स्वास्थ्य जीवन र सामाजिक सम्बन्धमा महत्पूर्ण बन्दै
सिन्धुली, १४ मंसीर–पछिल्लो समय सिन्धुलीमा ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । केही वर्ष अघिसम्म सरकारी कर्मचारी, सेना, प्रहरीमाझ लोकप्रिय बनेको यो खेल अहिले युवापुस्ता र अधबैँसेमाझ पनि लोकप्रिय बन्दै गएको छ । पहिला ब्याडमिन्टन खेल कर्मचारी मिलन केन्द्रमा मात्र सीमित थियो, खेलका लागि कोर्टहरु पनि जहाँतही बनाइँदैनथ्यो । सिन्धुलीमाढीमा कभर्डहल निर्माण भएपछि दैनिक दर्जनौं खेलाडी कबर्ड हलमा व्याडमिन्टन खेल्न पुग्छन् ।
पछिल्लो समय त अधिकांश स्थानमा कोर्टहरु बनेका छन् । सार्वजनिक भवन, संघसंस्थाको भवनमा पनि ब्याडमिन्टन खेलका लागि कोर्ट तयार पारी खेल खेलिँदै आएको छ । खासगरी ब्याडमिन्टनले स्वास्थ्यका लागि राम्रो गर्ने, विकसित र अनुशासित गराउने भएकाले पनि ब्याडमिन्टनप्रति आकर्षण बढ्दै गएको सिन्धुली ब्याडमिन्टन संघका अध्यक्ष दिपेन्द्र बस्नेत बताउनुहुन्छ ।
‘ब्याडमिन्टनले शारिरीक रुपमा स्वस्थ मात्रै राख्दैन, यसले युवाहरु खेलप्रति आकर्षित हुँदा लागूऔषध जस्ता गलत क्रियाकलापमा सहभागी हुन पनि दिँदैन’, बस्नेतले भन्नुभयो, ‘रोग र गलत क्रियाकलापबाट टाढा राख्ने भएपछि पाका पुस्तादेखि युवा वर्गमाझ लोकप्रिय बन्दै गएको हो ।’ विशेष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु हेरेर प्रभावित हुँदा युवाहरु ब्याडमिन्टनप्रति आकर्षित भएको उहाँको भनाई छ ।
सबै उमेर समुहका ब्यक्तिहरुले खेल्न मिल्ने, अधबैंसेहरु छोटो समयमा शारीरिक फिटनेस हुने, स्वथ्य रहने भएकाले पछिल्लो समय ब्याडमिन्टनप्रति आकर्षित देखिएको छ । ‘समयको बचत पनि हुन्छ, स्वस्थ रहन पनि मद्दत गर्छ, त्यसैले धेरैको रोजाई व्याडमिन्टन भएको हो’, ब्याडमिन्टन खेलाडी सोम श्रेष्ठले भन्नुभयो । आफूले ब्याडमिन्टन खेललाई अत्यन्तै सम्मान गर्ने बताउँदै आफु स्थानीय तथा जिल्लास्तरीय खेलमा सहभागी हुने गरेको बिहान तथा बेलुकाको समय ब्याडमिन्टन खेलमा खर्चने गरेको श्रेष्ठले बताउनुभयो ।
खासगरी ब्याडमिन्टन पछिल्ला दिनहरुमा सहरको लोकप्रिय खेल मानिन्छ । सहरी क्षेत्रमा कबर्डहल र प्रशस्त कोर्टहरु छन् । सहर–बजारमा प्रशस्त कोर्टहरु मात्रै छैनन्, खेल लोकप्रिय पनि छ । बिहान र साँझको समयमा खेलाडी र शरीरिक दन्दुरुस्तीका लागि ब्याडमिन्टन खेल्नेको घुइँचो लाग्छ । शारिरीक फिटनेसका लागि भए पनि सहरका युवादेखि पाकापुस्तासम्म यो खेल खेल्छन् । सिन्धुली सदरमुकाम र गाउँपालिकाका केन्द्रहरुमा रहेका ब्याडमिन्टनका कोर्टहरुमा खेलाडीको भिड लाग्छ ।
सुरुमा सिन्धुलीमाढीमा मात्र कभर्डहल थियो । अहिले जिल्लाका कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिकाका केन्द्रहरुमा कभर्डहल बनेका छन भने अन्य पालिकाहरुमा पनि बन्ने तयारीमा रहेका छन ।
जिल्लाका सबै कोर्टहरु बिहान र साँझको समयमा खेलाडीले भरिभराउ हुने गरेका छन् । मुख्यतः ग्रिपिङ, सर्भिस, ट्रोक, फुटवर्क र ड्रपसट गरी ५ प्रकारका सीपहरु प्रयोग गरेर खेलिने ब्याडमिन्टन खेलमा यहाँका कवर्डहलहरुमा सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, दलका नेता कार्यकर्ता, ब्यापारी, युबा, संचारकर्मी, सर्बसाधारण सबै पुग्ने गरेका छन् ।
जिल्लामा ब्याडमिन्टन संघ, कर्मचारी मिलन केन्द्र, विभिन्न् क्लबले विभिन्न् चाडपर्व तथा दिवसहरुको अवसरमा ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिरहेका हुन्छन ।
शुक्रबार सिन्धुलीमाढी स्थित कमलामाई नगरपालिका–६ को शिबनगर टोल विकास संस्थाले समेत जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको सहकार्यमा खुल्ला ब्याडमिन्टन प्रतियोगीता सम्पनन् गरेको छ ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरु गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगीतामा २६ टिम सहभागी रहेका थिए ।
मंसीर ११ देखी सुरु गरिएको खेलमा सोम बहादुर श्रेष्ठ र बद्रिजंग श्रेष्ठको टिम प्रथम, सरोज पुलामी र राज मग्रातीको टिम दोश्रो र मनोज थापामगर र सार्थक आचार्यको टिम तृतीय हुन सफल भएको थियो ।
शुक्रबार एक समारोह बीच प्रतियोगीतामा प्रथम हुनेलाई १० हजार, द्धितियलाई ७ हजार र तृतीयलाई ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगीतामा सहभागीहरुलाई स्थानीय समाजसेवी कामेश्वर महतो, सिचाई विकास डिभिजन कार्यालयका प्रमुख कृष्ण बिक्रम पाण्डे लगायतले फुलमाला सहित पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
