
सिन्धुली बजारको बीचमा रहेको यस गौमति बहुमुखी क्याम्पस सिन्धुलीमा शैक्षिक सत्र २०७४/०७५ का लागी स्नातक तह प्रथम वर्षमा व्यवस्थापन र मानविकी सकायमा भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन अनुरोध गर्दछौं ।
हाम्रा विशेषताहरु
दक्ष तथा अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराईने ।
English/ Nepali दुबै माध्यमबाट पढाई हुने ।
गरिब जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्तिको व्यवस्था भएको
Library को व्यवस्था भएको ।
विद्यार्थीहरुको बृत्ति विकासको लागी अतिरिक्त क्रियाकलापको व्यवस्था भएको
विद्यार्थी हकहितको लागी स्वतन्त्र विद्यार्थी युनियन स्थापित भएको
गौमति बहुमुखी क्याम्पस, सिन्धुलीमाढी
९८४४०४१३५४
०४७–५२०१३६
- रेवती सापकोटा
काठमाडौ: बरिष्ठ नेता बाबुराम भट्टराई पक्षधरले मुलुकभर समानान्तर पार्टी कमिटी सञ्चालन गरिरहेका वेला प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालराजनीतिक र साँगठनिक रुपमा असफल भएको ठहर गर्दै सो पार्टीका युवा नेताहरुले नयाँ नेतृत्वको खोजी सुरु गरेका छन्।

उनीहरुले शनिवार काठमाडौमा आयोजना गरेको भेला ‘भ्रष्टाचारबाट प्रदुषित नभएका र गल्ती स्वीकार्न तयार हुने प्रदुषितहरुलाई’ समेटेर राजनीतिक र साँगठनिक नेतृत्व गर्न सक्ने नेताको खोजी गर्नु पर्ने निष्कर्षमा पुगेको हो ।राजनीतिक,बैचारिक र साँगठनिक रुपमा दाहालसहितको नेतृत्व बिचलित भएको निष्कर्षपछि नयाँ ढंगले पार्टीको पुनरसंरचना गर्न उनीहरु कस्सिएका हुन ।
‘प्रदुषित नभएका साथीहरु र प्रदुषित भएर पनि प्रायश्चित गर्न तयार हुनेहरुसँग पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्न राजनीतिक र सैद्धान्तिक छलफल गरिनुपर्छ’भेलालाई आफूले दिएको सुझाव उघृत गर्दै बिश्वभक्त दुलाल‘आहुती’ले अन्नपूर्णसँग भने ‘कम्युनिष्ट,कम्युनिष्ट आन्दोलनको रुपमा छैन,यस्तो अवस्थामा गुटको पनि केहि अर्थ छैन,महाधिवेशनसम्म पुगुन्जेल रुपान्तरित पार्टी हुने गरी छलफल र बहस गर्नु सकारात्मक हुन्छ ।’
एक बर्षदेखि पार्टीको जिम्मेवारी विहिन अवस्थामा रहदै आएका केन्द्रीय सदस्य प्रकाश पोखरेल र बिद्यार्थी संगठनबाट बाहिरिएका युवा नेता जागृत रायमाझीको अगुवाइमा बोलाइएको भेलामा पूर्व एकताकेन्द्रका नेता कार्यकर्ता सहभागी थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ संविधान निर्माणको छलफलमा व्यस्त रहनु परेको र सचिव गिरिराजमणि पोखरेल अस्थस्थ रहेका कारण उपस्थित हुन नसकेको भेलामा जानकारी गराइएको थियो ।
एमाओवादीको राजीतिबाट निष्क्रिय रहेका नेता अमिक शेरचन र नेता लिलामणि पोखरेल,महिला नेतृ सीता पोखरेल पनि सहभागी थिए । एक सहभागीका अनुसार भेलामा सहभागी भएकाहरु करीव आधाले पार्टी पुनर्गगठन गरेर अगाडि बढनु पर्ने सुझाव दिएका थिए भने केहिले पार्टी नै बिभाजन गर्न सुझाव दिएका थिए ।
