टीकापुर कान्डमा थारु नेता लक्षमण पक्राउ
सिन्धुली, २३ भाद्र । प्रहरीका एसएसपीसहित आठजना सुरक्षाकर्मीको ज्यान लिने गरी भएको टीकापुरको हिंसात्मक घटनाको अनुसन्धानको क्रममा प्रहरीले थारु नेता लक्षमण थारुलाई पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले उनलाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरेको हो। प्रहरी मुख्यालयको आदेश र कैलाली जिल्ला प्रहरी कार्यलयको पत्राचारअनुसार उनलाई पक्राउ गरेर अनुसन्धानका लागि हिराशतमा राखिएको रुपन्देही जिल्लाका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
भैरहवामा बुधबार आयोजित मधेसी मोर्चाको विरोधसभामा भाग लिन लक्षमण भैरहवामा आइपुगेका थिए।
0 comments
Write Down Your Responses