ब्याडमिन्टन खेलले लोकप्रियता बढ्दै जाँदा टोल विकास संस्थाले समेत प्रतियोगीताको आयोजना सुरु गर्न लागेका छन । प्रतियोगीताको आयोजक संस्थाकी अध्यक्ष भवानी कार्कीले स्वास्थ्यको दृष्टिकोणले पनि महत्वपूर्ण बन्दै गईरहेको ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेर सामाजिक सदभाव सँगै खेलको विकासमा पनि योगदान पुर्याउने उदेश्य टोल विकास संस्थाको रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेल स्वास्थ्यका लागी मात्र होइन सामाजिक सद्भावका लागी पनि हो, त्यसैले हामीले यो प्रतियोगीताको आयोजना गरेका हौं ।”
बुद्धनगर टोल विकास संस्थाको कार्यक्षेत्रमा नेपाली सेना, प्रहरी, कर्मचारी लगायतको उपस्थिती रहेकाले पनि खेल मार्फत सामाजिक सम्बन्ध कायम गर्न महत्वपूर्ण हुने टोल विकास संस्थाका सदस्य बद्रि पहाडीले बताउनुभयो ।
सिन्धुली– कमलामाई नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता–२०८० को प्रतियोगीतामा गौमती माध्यमिक विद्यालय प्रथम भएको छ ।
प्रतियोगीतामा शिखर माध्यमिक विद्यालय मरिण बेल्टार दोश्रो र सिद्वस्थी इङ्लिस बोडिङ्ग स्कुल तृतिय पुरस्कार पाउन सफल भएका छन ।
राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेदकुद भन्ने मुल नाराका साथ नगर खेदकुद विकास समितिको आयोजनामा भएको खेदकुद प्रतियोगीता गत मङ्गलबारबाट सिन्धुलीमाढीमा सुरु भएको थियो । प्रतियोगीतामा नगरक्षेत्रका सामुदायीक तथा संस्थागत सहित ३५ विद्यालयका खेलाडीहरुको सहभागीतामा भलिवल, कवडी, कराते, तेक्वान्डो तथा एथलेटिक्स तर्फका सम्पूर्ण खेलहरु खेलाइएको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष श्री लोक विक्रम थापाको अध्यक्षतामा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलज्युको प्रमुख आतिथ्यतामा सम्पनन् एक समारोह बीच सनिबार प्रतियोगीतामा उपाधी जित्ने खेलाडीहरुलाई मेयर पोखरेले पुरस्कार वितरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेलले बिजयी हुने सबैलाई बधाई दिंदै आगामी दिनमा यस नगरपालिकाले खेलकुद क्षेत्रलाई अझ प्राथमिकतामा राखी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै खेलकुदमा सक्रिय रुपमा लाग्न सहभागी तथा उपस्थित सबैलाइ प्रेरणा समेत दिनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहालले खेलकुदको महत्व प्रष्ट पार्दै सहभागी तथा विजयी हुने विद्यालयहरुलाई बधाई दिनु भएको थियो ।
सिन्धुली १७ जेठ । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिकामा राम्रो प्रदर्शन गरेर मात्र नहुने र उपाधि जित्नुपर्ने बताएका छन् ।
उनले कोपा अमेरिकाको उपाधि नजितेसम्म खुशी नहुने बताए । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने मेसीले अर्जेन्टिनाको सिनियर टिमबाट अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन् ।
सन् २०२१ को कोपा अमेरिका मेसीको लागि अन्तिम अवसर हुन सक्छ । कोलम्बियालाई सहआयोजकबाट हटाइएपछि अर्जेन्टिनाले अर्को महिना सुरु हुने प्रतियोगिता एक्लै आयोजना गर्ने तयारी थियो । तर दक्षिण अमेरिकी फुटबल महासंघ कन्मेबोलले अर्जेन्टिनामा कोरोना भाइरस बढ्दो रुपमा रहेकाले आयोजकको रुपमा हटाएको छ ।
कोपा अमेरिका अघि अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत दुई खेल चिली र कोलम्बियाविरुद्ध खेल्नेछ ।
‘साथीहरुसँग यहाँ हुन पाउँदा म खुशी छु । यो एकदमै अनौठो र फरक अवस्था हामीले सामना गरिरहेका छौं,’ मेसीले अर्जेन्टिनियन फुटबल एशोसिएसनसँगको कुराकानीमा भने, ‘हाम्रो सामान्य क्याम्प हुन सकेको छैन । हामी विस्तारै सँगै हुँदैछौं, कडा मिहिनेत गर्दैछौं र छनोट खेलका लागि तयार हुँदैछौं ।’
मेसीले आफू उत्साहित रहेको र राम्रो गर्न भोकाएको बताए । ‘म एकदमै उत्साहित छु र राम्रो गर्नको लागि साँच्चै भोकाएको छ । पछिल्लो कोपा अमेरिकामा हामीले राम्रो प्रभाव छोड्यौं तर हामी त्यसैमा मात्र खुशी हुन सक्दैनौं,’ मेसीले भने, ‘हामी राम्रो गर्न चाहन्छौं । हामीले खेलेको पछिल्लो छनोट खेल राम्रो भयो । दुर्भाग्यवस हामीले फेरि सँगै खेल्न नपाएको धेरै समय भयो ।’ मेसीले अहिले राम्रो टिम रहेको र त्यो महत्वपूर्ण भएको बताए ।
बुद्ध नेपाली,सिन्धुली, २ फागुन । सिन्धुलीको दुधौली नगरपालिकामा शुक्रवार देखि नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सुरु भएको छ । नगरपालिकाका प्रमुख घनश्याम राउतको अध्यक्षतामा आयोजित एक समारोहका विच सिन्धुली क्षेत्र नं. १ का प्रतितिनिधिसभा सदस्य गणेश पहाडीले प्रतियोगीताको उद्घाटन गर्नुभएको हो ।
दुधौली नगरपालिकाको आयोजना, वडा नं.४ कार्यालय र सरस्वती मा.वि डकाहाको सहआयोजनामा सुरु भएको प्रतियोगीतामा छात्र, छात्रा दुवैको सटपुट , सय मिटर रिले दौड, हाईजम्प, लङजम्प, कबड्डी, ज्याभलिङ थ्रो, शटफुट, एल्लेटिक्स तर्फका खेलहरु, १ सय देखि ३ हजार मिटर सम्मका दौड, भलिबल, लगायतका प्रतियोगिता हुने दुधौली नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष रितेश राउतले जानकारी दिनुभयो ।