‘यथास्थितिमा पार्टी बन्दैन भन्ने साझा निष्कर्ष आएको छ । क्रान्तिकारी पार्टी नरहदा औपचारिक रुपमा बिसर्जन भएर सकिने भयो,नयाँ ढंगले छलफल र बहस प्रारम्भ गर्न थालेका हौ’भेलाले बनाएको ‘समाजवादका निम्ति बैचारिक अभियान’को संयोजक रहेका प्रकाश पोखरेलले अन्नपूर्णसँग भने‘करीव ९९ प्रतिशतले प्रचण्डले पनि गरिखान्नन भन्ने तर्क गरेका छन भने कतिपयले यथास्थितिमा सम्बन्ध बिच्छेद नगरी पार्टी बन्दैन भन्ने सुझाव दिएका छन ।
यस्तो अवस्थामा भावनामा समानता र उद्देश्यमा एकता हुनेहरुले कम्युनिष्ट आन्दोलनलाई बचाउने संकल्पको एकरुपता खोजेका हौ ।’ उनीहरुले प्रत्येक साता वा दुई सातामा एक पटक अन्तरक्रिया गरेर राजनीतिक र बैचारिक बिषयमा बहस छलफल गर्न सुझाव दिएका थिए । पार्टीका कमिटीहरुको नियमित बैठक नबस्दा कार्यकर्तालाई गुनासो पोख्ने ठाउँको रुपमा पनि अभियानको संयन्त्र मुलुकभर बिस्तार गर्ने योजना पनि उनीहरुले बनाएका छन ।
पूर्व एकताकेन्द्रको छुट्टै भेला गर्ने र अर्को छुट्टै पार्टी बनाउने पक्षमा आफू नरहेको पनि पोखरेलले प्रष्टयाए । भेलामा पार्टीले जिम्मेवारी नदिएका,पार्टीमा निष्क्रिय रहेकाहरु बढी सहभागी थिए । भेलामा सभासदहरु डिआर पौडेल,अनिता परियार र निशा साह पनि सहभागी थिए । काभ्रे र नुवाकोटका कार्यकर्ता समेत सहभागी रहेको भेलामा ८० प्रतिशत समय कार्यकर्तालाई र २० प्रतिशत समय नेतालाई आफना धारणा राख्न दिइएको सहभागी कमल गिरीले जानकारी दिए ।
भेलामा आहुतीले १८ मिनेट र लिलामणिले १८ मिनेट बोलेका थिए । ‘नयाँ बहस नल्याउने हो भने कोही निराश भएर पार्टीलाई धारेहात लगाएर बाहिरिने,कोही तितर वितर हुने अवस्था देखियो’प्रकाश पोखरेलले भने‘अव हामीले मोहन बैद्य र नेत्रबिक्रम चन्दसँग पनि छलफल गर्छौ,भावनामा समानता र उद्देश्यमा एकरुपता भएमा कम्युनिष्ट क्रान्तिकारीहरुको नयाँ संकल्प गर्ने फोरम बनाउने प्रयासमा छौ ।’(साभार अन्नपूण पाेष्ट डटकम बाट)
काठमाडौँ,२८ जेठ– अधिकार र सुशासनको क्षेत्रका क्रियाशिल संघ संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण अनावश्यक रुपमा खर्चिलो र प्रचारमुखी भएको निष्कर्ष निकालेका छन् ।
मानवीय जबाफदेहिता अनुगमन अभियान (हामी) ले भूकम्प अति प्रभावित ५ जिल्लामा भइरहेको राहत र उद्दारको स्थलगत अनुगमनपछि बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा विदेशी संघ संस्थाहरुको राहत वितरणले पीडितलाई सहयोग भन्दा पनि व्यंग्य गरेको उल्लेख छ ।
प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै हामीका कन्भेनर मीनवहादुर शाहीले भूकम्प प्रभावित गाउँहरुमा विदेशीहरुको उपस्थिति धेरै भए पनि उताबाट आएको पैसा अधिकांश विलासितामा खर्च हुने गरेको पाइएको बताए ।
शाहीले भने,‘एउटा मोटरसाइकल भाडामा ४५ हजारसम्म खर्च भएको छ, चार लाखसम्म गाडीको भाडा तिरेका छन, भोलेन्टियर भन्दै दुई चार सय डलर दिइएको छ । जबर्जस्ति आफ्नो काम देखाउने प्रयास गरिएको छ ।’
