कुनै समय एउटै अभियानमा हिँडेका, एउटै उद्देश्यका लागि संघर्ष गरेका र कठिन परिस्थितिमा एकअर्काको सहारा बनेका सहयात्रीहरू स्थापना दिवसको अवसरमा पुनः एकै ठाउँमा जुटेका थिए। उनीहरूका लागि यो भेटघाट केवल औपचारिक कार्यक्रम थिएन, विगतका सम्झना, सहयात्राका अनुभव र बिछोडिएका साथीहरूको स्मरण गर्ने अवसर पनि थियो।
कार्यक्रमका प्रमुख अतिथि माननीय मातृका यादव थिए। कार्यक्रममा सहभागीहरूले जनयुद्धकालीन संघर्ष, सहिदहरूको योगदान र परिवर्तनका लागि आफूहरूले गरेको त्यागको स्मरण गरेका थिए।
तर कार्यक्रमस्थल सहिद स्मृति पार्कमा सहिद तथा सहयोद्धाहरूको शालिक नहुनुले सहभागीहरूका लागि एउटा अपूरो अनुभूति छाड्यो। सहिदको स्मृतिमा नामकरण गरिएको पार्कमा उनीहरूको पहिचान झल्काउने शालिक वा स्मारकसमेत नहुनु स्मृतिको संरक्षण र सम्मानको विषयमा गम्भीर प्रश्न बनेको छ।
सहिद स्मृति पार्क नाम आफैँमा बलिदान र इतिहासको सम्झना हो। तर नामले मात्र इतिहास जीवन्त हुँदैन। त्यसका लागि सहिदहरूको पहिचान, योगदान र उनीहरूसँग जोडिएका ऐतिहासिक घटनाको संरक्षण आवश्यक हुन्छ।
विगतमा परिवर्तनका लागि जीवन अर्पण गरेका सहयोद्धाहरूको सम्झनालाई पुस्तान्तरण गर्ने जिम्मेवारी राज्य र समाज दुवैको हो। शालिक, स्मारक, अभिलेख र इतिहाससँग सम्बन्धित सामग्रीले नयाँ पुस्तालाई विगत बुझ्न सहयोग पुर्याउँछन्।
२६औँ स्थापना दिवस मनाउन सहिद स्मृति पार्कमा जुटेका पूर्व जनमुक्ति सेनाका सदस्यहरूको भेटघाटले पुराना स्मृतिहरू ताजा बनायो। तर आफ्नै सहयोद्धाहरूको शालिक नदेख्दा उठेको प्रश्न भने अझै अनुत्तरित छ—सहिदको नाममा बनेको पार्कमा सहिदकै पहिचान स्थापित गर्ने काम कहिले होला?
इतिहास सम्झनु केवल दिवस मनाउनु होइन, इतिहासका पात्र र उनीहरूको योगदानलाई सम्मानपूर्वक संरक्षण गर्नु पनि हो।
कार्यक्रमका प्रमुख अतिथि माननीय मातृका यादवले पूर्व जनमुक्ति सेनाको ऐतिहासिक भूमिका र योगदानको स्मरण गर्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए। वर्षौँअघि एउटै अभियान र उद्देश्यमा जोडिएका सहयात्रीहरू लामो समयपछि एउटै स्थानमा भेला हुँदा सहिद स्मृति पार्कमा विगतका संघर्षका कथा, अनुभव र सम्झनाहरू आदानप्रदान गरेका थिए ।
कुनै समय बन्दुक र बारुदको आवाजबीच बितेको जीवन, कठिन भूगोल, अभाव र चुनौतीसँग जुध्दै अघि बढेका उनीहरू अहिले फरक–फरक पेसा र सामाजिक भूमिकामा छन्। तर, विगतको सहयात्रा र साझा इतिहासले उनीहरूलाई अझै जोडिरहेको छ। स्थापना दिवसको जमघटले त्यही सम्बन्धलाई पुनः ताजा बनाएको पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीका अध्यक्ष उत्साह श्रेष्ठले बताए ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा गठन भएको जनमुक्ति सेना नेपालको राजनीतिक इतिहासको एउटा महत्वपूर्ण अध्याय हो। सशस्त्र संघर्षदेखि विस्तृत शान्ति सम्झौता र त्यसपछिको शान्ति प्रक्रियासम्म आइपुग्दा जनमुक्ति सेनाको भूमिका, व्यवस्थापन र समायोजनका विषय राष्ट्रिय राजनीतिक बहसका महत्वपूर्ण विषय बने।