प्रतियोगीतामा दुधौली नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी २४ वटा मा.वि तहका विद्यालयहरुको सहभागीता रहेको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य गणेश पहाडीले खेल जगतले मात्रै देशलाई अन्तराष्ट्रिय क्षेत्रमा सवैभन्दा छिटो चिनाउन सकिने भएकाले विद्यार्थीले पढाईसँगै खेलकुदलाई पनि अगाडी बढाउनुपर्ने बताउनुभयो ।
उहाँले दुधौलीको खेल क्षेत्रको विकासमा सधै लागी रहने बताउनुभयो । उहाँले दुधौलीमा व्यवस्थित खेल मैदानको आवश्यकता रहेको भन्दै व्यवस्थित खेल मैदान निर्माणमा सबैजुट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल राजनले विद्यार्थीहरुले कितावी ज्ञानले मात्रै नपुग्ने भएकाले खेलकुदलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । अर्का बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवालले खेलकुदको विकासमा प्रदेश सरकारको तर्फबाट सकेको सहयोग ल्याउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १,२ र ४ का वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।
प्रतियोगीताको उद्घाटनमा सवै खेलहरु सुरु भएपनि कराते बाहेक अरु खेलहरुको फाईनल खेल भएका छैनन् । आज भएको कराते प्रतियोगीतामा छात्र तर्फ ४२ केजीमा सरस्वती मा.वि डकाहाका अमित कार्की, ५२ केजीमा प्रदिप घिसिङ, छात्रा तर्फ ४० केजीमा सरस्वाती माविकै तुन कुमारी बुढाथोकी, ४५ केजीमा अनिसा धामी दनुवार प्रथम भएका छन् । ४७ केजीमा मावि लदाभिरका अजय सुनुवार र ५० केजीमा कमला ईग्लिस बोर्डिङ स्कुलका मुना तामाङ प्रथम हुनुभएको छ ।
बुद्ध नेपाली, सिन्धुली,२८ फागुन ।
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउपालिकामा मंगलवार देखि हरिहरपुरगढी प्रथम गोल्डकप प्रतियोगीता सुरु भएको छ । हरिहरपुरगढी गाउपालिकाको आयोजनमा सुरु भएको प्रतियोगीताको एक समारोहका विच पुर्व कृषि मन्त्री तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य हरिबोल प्रसाद गजुरेलले उद्घाटन गरेका हुन् ।
गोल्डकपमा सिन्धुलीका हरिहरपुरगढी, मरिण गाउपालिका सहित छिमेकी जिल्ला महोत्तरी, सर्लाही, मकवानपुरका गरी १६ वटा समुहले सहभागीता जनाएका छन् ।
गाउपालिकाको खेलकुद क्षेत्रको विकास गर्न तथा खेलाडीको वृद्धि विकासका लागी हरिहरपुरगढी गाउपालिकाले प्रथम गोल्डकपको आयोजना गरेको गाउपालिकाका अध्यक्ष कारसाङ लामाले बताए । गोल्डकपले एक आपसमा सद्भाव साटासट गर्न थप मद्धत पुग्ने अध्यक्ष लामाको विश्वास छ ।
उद्घाटन खेलमा आयोजक ‘ए’ समुह विजयी
नकाउट चरणमा हुने प्रतियोगीताको उद्घाटन खेलमा मंगलवार एक खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा मरिण गाउपालिकाको युनाईटेड युवा क्लवलाई पराजित गर्दै हरिहरपुरगढी गाउपालिकाको ‘ए’ समुहले विजयी सुरुवात गरेको छ ।
हरिहरपुरगढी गाउपालिकाको ‘ए’ समुहले युनाईटेड युवा क्लवलाई टाईब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको गाउपालिका अध्यक्ष लामाले जानकारी दिए ।
निकै प्रतिस्पर्धात्मक खेल खेलाका यी दुई समुहले निर्धारित समयमा गोल रहित बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको हो । गोल्डकप विजेताले २ लाख, उपविजेताले १ लाख नगद पुरस्कार सहित ट्रफि तथा प्रमाणपत्र हात पार्ने छन् ।
गोल्डकपको उद्घाटन समारोहमा सिन्धुलीका प्रदेशसभा साँसद विनोद खड्का, बुद्धिमान माझी, हरिहरपुरगढी गाउपालिकाका जनप्रतिनिधि, मरिण गाउपालिकाका जनप्रतिनिधि, छिमेकी जिल्लाका स्थानिय तहका जनप्रतिनिधि लगाएत खेल प्रमी दर्शकहरुको उपस्थिती रहेको गाउपालिका अध्यक्ष लामाले बताए ।
बुद्ध नेपाली,सिन्धुली १८ मंसिर । जिल्लाका युवा व्यवसायीहरुको आयोजनामा भएको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको खुल्ला भलिबल प्रतियोगीताको उपाधि ब्लुअलपाईन क्लवले हात पारेको छ । मंगलवार भएको फाईनल खेलमा नेपाली सेनाको बर्द बहादुर गणलाई पराजित गर्दै ब्लु अलपाईन क्लवले उपाधी हात पारेको हो ।
बेस्टअफ फाईभमा भएको प्रतियोगीतामा ब्लु अलपाईन क्लवले बर्दबहादुर गणलाई २५÷२०,२५÷१५ र २५÷१३ को फराकिलो सेटमा हारएको हो । ‘पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा’ भन्ने नाराका साथ सिन्धुली युवा व्यवसायी क्लवले आयोजना गरेको प्रतियोगीता गत शनिवारबाट सुरु भएको थियो ।
जितसँगै ब्लु अलपाईन क्लवले एक लाख नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । हार व्यहोर्दै दोस्रो स्थानमा चित्त बुझाएको बर्द बहादुर गणले नगद ४० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
मंगलवार नै भएको सेमिफाईनल खेलमा ब्लुअलपाईन क्लवले न्यु शिद्धस्थली क्लवलाई पराजित गर्दै फाईनल प्रवेश गरेको हो भने बर्द बहादुर गणले फिक्कल गाउपालिकालाई पराजित गर्दै ब्लुअलपाईन क्लवसँगको फाईनल यात्रा तय गरेको हो ।
