सिन्धुलीकाे घ्याङलेक गाउँपालिका-१ सिम्लेखाेला, भिमसेनटार ।
बर्षायाममा वारिपारि गर्न समस्या भएपछि स्थनीयहरू आफै जाेखिमपुर्ण काठेपुल निर्माण गर्दैछन । खाेलापारि ७ घरधुरी भन्दा माथि रहेकाे छ । पटक-पटक झाेलुङ्गे पुल निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्दा पनि हाल सम्म पुल निर्माण हुन नसकेकाे स्थानीय कर्ण बहादुर वाईवा बताउछन ।
धरान चतरा हेटाैडा मदन भण्डारी राजमार्ग अन्तरगत मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका जोड्ने बागमती नदिमा समयमै ठेकेदार कम्पनिले पुल नबनाउदा जाेखिमपुर्ण यात्रा गर्न बाध्य स्थानीय ।
| फाेटाे- बिशालराज राईकाे फेसबुकबाट |


सिन्धुली कमलामाई नगरपालिका वडा कार्यलयहरुले धमाधम राहत वितरण गरेको छ । पहिलो पटक नोटरी पब्लीकको सहयोगमा प्रदान गरिएको एकथान तापक्रम नाप्ने यन्त्र(थर्मलगन) द्धारा सामाजिक दुरी कायम गरी तपक्रम परिक्षण गरी राहत वितरण गरिएको हो । ५ नं. वडा का वडा अध्यक्ष पुर्ण बहादुर खड्का अनुसार राहतका लागि पहिला नै टोल सुधार समिति मार्फत नै नाम संकलन गरिएको थियो । खड्का अनुसार ७४३ जानाले राहतका लागि नाम टिपाएका छन् । “हामीलाई ७४३ जानालाई मात्र वितरण गर्ने राहत आएको छ , त्यो भन्दा एक वोरा पनि वढी आएको छैन, तर अहिले पनि नाम टिपाउनु पर्यो, भनेर दिन दिनै मान्छेहरु आई रहेका छन् । नाम छुटेकाहरुको लागि के ब्यवस्था गर्ने भनेर, हामी पनि अन्यौलमा छौ ।” त्यसैगरी ६ नं. वडा कार्यलयले पनि कर्मचारी, प्रहरी र नगर प्रहरी लागएत स्थानियहरुको सहभागितामा भिडभाग नहुने गरी ब्यवस्थीत रुपमा राहत वितरण गरीको वडा अध्यक्ष उज्जल थापाले जानकारी गराउनु भयो । “नाम टिपाउन छुटेका र गुनासोहरु वडामा धेरै आउने गरेका छन् त्यसका लागि हामी छुटै ब्यवस्था गर्ने छौ । थापाका अनुसार “राहतका लागि वास्तकि राहत कर्ता हो भने मात्र अपिल गरौ होइन भने वास्तविक राहतकर्ता छुट्ने छ । ”
 |
स्थानीय चुनावको समयमा ७५ जिल्लामा वितरण गर्नका लागि प्रहरी प्रधानकार्यालय नक्सालको परिसरमा तयारी हालतमा राखिएको मोटरसाइकलहरु । तस्बिरः रासस
|
आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना छनौंटमा परिक्षा दिँदै सिन्धुलीका युवायुवतीहरु । जिल्लामा ९९७ कोटाका लागि भर्ना आह्वान गरिएको भएपनि त्यसको झण्डै चारगुणबढी आवेदन परेपछि लिखित र मौखीक परिक्षा लिइएको हो ।
सिन्धुली महेन्द्रझ्याडी—७ का ८१ बर्षिय पन्चलाल योन्जन
बिहिबार मरिण पुलको सिलान्यास गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) चढेको नेपाली सेनाको एनए ०५६ नम्बरको हेलिकप्टरमा बसेर फोटो खिच्दै ।
सिन्धुलीमाढी स्थित ग्वाङखोलाको किनारमा सोमबार बिहान उदाउँदो सुर्यलाई अर्ग दिर्दै श्रद्धालुहरु ।(फोटो बिजयकिल्ला डटकम)
 |
| संविधान दिवस २०७३ काे अवसरमा सिन्धुलीमाढीमा लिकालिएकाे प्रभात फेरी । फाेटाे उदब श्रेष्ठ |
 |
| डाेकाे बेच्न हिड्दै बुढेसकाल लागेका किसान । सिन्धुलीमाढीबजारमा । |
निजामति कर्मचारी दिवस २०७३ को अवसरमा कर्मचारी मिलन केन्द्र सिन्धुलीले आयोजना गरेको खुल्ला तथा निजामति व्याडमिन्टन प्रतियोगीतामा विजयी भएपछि नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेपछि कमलामाई नगरपालिका कार्यायल प्रमुखसँग फोटो खिचाउँदै विजयी खेलाडीहरु ।
निजामति कर्मचारी दिवस २०७३ को अवसरमा आफ्नो कार्यालय परिसर सरसफाई गर्दै जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यायल सिन्धुलीका कर्मचारीहरु । फोटोः उद्धब श्रेष्ठ
नेपाल निजामति कर्मचारी यूनियन(संघ) सिन्धुलीका नेताहरू भाेट गाग्दै तथा चुनावि प्रचार गर्दै । फाेटाे बिजयकिल्ला ।