अन्तर्राष्ट्रिय संघ संस्थाहरुले राहत वितरण तथा पुर्ननिर्माणको काम गर्दा स्थानीय संघ संस्थाहरुसँग सहकार्य अनिवार्य हुनुपर्ने निष्कर्ष स्थलगत अध्ययनका क्रममा निकालिएको शाहीले बताए ।
प्रतिवेदनमा भनिएको छ,‘राहत सामाग्री वितरण गर्ने संस्थाको अनावश्यक उपस्थिति, अनावश्यक रुपमा टेन्ट र पाल हाली विलासी जीवन बिताउने प्रयास गरि पीडितहरुलाई व्यंग्य गरिएको देखियो ।’
विदेशीहरुको स्वच्छद उपस्थितिले पीडितलाई राहत भन्दा पनि भड्काउने काम भइरहेको निष्कर्ष निकालिएको छ । बिभिन्न ठाउँमा सामाजिक सांस्कृतिक समस्याहरु पनि देखा परेको प्रतिवेदनमा उल्लेख छ ।
‘कतिपय ठाउँमा राहत वितरणलाई धर्म प्रचारको रुमपा समेत प्रयोग गरिएको छ, त्यस्ता संस्थाहरुलाई सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने देखिन्छ’ प्रतिवेदन सार्वजनिक गर्दै शाहीले भने ।
शाही स्वयं रसुवाको स्थलगत अध्ययनमा थिए । दोलखाका स्थलगत अध्ययनमा गएकी शर्मिला कार्की, सिन्धुपाल्चोकबाट फर्किएका विनोद पहाडी, गोरखाबाट फर्किएका रेम विश्वकर्मा लगायतले पनि आइएनजिओहरुलाई आफूखुसी काम गर्न दिदा सामाजिक समस्या आउने बताए ।
भूकम्प प्रभावित बस्तिमा सामाजिक सुरक्षाको अभाव र राहत वितरणमा कतिपय ठाउँमा भेदभाव भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नहुने हो भने राहत वितरणमा जस्तै पुर्ननिर्माणमा पनि सरकार असफल हुने कार्यक्रमका सहभागीहरुले बताए ।
ओखलढुंगा,२९ जेठ – भूकम्पबाट भएको क्षतिपछि राहत र पुर्नस्थापनाको अवस्था बुझ्न जिल्ला अनुगमनमा आएका राष्ट्रपति रामवरण यादव र एमाले सभासद् यज्ञराज सुनुवारबीच शुक्रबार ओखलढुंगा सदरमुकाममा चर्काचर्की भएको छ । राजनीतिक दलका प्रतिनिधिले जिल्लाको अवस्थाबारे बोले लगत्तै आफूले पनि थोरै बोल्न अनुरोध गरेका सभासद् सुनुवारलाई राष्ट्रपति यादव बोल्न रोकेपछि दोहोरो चर्काचर्की भएको हो ।
राष्ट्रपति रामवरण यादवको उपस्थितिमा शुक्रबार ओखलढुंगामा भएको कार्यक्रम ।
|
नेपाली सेनाले जिल्लाको अवस्था ब्रिफिङ गरिसकेपछि जिल्लास्थित दलका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए । त्यसपछि वनमन्त्री महेश आचार्यले नेपाल सरकारका तर्फबाट बोले । सभासद् तथा एमाले केन्द्रिय सदस्य सुनुवारले आफूले पनि केही कुरा राख्न चाहेको अनुरोध गरेपनि राष्ट्रपति यादवले रोकेका थिए । ‘पार्टीका नेताहरुबाट कुरा सुनिसकेकोले तपाईले किन बोल्नु’, यादवले भनेका थिए ।
बोल्न नपाएपछि आक्रोशित भएका सभासद् सुनुवारले ‘तपाई आउँदा पनि छापामार शैलीमा आउनुभयो’। बोल्ने क्रममा यादवले राष्ट्रपति भएको सातवर्ष बित्दा पहिलो पटक आफूलाई कुनै सभासद्को व्यवहारले दुःख लागेको बताए ।