ब्लुअलपाईन क्लवले न्यु शिद्धस्थली क्लवलाई २५÷१९, २५÷१६ र २५÷११ को सेटमा पराजित गरेको आयोजक क्लवका सचिव सन्जीत कार्कीले जनाए । बर्द बहादुर गणले फिक्कल गाउपालिकालाई २५÷१७, २५÷१९ र २५÷२३ को सेटमा हराएको सचिव कार्कीले बताए ।
फाईनल प्रतियोगीतामा म्यान अफ दि म्याच ब्लुअलपाईन क्लवका हरि पाण्डे,बेस्ट प्लयर्स ब्लु अलपाईनकै योगेन्द्र गुरुङ, बेस्ट स्टाइकर फिक्कल गाउपालिकाका सनिप श्रेष्ठ, बेस्ट सटर ब्लुअलपाईकै सुजन डोखाल र बेस्ट ब्लकर बर्द बहादुर गणका सुरेश खड्का भएका छन् ।
विजेता समुह र खेलाडीलाई एक समारोहका विच कमलामाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्रीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगीतामा जिल्लाका ९ वटा क्लवहरुले सहभागीता जनाएका थिए ।
बुद्ध नेपाली , सिन्धुली,१५ मंसिर । सिन्धुलीमाढीमा आज देखि जिल्लाकै सर्वाधिक पुरस्कार राशीको जिल्लास्तरीय भलिबल प्रतियोगीता सुरु भएको छ । कमलामाई नगरपालिकाको प्रयोजनमा युवा व्यवसायी क्लव सिन्धुलीले प्रतियोगीताको आयोजना गरेको हो ।
प्रतियोगीताको एक कार्यक्रमका विच कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले दियोमा दिप प्रज्जवलन गर्दै उद्घाटन गरेका हुन् ।
युवा व्यवसायीक क्लव सिन्धुलीका युवा व्यवसायीहरुले संचालन गरेको क्लव हो । लिग चरणमा हुने प्रतियोगीतामा नौ टिमले प्रतिस्पर्धा गर्ने आयोजक युवा व्यवसायी क्लव सिन्धुलीले जनाएको छ ।
ब्लुअलपाईन क्लव, सिद्धस्थली क्लव रातमाटा, भिमान युवा क्लव, दोभान क्लव ‘ए’‘बि’, फिक्कल क्लव, विहानी मरिण क्लव, स्वीस सिन्धुली सकेन्डरी बोर्डिङ स्कुलले प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष संन्जीव सुन्दासले बताए ।
प्रतियोगीताको उद्घाटन खेलमा अहिले स्वीस सिन्धुली सकेन्डरी बोर्डिङ स्कुल र भिमान युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । प्रतियोगीतामा पहिलो हुने समुहले नगद १ लाख रुपैयाँ नगद, शिल्ड, मेडल पुरस्कार पाउने छन भने दोस्रो हुने समुहले ४१ हजार रुपैया नगद पुरस्कार, शिल्ड र मेडल पाउने छन् ।
उद््घाटन कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जिल्लाका युवाहरुको क्षमता विकासका लागी खेलकुद मात्र नभई हरेक क्षेत्रमा नगरपालिकाले सहयोग गर्ने बताए ।
बुद्ध नेपाली, भदौ १४, सिन्धुली - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबलको फाईनल खेल शुक्रवार (भोली) हुने भएको छ । भोली हुने फाईनल खेलमा सिन्धुली एकेडेमी ‘ए’ र जरायोटार युवा क्लव विच प्रतिस्पर्धा हुने छ ।
सेमिफाईनल खेलमा बर्द बहादुर गणलाई १–० गोल अन्तरले पराजित गर्दै सिन्धुली एकेडेमी ‘ए’ प्रतियोगीताको फाईनमा प्रवेश गरेको हो । जरायोटार युवा क्लवले विहानी युवा क्लवलाई टाईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सिन्धुली एकेडेमी ‘ए’सँगको फाईनल यात्रा तय गरेको थियो ।
भद्रकाली यातायात प्रालीको अयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने युवा क्वलले क्रमस ३० हजार नगद तथा मेडल प्रमाण पत्र , १५ हजार नगद तथा मेडल प्रमाण पत्र र ७ हजार नगद तथा मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
भदौं १२, सिन्धुली - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबल प्रतियोगीता अन्तर्गत मंगलवार क्वाटर फाईनलका अन्तिम दुई खेल भएका छन ।
मंगलवारको पहिलो खेलमा जरोयाटार युवा क्लव विजयी भएको छ । जरायोटार युवा क्लवले डाईमन युवा क्लवलाई २ – १ गोल अन्तरले पराजित गरेको हो । जितसँगै जरायोटार युवा क्लव सेमिफाईन प्रवेश गरेको छ ।
त्यस्तै दोस्रो खेलमा अहिले दोस्रो खेलमा ह्याङलाङ सोलखाङ र विहानी युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । यो समाचार तयार पार्दा सम्म विहानी युवा क्लवले १ गोल गर्दै खेलमा अग्रता लिएको छ ।
बुद्ध नेपाली, भदौं १२, सिन्धुली - सिन्धुलीमाढीमा जारी भद्रकाली अटोकप खुल्ला फुटबल प्रतियोगीता अन्तर्गत मंगलवार क्वाटर फाईनलका अन्तिम दुई खेल हुदैछन् । मंगलवारको पहिलो खेलमा जरोयाटार युवा क्लव र डाइमन युवा क्लव विच प्रतिस्पर्धा हुदैछ । भने दोस्रो खेलमा ह्याङलाङ सोलखाङ र विहानी युवा क्लव विच प्रतिस्पर्धा हुदैछ ।
सोमवार भएको पहिलो खेलमा बर्द बहादुर गण सेमिफाईनल प्रवेश गरेको छ । बथान चौरी युवा क्लवलाई पराजित गर्दै बर्द बहादुर गण सेमिफाईनलमा प्रवेश गरेको हो । बर्द बहादुर गणले बथान चौरी युुवा क्लवलाई २– १ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगीताको दोस्रो खेलमा सिन्धुली एकेडेमी ‘ए’ पनि सेमिफाईनल प्रवेश गरेको छ ।