शान्ति प्रक्रियापछि कतिपय जनमुक्ति सेना नेपाली सेनामा समायोजन भए भने कतिपयले स्वैच्छिक अवकाश रोजे। यस प्रक्रियासँगै पूर्व जनमुक्ति सेनाका सदस्यहरू विभिन्न सामाजिक तथा आर्थिक परिवेशमा जीवनयापन गरिरहेका छन्।
त्यसैले स्थापना दिवस विगतको सम्झनामा मात्र सीमित छैन। पूर्वलडाकुहरूको योगदानको उचित मूल्याङ्कन, सम्मान, रोजगारी, जीविकोपार्जन र सामाजिक सुरक्षाका विषयलाई राज्यले कसरी सम्बोधन गर्छ भन्ने प्रश्न पनि यससँग जोडिएको छ।
सहिद स्मृति पार्कमा भएको कार्यक्रमले सहिद तथा परिवर्तनका लागि संघर्ष गरेका व्यक्तिहरूको योगदान सम्झने अवसर प्रदान गरेको छ। सिन्धुली र उदयपुरसहित मधेस प्रदेशका विभिन्न स्थानबाट आएका एक पचास भन्दा बढी पूर्व जनमुक्ति सेनाको सहभागिताले कार्यक्रमलाई अन्तरजिल्ला भेटघाटको स्वरूपसमेत दिएको थियो।
विगतका सहयात्रीहरूबीचको भेटघाट, अनुभव आदानप्रदान र इतिहासको स्मरणले स्थापना दिवसलाई विशेष बनाएको थियो। समय बदलिएको छ, राजनीतिक परिस्थिति फेरिएको छ र संघर्षका स्वरूप पनि बदलिएका छन्। तर विगतको इतिहास, त्यससँग जोडिएका अनुभव र सहिदहरूको स्मृतिले उनीहरूलाई अझै एक सूत्रमा बाँधिरहेको छ।
२६औँ स्थापना दिवसको अवसरमा सहिद स्मृति पार्कमा भएको यो जमघट एउटा वार्षिक कार्यक्रम मात्र होइन, इतिहासको स्मरण, सहयात्रीबीचको सम्बन्ध र पूर्व जनमुक्ति सेनाको वर्तमान अवस्थाबारे बहस गर्ने अवसरका रूपमा समेत देखिएको छ।
मध्यमार्गी राजनीतिक विचार, सुशासन र हरित क्रान्तिको एजेन्डासहित गाउँगाउँमा संगठन निर्माणको तयारी
सिन्धुली,२ मंसीर । परम्परागत राजनीतिक अभ्यास प्रति जनताको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजी भइरहेका बेला सिन्धुलीको मरिण गाउँपालिकामा उज्यालो नेपाल पार्टीले आफ्नो संगठनात्मक गतिविधिलाई तीव्रता दिने तयारी गरेको छ। पार्टीले ‘मिसन उज्यालो सिन्धुली’ अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै मरिणका सातवटै वडामा संगठन निर्माणको योजना अघि सारेको छ।
कपिलाकोट स्थित पार्टी कार्यालयमा सम्पन्न गाउँपालिका कमिटीको दोस्रो बैठकले संगठन विस्तारलाई प्राथमिकतामा राख्दै मंसिर ८ गतेदेखि वडास्तरीय भेला तथा कमिटी गठन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। वडा नं. ७ जयमंगलबाट सुरु हुने अभियान मंसिर १५ गतेसम्म सातवटै वडामा पुर्याउने लक्ष्य पार्टीले लिएको छ।
गाउँपालिका कमिटी अध्यक्ष सरोज मोक्तानको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय युवा विभाग प्रमुख राजकुमार मैनालीको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा जिल्ला कमिटी सदस्यहरू चन्द्रबहादुर दोङ तामाङ, आत्माराम लामा र विजय थिङलगायतको सहभागिता थियो।
विचार र संगठनलाई गाउँगाउँमा पुर्याउने लक्ष्य
