सव सफल बनाउनुपर्ने बताउनुभयो । महोत्सवमा कलाकारलाई ल्याएर गाउने नचाउने भन्दा पनि स्थानिय उत्पादन, कला संस्कृति, पर्यटकी तथा ऐतिहासिक स्थलहरुको प्रचार प्रचार हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले महोत्सवले स्थानिय कला संस्कृति, भेषभुषाको संरक्षण गर्न टेवा पुर्याउनुपर्ने बताउनुभयो । सरकार चुनावमा जारी गरेको घोषणा पत्रका आधारमा काम गरिरहेको उहाँले दावी गर्नुभयो । सरकारले भ्रष्टचारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेकाले अहिले भ्रष्टचारका मुद्धाहरु बाहिर आएको उहाँले दावी गर्नुभयो । फोहोर सफा गर्दा कतै फोहोर लाग्न सक्छन् भन्दै उहाँले सरकारले देशमा रहेका फोहोर सफा गर्ने काम गरिरहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवालले सिन्धुलीको सवैभन्दा उचाईमा रहेको फिक्कललाई चिनाउन महोत्सवले सहयोग गर्ने बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य विनोद खड्काले महोत्सवको सफलताको शुभकामना दिदै महोत्सवले फिक्कल गाउपालिकाको ऐतिहासिक स्थलहरुको संरक्षण, प्रवद्र्धन र पहिचान गर्ने बताउनुभयो । उहाँले सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन महोत्सवले मद्धत गर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य तथा नेकपा सिन्धुलीका सहईन्चार्ज उमा कोईरालाले महोत्सव सफलताको शुभकामना दिनुभयो ।
महोत्सवमा लोप हुन थालेको पन्चेबाजा,खैजेडी, माझी, सुनुवार, मगरका लगाएतका जातका भेषभुषा, बाजा सहित झाँकी प्रदर्शन गरिएको छ ।
महोत्सव भरी साहसिक खेलका रुपमा सुनकोशी नदीमा ¥याफ्टिङ र प्याराग्लाईडिङ्ग सञ्चालन हुने भएको छ ।
सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन हुने उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।
सुनकोसीमा जलयात्रा गर्न ८ वटा ¥याफ्टिङ र फिक्कलको अवलोकन गर्न ४ वटा प्याराग्लाईडिङ्ग सञ्चालन हुने उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो ।
फिक्कल गाउपालिका अध्यक्ष धन बहादुर कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्त्यव्य गाउपालिका उपाध्यक्ष पार्वति सुनुवारले राख्नुभएको थियो ।

सिन्धुली ९, पुष । देशलाई संघियतामा लैजान सिमांकनको कुरालाई लिएर अन्दोलन भइरहेका बेला सिन्धुलीमा भने चर्चीत लोक दोहोरी गायक नविन पौडेलले भने राजनीतिक दलहरुमाथी कडा ब्याङ्ग प्रहार गर्दै दर्शकहरुलाई उचालेका छन् ।
सिन्धुली महोत्सवमा आफ्नो प्रस्तुती दिँदै गायक पौडेलले जात जाती र भाषा भाषीको नाममा देशलाई खण्डखण्ड पारेर सिमांकन निर्धारण गर्दा आपसी मेलमिलाप र भाइचारको सहअस्तित्वमै समस्या आउने भन्दै उनले गित मार्फत दलहरुलाई सचेत हुन आग्रह गरे भने दर्शकहरुलाई राजनीतिक दलहरुमाथी खबरदारी गर्न उचाले ।
गायक पौडेलले अनेक जातजाती र भाषा भाषी हाम्लाई प्यारो लाग्छ, सबै बसौ मिली जुली भन्ने भाव सहितको दोहोरी पस्की रहँदा महोत्सवमा सहभागि राजनीतिक दलहरु रिसले चुर्रीएका थिए भने हजारौंको संख्यामा रहेका दर्शकहरुले भुइछाडेर हुटीङ दिएका थिए । उनले राजनीतिक दलको स्वार्थका कारण नेपाली दाजुभाइ बिचमा मारकाटको अवस्था आएको संकेत गरेका थिए ।
यतिमात्र हैन गायक पौडेलले सामाजिक विकृति र विसंगतिका विरुद्ध समेत आफ्नो आवाज पस्केका थिए । धनी र गारिब विचको विभेद होस या जानजाती तथा कालो र गोरा विचको विभेदलाई होस गायक पौडेलले गित संगित मार्फतन चेतना दिएका थिए । ‘के मायाँ लाउली र धनी साउकी छोरीले...कालो सित गोरीले...’, साथी भाइको विहे भयो....अनेक जातजाती...’ लगायतका बोलका दोहोरी गितले महोत्सवका दर्शकलाई जुरुक जुरक बनाएको थियो ।
हुटीङ र ताली वर्सिरहँदा पौडेल दर्शक दिर्घामै माइक्रोफोन बोकेर पुगेका थिए । दर्शकले साथ दिइ रहँदा पौडेल त निक्कै खुसी थिए तर उनलाइ हुटीङ दिने दर्शकको भिड थेग्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।
गायक पौडेलले विदेशी मरुभुमिमा रगत र पसिना बगाउँनु भन्दा स्वदेशमै रहेर आफ्ना कला, संस्कृती र कृषी जस्ता स्थानीय उत्पादनलाई संरक्षण र आधुनिकीकरण गर्ने हो भने स्वदेशमै रोजगारीको प्रसस्त सम्भावना भएको चर्चा गर्दै यस्ता महोत्सवले महत्वपूर्ण अवसर सिर्जना गर्ने बताएका थिए ।
उता अर्का चर्चीत लोक तथा दोहोरी गाएक पशुपती शर्माले ‘क्याम्पस पढ्ना आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने....’ गाउँदा युवा पंक्तिबाट वान्समोर पाए ।
‘समृद्ध सिन्धुली निर्माणको आधार कृषी, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने मुल नारा सहित सुरु भएको महोत्सवमा चर्चित हाँस्य व्यङ्ग कलारहरु सुरेन्द्र केसी(मुलाको साग)राजाराजेन्द्र पोखरेल लगायतले देशको समसामयीक विषय बस्तुमाथी तिखो ब्याङ्ग प्रहार गरेका थिए ।
आगामी पुष १८ गतेसम्म संचालन हुने महोत्सवमा रामकृष्ण ढकाल, कुमार बस्नेत, शिव परियार, ज्योती मगर, बद्री पंगेनी लगायतका राष्ट्रियका साथै स्थानीय कलाकारहरुले सांगितीक माहोल पस्कने आयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले बताए ।
महोत्सवको दोस्रो दिनसम्ममा एक लाख पचासहजारको टिकट विक्री हुनुका साथै दश लाख रुपैयाँबराबरको ब्यापार भएको अध्यक्ष श्रेष्ठले जनाए । तिन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा झण्डै दुई करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ
सिन्धुली २, बैशाख । गत वर्षको सुरुवातीमै भएको महाविपत्ती, नाकाबन्दी, आगलागी, अभाव, समस्या र पिडाका विच झण्डै एक वर्ष विताएका सिन्धुलीबासीले यस पटकको नयाँ वर्षलाई भने दिन भर विभिन्न सांस्कृतीक कार्यक्रमको रमझममा सहभागि भएर स्वागत गरे ।
विभिन्न समस्या र पिडाहरुलाई भुल्दै नव वर्ष २०७३ सालमा भने सबैमा खुसी, उमंग र प्रगतीको कामना गर्दै एक आपसमा शुभकामना आदन प्रदानका साथ कृषि मन्त्रि हरिबोल प्रसाद गजुरेल, जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल तथा एक दर्जनबढी राष्ट्रिय स्तरका कलाकारहरका साथ जिल्लाबासीले नयाँ वर्षको उमंग मनाएका हुन् ।
जिल्लामा सञ्चालीत सामुदायिक रेडियो शिद्धबाबाले आफ्नो चौथौ वर्ष गाँठको अवसर पारेर आयोजित वृहत सांस्कृतीक कार्यक्रम तथा शुभकामना आदान प्रादन कार्यक्रममा मन्त्रि गजुरेलले २०७२ साल खुसी र पिडा दुबै मिश्रीत वर्ष भएको भन्दै नयाँ वर्षले भने सबैमा खुसी छाउने आशा व्यक्त गरे ।
यस्तै राष्ट्रिय स्तरका कलाकारहरुले भुकम्प जस्तो महाविपत्ती र नाकाबन्दीले नागरीकमा पारेको असरका बारेमा गित मार्फत चित्रण गर्दै अव कहिल्लै त्यस्तो नहोस भन्ने कामना गरे ।
यस्तै कलाकार प्रमोद खरेल, हरि कर्मचार्य, प्रकाश कटवाल, मिरा गिरी, दिनेश काफ्ले, सोनाम बज्यू, प्रिन्शराज, राम बजु लगायतले आफ्ना दर्जनौं प्रस्तुती देखाएका थिए । भुकम्पको पिडाकै विच नयाँ वर्षको उमंगमा सहभागि हुन जिल्ला सदरमुकाम भेलाभएका हजारौं सर्वसाधरणलाई प्रकाश कटवालले चोर विरालो पल्क्यो बोलको दोहोरी गाउँदा प्रमुख जिल्ला अधिकारी देखी सर्वसाधरण समेत छमछम नाचेका थिए ।
सबैको अनुहारमा खुसीको पलहरु देखिन्थे । घरमा पुग्दा सबै समस्या नै समस्या भएपनि एक वर्षपछि बल्ल एक दिन मनैदेखी आनन्दीत भएर खुसी साट्ने मौका पाएको कार्यक्रममा सहभागिहरुले प्रतिक्रिया दिए । जिल्लामा वर्षेनी नयाँ वर्षको अवसर पारेर सांस्कृतीक कार्यक्रमको विच शुभकामना आदन प्रदान गर्दै आए अनुसार यस पटक पनि सांस्कृतीक कार्यक्रमको आयोजना गरीएको रेडीयो शिद्धबाबाका प्रबन्द निर्देशक टिकाजंग थापाले बताए । कार्यक्रममा झण्डै दश हजारबढी सर्वसाधरणको सहभागिता रहेको थियो ।
बुद्धकुमार आछामी
सिन्धुली, २८ चैत्र । परम्परागत नेपाली कला सास्कृतिक गीत संगीतलाई संरक्षण गर्दै नयाँ गीत संगीतको उत्थान गर्ने मुल उदेश्यका साथ आयोजना गरिएको विशाल कमलाखोज सास्कृतिक कार्यक्रम–२०७२ सनिबार कमलाखोजको दुधौलीमा भव्य रुपमा सम्पनन् भएको छ ।
कार्यक्रममा उपस्थित दर्जनौ कलाकारले दर्शकहरुलाई छमछमी नचाएका छन । चर्चित कलाकार डिजराज पौडेल, प्रकाश कट्वाल, राजु बराल, माधव थापा,चन्दा अर्याल, मिरा गीरी, नायिका माेनीका दाहाल, हास्य कलाकार दिनेश काफ्ले, रयापर प्रिन्सराज पाैडेल लगायत कलाकारले दर्शकहरूलार्इ भरपुर मनाेरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमलाई दुधौली नगरपालिका कार्यालयले प्रायोजन गरेको थियो भने हड्न्स नेपाल, कमलामाई अग्रेजी मावि, सिन्धुली लिटील फ्लावर बोडिग स्कुल, कमला बहुमुखी क्याम्पस, लदाभिर उमाविले सह प्रायोजन गरेका थिए । कार्यक्रममा कमलाखाेज क्षेत्रका हजाराै दर्शकहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।
हेर्नुस कार्यक्रमका केहि झलकहरूः
| दर्शकहरू । |
| दर्शकहरू । |
| स्थानीय कलाकार वैनी नृत्य प्रदर्शन गर्दै । |
| लाेकदाेहाेरी गायिका मिरा गीरी । |
| गायक डिजराज पाैडेल । |
| हास्य कलाकार दिनेश काफ्ले । |
| लाेकदाेहाेरी गायक प्रकाश कट्वाल । |
| गायक माधव थापा । |
| गायक राजु बराल । |
| रयापर प्रिन्सराज पाैडेल । |