सिन्धुली एकेडेमी ‘ए’ ले पिटपिटे गाडीका चालकहरुको समुहलाई टाईबेकरमा ४– ३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा यी दुई क्लव विचको खेल १।१ गोलको बराबरी भएपछि खेलको निर्णय टाईबेकर मार्फत गरिएको आयोजकले जनाएको छ ।
भद्रकाली यातायात प्रालीको अयोजनामा प्रतियोगीता सुरु भएको हो । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुने युवा क्वलले क्रमस ३० हजार नगद तथा मेडल प्रमाण पत्र , १५ हजार नगद तथा मेडल प्रमाण पत्र र ७ हजार नगद तथा मेडल प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगीता आउँदो १५ गते सम्म चल्ने छ ।
सिन्धुली १७, भदौं । सिन्धुली जिल्लामा पहिलो पटक समाजसेवी मोहन विक्रम थापा स्मृती जिल्ला स्तिरीय सितोरीयो कराते प्रतियोगीता सम्पन्न भएको छ ।
शनिवार नेपाल सितोरियो कराँते डो–संघ शाखा कमलामाई डोजोको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
मोफसलमा खेलकुद गतिविधिलाई निरन्तरता दिनका लागि सिन्धुलीका समाज सेवी तथा शिक्षाविद् मोहन विक्रम थापाको स्मृतीमा जिल्लामै पहिलो पटक यस्तो प्रतियोगिताको आयोजना गरिएको कमलामाई डोजोका सञ्चालक तथा अन्तराष्ट्रिय खेलाडी गोपीलाल बम्जनले बताए ।
प्रतियोगितामा जिल्ला भरका कराँते खेलाडीहरुको सहभागित रहेको थियो । प्रतियोगी मध्ये १० उत्कृष्ठ खेलाडीलाई नगद दश÷दश हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । विजयी खेलाडीलाई पुरस्कार प्रदान गर्न स्वर्गीय समाजसेवी मोहन विक्रमका छोरा उज्ज्वलविक्रम थापाले १ लाख रुपैयाँ अनुदान दिएका थिए । प्रतियोगितामा २५ केजी तौलदेखी ५५ केजी तौलसम्मका दश वटा टिम सहभागिता भएका थिए ।
विजेतालाई कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नौं नम्बर बाहिनीका बाहिनीपति सुरेश कार्की, समाजेसवी उज्ज्वलविक्रम थापाले नगद पुरस्कार प्रदान गर्नु भएको थियो । यस्तो प्रतियोगितालाई आगामी वर्षबाट निरन्तराता दिने समाजसेवी थापाको भनाई छ ।
 |
सम्मानीत हुँदै कान्छा धावक ।
|
राजन गाउँले
सिन्धुली २९, कात्तिक । सिन्धुलीगढी हाफ म्याराथुनमा सहभागि जिल्लाकै कान्छा धावक सुवास थापालाई सम्मान स्वरुपमा राष्ट्रिय झण्डा प्रदान गरिएको छ । सिन्धुलीमाढीमा आयोजित एक सम्मान कार्यक्रममा थापालाई राष्ट्रिय झण्डा सहित एक जोर ट्रयाक सुट र जुत्ता दिइएको हो ।
जिल्लाको भद्रकाली गाविस २ घर भएका १५ वर्षीय थापालाई जिल्लाका समाजसेवी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य उज्ज्वल विक्रम थापाले राष्ट्रिय झण्डा प्रदान गरेर सम्मान गरेका हुन् ।
सिन्धुलीगढीमा वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाइ पराजित गरेको २ सय ४९ वर्ष पुगेको दिनको संझनामा कात्तिक २४ गते बुधबार कमलामाई नगरपालिका सिन्धुलीद्धारा आयोजित २१ किलोमिटर दुरी (सिन्धुलीगढी—खनियाखर्क चिस्यान केन्द्र) म्याराथुनमा धावक थापाले निर्धारीत दुरी १ घण्टा २५ मिनेटमा पार गर्न सफल भएका थिए । थापा नेपाली सेनाका धावकसंग प्रतिस्पर्धा गर्ने जिल्लाका एक्ला र कान्छा धावक हुन् ।
थापाको खेलकुदप्रतिको लगनशिलतालाई मध्यनजर गर्दै थप हौसला प्रदान गर्दै जिल्लाकै नाम राख्न सकुन भन्ने उद्देश्यले प्रोत्साहन गर्दै सम्मान गरिएको सम्मान कार्यक्रम आयोजक संस्था नयाँ चौतारी युवा कल्वकी अध्यक्ष रन्जना श्रेष्ठले बताइन् ।
‘नेपाली सेनाका धावकहरुसंग विना तयारी र विना तालिमनै प्रतिस्पर्धा गर्दा पनि पाँचौं स्थान ल्यायर जिल्लाकै नाम राख्न सफल भएपछि थापालाई सम्मान गरिएको हो,’ श्रेष्ठले भनिन् ।
आगामी दिनमा राष्ट्रिय भण्डाको सान उच्च राख्दै जिल्लालाई पनि उत्कृष्ठ सावित गर्न धावक थापाले भुमिका प्रदान गर्ने आशा राखिएको छ । स्थानीय स्तरको माविमा कक्षा दशमा अध्ययनरत थापालाई समयमा उचित प्रशिक्षण गर्न सके म्याराथुनको क्षेत्रमा दह्रो खम्बाको रुपमा विकास गर्न सकिने खेलक्षेत्रका जानकारहरु बताउँछन् ।
बुद कुमार अाछामी
सिन्धुली, १० कात्तिक । नेपाल र नेपाली हुनुको गौरबको रुपमा रहेको ऐतिहासीक सिन्धुलीगढीको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले २ सय ५० औं सिन्धुलीगढी विजय उत्सवको अवसरमा कमलामाई नगरपालिका कार्यालयले खुल्ला हाफ म्याराथुन प्रतियोगीताको आयोजना गरेको जनाएको छ ।
बुधबार कार्यालयले पत्रकार सम्मेलन गरी म्याराथुन प्रतियोगीताको कार्यक्रम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ, “प्रतियोगीता सञ्चालनबाट ऐतिहासीक सिन्धुलीगढी तथा जुनार क्षेत्रको प्रचार प्रसार हुनुका साथै पर्यटन प्रबद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास गरिएको छ ।”