सिन्धुली,३०जेठ – सुचना तथा संचार मन्त्रि तथा नेपाल सरकारका प्रवक्ता मिनेन्द्र रिजालले मुकम्प पिडितलाई घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ को नेतृत्वको टोलीले निर्माण गरेको आठ कोठे खाङसाङ उ.मा.विको अस्थाई भवन उदघाटन गर्दै मन्त्रि रिजालले उक्त कुरा बताएका हुन् ।
खाङसाङ उ.मा.वि मा भएको कार्यक्रममा प्रमुख अतिथि रिजालले माहाभुकम्पमा परेकालाई अस्थायी टहरा निर्माणको लागि रु १५ हजार दिन शुरु गरिसकेको र अब चाँडै घर बनाउनका लागि एक लाख ८५ हजार चाडै उपलब्ध गराउने बताएका । उनले नेपालीहरु जस्तोसुकै विपतको सामाधान पनि आफैँले गर्ने भन्दै सबैलाई पुन निर्माणमा लाग्नुपर्ने सल्लाह दिए ।
क्षेत्र नं २ का सभासद मोहन प्रसाद वरालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस सिन्धुलीका जिल्ला सचिव उपेन्द्र पोखरेलले मन्त्रि रिजाललाई माहाभुकम्पमा परेका पिडितलाई चाँडो भन्दा चाँडो सरकारले घर निर्माणको लागि दिने २ लाख उपलब्ध गराउन आग्रह गरे । उनले भुकम्पले क्षति भएका सिन्धुलीका खानेपानी, सिचाई कुलो र वर्खायाममा हुनसक्ने बाढी पहिरो नियन्त्रणको लागी तटवन्धनको लागि तुरुन्त रकम निकासा गरिनुपर्नेमा जोड दिए । साथै सचिव पोखरेलले जिल्लाका सम्पूर्ण सडक निर्माणको लागि उपकरणको व्यवस्था र संचार सेवाकालागि ५० वटै गाविसमा एनटिसिको टावर निर्माण गरिनुपर्ने माग गरे ।
काठमाडौँ,३० जेठ – मुख्य चार दलका बीच संविधानका विषयमा भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट ५ दलले शनिबार बिहान राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । यी ५ दलले शुक्रबारको संविधानसभा बैठक बहिस्कार गरेका थिए ।
संविधानको धारा १३८ ले प्रदेशको सीमाबारे संविधानसभाले टुंग्याउने व्यवस्था गरेकोमा प्रदेश सभाले टुंग्याउने गरी सहमति गरिएकाले यो सहमति असंवैधानिक भएको जिकिर गर्दै उनीहरुले राष्ट्रपतिलाई ज्ञापन दिएका हुन् । ज्ञापनपत्र बुझ्दै राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले संविधानबारे उठ्ने प्रश्नहरुबारे आफ्नो चासो रहने बताएका थिए । राष्ट्रपतिले यसबारे शीर्ष नेताहरुसँग कुरा गर्ने आश्वासन दिएको ज्ञापन बुझाउन गएका सद्भावना अध्यक्ष राजेन्द्र महतोले बताए ।
बिहान ९.३० मा ज्ञापन बुझाउन सितल निवास पुगेको टोलीमा मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी अध्यक्ष अशोक राई र रामसपाका नेता रामनरेश यादवलगायत थिए ।
सिन्धुली,३० जेठ – कारितास नेपालले सिन्धुली जिल्लाको अमले गाबिसमा शनिवार राहत सामाग्री बितरण गरेको छ । रिलिफ नेपाल सिन्धुली र सामुदायीक बिकास तथा पैरबि मन्चको साझेदारीमा सामाग्री बितरण गरिएको हो ।
अमले गाबिसको कुल ४५४ घर संख्यामद्ये ३२८. घरधुरीलाई खाद्यान्न तथा अस्थाई बसोवास सामाग्री र १२६ घरधुरीलाई अस्थाइ बसोबास सामाग्री बितरण गरिएको रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले बताए ।