१.सबैलाई प्रेम गर, थोरैलाई विश्वास गर र कसैलाई पनि हानी नगर ।
२. निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
३. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
४. यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
५. साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।
६. धेरै सुन, थोरै बोल ।
७. यहाँ न असल छ न त खराब नै असल(खराब त हाम्रो सोचाइको उपज हो ।
८. एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
९. हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
१०. प्रेम अन्धो हुन्छ ।

तपाइँ कुनै नयाँ भाषा सिक्न चाहनुहुन्छ ? डिजाइनिंग गर्न तथा राम्रो खाना पकाउन चाहनुहुन्छ तर कुनै ट्युसन इन्स्टिच्युटमा गएर सिक्नका लागि समय वा फुर्सद छैन भने चिन्ता नलिनुस् । सूचना प्रविधिको यो दुनियामा तपाइँले यी सारा कुराहरु घरमै बसीबसी सिक्न सक्नुहुन्छ, त्यो पनि विल्कुलै निशुल्क रुपमा । अनलाइनमा निशुल्क रुपमा सिक्न सकिने केही कुराहरु यी हुन्ः
फोटोग्राफीः फोटोग्राफीको आधारभुत ज्ञान तथा तौरतरिका तपाइँले www.photographycourse.net मा गएर सिक्न सक्नुहुन्छ । यो वेबसाइटमा स्किल लेभल अनुसारका सामाग्रीहरु उपलब्ध हुन्छन् । www.photo.net/learn नामक वेबसाइटमा तपाइँले व्यवसायिक फोटोग्राफरका विभिनन उपयोगी आलेखहरु पढ्न पाउनुहुन्छ, जसबाट तपाइँले फोटोग्राफी कलामा निखार ल्याउन सक्नुहुन्छ । फोटोग्राफीसँग सम्बन्धित शव्द तथा शव्दावलीका विषयमा जानकारी पाउनका लागि डीपीरिभ्यू डटकममा जान सक्नुहुन्छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि ग्रेगरीको ट्युटोरियल निकै उपयोगी हुनेछ ।
भाषाः केही भाषाहरुको सिकाइ अन्य भाषाहरुको तुलनामा निकै सजिलो हुन्छ । तपाइँलाई अंग्रेजी राम्रोसँग आउँछ भने स्पेनिस र रसियन भाषा सजिलै सिक्न सक्नुहुन्छ । भाषा सिक्नका लागि तपाइँलाई duolingo.com निकै सहयोगी हुन्छ । यो आइओएस तथा एन्ड्रोइडमा निशुल्क उपलब्ध छ ।
नाचः नाचको मामिलामा केवल पढेर मात्र हुँदैन । यसका लागि ट्युटोरियल भिडियो आवश्यक हुन्छ । यु ट्युबबाट यस्तो भिडियो प्राप्त गर्न सकिन्छ । dancetothis.com मा तपाइँ हिपहप, पप, स्टि्रट, ब्रेक डानस, क्रपिंग एण्ड बलरुम डान्स जस्ता विभिन्न खाले नाचहरुको एडभान्स कोर्स गर्न सक्नुहुन्छ ।
आत्मरक्षाः तपाइँले आत्मरक्षाको विधि पनि अनलाइनबाट सिक्न सक्नुहुन्छ । अनलाइनबाटै ब्लाक बेल्ट समेत हासिल गर्न सक्नुहुन्छ । Lifehacker.com ले पनि तपाइँलाई यो कला सिकाउँछ । आइओएमा सेल्फ डिफेन्स ट्रेनर, एन्ड्रोइडमा मरिन कप्र्स मार्सल आर्टस् र विन्डोज ब्लाकबेरीमा सेल्फ डिफेन्स नामको एप उपलब्ध छ ।
कम्प्युटर प्रोग्रामिंगः जाभास्क्रिप्ट, जेक्वेरी, पिएचपी, पायथन तथा रुबी सिक्नका लागि तपाइँ codeacademy.com को मद्दत लिन सक्नुहुन्छ । यो इन्टर्याक्टिभ वेबसाइटमा तपाइँलाई स्टेप बाइ स्टेप इन्स्ट्रक्सन मिल्दछ । साइन अप गर्नुपनि आवश्यक पर्दैन । फ्रि आइप्याड एप ट्रीहाउस तपाइँलाई अब्जेक्टिभ सी, एचटिएमएल, सीएसएस, जाभास्क्रिप्ट, पिएचपी, रुबी तथा एसक्वूएल सिकाउँदछ ।
पकाउने कलाः पाककला पनि नभै नहुने सीप हो । simplyrecipes.com मा गएर पाक कलाका विभिन्न उपयोगी टिप्स प्राप्त गर्न सक्नुहुन्छ । पाककलाका लाग अल रेसिपी, एपिक्युरिअस लगायतका मोबाइल एप पनि उपलब्ध छन् । -नवभारत टाइम्सबाट