उज्यालो नेपाल पार्टीले आफ्नो राजनीतिक पहिचान मध्यमार्गी विचारधारा, सुशासन, हरित क्रान्ति र समृद्ध नेपालको अवधारणासँग जोड्दै आएको छ। यही राजनीतिक दृष्टिकोणलाई स्थानीय जनतासम्म पुर्याउने उद्देश्यसहित मरिणमा संगठन विस्तार अभियान अघि बढाउन लागिएको हो।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले पार्टीका नीति, विचार र राजनीतिक दृष्टिकोणलाई जनताको घरदैलोसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय जनतासँग प्रत्यक्ष संवाद, जनसम्पर्क विस्तार र जनताका समस्या तथा आवश्यकतासँग जोडिएर राजनीतिक गतिविधि सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।
पार्टीको प्रथम स्थापना दिवसको अवसर पारेर मंसिर ५ गते नयाँबस्ती धमिलेमा बृहत् हस्ताक्षर अभियान तथा पार्टी सदस्यता वृद्धि अभियान शुभारम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ।
यस अभियानलाई पार्टीको राजनीतिक विचार जनतामाझ पुर्याउने र नयाँ पुस्तासहित विभिन्न समुदायका नागरिकलाई संगठनमा जोड्ने अवसरका रूपमा लिइएको छ।
मरिणका सातवटै वडामा संगठन विस्तार गर्ने उज्यालो नेपाल पार्टीको योजनाले स्थानीय राजनीतिमा नयाँ गतिविधि थप्ने संकेत गरेको छ। तर यो अभियान कति प्रभावकारी हुन्छ भन्ने कुरा पार्टीले जनताका वास्तविक समस्या कत्तिको आत्मसात् गर्छ र आफ्ना प्रतिबद्धतालाई व्यवहारमा कत्तिको उतार्छ भन्नेमा निर्भर रहनेछ।
संगठन विस्तारदेखि विद्युत् भ्याट खारेजीसम्मका एजेन्डा
सिन्धुली, ९ कात्तिक। उज्यालो नेपाल पार्टीले ‘मिसन: उज्यालो सिन्धुली’ अभियानमार्फत जिल्लाका सबै स्थानीय तहमा संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण र जनसरोकारका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि अघि बढाउने भएको छ।
विजयादशमीको समापनसँगै सञ्चालन गरिने अभियानअन्तर्गत जनभेटघाट, अन्तरक्रिया, संगठन निर्माण तथा नागरिकका समस्या र अपेक्षा संकलन गरिने पार्टीले जनाएको छ। अभियानलाई आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनको तयारीसँग समेत जोडेर अघि बढाउने योजना रहेको पार्टीका युवा नेता राज मैनालीले जानकारी दिनुभयो।
मैनालीका अनुसार अभियानको उद्देश्य संगठन विस्तारमा मात्र सीमित नभई स्थानीय आवश्यकता, जनजीविका र विकासका सवाललाई राजनीतिक बहसको केन्द्रमा ल्याउनु हो। स्थानीय तह तथा वडा स्तरमा कमिटी गठन, सदस्यता विस्तार, कार्यकर्ता परिचालन र नागरिकसँग नियमित संवादलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो।
विद्युत् महसुलमा लगाइएको भ्याट खारेजीको माग
उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै हस्ताक्षर अभियानलाई पुनः सञ्चालन गर्ने भएको छ।
मैनालीका अनुसार काठमाडौंको माइतीघरबाट भदौ १ गते सुरु गरिएको हस्ताक्षर अभियान भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न विपद्का कारण स्थगित गरिएको थियो। रोकिएको अभियानलाई अब पार्टीका विभिन्न तहका कमिटी परिचालन गरी निरन्तरता दिइने उहाँले बताउनुभयो।
अभियानमार्फत विद्युत् उपभोक्ता, उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सहभागितामा हस्ताक्षर संकलन गरी सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने र भ्याट खारेजीका लागि नीतिगत दबाब सिर्जना गर्ने पार्टीको लक्ष्य छ।