कार्यालयले ध्वस्त, क्षतिग्रत र सामान्य सहित क्षतिलाई तीन बर्गमा बिभाजन गरि सामाग्रीको बितरण गरेको हो । यसअघि कारितास नेपालले रिलिफ नेपाल तथा सामुदायीक बिकास तथा पैरबि मन्चसंगको साझेदारीमा जिल्लाको हत्पते, तामाजोर शान्तेश्वरी, नेत्रकाली, हरहरपुरगढी,महेन्द्रझ्याडि, पिपलमाढी, बस्तिपुर गाबिसमा राहत बितरण गरिसकेको जनाएको छ । हत्पतेमा ८२, तामाजोरमा ५००, शान्तेश्वरीमा ५०३, नेत्रकालीमा ६९४ र हरीहरपुरगढीमा ५६९, महेन्द्रझ्याडिमा १हजार ६६, पिपलमाढीमा १३ सय ९२, बस्तिपुरमा ६ सय २३ घरधुरीलाई यसअघि नै राहत बितरण गरिसकेको पौडेलले जानकारी दिनुभयो । सिन्धुलीको १० गाबिसमा जम्मा ६ हजार ५ सय ३९ त्रिपाल, ५ हजार ३ सय ४२ गुन्द्रि, ७१ हजार २ सय १० मिटर डोरी, ७ हजार १ सय १९ कमल, ७ हजार ४८ किलो दाल, ३ हजार ५ सय २४ नुन किलो, ७ हजार ४८ लिटर तेल र ३० किलोको ३५ सय ४० बोरा चामल बितरण गर्ने लक्ष्य रहेको छ ।
सिन्धुली जिल्लाको नेत्रकाली, शान्तेश्वरी, हत्पते , तामाजोर, हरिहरपुरगढी, महेन्द्रझ्याडि, पिपलमाढी , बस्तिपुर, अमले र बाशेश्वर गाबिसका कुल ६ हजार ५ सय ३९ घरधुरीलाई राहत बितरण गर्ने लक्ष्य रहेको कारितास नेपाल काठमाण्डौंका ईन्द्र बिकले जनाए ।
आइतबार सिन्धुलीको बाशेश्वर गाबिसका ६९० घरधुरीमद्ये ३६६ घरधुरीलाई खाद्य सामाग्री तथा अस्थाई बसोबास र ३ सय ५४ घरधुरीलाई अस्थाई बसोबास सामाग्री बितरण गरेसँगै १० गाबिसमा राहत बितरण गर्ने कार्यक्रम सम्पन्न हुने बिकको भनाई छ ।
त्यस्तै भुकम्प प्रभाबितहरु २ बिद्यालयका बिद्यार्थीहरुलाई हिजो रिलिफ नेपालद्धारा स्टेशनरी, राहत तथा खेल सामाग्री बितरण गरिएको छ । सिन्धुलीको तिनकन्या गाबिसको रानीखोलामा अवस्थित २ बिद्यालयका ३२८ जनालाई करिब २ लाख बराबरको सामाग्री बितरण गरिएको हो ।
राजन गाउँले
सिन्धुली ३१, जेठ – यहाँका एक किसान एउटै बोकाबाट ५० हजार रुपैयाँ सम्म आमदानी लिन सफल भएका छन् ।कमलामाई नगरपालिका–४, चिसापानीकी किसान भिमकुमारी थामीले उन्नतजातको एउटै बोकोबाट पचास हजार रुपैयाँ आम्दानी लिएका हुन् ।
व्यावसायीक रुपमा बाख्रापालन गर्दै आएकी थामीले पालेको उन्नतजातको व्याड बोको शुल्क र बोकाको विक्रीबाट पचास हजार रुपैयाँ आम्दानी लिएकी हुन् ।
थामीले पालेको उन्नतजातको बोका । तस्विर :राजन गाउँले,
|
‘दुई वर्ष सम्ममा बोकोको ब्याड शुल्कबाट २५ हजार रुपैयाँ लिएको थिए,’ शनिबार सिन्धुलीमाढीमा बोका विक्रीका लागि आएकी किसन थामीले भनिन्, ‘अहिले २५ हजारमा बोका विक्री गर्दै छु ।’
एउटा बाख्रालाई ब्याड लगाएको तिन सय रुपैयाँ लिने गरेको उनको भनाई छ । ‘अहिलेसम्म झण्डै सयबढी किसनका बाख्राहरुमा ब्याड लगाइसके । उनिहरुबाट तिनसयका दरले २५ हजार रुपैयाँबढी आम्दानी लिइसकेको छु । अहिले २५ हजार रुपैयाँमा तेही बोको विक्रीका लागि टुंगो टांगी भयो,’ उनले थपीन् ।