पति पत्नीबीचको सम्बन्ध विच्छेद अर्थात् डिभोर्स आफैमा अपि्रय घटना हो । डिभोर्सको विषयमा दुनियाका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन रहेका छन् । कतिपय देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् । बेलायती अनलाइन मेट्रो डट को डट युकेका अनुसार डिभोर्स सम्बन्धी विश्वका केही अनौठा नियम कानुन यस्ता छन्ः
साउदी अरबमा यदि कुनै महिलाले आफ्नो श्रीमानलाई हरेक बिहान मिठो कफी बनाएर खुवाइनन् भने श्रीमानले उनलाई तलाक दिन पाउँछ ।
· चीनको एक पुरानो कानून अनुसार कुनेपनि महिलालाई आफ्नो श्रीमानले धोका दिइरहेको लागेमा डिभोर्स गर्ने हक छ । यतिमात्र होइन धोका दिएको वा परस्त्रीसँग लागेको देखेमा हत्यासम्म गर्ने छुट पुरानो कानूनले दिएको थियो । नियम यस्तो थियो की धोकेबाज श्रीमानको हत्यामा कुनै हतियारको प्रयोग गर्न पाइन्नथ्यो ।
· समोआमा यदि पतिले आफ्नी पत्नीको जन्मदिनको शुभकामना दिन भुल्यो भने सकस पर्यो । आफुलाई बर्थडे विस नगर्ने लोग्नेलाई डिभोर्स दिने हक समोआका महिलामा सुरक्षित छ ।
· अमेरिकाको कन्सासका कतिपय क्षेत्रमा पुरुषलाई आफ्नी श्रीमतीकी आमासँग पनि शारीरिक सम्बन्ध कायम राख्नु आवश्यक हुन्छ । यसो नगर्ने पतिलाई उसकी श्रीमतीले डिभोर्स दिन पाउँछे ।
· कुवेतमा यदि कोही पुरुषले महिलालाई घुरेर हेर्यो भने जेलको हावा खानुपर्छ । यतिमात्र होइन कुनै पुरुषले पोथी जनावरलाई पनि यौनभावनाले हेर्यो भने उसलाई समेत जेल सजाय हुन्छ ।
· अस्ट्रेलियामा यदि कोही आदिवासी महिला आफ्नो पतिसँग अलग हुन चाहेमा पतिलाई मनाउने कोसिस गर्न सक्छन् । वा तुरुन्तै कुनै दोश्रो पुरुषसँग बिहे गरेर आफ्ना पहिलो दाम्पत्य सम्बन्धलाई टुंगाउन सक्दछन् ।
· अमेरिकाको कोलोराडोमा पहिले यस्तो कानुन थियो की आइतबार आफ्नो इच्छा विपरित सेक्स गर्न चाहने पतिलाई पत्नीले जेल हाल्न सक्थिन् र डिभोर्स दिन सक्थिन् । आइतबार विदाको दिन आराम गर्ने दिन भएकाले सम्भोगका लागि कर गर्नु हुँदैन भन्ने मान्यता भएर होला । एजेन्सीको सहयोगमा

अहिलेको समय बेरोजगारका लागि राम्रो जागिर पाउन जति धेरै गाह्रो छ कम्पनीहरुका लागि राम्रो कर्मचारीलाई टिकाइराख्नु उत्ति नै सकस छ । लामो समयसम्म कुनैपनि राम्रो तथा उच्च क्षमतायुक्त कर्मचारीलाई आफ्नो संस्थामा टिकाइराख्नका लागि केवल आकर्षक तलब भत्ता मात्र पर्याप्त हुँदैन अहिलेको जमानामा ।
त्यसका लागि तलब भत्ता बाहेक अन्य धेरै उपायहरु अपनाउनुपर्ने हुन्छ जसका कारण कर्मचारीहरुले छिटो छिटो जागिर छाड्ने दर कम होस् र कम्पनीले आफुले ग्रुम गरेको कर्मचारीबाट राम्रो प्रतिफल लामो समयसम्म लिन पाओस् । त्यसका लागि कुनैपनि कम्पनीमा प्रभावकारी मानव संसाधन योजना आवश्यक पर्छ । उत्पादनशील कर्मचारीलाई संस्थामा टिकाइराख्ने र ऊ बाट राम्रो कार्यसम्पादन हासिल गर्ने ५ काइदा यस्ता छन् :
सुस्पष्ट वृत्तिविकाश : चाहे भर्खरै भर्ना भएका नयाँ कर्मचारी होउन् वा अनुभवी कर्मचारी सबैको एउटै चाहना हुन्छ की जागिरमा पदोन्नती हुने । संगठन अर्थात् कार्यालयको नेतृत्वले आफुहरुको वृद्धि विकाश तथा पदोन्नतीलाई कसरी अघि बढाउने योजना बनाएको छ भन्ने कुरा जान्न चाहन्छन् । आफ्ना सहपाठीहरुको वृत्ति विकाश कसरी हुने गरेको छ भन्ने कुरा मूर्तरुपमा देख्न चाहन्छन् । वृत्ति विकाशमा पदको ठाडो वृद्धि सँगै जिम्मेवारीको क्षितिजिय विस्तार अर्थात् होरिजन्टल तथा ल्याटरल विस्तार पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यस्तै कार्यजिम्मेवारीमा विविधता, नयाँ अनुभव तथा तालिम लगायतको चाहना पनि हुन्छ । त्यसैले कम्पनीहरुले सुपरिभाषित वृत्तिविकाश प्रणाली स्थापित गर्नुपर्छ र कर्मचारीहरुलाई उत्प्रेरित गर्नका लागि कार्यमा विविधिकरण गर्नुपर्छ ।
कर्मचारीको सहभागिता : यो सत्य हो की कुनै कर्मचारीले एउटा कुनै संस्थाको फुलटाइम जागिरे भएर काम गरिरहेको अवस्थामा समेत अन्य राम्रो जागिर खोजिरहेको हुन्छ । अध्ययन अनुसार ५० प्रतिशत कर्मचारीहरु बाह्य अवसरका लागि आफुलाई खुल्ला राखेका हुन्छन् र राम्रो अवसर आउने बित्तिकै पूरानो जागिर छाड्छन् । त्यसैले त्यस्ता अवसरवादी कर्मचारीलाई टिकाइराख्नकालागि मनपर्ने कार्यानुभवको अवसर प्रदान गर्ने, व्यक्तिगत परामर्श, सिकाइ, तालिम, भ्रमण जस्ता अवसर प्रदान गरेर सन्तुष्टि प्रदान गर्नुपर्छ । कर्मचारीहरुमा अधिकारको प्रत्यायोजनका लागि पनि व्यवस्थापनले कन्जुस्याइँ गर्नुहुँदैन ।
कार्य-जिवन सन्तुलन : जागिर अर्थात् काम जे सुकै होस् कुनैपनि कर्मचारीलाई आफ्नो व्यवसायिक तथा व्यक्तिगत जिवनबीच सन्तुलन कायम राख्नुपर्ने चुनौति हुन्छ । यो सत्य हो की धेरै तलब दिइने जागिर खाने कर्मचारीले धेरै समय काममा खर्चिनुपर्ने नै हुन्छ । तर कार्यालयहरुले धेरै समय काम गर्नुपर्ने कर्मचारीका लागि लचिलो कार्यसमय, घरबाटै काम गर्ने व्यवस्था लगायतका सम्भव भएसम्मका सुविधा प्रदान गर्नुपर्छ, ता की कर्मचारीलाई आफ्नो सबै समय अफिसमै गएर बिताउनुपर्ने र परिवारसँगको सम्बन्ध ध्वस्तै पार्नुपर्ने बाध्यता नहोस् ।
मान्यता र पृष्ठपोषण : हाकिमहरुको एउटा चरित्र के हुन्छ भने कुरा बिगि्रँदा झ्वाट्टै थर्काइहाल्ने तर राम्रो काम गर्दा प्रसंसा गर्न छुच्याइँ गर्ने । यसो गर्दा कर्मचारीमा मनोबल कम हुन्छ र कामप्रति उत्प्रेरित हुन सक्दैनन् । त्यसैले हाकिम तथा व्यवस्थापनले हरेक कर्मचारीको राम्रो काम तथा प्रयासको कदर गर्ने, प्रसंसा गर्ने, उपलब्धीहरुलाई पहिचान गर्ने र अरुसामु उदाहरणको रुपमा पेश गर्ने तथा समयमै पृष्ठपोषण दिने काम गर्नुपर्छ । कर्मचारीसँग नियमित छलफल गर्ने तथा पृष्ठपोषण लिन पनि व्यवस्थापनले भुल्नु हुँदैन ।
पहुँचयोग्यता र सहकार्य : संगठनका लागि त्यसको संरचना निकै महत्वपूर्ण हुन्छ । संगठनको सुसंचालनका लागि पदसोपान आवश्यक हुन्छ । तर कहिलेकाहीँ कठोर पदसोपानले कर्मचारीहरुबीच निच र उँचको भावना विकाश गर्ने, उच्च व्यवस्थापक र तल्लो कर्मचारीबीच सम्पर्क नै हुन नपाउने, निर्देशन कार्यान्वयन र प्रत्यक्ष सम्पर्कको अभावले असमान्जस्यता उत्पन्न जस्तो अवस्था समेत सिर्जना हुनसक्छ । लचिलो संगठनात्मक संरचना, चेप्टो तथा मेटि्रक्स खालको संगठन संरचनाले कर्मचारी र व्यवस्थापनबीचको सम्पर्क तथा सहकार्यलाई बढावा दिन्छ । यसका लागि खुल्लाद्धार प्रणाली, खुल्ला कार्यालय संस्कार जस्ता विधि अबलम्बन गर्न सकिन्छ ।
पारदर्शी तथा निष्पक्ष मूल्यांकन : कर्मचारीलाई चाकडी तथा चाप्लुसीको भरमा पदोन्नती, पुरस्कार दिनुको साटो स्वच्छ तथा पारदर्शी मूल्यांकन र सोही मुताविक दण्ड पुरस्कार प्रणालीको व्यवस्था हुनुपर्छ । यसले कर्मचारीमा उत्प्रेरणा बढ्ने र अनुमानयोग्यता बढेर इामन्दारिताको विकाश पनि हुन्छ । योग्यता प्रणालीको आधारमा पुरस्कृत गर्ने प्रणालीको विकाश गर्नुपर्छ । कर्मचारीको लक्ष्यलाई संगठनको लक्ष्यसँग आबद्ध गर्न सक्नुपर्छ । एजेन्सीको सहयोगमा