पार्टीले यस अभियानलाई नागरिकका आर्थिक सरोकारलाई सार्वजनिक बहस र नीतिगत प्रक्रियासँग जोड्ने पहलका रूपमा अघि बढाउन खोजेको जनाएको छ।
हरित क्रान्तिमार्फत उत्पादन र रोजगारीमा जोड
उज्यालो नेपाल पार्टीले हरित क्रान्तिलाई आर्थिक रूपान्तरण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र राष्ट्रिय आत्मनिर्भरताको आधारका रूपमा प्रस्तुत गरेको छ।
यस अवधारणाअन्तर्गत जलविद्युत् तथा स्वच्छ ऊर्जाको उत्पादन र उपयोग विस्तार, कृषि आधुनिकीकरण, वातावरण संरक्षण, हरित उद्योगको विकास र स्थानीय स्रोतसाधनको दिगो परिचालनलाई प्राथमिकता दिने पार्टीको दृष्टिकोण छ।
नेपालको जलस्रोत, कृषि, वन, पर्यटन तथा युवा जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा जोडेर आयातमा निर्भरता घटाउने, स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसमेत यस अवधारणासँग जोडिएको छ।
मध्यमार्गी राजनीति र सुशासन मुख्य एजेन्डा
पार्टीले मध्यमार्गी राजनीतिक दृष्टिकोणलाई आफ्नो अर्को महत्वपूर्ण आधारका रूपमा अघि सारेको छ। संवाद, सहकार्य र लोकतान्त्रिक प्रक्रियामार्फत समाजका विभिन्न वर्ग, समुदाय र क्षेत्रका जायज सरोकार सम्बोधन गर्ने पार्टीको भनाइ छ।
व्यावहारिक समाधान, प्रमाणमा आधारित निर्णय, सामाजिक सद्भाव र आवश्यक संरचनात्मक सुधारलाई सन्तुलित रूपमा अघि बढाउने दृष्टिकोण पार्टीले लिएको जनाएको छ।
त्यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायलाई राष्ट्र निर्माणको मूल राजनीतिक ध्येयका रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह र कानुनी शासनलाई सुशासनका प्रमुख आधारका रूपमा लिइएको छ।
समृद्धितर्फ उत्पादन तथा उत्पादकत्व वृद्धि, स्वदेशी उद्योगको विकास, कृषि र ऊर्जा क्षेत्रमा लगानी तथा सम्मानजनक रोजगारी सिर्जनालाई प्राथमिकता दिने पार्टीको भनाइ छ। सामाजिक न्यायअन्तर्गत अवसरमा समानता, विभेदको अन्त्य, महिला तथा दलित समुदायको अर्थपूर्ण सहभागिता र पछाडि पारिएका समुदायको सशक्तीकरणलाई जोड दिइएको छ।
निर्वाचन लक्षित संगठनात्मक तयारी
‘मिसन: उज्यालो सिन्धुली’ अभियानलाई आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचन लक्षित संगठनात्मक तयारीका रूपमा समेत अघि बढाइने मैनालीले बताउनुभयो।
अभियानका क्रममा स्थानीय विकासका समस्या र सम्भावना पहिचान गरी नागरिकका अपेक्षामा आधारित राजनीतिक एजेन्डा तथा कार्यक्रम निर्माण गरिने जनाइएको छ। पार्टीका नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने, नागरिकका सुझाव संकलन गर्ने र लोकतान्त्रिक प्रक्रियामा सहभागिता बढाउने गतिविधि पनि सञ्चालन गरिनेछ।
मैनालीका अनुसार संगठन निर्माणको प्रभावकारिता सदस्यता वृद्धि र कमिटी गठनमा मात्र नभई जनतासँगको सम्बन्ध, स्थानीय समस्याप्रतिको संवेदनशीलता र सार्वजनिक प्रतिबद्धताको कार्यान्वयनबाट मापन हुनुपर्छ।