म्याराथुन प्रतियोगीतालाई व्यवस्थित गर्न कार्यालयले सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रश र पत्रकार महासंघ सदस्य रहने गरी सुझाब सल्लाह तथा व्यवस्थापन समिति समेत निर्माण गरेको थियो । हालै सम्पनन् भएको विशेष नगरपरिषदले सिन्धुलीगढीको प्रबद्र्धनका लागी हाफ म्याराथुन प्रतियोगी सञ्चालन गर्ने निर्णय अनुसार प्रतियोगीता सञ्चालन गर्न लागीएको र त्यसका लागी ३ लाख रकम समेत विनियोजन गरिएको नगरपालिका कार्यालयका सुचना अधिकारी बिनोदबावु खकुरालले जानकारी दिए ।
उक्त समितिको स्थलगत अवलोकन तथा परामर्श पछि सिन्धुलीगढी प्रवेशद्धारबाट सुरु भई जुनार क्षेत्र रतनचुराको चिसान्त भञ्ज्याग पुगी पुन सिन्धुलीगढी फर्कने रुट तय गरिएको कार्यालयले जनाएको छ । कुल २१ किलोमिटर दुरी तय गरिएको उक्त प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार, द्धितियलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार रासी रहेको छ । प्रतियोगीहरुले नगरपालिका कार्यालयमा आएर कात्तिक १७ देखी २० गतेसम्म नामदर्ता गर्न सक्ने छन ।
सिन्धुलीगढी ऐतिहासीक स्थान भएपनि त्यस्को प्रचार र प्रबद्र्धनमा सम्बन्धीत सरोकारवाला निकायले ध्यान नदिदा निक्कै पछाडि परेको छ । त्यसको ऐतिहासीक महत्वलाई नेपालीसामु स्थापित गर्न र पर्यटकहरुको आकर्षण बढाउन विभिन्न् निकायले गतिविधीहरु गर्दै आएको भएपनि खासै प्रभावकारी बन्न नसकेको स्थानीयहरु बताउछन ।
वि.सं.२०६४ सालदेखी पत्रकार महासंघ सिन्धुली शाखाको अगुवाई तथा जिल्ला विकास समिति सिन्धुलीको सहयोगमा सिन्धुलीगढी बिजयकिल्लामा हरेक वर्ष कात्तिक २४ गते विजय उत्सव मनाउँदै आइएको छ । यस वर्षको विजयउत्सवलाई भव्य बनाउन पत्रकार महासंघ, जिविस र नगरपालिका तथा स्थानीयहरुको क्रियाशिलता सुरु भईसकेको छ । विजयउत्सवमा नेपाली झण्डोउत्तलन, खैजेडु भजन, स्थानीय लोकसस्कृति तथा झाकी प्रदर्शन, हाफ म्यारथुन दौड, काठमाडौ सिन्धुली साइकल यात्रा लगायत आकर्षणको रुपमा रहेको पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष द्धारीका काफ्लेले बताए ।
सिन्धुलीगढीमा विस १८२४ कात्तिक २४ गतेका दिन गोर्खाली सेनाको फौजले नेपाल कब्जा गर्न आएको कप्तान किनलकको नेतृत्वको विट्रिस सेनालाई पराजित गरेको थियो ।
सिन्धुली, १ असार । सिन्धुलीलाई विश्वसामु चिनाउने ऐतिहासीक सिन्धुलीगढी र त्यहि सिन्धुलीगढीको सेरोफेरोमा रहेर ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कतिन राम्रो दरबार’ बोलको गित गाउने गायक स्वर्गीय कृष्ण विक्रम थापाको स्मृतिमा ब्याडमिन्टन संघ सिन्धुलीले दोश्रो कृष्ण विक्रम थापा स्मृति ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरेको छ ।
उक्त स्मृति प्रतियोगीताको उदघाटन आज एक समारोह बीच प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले गरेका हुन । उदघाटन गर्दै कार्कीले जिल्लाका पुराना श्रष्टाको सम्झनामा आयोजना गरिएको ब्याडमिन्टन प्रतियोगीताले खेल क्षेत्रको विकाससँगै श्रष्टाको सम्मान र सम्झना समेतमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास ब्यक्त गरे । मानव स्वास्थ्यका लागी खेल अपरिहार्य भएजस्तै श्रष्टाको सम्झना र सम्मान पनि जरुरी रहेको उनको भनाई थियो ।
उदघाटनको क्रममा नेपाली काग्रेसका जिल्ला सचिब दिपक घिमिरे, नेकपा(माओवादी) केन्द्रका खड्ग रजन मगर लगायतले शुभकामना ब्यक्त गरेका थिए । भने चण्डीदल गणका गणपति सुर्य बहादुर अधिकारी, शसस्त्र प्रहरी नायव उपरीक्षक यधु कार्की, कर्मचारी मिलन केन्द्रका कृष्ण देवकोटा लगायतको विशेष उपस्थिती रहेको थियो ।
कृष्णविक्रम थापाको गितले सिन्धुलीको पहिचान बनाइदिएको भएपनि उनको सम्झना र सम्मानमा कसैले ध्यान नदिएको बताउँदै आफुहरुले उनको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष ब्याडमिन्टन प्रतियोगीताको आयोजना गर्ने गरेको ब्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष तथा पत्रकार महासंघ सिन्धुलीका पुर्व सभापति मिन कुमार दाहालले बताए । खेल क्षेत्रको विकास मात्र नभएर श्रष्टाहरुको स्मृतिमा पनि खेलाडीहरुले योगदान गर्न आवश्यक रहेको उनको भनाई छ । जिल्लामा अघिल्लो वर्ष मात्र स्थापना भएको ब्याडमिन्टन संघले गत वर्ष पनि प्रतियोगीताको आयोजना गरेको थियो ।
प्रतियोगीतामा सिन्धुली, सर्लाही र महोत्तरीका २८ टिमको सहभागीता रहेको छ । भोली सम्म चल्ने प्रतियोगीतामा प्रथम हुनेलाई रु १० हजार, द्धितियलाई रु ६ हजार र तृतीय हुनेलाई रु ४ हजार नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले बताएको छ ।
सिन्धुलीगढी घुमेर हेर्दा बोलको गित सवैले गुनगुनाउने भएपनि गायक कृष्णविक्रम थापालाई कसैले सम्झना नगरिरहेको बेला ब्याडमिन्टन संघले प्रत्येक वर्ष प्रतियोगीताको आयोजना गरेर सम्झने क्रम सुरु गर्नु सकारात्मक काम भएको स्थानीयहरुको भनाई छ ।
दलको जित, कर्मचारीलाई आधादर्जन गोल
राजन गाउँले