अनुहारमा आउने चाउरीपनले उमेर ढल्किँदै गएको संकेत गर्छ, यसमा कुनै शंका छैन । तर उमेर छँदै अर्थात् जवानीमै अनुहार चाउरी पर्नु भने अस्वभाविक हो र यसका अन्य केही कारण हुनसक्छन् । बदलिँदो जिवनशैलीले मानिसलाई छिटै बुढो बनाउँदै लगेको छ । हृदयाघात, मधुमेह, रक्तचाप जस्ता अनेक रोगहरुले जुनसुकै उमेरका मानिसलाई पनि दुख दिने गरेको पाइएको छ ।
त्यसैले यी गम्भीर रोगहरुबाट बच्नको लागि ऐनामा आफ्नो अनुहार नियमित रुपमा हेर्नुहोस् अनि अनुहारमा जवानीमै चाउरी परेको छ भने गम्भीर हुनुहोस् । किनकी यो तपाइँको सुन्दरताको लागि मात्र चुनौति होइन यावत गम्भीर रोगको लक्षण पनि हुनसक्छ । अनुहारको कुन भागमा चाउरी पर्नुको लक्षण के हुनसक्छ ? जानिराख्नुस् :
- उमेर बढेसँगै निधारमा चाउरी पर्नु सामान्य हो । तर उमेर छँदै निधारमा चाउरी पर्नु भनेको सरीरमा बोसो बढ्नु तथा सुगर बढ्नुको लक्षण हुनसक्छ ।
- परेलामा चाउरी पर्नु पनि खतराको लक्षण हो । दायाँ परेलामा चाउरी पर्नु भनेको कलेजो खराब भएको लक्षण हुनसक्छ भने बायाँ परेलाको चाउरीले पित्तथैली कमजोर बनेको संकेत गर्दछ ।
- आँखाको ठीक मुनिपट्टि चाउरी पर्नु भनेको रगतमा कोलेस्ट्रोल बढेको संकेत हो । त्यसैले यस्तो लक्षण देखिएमा तुरुन्तै भोजनमा उच्च कोलेस्ट्रोलयुक्त खानेकुरा समावेश गर्न तुरुन्त बन्द गर्नुहोस् ।
- हाँस्दाखेरी अनुहारमा निकै धेरै मुजाहरु पर्दछ भने एकपटक सुगरसँगै पेटसम्बन्धी रोगको जाँच गरिहाल्नुस् ।
- गालामा अत्यधिक चाउरीहरु देखिएको छ भने यो पाचन सम्बन्धी समस्याको लक्षण हुनसक्छ ।
- ओठको किनारामा चाउरी पर्नु कमजोर प्रजनन क्षमता तथा शारीरिक दुर्वलताको लक्षण हो ।
- नाक तथा नाक र आँखिभौँको बीचमा चाउरी पर्नु एलर्जीको संकेत हुनसक्छ ।
- कुरा गर्दा वा हाँस्दा माथिल्लो ओँठमा चाउरी पर्नु भनेको धुम्रपान तथा मध्यपानले असर पूराएको भनि बुझ्नुपर्छ ।
- आँखाको किनारामा मुजा तथा चाउरी पर्नु भनेको कमजोरीको लक्षण हो । त्यसैले सन्तुलित तथा पौष्टिक भोजन गर्नुहोस् ।
- निधारमा नसाहरु प्रष्ट देखिनु भनेको उच्च रक्तचापको लक्षण हो ।
दसैंअघि खुल्ने गरी काम भइरहेको राजदूतको भनाई
काठमाडाैं, १२ असाेज । चीनको केरुङसँग जोडिएको रसुवागढी नाका खोल्ने जिम्मा चीनकै रहेको छ । नेपालका तर्फबाट नाका खुलाउन सबै तयारी पूरा भएको छ। रसुवा आसपासको क्षेत्रमा बाटो बनाउन काठमाडौंबाट ४ वटा स्काभेटर मगाइएको छ ।