ब्याड र बोकाको मुल्य गरेर ५० हजार रुपैयाँबढी लिएको उनले बताइन् । उन्नत जातको बोका भएकाले पनि गाउँघरका सबैले बाख्रा ल्याउने गरेको उनले जनाइन् ।
‘मैले सुरुमा सात हजार रुपैयाँमा ब्याहुने बाख्रा ल्याएको थिए । त्यसले बोका पायो । त्यहि बोकाले अहिले पचास हजार रुपैयाँसम्म आम्दानी दिन सफल भयो । सातहजारमा किनेको बाख्रा छदै छ । त्यसले पनि झण्डै चालिस हजारको पाठनपाठी अरु जन्माइ सकेको छ,’ उनले भनिन् ।
एउटै बोकाबाट ५० हजारसम्म आम्दानी गर्दा निक्कै खुसी भएकाी थामीले बोको विक्रीबाट फेरी अर्को सानो बोको किनेर पाल्ने सोँच बनाएकी छिन् ।
‘अहिलेको बोको झण्डै तिन वर्ष भयो होला, बुढो पनि हुँदै गयो । अब यो विक्री गरेर अर्को यस्तै उन्नत जातको बोका बिनेर फेरी यसरीनै ब्याड पालेर आम्दानी लिने सोच बनाएकी छु,’ थामीले भनिन् ।
घरमै बसेर यसरी एउटै बोकाबाट यत्तिको रकम आम्दानी गर्न सकिने भएपछि उनले बाख्रालाई ब्यावसायिक पालन गर्ने तयारी पनि गरेकी छिन् । उनले भनिन्, ‘हामी जस्ता लेखपढ नभएकाहरुले पनि घरमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ । अब अरु पनि बाख्रा पाल्ने तयारी गरेकी छु । थोरै दुःख गर्दा विस पचास हजारले खाँचो नहुने रहेछ ।’
भक्तपुर, ३१ जेठ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो ।
कार्यालयले यस वर्ष ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा लागेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा असारको पहिलो सातासम्ममा नतिजा सार्वजनिक गर्नेगरी अन्तिम तयारीमा लागेको बताए ।
उनले अति गोप्य कामहरु भइरहेको जानकारी दिँदै यी काम सकिएलगत्तै परीक्षाफल सार्वजनिक गर्ने बताए । परीक्षा गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको थियो ।
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा असारको दोश्रो सातामात्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रक द्वारेले भने, ‘प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गर्नेछौ, त्यसको एकसातापछि मात्रै प्राविधिकतर्फको नतिजा सार्वजनिक हुनेछ ।’
प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाता ढिलो हुने भएको उनको भनाइ छ ।
यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी सहभागी भएको द्वारेले जानकारी दिए ।
यसवर्षबाट सुरु गरिएको प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।
रासस
सिन्धुली, ३१जेठ – गर्मी बढेसंगै भित्री तराईमा पर्ने सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा विषालु सर्पको प्रकोप देखिएको छ ।
विगतमा सर्पको प्रकोप नभएको सिन्धुलीमाडीमा यस वर्ष अत्यधिक गर्मी भएका कारण बैरी करेत सर्पहरु निस्कन थालेको वातावरणविदहरुको तर्क रहेको छ ।