पार्टीले संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण, विद्युत् भ्याट खारेजीको माग र निर्वाचन केन्द्रित तयारीलाई एकीकृत रूपमा अघि बढाउँदै सिन्धुलीमा आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।
अभियान सफल बनाउन पार्टीका नेता–कार्यकर्ता, युवा, नागरिक समाज, विभिन्न क्षेत्रका सरोकारवाला तथा जिल्लावासीसँग साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गरिएको मैनालीले बताउनुभयो।
सिन्धुली, १० माघ । जिल्ला पार्टी कार्यदलले सिन्धुली निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारलाई बेवास्ता गर्दै केन्द्रबाट अर्कै उम्मेदवार पठाइएपछि पार्टीभित्र गम्भीर प्रश्न उठेको छ।
जिल्ला तहको निर्णयमाथि केन्द्रले हस्तक्षेप गरेको भन्दै निर्णय प्रक्रियाको वैधतामाथि नै प्रश्न चिन्ह लागेको हो।
जनमुक्ति सेनाका पुर्व बिग्रेड कमाण्डर बिनाेद बिकले उम्मेद्वार चयन र कार्वाहीकाे बिषयलाई लिएर नेकपा संयाेजक प्रचण्डलाई प्रश्न गरेका छन ।
सामाजिक सञ्जालमा उनले लेखेका छन, `यो निर्णय पार्टीको कुन निकायले गर्यो ? के यो केन्द्रीय समितिको औपचारिक निर्णय हो, स्थायी समिति वा पदाधिकारी बैठकको, कि सीमित नेतृत्व तहको एकल निर्णय ? यदि संस्थागत निकायबाट निर्णय भएको हो भने सम्बन्धित बैठकको माइन्युट सार्वजनिक गर्नुस ।´
यस्तै, पार्टी नेता हरिबोल गजुरेलहरूमाथि गरिएको कारबाही पनि पार्टीको कुन निकायको निर्णय थियो भन्ने प्रश्न उठाइएको छ। कारबाही विधि–विधानअनुसार अनुशासन आयोग वा केन्द्रीय समितिबाट भएको हो कि नेतृत्व तहको स्वइच्छाचारी निर्णय हो भन्ने विषय अझै स्पष्ट पारिएको छैन।
पार्टीको विधि–विधान तलका कमिटी र कार्यकर्तालाई मात्रै लागू हुने, तर माथिल्लो नेतृत्वका निर्णय भने स्वच्छिक हुने अवस्था बढ्दो छ। यसले पार्टी संस्थागत नभई व्यक्ति केन्द्रित बन्दै गएको उनीहरूको भनाई छ।
अझ गम्भीर कुरा के छ भने, पार्टीभित्रै अनौपचारिक कुराकानीमा धेरै नेताहरूले माथिल्लो नेतृत्वले अधिकारको दुरुपयोग गरेको स्वीकार गरिरहेका छन्। तर सार्वजनिक रूपमा बोल्न भने उनीहरू हिच्किचाइरहेका छन्।
निर्णय प्रक्रिया पारदर्शी बनाउन र सम्बन्धित निकायकाे माइन्युट सार्वजनिक गर्न कमाण्डर बिकले माग गरेका छन ।
#बुद्वकुमार आछामी
लोकतन्त्रमा मतदातालाई सार्वभौम भनिन्छ। तर व्यवहारमा हेर्दा नेपाली राजनीति उल्टो चित्र प्रस्तुत गरिरहेको छ—जहाँ मतदाता अभागी बन्दै गएको छ भने नेता भने हरेक परिवर्तनमा भाग्यमानी सावित हुँदै आएका छन्। चुनाव–पछिका दृश्यहरूले यही विडम्बनालाई झन् गहिरो बनाएका छन्।मतदाताले हरेक निर्वाचनमा आशा बोकेर मत हाल्छ। परिवर्तन, सुशासन र समृद्धिको सपना देख्छ। तर परिणाम सधैँ उस्तै देखिन्छ—उही अनुहार, उही सत्ता अभ्यास र उही असफलता। मतदाताको मतले नेताको भाग्य फेरिन्छ, तर नेताको सत्ताले मतदाताको जीवन फेरिन सक्दैन। यही कारण मतदाता क्रमशः निराश, उदासीन र आक्रोशित बन्दै गएको छ।