'रसुवागढी नाका खोल्न नेपालको तर्फबाट कुनै समस्या छैन्' प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले भने 'छिट्टै नाका खोल्न चिनियाँ अधिकारीहरुसँग छलफल गरिरहेका छौं ।'
साथै छलफलका क्रममा चिनियाँ पक्षले भूकम्पले भत्काएको सडक निर्माण गरिरहेको र पहिरोका कारण ढिलाई भएको बताएको उनले सुनाए । 'नाका खोल्न कति दिन लाग्छ उनीहरुले भनेका छैनन् तर काम छिटो भइरहेको भने जानकारी गराएका छन्' गेलालले भने ।
नाका खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले चिनियाँ पक्षसँग पटक पटक छलफल गरेको छ । चिनियाँ पक्षले चाँडै नाका खोल्ने जानकारी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अवदेश विष्टले जानकारी दिए । दसैंअघि नाका खोल्न पाए नेपाली जनतालाई राहत मिल्ने उनले बताए ।
रसुवागढी नाका सिन्धुपाल्चोकको भन्दा ठूलो हुने भन्सार कार्यालयले जनाएको छ । केही वर्षपछि चीनको बेइजिङदेखि केरुङसम्म रेल चल्ने र त्यसको तयारीमा चीन सरकार जुटेको हुदाँ त्यो नाका ठूलो हुने भन्सार कार्यालयले जनाएको छ ।
रसुवागढी नाका खोल्ने विषयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान नेपालका लागि चीनका राजदूत वु चुन्ताईसँग पनि छलफल गरेका छन् । सो क्रममाचुन्ताईले दसैंअघि नाका खोल्नेगरी आफूहरुले काम गरिरहेको बताएका थिए ।
घरमा सुख र शान्ति र समृद्धि रही रहे यसको लागि पुरानो समयदेखि कयौं परम्परा प्रचलित छन् । यो परम्परा अलग अलग बस्तु र कामसँग जोडिएको हुन्छ । सबैको घरमा केही न केही वस्तु टुटेफुटेको हुन्छ । बेकार हुन्छ । फेरी कुनै कुनामा परि रहन्छ । ७ यस्ता बताईएको छ जो टुटफुट अवस्थामा घरमा नराख्नु राम्रो हुन्छ । यदी यस्ता चीज घरमा रहेसम्म नकारात्मक असर परिवारको सबै सदस्यमा हुनेछ । जसले गर्दा मानसिकतनाव बढ्छ र काममा गती नै बन्दैन । यस कारण धनसम्बन्धी कार्यमा पनि असफलता मात्रै हात लाग्छ । घरमा दरिद्रताको आगमन हुन सक्छ ।
थाहापाई राख्नुहोस् ति सात कुराहरु
१. भाँडाकुँडा
प्राय मानिसहरु कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर टुटे फुटेका भाँडाकुँडा घरका कुना कुनामा राख्ने गरेका हुन्छन् । तर त्यसरी टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यसैले टुटेफुटेका भाँडाकुँडा घरमा राख्नाले काम नलाग्ने बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न हुन्छ । फलस्वरुप अनिष्ट मात्र हुन्छ ।
२. ऐना
टुटेको ऐना राखनु वास्तुको अनुसार एक ठूलो दोस हो । यस दोसको कारण घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । अथवा परिवारका सदस्यलाई मानसिक तनावका सामना गर्नुपर्छ ।
३. पलङ
वैवाहिक जीवनमा सुख शान्ति को लागि जरुरी हुन्छ कि पतिपत्नीका पलङ टुटेको नहोस् । यदी पलङ ठीक छैन भने पतिपत्नीको वैवाहिक जीवनमा अनेकौं व्यवधान हरु आउने सम्भावना बढ्दै जान्छ ।
४. घडी
खराब घडी घरमा राख्नु हुँदैन । यसले के जनाउँछ भने घडीको स्थितिबाट हाम्रो घरपरिवारको उन्नती प्रगति हुन्छ । यदी घडी सही छैन भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्ने र सामाना गरेका कामपनि समयमै पुरा नहुने आदी हुन्छ ।
५. तस्बिर
घरमा टुटेफुटेका तस्बीर हरु छन् भनेपनि हटाई हाल्नु पर्छ । बास्तुका अनुसार यस्ता बस्तु दोष युक्त मानिन्छ ।
६. झ्यालढाेका
मुख्य ढोका ¤यालहरु पनि टुटेका छन् भने तिनीहरुलाई पनि फेर्नु या मर्मत गरिहाल्नु पर्छ यसले पनि नकरात्मक उर्जा प्राप्त गर्छ शुभकार्य हुन दिँदैन ।
७. फर्नीचर
दैनिक प्रयोगमा आउने फर्निचरहरु पनि टुटेफुटेका छन् भने तिनलाई पनि मर्मत गरिहाल्नु राम्रो किनकी वास्तु अनुसार टुटेका फुटेका चिजबस्तु सँगालि राख्नु शुभ मान्दैन । घरमा समस्या मात्रै देखिन्छ । कुनै पनि काम तुरुन्त सफल हुँदैन ।
फणीन्द्र ज्वाला
काठमाडौ, २६ भदौ । शैलि थिएटरले रुसी साहित्यकार निकोलाई गोगललको प्रशिद्ध नाटक ‘सरकारी निरिक्षक’ मञ्चन गर्ने भएको छ । रिहर्सलको अन्तिम चरणमा रहेको यो नाटक यहि भदौ २८ देखि असोज १ गते सम्म काठमाडौको कमलपोखरीस्थित रुसी साँस्कृतिक केन्द्रको भवनमा प्रदर्शन गरिने शैलि थिएटरका संयोजक आर्यन न्यौपानेले जानकारी दिए ।

यो जार शासकहरुको पालाको कथा हो । त्यो बेलाको भ्रष्टचार बेथितीलाई नाटकमा कलाकारहरुले जिवन्त पाराले प्रस्तुत गर्ने छन् । एक प्रान्तमा त्यहाँका नगराध्यक्षदेखि बिभिन्न क्षेत्रका निरिक्षकहरु कसरी भ्रष्टचारमा लिप्त भएका थिए र केन्द्रबाट आउने सरकारी निरिक्षकलाई आफ्नो प्रभावमा पार्न उनीहरुले के कस्ता हर्कतहरु गर्छन् भन्ने बिषय नैं नाटकले प्रस्ट्याउ खाजेको कलाकार रमेश बुढाथोकिले बताए ।
यस नाटकको मूल विषय हाल नेपालमा समेत बेला बखत हुने गरेको सरकारी क्षेत्रको भ्रष्टाचार संग मिल्दो जुल्दो भएकाले नाटक मञ्चन तथा प्रदर्शन गर्न लागिएको अर्का कलाकार रोहिणी भट्टराईको भनाई छ ।
राजनीतिक बिश्लेषक तथा लेखक खगेन्द्र संग्रौलाले नेपाली रुपान्तरण गरेको यो नाटक डार्क कमेडी नाटक भएको कलाकारहरुले बताएका छन् । नवराज बुढाथोकीद्धारा निर्देशित यस नाटकका कलाकारहरुमा रमेश बुढाथोकी, सानु ताम्राकार, सुरवीर पण्डित, तारा केसी, कमल बोहोरा, रोहिणी भट्टराई, सन्तोष आचार्य लगायतका कलाकारहरु रहेका छन् ।
साँझ ५ देखि ७ बजे सम्म रुसी साँस्कृतीक केन्द्रको हलमा प्रदर्शन हुने यस नाटकको टिकट दर विद्यार्थीहरुका लागि रु १०० र अन्य सर्वसाधारणका लागि रु २०० तोकिएको छ ।
अमेरिकाकी एक महिलाले आफ्नो १ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्ति ३२ वटा चराको नाममा लेखाइदिएको खुलासा भएको छ ।

चराको नाममा करोडको सम्पत्ति लेखाउने यी महिला न्युयोर्ककी व्यवसायी लेस्ली एन मेन्डल हुन् । मेन्डलको गत जुन महिनामा ६९ वर्षको उमेरमा निधन भैसकेको छ । उनको कोखबाट कुनै सन्तानको जन्म भएको थिएन अर्थात् उनी निसन्तान थिइन्, त्यसैले आफ्नो नामको सम्पत्ति आफ्नो घरमा पालेका चराहरुको नाममा गराएकी थिइन् ।
लेखक आर्थर हर्जोगसँग विवाह गरेकी लेस्लीले हरजोगका छोरालाई चराको नाउँमा दिएको सम्पत्तिको संरक्षक समेत घोषणा गरी मर्नुअघि बकसपत्र दिएकी थिइन् ।
चराको नाउँमा दिएको १ करोड ५ लाख रुपैयाँ बराबरको सम्पत्तिको बकसपत्रमा उनले लेखेकी छिन् : चरालाई दिनहुँ खाना खुवाइयोस् भन्ने मेरो इच्छा छ । प्रत्येक सोमबार तथा बिहिबार चरा बस्ने घर सफा गरियोस् । यो कुरामा समेत ध्यान दिइयोस् की चराचुरुंगीलाई खुवाउने खाना केवल एवी केक्स, क्यारेट, वाटर तथा पपकर्नबाट मात्रै खरीद गरियोस् । यो रकमबाट चरा सँगसँगै मेरो फ्रस्टी नामको कुकुर तथा किकी नामको बिरालोको पनि पालन पोषण गरियोस ।
स्मरण रहोस् लेस्ली अमेरिकाका धनाढ्यहरुको सूचिमा एक थिइन् । उनी अमेरिकाका पूर्व राष्टपति जिम्मी कार्टरको चुनावी अभियानमा समेत सक्रिय रुपले लागेकी थिइन् । त्यस्तै अमेरिकी राष्टपति रोनाल्ड रेगनको कार्यकालमा स्पीड टाइपिस्टको भूमिकामा काम गरेकी थिइन् ।
लैङ्गिक हिसावले हरेक नारी पुरुषप्रति आकर्षित हुन्छे । तर यसो भन्दैमा सबै नारी हरेक पुरुषप्रति आकर्षित भैहाल्छन् भन्ने चाँहि छैन । अझ एक अध्यनले त पाँच प्रकारका पुरुषलाई महिलाले घृणा गर्ने देखाएको छ ।