सिन्धुली १५, जेठ । नवौं गणतन्त्र दिवसको अवसर पारेर सिन्धुलीमाढीमा शनिवार आयोजित दल—कर्मचारी मैत्रिपूर्ण फुटवल प्रतिस्पर्धामा दलको जित भएको छ । प्रतिस्पर्धामा सहभागि संयुक्त दलले कर्मचारीलाई ५—१ गोल अन्तर निकाल्दै जित हात पारेका हुन् ।
सिन्धुलीमाढी स्थित खुल्लामञ्चमा भएको प्रतिस्पर्धामा खेल सुरु भएको ७ मिनेटमै दलका तर्फबाट नेपाली कांग्रेस सिन्धुलीका सदस्य उपेन्द्र पोखरेलले कर्मचारी टिमाथी १ गोल प्रहार गरेका थिए । त्यसको झण्डै १५ मिनेटसम्म आक्रमक खेल खेलेका कर्मचारी टीमका संजित कार्कीको फरवार्डलाई कुसल्ता पूर्वक उपभोग गर्दै नेपाल प्रहरीका प्रसन्न डाँगीले खेलको २५ औं मिनेटमा दलमाथी जवाफी गोल फर्काएर गोल बराबरी बनाएका थिए ।
तर, डाँगीको जवाफी गोल धेरै समय टिक्न सकेन् । कर्मचारी टिमले जवाफी गोल प्रहार गर्दै बरारबरी गोल गरेको पाँच मिनेट नवित्दै पुनः दलकै टिममा एमाओवादी केन्द्रबाट खेलेका सरोज विकको गोलले दललाई जित नजीक पु¥यायो । अत्यन्त रोचक र प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ् टाइमसम्म दुई एक गोल अन्तरले अग्रता कायम गरेको दललाई हाफ टाइम पछि भएको खेलमा पुनः सरोज विकलेनै कर्मचारी टिम माथी थप एक गोल प्रहर गर्दै दलको गोल अंक तालिकामा तिन एक अंक बनाए ।
पहिलो आफ पछि कमजोर सावित भएको कर्मचारी टीममाथी दलले प्रहार गरेको बल समाउँने क्रममा कर्मचारीका गोल रक्षक तथा गाविस सचिव रितेस थापामगरले आत्माघाती गोल गर्दा दललाई थप एक गोल अंक थपीएको थियो । जित शुनिश्चित जस्तै भएपछि थप आक्रमक भएर प्रतिस्पर्धामा उत्रँदा खेलको अन्तिम समयमा दलकै तर्फबाट संजय श्रेष्ठले थप एक गोल गरेपछि गोल अंक तालिकामा दलको पाँच र कर्मचारीको एक गोल कायम भएको थियो ।
नेपाली कांग्रेस सिन्धुलीका सभापतिा उज्वल बरालको नेतृत्वमा दल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत हरिप्रसाद दाहालको नेतृत्वमा कर्मचारी टिमविच प्रतिस्पर्धा भएको थियो ।
नेपाल फुटवल संघ सिन्धुलीका अध्यक्ष लक्षु देवकोटाको एम्पाएरमा भएको खेलमा दलका तर्फबाट कांग्रेस सभापति बराल, एमाले उपाध्यक्ष प्रलाद पोखरेल, सचिव सूर्य पाख्रिन, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य ज्वालाप्रसाद नौपाने लगायतका जिल्ला तहाका नेताहरुको सहभागिता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत दाहालको नेतृत्वमा शसस्त्र प्रहरी नायव उपरिक्षक यदुकुमार कार्की, घरेलु तथा सना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नारयण कोइराला, प्रहरी निरिक्षक निर्मल पनेरु, नेपाल टेलिकमका प्रमुख उपेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
खेल क्षेत्रको विकासमै कमजोरी
गणतन्त्र दिवस मुल आयोजक समिति सिन्धुलीको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा व्यवस्थापन भने निक्कै फितला भएको गुनासो आएको छ ।
जिल्लाका नेतृत्व तहका नेता तथा कार्यालय प्रमुखहरु विच जिल्लामा पहिलो पटक प्रतिस्पर्धा हुने भएपनि गोल पोष्टमा नेट जाली समेत राखीएको थिएन् । पानी परेर हिलाम्मे सडक, खाल्टै खाल्टा र ढुङ्गा तथा गिट्टीमाथी खाली खुट्टाले खेलीएको खेल आयोजकको व्यवस्थापनमा लापरबाही र जिल्लामा खेलकुद मैदानको उचित व्यवस्थान हुन नसकेको प्रष्ट देखिन्थ्यो ।
विद्यार्थी जिवन छाडेर राजनीतिको झण्डै २५ वर्षपछि फुटवलका लागि आफै प्रतिस्पर्धामा उत्रदा बास्तविक खेल क्षेत्रको विकासमा ध्यान पुरयाउन नसकिएको अनुभुति भएको कांग्रेस सभापति बरालले बताए । “जिल्लामा थुप्रै खेलका गतीविधिहरु संचालन गर्दै आएपनि व्यवस्थापन र खेल मैदानका लागि दलको तर्फबाट पनि केह ीगर्न नसकेको झै अनुभुती भयो,’ उनले भने ।
खेलकुदको विकासका लागि समयमा राजनीतिक दल र कर्मचारी दुबै क्षेत्रबाट ध्यान पुग्न नसक्दा ब्यवस्थापनमा कमजोरी भएको एमाले सिन्धुलीका सचिव सुर्य पाख्रिनले उल्लेख गरे । आगामी दिनमा जिल्लाको खेल क्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने माओवादी केन्द्रका सदस्य ज्वाला न्यौपानेको भनाई थियो ।
जिल्लाकै एक मात्र घरेलु मैदानका रुपमा रहेको तर असुरक्षित खेलमैदानका कारण प्रतिस्पर्धामा झण्डै एक दर्जन दलका नेता तथा कर्मचारी प्रतिस्पर्धी घाइते भएका थिए । प्रतियोगितामा नेपाली कांग्रेसका सदस्य उपेन्द्र पोखरेल, तरुणदलका सुवास केसी, एमाले जिल्ला सदस्य विनोद श्रेष्ठ लगायतका नेता तथा कर्मचारीहरु घाइते भएका थिए । प्रतिस्पर्धामा विजयी दलको टीमलाई आइतबार एक कार्यक्रमका विच पुरस्कृत गर्ने बताइएको छ ।
काठमाडौं, कात्तिक १५ । म्याच फिक्सिङको आरोपमा प्रहरी हिसासतमा रहेका पाँच खेलाडीलाई प्रहरीले आज फेरि म्याद थपका लागि विशेष अदालत लैजाने भएको छ।