नेताहरू भने सत्ता परिवर्तनका हरेक चरणमा सुरक्षित देखिन्छन्। सरकार बद्लिए पनि उनीहरूको हैसियत बद्लिँदैन, गठबन्धन फेरिए पनि पद र पहुँच जोगिन्छ। हारलाई जितमा र असफलतालाई उपलब्धिमा रूपान्तरण गर्ने राजनीतिक कौशलले उनीहरूलाई सधैँ भाग्यमानी बनाएको छ। सत्ता बाहिर हुँदा पनि सुविधा र प्रभाव नछोड्ने नेताहरू लोकतन्त्रको सबैभन्दा सुरक्षित वर्गमा परेका छन्।
यसबीच जनताका एजेन्डा सधैँ पछाडि धकेलिएका छन्। बेरोजगारी, महँगी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सवाल चुनावी भाषणमै सीमित हुन्छन्। सरकार बनेपछि प्राथमिकता बदलिन्छ—कुर्सी जोगाउने, समीकरण मिलाउने र सत्ता सन्तुलन कायम गर्ने खेल हाबी हुन्छ।
स्थानीय तहदेखि केन्द्रसम्म देखिएको जवाफदेहिताको अभाव ले मतदातालाई अझ अभागी बनाएको छ। चुनाव जितेपछि जनतासँगको दूरी बढ्ने, आलोचनालाई शत्रुता ठान्ने र प्रश्न उठाउनेलाई मौन गराउने प्रवृत्तिले लोकतन्त्रको आत्मामै प्रहार गरिरहेको छ।
यही परिस्थितिबाट जन्मिएको हो—‘नो भोट’को बहस, मतदानप्रति उदासीनता र वैकल्पिक राजनीतिप्रतिको आकर्षण। यो केवल आक्रोश होइन, चेतावनी पनि हो। तर चेतावनी बुझ्नुपर्नेहरू अझै मौन छन्।
अब लोकतन्त्रको परीक्षा नेताको भाग्यले होइन, मतदाताको अवस्थाले मापन हुनुपर्छ। जबसम्म मतदाता अभागी र नेता भाग्यमानी रहने संरचना परिवर्तन हुँदैन, तबसम्म लोकतन्त्र केवल औपचारिकता र चुनाव केवल सत्तामा पुग्ने सिँढीमै सीमित रहनेछ।
(नाेट, फाेटाे तथा बिचारका लागि chatgpt काे सहयाेग लिईएकाे छ)
सुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आछामीलाई राष्ट्रियसभाको सत्ता पक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोक्नु भएको हो । २०७६ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य बन्नुभएका आछामी २०७८ देखी राष्ट्रिय सभामा नेकपा(माओवादी केन्द्र)को दलको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
को हुन् अछामी ?
२०६४ को संविधानसभा निर्वाचनमा मोरङ्ग क्षेत्र नं.८ बाट नेकपा(एमाले)का प्रभावशाली नेता गुरु बराल र काग्रेसका नेता अशोक कोइरालालाई हराउँदै संविधानसभा सदस्यमा बिजयी हुनभएका आछामी खेलकुद राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नु भएको छ । सिन्धुली सुनकोशी गाउँपालिका–३ झाँगाझोली रातमाटा बोहोरेटारमा बुवा मुरली आछामी र आमा सीताको कोखबाट २०३१ साल पुष ७ मा जन्मनभएका आछामी पार्टीमा इमान्दार, सरल र क्षमतावान युवा नेताका रुपमा परिचित हुनुहुन्छ ।
माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत राजनीतिमा लाग्नुभएका आछामीको दुई बहिनीहरु निर्मला आछामी र मन्जु आछामी जनयुद्धमा शहीद हुनुभएको छ । जनयुद्धको सुरुवात देखिनै भुमीगत बन्नुभएका आछामी जनयुद्धमा घाईते समेत हुनुभएको थियो । आछामीको सम्पूर्ण परिवार जनयुद्धमा होमिएको थियो ।
सामान्य परिवारमा जन्मनुभएका आछामीले आई.एल.सम्मको शिक्षा हासिल गर्नुभएको छ । आछामी हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ । भने मोरङ जिल्ला इन्चार्जको भूमिका पनि निर्वाह गरिरहनु भएको छ ।