घमण्ड देखाउनेः
हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका जमाना गए । रचनात्मकरुपमा सम्झाउने वा सिकाउने पुरुषलाई पराएपनि होच्याउने र जिस्काउनेलाई भने मन पराउँदैनन् । महिला विज्ञहरुले महिलालाई मायाँ गर्ने
र सम्मानजनक ब्यवहार गर्ने पुरुष मन पराउने बताएका छन् ।
रिसाहाः
चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् । यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ । यस्ता पुरुषहरु घरमा श्रीमती र छोराछोरीसँग पनि बढी रिसाउने यो अध्ययनले देखाएको छ । त्यस्तै रफ टप बनेर हिड्ने भन्दा बजारमा चलेको फेसन गर्ने पुरुषलाई नै मन पराउने गरेको पनि अध्यनको निष्कर्ष छ ।
सेक्समा मात्र ध्यान दिनेः
महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । महिला विशेषज्ञहरु भन्छन् महिलाहरुलाई पनि यौन चाहाना नहुने होइन तर उनीहरु प्रेमिल यौन सम्बन्ध चाहन्छन् ।
लैङिक चेतना बढी हुनेः
म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । तर कुनै पनि पुरुषको सामान्य भूमिका निर्भाह गर्नु र पुरुषवादी हुनुबीच धेरै दुरी भने नभएको विश्लेषकहरुको भनाई छ ।
अश्लिल बोल्नेः
केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग गर्नेहरुसँग भने टाढै बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा हुन्छ । झर्रो भाषा बोल्ने वा फोहोर शब्द समेत प्रयोग गर्ने केटाहरुबाट केटीहरु टाढिँदै जान्छन्
नीरा रानाभाट नेपाली संगित क्षेत्रमा एउटा उदाहरणिय नाम हो । संख्यात्मक रुपमा धेरै गीत नगाए पनि उनको स्वरमा अहिलेसम्म जति गीत रेकर्ड भएका छन्, सवै कालजयी छन् । त्यसो त उनि जुझारु र लगनशील श्रष्टा हुन् । राष्ट्रिय रुपमै ख्याती प्राप्त सुमधुर स्वरकी धनि गायिका नीरा रानाभाटसंग गरिएकोे सांगितीक भलाकुसारी ।

१. संगित क्षेत्रमा लाग्नुभएको ठ्याक्कै कति समय भयो ?
एक दशक नाघ्यो ।
२. यतिका समय भयो संगित क्षेत्रमा लाग्नुभएको । अहिलेसम्म संख्यात्मक हिसावमा कतिजति गीत गाउनुभयो ?
मैले यो अवधिमा धेरै गीत गाउन सक्थें तर विभिन्न कारणले हालसम्म आधा दर्जन गीत तथा गजलका एल्बममा करीब डेढ दर्जन गीत गजल गाएकी छु ।
३. प्राय सुगम संगितमा तपाईको आवाज सुन्न पाईन्छ, अरु खालका गीत गाउँदै नगाउने होकी तपाईँको रुची नै सुगम संगित हो ?
मेरो रुची सवै खाले संगीतमा छ । मैले शास्त्रिीय संगीत अन्तर्गत केही रागहरु पनि मञ्चमा गाएकी छु । म गण्डकी क्षेत्रमा जन्मेको कारणले मलाइ यो क्षेत्रका लोक गीतमा पनि रुची छ । साथै नेपालका विभिन्न भागमा प्रचलीत लोकगीतहरु पनि मलाइ मन पर्छ । मलाइ गीतले पनि लोभ्याउने गर्छन् । मैले केही महीना अगाडी अंग्रेजी भाषमा लभ इज नेभ व्लाइण्ड बोलको गजल पनि रेकर्ड गराएकी छु । मलाइ गाउने अवसर आयो भने सवै खाले गीत गाउने रहर छ ।
४. नीरा रानाभाटको गला मनपराउने श्रोताहरुका लागि तपाईँका कनुै नयाँ गीत या एल्वम केही आएका छन् बजारमा ?
केही महीना अगाडी अंग्रेजी भाषमा लभ इज नेभ व्लाइण्ड रेकर्ड गरेकी छु । शव्द संगीत स्वप्निल वरालको हो । र यो अंग्रेजी गजल आउने एल्वममा समावेस गर्ने विचारमा छु । केही समय लाग्छ यसको लागि । विम्व भाग २ मा समावेस भएको डा. कृष्णहरी वरालको शव्द र गैरे सुरेसको संगीतमा चाहींदैन सुख सयल उनलाइ माया गर्न पाउं म, यती कृृपा गर भगवान उनकै काखमा मर्न पाउँ म वोलको गजल मेरो पछिल्लो समय रेकर्ड भएको गजल हो ।
५. नेपाली संगित (विषेशगरी गीत गाएर) क्षेत्रमा लागेर बाँच्न सकिन्न भन्छन् नी ?
यस्तो भन्नु स्वाभावीक हो । र मिश्रीत अवस्था पाउँछु म त । धेरै कमले मात्र संगीतलाइ आफ्नो रोजीरोटीको माध्यम वनाएका छन् । यसका लागि कि त धेरै नै ट्यालेन्ट हुनुपयो, कि त धनवान हुनुपयो । ट्यालेण्टले अवसर पाउँछन् तर केही समयका लागि मात्र । र त्यसपनि अर्कोले ठाउँ लिइहाल्छ । यस्तो कतिपय गायक गायीकामा देखीएको पनि छ । कमाउनेले पनि निश्चित समयभित्र मात्र कमाएको देखीन्छ । त्यसपछि विभिन्न कारणले कतिको क्रेज घटेको पनि छ । र विस्तारै अवसर कम हुँदैगएको पनि छ । कमैले मात्र आफूले चाहेको जस्तो कमाएका छन् । औंलामा गन्न सकिने छ यो संख्या । कतिपय धनवान गायक गायीकाले आफैं पैसा खर्च गर्दै संगीतमा टिक्ने काम गरेका छन् । यसरी पैसा धेरै खर्च गर्ने मध्ये कतिले त राम्रा पनि गीत दिएका छन् । तर नराम्रा गीत संगीत उत्पादन गर्नेको पनि कमि छैन यहाँ । यदी कसैको गीत अली चल्यो भने प्राय सवै उसैको खोजीमा लाग्छन् । र अवसर सवै उसैलाइ खनिन्छ । त्यो वेला अन्य राम्रो स्वर हुनेहरुको संगीतकार, गीतकार र गजलकारले त्यती वास्ता गर्दैनन् । यस्तो भएपछि संगीतमा भेराइटी पनि आउँदैन । सवै गीत उस्तै जस्तो लाग्नुको कारण यो पनि हो जस्तो लाग्छ मलाइ । सवै एउटैको स्वरमा रेकर्ड हुन थालेपनि कति समय भेराइटी दिन सकिन्छ र ? अनि अवसर आयो भने सवै र अधिकांश गायक गायीकाले संगीतमा मात्र लागेर जिवन धानेको जस्तो मलाइ लाग्दैन । कतिपयले संगीतको मात्रै काम गरेका छन् र जेनतेन गुजारा पनि गरेका छन् । त्यसैले राम्रो स्वर हुनेहरु, राम्रो संगीत गर्नेहरु पनि अन्य पेशामा आवद्ध भएर काम गर्नुपरेको छ ।
६. गीत गाएरै जीवन चलाउनुभएको छ या कुनै साइड पेशा गर्नुभएको छ ?
—मैले संगीतबाट धेरै कम मात्र आम्दानी गर्ने गरेकी छु । म रेडीयो प्रस्तोता पनि हँु । म रेडीयो सगरमाथामा पार्ट टाइम काम गर्छु । कार्यक्रम उत्पादन र संचालन गर्छु । म मास कम्युनिकेशन एण्ड जर्नालीजमकी विद्यार्थी पनि भएकाले स्नातकोत्तर तहको पढाइ अन्तीम चरणमा छ । र अहिले विद्यार्थी जीवन भएकाले कमाइलाइ त्यती प्राथमिकता दिएकी छैन मैले ।
७. नेपाली संगितको बजार खस्केको भन्ने कुरालाई कसरी लिनुहुन्छ ?
समंग्रमा मलाइ पनि त्यस्तै लाग्छ । तर फेरी केहीले राम्रो कमाइ पनि गरीरहेकै छन् । पाइरेसी छ । गीत रेकर्ड भएर वाहीर आउन पाएको छैन, निशुल्क हेर्न पाउने गरी युट्युवमा आउँछ, अनी इमेलमा फर्वाड गरीन्छ । पेन ड्राइभमा मागीन्छ । प्रयोग गरीन्छ । कतिपय साइवरमार्फत गीत कपि गर्न पाइन्छ । वान जीवी बरावर यती पैसा भन्न थाल्छन् । गाउनेको, संगीतकारको, रचनाकारको , कैयौंलाइ थाहै हुँदैन । गीत सुन्यो, इन्जोइ ग¥यो सकीयो । कतिपय अवस्थामा संगीतको यसरी फ्रीमा प्रयोग हुँदै आएको पनि छ । सीडीमा अत्यन्त कम मात्र गीत उत्पादन गरीन्छ । यसले गर्दा समग्रमा संगीतको हालत यस्तो भएको हो । वास्तवीक श्रष्टा भन्दा वाहीरीहरुले फाइदा लिइराखेका छन् । कानुनको पालना नहुँदा पनि यस्तो भएको छ । र संगीत क्षेत्र व्यवस्थित नहुँदा पनि यस्तो भएको छ ।
८. नेपाली संगित क्षेत्रमा तपाइँले मान्ने आदर्श व्यक्ति ?
मेरा गुरुहरु शास्त्रिय संगीत तर्फ धन बहादुर गोपाली र आधुनीक तर्फ दिपक जंगम । म नारायण गोपाल, अरुणा लामा, तारादेवी, लगायतका श्रष्टालाइ आदर गर्छु । त्यस्तै गजलकार डा कृष्णहरी वराल, संगीतकार गैरे सुरेश लगायतका सर्जक आदर्श व्यक्तिहरु हुनुहुन्छ ।
९. संगितक्षेत्रका समकक्षिहरुसंग आफूलाई तुलना गर्दा कसरी गर्नुहुन्छ ?
मेरो आफ्नै प्रकारको गायन शैली छ । म संगीतमा केही कुरा सिक्दै छु । धेरै कुरा सिक्नै बाँकी छ ।
१०. संगित क्षेत्रका नयाँ पुस्तालाई तपाइँको सुझाव ?
अन्य अग्रजले भनेजस्तै म पनि यही भन्छु, बुझेर आउनुस् । र संगीतको गहीराइमा डुवेपछि मोती अवस्य टिप्नुस् । व्यवसायीक वन्न नसकेपनि मन शान्तिका लागि संगीत उपयोगी छ ।
प्रस्तुतिः धु्रवचन्द्र खड्का
कोही कोही मानिसले लामखुट्टेले आफुलाई अरुलाई भन्दा बढि टोक्ने गरेको गुनासो गर्छन् । अरु मानिसहरु सँगै हुँदापनि लामखुट्टेहरु आफ्नै जिउमा बढि झुम्मिने गरेको दाबी हुन्छ कसैकसैको । यस्तो दाबी गर्नेलाई हामीले जिस्काउने गर्छौँ प्रायः ।