खेलाडीहरूलाई आजै अदालतमा उपस्थित गराएर फेरि म्याद थपको आग्रह गर्ने काठमाडौं प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए।
यसअघि कात्तिक १० गते विशेष अदालतले म्याच फिक्सिङको अभियोग लागेका फुटबलका चार जना राष्ट्रिय खेलाडी र एक पूर्व प्रशिक्षकलाई कात्तिक १३ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको थियो।
महानगरीय प्रहरी परिसर काठमाडौले कात्तिक १६ गतेसम्म हिरासतमा राख्न अनुमति माग गरेकामा विशेष अदालतले अनुसन्धानका लागि कात्तिक १३ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको थियो। तर, बिचमा सार्वजनिक बिदा परेकाले आज मात्र उनीहरूलाई अदालत लैजान लागिएको पोखरेलले सेतोपाटीलाई बताए।
सात वर्ष यता विभिन्न मुलुकसँग भएका खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले असोज २७ गते राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री र पूर्वप्रशिक्षक अन्जन केसीलाई उनीहरुकै घरबाट पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गरेको दिनबाट लागू हुने गरी २० दिन थुनामा राख्न माग गरेकामा अदालतले १७ दिनको समय दिएको थियो।
२३ भदौ, काठमाडौं । सर बोबी चार्लटनको रेकर्ड तोड्दै वायन रुनी इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता बनेका छन् ।
मंगलबार राति वेम्बलीमा भएको युरो कप छनोट फुटबलमा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई २-० ले पराजित गर्दा रुनीले एक गोल गरेका हन् । खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा रुनीले गोल गरेका हुन् ।
सन मारिनोविरुद्धको खेलमा पेनाल्टी गोल गर्दै रुनीले चार्लटनको ४९ गोलको कीर्तिमान भेट्टाएका थिए ।
चार्लटनको रेकर्ड तोडेपछि २९ वर्षीय स्ट्राइकर रुनीले सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।
रुनीले मासेडोनियाविरुद्ध २००३ मा इंग्ल्याण्डका लागि पहिलो गोल गरेका थिए । १२ वर्षमा ५० गोल गर्दै उनी इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता बनेका छन् ।
२३ भदौ, काठमाडौं । खेलको अन्तिमतिर सर्जिओ एग्युरो र लिओनल मेस्सीले गोल गरेपछि अर्जेन्टिना मेक्सिकोसँगको मैत्रिपूर्ण फुटबलमा हारबाट जोगिएको छ ।
डालसमा भएको खेलमा २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिमतिर पुनरागमन गर्दै बराबरी खेलेका हो ।
खेलमा मेक्सिकोको १९ औं हर्नान्डेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा हरेराले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे ।
७६ औं मिनेटमा कार्लोस टेभेजको स्थानमा सर्जिओ एग्युरो मैदान प्रवेश गरे । ८५ औं मिनेटमा एग्युरोले गोल गरे । निकै अघि बढेका मेक्सिकोका गोल किपरलाई विट गर्दै लाभाजीले दिएको पासमा उनले गोल गरेका हुन् ।
खेलको ८९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट बचाए । एग्युरोको पासमा उनले गोल गरेका हुन् ।
१७ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्बाचित भएका छन् । एकमात्र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराउने क्रममा श्रेष्ठले १७ मत पाए । श्रेष्ठले भने ९ मत बटुले । यसैगरी एनओसीको महासचिवमा टेण्डी शेर्पा आएका छन् । उनले पनि १७ नै मत पाए ।
उनका प्रतिद्वन्द्वी छिनि उर्गेन गुरुङले ८ र दिपराज गुरुङले एक मात्र मत पाए । उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध भएका छन् । ओलम्पिक कमिटीको उपाध्यक्षहरुमा ज्योती राणा, धिरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र बान्तबा छानिए ।
कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्बिरोध भएका हुन् । गत साउन २१ गते हुनुपर्ने निर्वाचन प्रक्रिया नपुगेको भन्दै स्थगित गरिएको थियो ।
१७ भदौ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल एक स्थान तल झरेको छ ।
बिहीबार सार्वजनिक वरियता क्रममा नेपाल १८५ औं स्थानमा छ । नेपाल सार्क देशहरुमा सबैभन्दा पछाडि छ ।
सार्क देशको शीर्ष स्थानमा अफगानिस्तान छ । अफगानिस्तान १३० औं स्थानमा छ । भारत एक स्थानमाथि उक्लिएर १५५ औं नम्बरमा पुगेको छ ।
भुटान १६४ औं स्थानमा कायमै छ । पाकिस्तान एक स्थान माथि उक्लिएको छ र १७० औं नम्बरमा छ । तीन स्थान तल झरेको बंगलादेश १७३, दुई स्थानतल झरेको माल्दिभ्स १७७ र दुई स्थान तल झरेको श्रीलंका १८४ औं स्थानमा छ ।
फिफाको विश्व वरियतामा शीर्ष सात टीममा कुनै परिवर्तन भएको छैन । अर्जेन्टिना शीर्ष स्थानमा छ । बेल्जियम दोस्रो, जर्मनी तेस्रो, कोलम्बिया चौथो, ब्राजिल पाँचौ, पोर्चुगल छैटौं र रोमानिया सातौं स्थानमा छ ।
चिली दुई स्थानमाथि उक्लिएको छ र आठौं नम्बरमा छ । वेल्स नवौं नम्बरमा छ भने दुई स्थान तल झरेको इंग्ल्याण्ड दशौं नम्बरमा छ । फिफा वरियतामा वेल्सले इंग्ल्याण्डलाई उछिनेको यो पहिलो पटक हो ।