सिन्धुलीमाडीको रातमाटा,राममाडी,पानीट्यांकी लगाएतका स्थानहरुमा सानो आकारको वैरी करेत सर्प रातीको समयमा निस्कने गरेको र कतिपय सर्पहरु मानिसहरुले मार्ने गरेको स्थानीय सीता मगरले बताईन् ।
रातीको समयमा हिडने र सानो आकारको सर्प वैरी करेत सबैभन्दा विषालु सर्प हो । यसले मानिसहरुलाई डसेमा आधा घण्टाको समय सम्म उपचार हुन नसके ज्यान जाने सर्प विज्ञहरुको तर्क रहेको छ ।
गर्मीका कारण सिन्धुलीमाडीमा सर्पको विगविगी बढेको अवस्थामा सर्पदंश उपचार केन्द्रको समेत आवस्यक्त खडकिएर गएको छ ।
वातावरणविदहरुका अनुसार तराईमा अत्यधिक गर्मीका कारण सर्प र विच्छीहरुले समेत भित्री तराई र पहाडी क्षेत्रमा आफ्नो वास स्थान बनाउन थालेपछि सर्पै र विच्छीहरुको प्रकोप पहाडी क्षेत्रहरुमा समेत बढेर गएको बताईएको छ ।
करिव २ वर्ष अगावी सिन्धुलीको भद्रकाली गाविसको चियावारी आसपासका क्षेत्रमा गोमन सर्पको विगविगी देखिएको थियो ।
काठमाडौँ ,३१ जेठ – आइतबार बिहान नुवाकोट केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर ५९ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नुवाकोट, रसुवा, धादिङ र काठमाडौं उपत्यकासम्म महसुस भएको थियो ।
शनिबार बिहान ७ बजेर ३ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ५.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यसअघि शुक्रबार पनि भूकम्प गएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पपछि निरन्तर परकम्पन जाने क्रम जारी छ । अहिले सिन्धुपाल्चोक, नुवाकोट र दोलखालाई केन्द्रबिन्दु बनाएर धेरै भूकम्प गइरहेका छन् ।
राजन गाउले
सिन्धुली ३१, जेठ – जिल्लाका भुकम्प प्रभावित १० विद्यालयको अस्थायी कक्षाकोठा निर्माणका लागि त्रिपाल सहयोग गरेको छ ।
जिल्लाका दश अति भुकम्प प्रभावित विद्यालयलाई सहयोग गर्ने गरी सिपिसिएस काठमाडौँले जिल्ला शिक्षा कार्यालय सिन्धुलीलाई उक्त त्रिपाल सहयोग गरेको हो ।
उच्च माध्यमिक विद्यालय कपिलाकोट, उमावि दुम्जा, उमावि मझुवा दोभान, उमावि क्यानेश्वर, मावि नक्कली, मावि कात्तिके लगाएत १० विद्यालयलाई वितरण गर्नेगरी सिपिसिएसले त्रिपाल सहयोग गरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले जानकारी दिए ।
विनासकारी भुकम्प पछि विद्यालय सञ्चालनमा समस्या भएको भन्दै सिपिसिएसले प्रति विद्यालयलाई ४ कक्षाकोठा वरावरको त्रिपाल सहयोग गरेको हो । कक्षा कोठा ध्वस्त भएका विद्यालयमा अहिले अस्थायी सिकाई केन्द्र स्थापना गरेर कक्षा सञ्चालन भई रहेको छ ।
जिल्लाका साँच सय ७७ विद्यालय मध्ये चारसय ४८ विद्यालयको कक्षाकोठा भुकम्पका कारण ध्वस्त भएका छन् । ‘हाल अस्थायी कक्षाकोठा निमाृण गरेर विद्यालय सञ्चालनमा ल्याइएको भएपनि वर्षा र हावाहुरीले त्रिपालमा पनि क्षेती पु¥याइसकेको अवस्थामा प्राप्त त्रिपालले दैनिक पठन पाठनमा सहयोग पुग्ने भएको छ,’ जिल्ला शिक्षा अधिकारी खड्काले भने ।