अनि भन्ने गर्छौँ की तिमीलाई बढि मन पराएको होला नी लामखुट्टेले । साँच्ची उक्त साथीले नखरा पारेको हो, आखिर लामखुट्टेले टोक्ने त सबैलाई उस्तै त हो भन्ने हाम्रो बुझाइ रहँदै आएको छ । लामखुट्टेले धनी, गरीब, दुब्लो मोटो, कालो तथा गोरो भनेर विभेद गर्ने कुरा भएन । कोही मानिसको रगत बढि मीठो र कसैको नमीठो हुने कुरा पनि भएन ।
त्यसैले लामखुट्टेले जसलाई मौका पायो उसैको जिउबाट रगत चुस्ने हो नी भन्ने ठम्याइ हुन्छ हाम्रो । तर वास्तवमा हाम्रो यो ठम्याइ गलत रहेछ । हालैको एक अध्ययनले मानिसको रगतको प्रकारले उसलाई लामखुट्टेले कति सताउँछ भन्ने कुराको निधो हुने तथ्य पत्ता लगाएको छ ।
शोधकर्ताका अनुसार लामखुट्टेले मानिसको जिउबाट रगत चुस्न रुचाउने दर मानिसको रक्त समूह अर्थात् ब्लड ग्रुपमा निर्भर गर्दछ ।

अमेरिकाको पब्लिक लाइब्रेरी अफ साइन्सका शोधकर्ताहरुका अनुसार ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले बढि मन पराउँछ । ओ ब्लड ग्रुप भएका मानिसको शरीरको रगत चुस्न लामखुट्टेले बढि रुचाउँछ ।
शोधकर्ताहरुका अनुसार हाम्रो रगतमा प्रोटिन हुन्छ र उक्त रक्तप्रोटिन ओ ग्रुपको रगतमा बढि हुन्छ । त्यसैले बी ब्लड ग्रुप भएका मानिसको तुलनामा ओ ब्लड ग्रुप भएका मानिसहरुलाई लामखुट्टेले टोक्ने दर दोब्बर हुन्छ । त्यस्तै ए ब्लड ग्रुपका मानिसलाई बी ब्लड ग्रुपका मानिसलाई भन्दा पनि लामखुट्टेले कम टोक्छ ।
शोधका अनुसार लामखुट्टे मानिसको पसिनाको गन्धबाट पनि आकषिर्त हुन्छ । बढि पसिना आउने मानिसप्रति लामखुट्टे बढि आकषिर्त हुने शोधकर्ताको ठम्याइ छ । पसिनामा ल्याक्टिक एसिड, युरिक एसिड तथा एमोनिया जस्ता तत्व हुन्छन् जसले लामखुट्टेलाई आकषिर्त गर्दछ ।
त्यस्तै एक शोधका अनुसार लामखुट्टेले हेर्ने तथा रंग छुट्टाउने क्षमता पनि हुन्छ । लामखुट्टेले रातो, निलो तथा कालो लगायतका रंग सजिलै सँग पहिचान गर्न सक्छ । त्यसैले यदि तपाइँले यस्ता रंगका कपडा पहिरिनुभयो भने लामखुट्टेले बढि सताउनेछ ।
शोधले अर्को रोचक कुराको खुलासा पनि गरेको छ । जस अनुसार बियर पिउने मानिसलाई नपिउने मानिसको तुलनामा लामखुट्टेले बढि सताउने गर्छ । बियर पिउने मानिसको शरीरमा इथानोलको मात्रा बढि हुन्छ । इथानोलले मानिसलाई बढि आकषिर्त गर्दछ ।

तर, हामी यहाँ महिलाको कुरा गर्दैछौं । भनिन्छ, ‘महिलाहरुको मनको बात थाहा पाउन निकै मुस्किल हुन्छ ।’ केही यस्ता कुरा हुन्छन्, जुन उनीहरु हमेसा लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुनसक्छ, तर पनि बताउन सक्दैनन् ।
यसलाई सही ठहर्याउने उनीहरुको आफ्नै कारण पनि हुन्छ । के–के हुन् त त्यस्ता कुराहरु, जसलाई महिलाले हमेशा लुकाउने प्रयास गर्छन् । विभिन्न रिसर्चहरुबाट पत्ता लागेको ५ कुरा हामीले यहाँ उल्लेख गरेका छौं ।
१. महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन खोज्दैनन्, कि खास पल (पतिसँगको पहिलो रात)मा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन ।
२. कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–पत्नीबीच सहमति नहुनसक्छ । तर, पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।
३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर एउटा कुरामा ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।

४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि पर्दैनन् ।
५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् ।
विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुक प्रयोग गर्नेको संख्या दैनिक १ अर्ब नाघेको छ ।
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गका अनुसार गत सोमबार फेसबुकले यो अभूतपूर्व सफलता हात पारेको हो । एक ब्लग पोष्टमार्फत जुकरबर्गले सोमबार एकैदिनमा १ अर्ब भन्दा बढिले फेसबुक चलाएको भन्दै जुकरबर्गले लेखेका छन्, ‘विश्वका हरेक ७ मा एक जनाले आफ्ना साथीभाई तथा परिवारसँग जोडिनका लागि फेसबुक प्रयोग गरे ।’

फेसबुकका मासिक प्रयोगकर्ताको संख्या डेढ अर्ब छ । तर दैनिक रुपमा एक अर्बले आफ्नो फेसबुक अकाउण्ट चलाएको यो पहिलोपटक हो । फेसबुकका कुल प्रयोगकर्ताको संख्या सन् २०१२ को अक्टोबरमै १ अर्ब पुगेको थियो । १ अर्ब मासिक प्रयोगकर्ताको त्यो संख्यालार्य फेसबुकले ३ वर्षमै दैनिक प्रयोगकर्ता बनाउन सफल भएको हो ।
बिहिबार जुकरबर्गले आफ्नो फेसबुक पेजमा गरेको पोष्टमा फेसबुकका प्रयोगकर्ताको संख्या अझै बढ्दै जाने अनुमान गरेका छन् । हार्वार्ड विश्वविद्यालयमा पढ्दै गर्दा जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेका थिए ।
फेसबुक पोष्टमा जुकरबर्गले आफुहरु पहिलोचोटी कोशेढुंगामा पुग्न सफल भएको र यो पूरै दुनियाँलाई जोड्ने कुराको सुरुवात मात्र भएको बताएका छन् ।
गत जुलाइमा फेसबुकले विश्वका कुल अनलाइन प्रयोगकर्ता मध्ये आधाले फेसबुक चलाउने दाबी गरेको थियो ।
जुकरबर्गले फेसबुकका प्रयोगकर्ताको संख्य ाझै बढिरहने दाबी गरेपनि विश्लेषकहरुले भने यो विन्दु फेसबुक प्रयोगकर्ताको लगभग उच्चतम विन्दु रहेको र फेसबुकका प्रयोगकर्ताको संख्या अब तिव्र रुपमा नबढ्ने विश्लेषण गरेका छन् । विश्वको दोश्रो धेरै जनसंख्या भएकेा भारतमा फेसबुक प्रयोगकर्ताको संख्या झण्डै उच्चतम विन्दुमै पुगेको र अमेरिका तथा युरोपमा पनि यो अधिकतम नै रहेको देखिएको छ ।
तर अफ्रिका, एसियाका केही देश तथा ल्याटिन अमेरिकामा भने फेसबुक प्रयोगकर्ताको संख्या कम देखिएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा फेसबुक प्रतिबन्धित रहेको छ ।
सुरु हुँदैछ ‘देशी दारु’ योजना
शीर्षक पढ्दैमा ट्वाँके साथीहरु हर्षले गदगद हुनुभयो होला । महंगीको जमानामा सोमरसको मूल्य पनि उकालो चढिरहेको अवस्थामा सरकारले नै जनतालाई सस्तोमा दारु पिलाउने तयारी गरिरहेको सुन्दा को चाहीँ ट्वाँकेको मन नरमाउला ? तर रमाइहाल्नुपर्ने कुरा चाहीँ होइन है । किनकी स्वदेशी रक्सीलाई सस्तोमा उपलब्ध गराउने देशी दारु योजना हाम्रो देशमा होइन, छिमेकी भारतमा लागु हुन लागेको हो ।

भारतको तेलंगाना सरकार अब स्वदेशी मदिरा सस्तो मूल्य बेच्ने तयारीमा छ । आगामी अक्टोबर एक तारेख देखि देशी दारु योजना सुरु हुनेछ । त्यस अन्तरगत स्थानीय मदिरा अर्थात् सारा प्रति ९० मिलिलिटरलाई १७ भारु तथा १८० मिलिलिटरलाई ३५ भारुमा किन्न सकिनेछ ।
भारतको अर्को राज्य महाराष्ट्रको सिको गर्दै आफुले पनि सस्तोमा रक्सी बेच्ने घोष्णा तेलंगाना सरकारले गएको फेब्रुअरीमै गरेको थियो । त्यसका लागि सरकारले देशी दारु योजना अध्ययनका लागि एक सरकारी टोलीलाई महाराष्ट्रको भ्रमणमा पठाएको थियो ।
सस्तोमा रक्सी बेच्ने सरकारी योजनाप्रति विपक्षी दलहरुले तिव्र विरोध जनाएका छन् । तर सत्तारुढ तेलंगाना राष्ट्र समितिले भने आफ्नो कदमको प्रतिरक्षा गर्दै यसले अवैध तथा विषाक्त रक्सीको सेवनबाट हुने मृत्युलाई रोक्न सहयोग गर्ने दाबी गरेको छ । स्मरण रहोस् भारतमा विषाक्त रक्सी सेवनबाट वर्षेनी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।
धेरैजसो पुरुषहरुलाई महिलाको बारेमा त्यत्तिमात्र थाहा हुन्छ जति उनीहरुले देखे तथा सुनेका हुन्छन् । सतहमा देखिने आचरण, व्यवहार तथा जिउडालको बारेमा जानकार भएपनि धेरैलाई महिलाहरुका अन्तरंग रहस्यहरुका बारेमा थाहा नहुन सक्छ । महिलाहरुको बारेमा मनोविज्ञहरुले समेत भन्ने एउटा कुरा के हो भने उनीहरु वास्तवमै रहस्यमयी हुन्छन् । उनीहरुको मनमा यस्ता रहस्यहरु लुकेका हुन्छन् की जो अरु कसैलाई भन्दैनन् ।

कुनै पुरुषले महिलाको बारेमा आफुलाई सबैकुरा थाहा छ भनेर घमण्ड गर्छ, चाहे त्यो आफ्नै जिवनसंगिनीको किन नहोस्, भने त्यस्तोे पुरुषको तुजुक पूर्णतः मिथ्या सावित हुनसक्छ । किनकी आम महिलाहरुसँग यस्ता रहस्य हुन्छन् जो उनीहरुलाई कसैलाई पनि बताउँदैनन् ।
त्यस्ता ७ रहस्य यस्ता छन् :
महिलाले अर्को महिलालाई पनि माया गर्छन् । प्रायः महिलाले अर्को महिलालाई आफ्नो प्रतिस्पर्धी तथा दुस्मन ठान्ने गर्छन् भनिन्छ । तर विभिन्न सर्वेक्षणले के देखाएका छन् भने एक नारीले अर्को नारीलाई पनि खुबै माया गर्छन् । महिलाहरुलाई अर्को कुनै स्टाइलिस महिलालाई हेर्न निकै मज्जा लाग्छ ।
महिलाहरुले खुबै चियोचर्चो गर्छन् । त्यस्तो चियोचर्चो आफ्नो वर्तमान जिवसाथी तथा सरोकारको मान्छेको बारेमा मात्र हुँदैन । आफ्नो भुतपूर्व प्रेमीको बारेमा पनि उनीहरु खुबै चियोचर्चो गर्छन् । आफ्नो भुपु अहिले को सँग छ ? उसकी नयाँ प्रेमिका कस्ती छे ? उनीहरुको जीवन कसरी चलिरहेको छ ? भन्ने बारेमा कुनैपनि महिलालाई निकै ठूलो चासो हुन्छ ।
विभिन्न अध्ययन अनुसार पोर्न सामाग्री हेर्ने मामिलामा महिलाहरु पनि पुरुष जत्तिकै पारखी हुन्छन् । तर आफ्नो त्यो इच्छा तथा बानीलाई उनीहरुले अरुसामु खुलासा गर्ने तथा स्वीकार गर्ने काम पनि सित्तिमित्ती गर्दैनन् ।
महिलाहरुलाई आफ्नो जिउको माया अति नै हुन्छ । एक्लो हुँदा वा काम नहुँदा महिलाहरु आफ्नो जिउका अंग अंग हेरेर त्यसको रहस्य पत्ता लगाउने धूनमा भुल्दछन् ।
एक्लो हुँदा महिलाहरुलाई निकै अनौठो शोख चल्दछ । सर्वेर्क्षणका अनुसार आफ्नो गोप्य अंग नियाल्ने देखि लिएर विकिनी लगाएर नाच्ने तथा थरीथरीका पोज दिने गर्छन् उनीहरु ।
महिलाहरु आफ्नो महिनावारीको विषयलाई ठूलो बोझ ठान्दछन्, खासगरी बिहेपछि । आफ्नो पुरुष पार्टनरले यस्तो मासिक चक्रको झण्झट बेहोर्नु नपर्ने तर आफुले मात्र त्यो दुख झेलिरहनुपर्ने कुराले गर्दा उनीहरुमा पुरुषप्रति एउटा इष्र्या पलाउँछ । पुरुषले पनि यस्तो महिनावारीको जस्तै पीडा खप्नुपरोस् भन्ने भित्री इच्छा हुन्छ उनीहरुमा ।
महिलाहरुमा आफ्नो पुरुष पार्टनरप्रति धेरथोर शंकाले सधै गाँजिरहेको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा आफुसँग लुकाइरहेको छ भन्ने लाग्छ । र त्यो कथित लुकाएको कुरा जान्नका लागि उनीहरु सदैव उत्सुक रहेर अनेक प्रयास गर्दछन् ।