सिन्धुली– बागमती प्रदेश सरकारको आईतबार बसेको बैठकले आफ्नो ऐन कानुनसँग सम्बन्धीत रहेर विभिन्न् मन्त्रालयसँग सम्बन्धीत ८ वटा कार्यविधी स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धीत जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८०, मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८०, द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ भने कृषि तथा पशुपक्षि मन्त्रालयसँग सम्बन्धीत एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयसँग सम्बन्धीत एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दोश्रो संसोधन) कार्यविधि २०८०, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताउनुभयो ।
त्यस्तै मन्त्रीपरिषद बैठकले भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने, प्रदेश सदस्य गिता गुरुङको हेयरिङ मेशिन खरिद सम्वन्धमा र समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्त सम्वन्धी निर्णय समेत गरेको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
महेश्वर दाहाल
माओवादी केन्द्रले तीन महिने भनेर सुरु गरेको रूपान्तरण अभियान एक महिना थप भएर चार महिने बनेको छ । अभियानले विचार र संगठनात्मक क्षेत्रलाई धेरै अर्थमा सबल बनाएको छ भने केही दुर्बल पक्षलाई समेत सतहमा ल्याइदिएको छ ।
अभियानले केही वर्षदेखि जाम भएको व्यक्तिगत, सांगठनिक जीवनलाई पगालेको छ । पार्टीलाई सकारात्मक सन्देशसहित जनतामा पुर्याएको छ । यसले जनता र पार्टीबिचको सम्बन्ध सुदृढ गर्ने मूलतः आधार खडा गरेको छ ।
लामो समयदेखि अमुक क्षेत्रलाई बिर्ता बनाएर बसेका थुप्रै नेता तथा कार्यकर्तालाई अभियानले तरंगित बनाएको छ । अभियानको जिम्मेवारी लिएर अन्यत्रबाट आएकालाई समस्या मान्ने, आफ्ना संगठनात्मक र आर्थिक अपारदर्शिता सार्वजनिक नहोस् भन्ने तथा जनता र कार्यकर्तासँग आफ्नो बिग्रेको सम्बन्ध नयाँ आउनेलाई थाहा नहोस् भन्ने उद्देश्यले कतिपय रैथाने नेतृत्वले प्रारम्भदेखि नै अभियानलाई असहयोग नगरेका होइनन् । तर, स्थानीय पार्टीको बलियो प्रतिवादले त्यो प्रवृत्ति नाङ्गिएको छ । पार्टी र संगठन सुदृढीकरणको यो मूल पाइला हो ।
क्रान्तिकारी पार्टी निर्माण गर्न र अहिलेको सापेक्षतामा सरकार, सदन र सडकलाई जोडेर संघर्ष गर्न माओवादी अझै सक्षम छ, त्यसको बलियो आधार छ भन्ने अभियानले प्रस्ट देखाएको छ ।
आज माओवादी केन्द्र जुन अवस्थितिमा छ, एकै दिन र रातमा यो अवस्था बनेको होइन । शान्ति प्रक्रियामा आएदेखि नै मूलतः कार्यदिशामै समस्या देखिएको हो । विचारको विकासमा समस्या देखिएको हो । जनयुद्धपूर्व पनि तत्काल जनयुद्ध गर्ने कि नगर्ने भन्ने बहस भएकै हो । एकथरि जनयुद्धमा गए र एकथरि जनआन्दोलनको प्रक्रियामा सक्रिय रहे । आआफ्नो ठाउँबाट स्वस्थ बहस र सहकार्य हुँदै आयो । जसले एकताबद्ध हुन कुनै कठिन भएन ।
जनयुद्धका क्रममा पनि बहस तीव्र नभएको होइन । जनयुद्धमा नै विचारको संश्लेषण, एक्काइसौँ शताब्दीको जनवाद लगायतका महत्त्वपूर्ण निर्णय गर्दै पार्टी र क्रान्ति अगाडि बढेको हो । चितवन, बालाजु, खरिपाटी, पालुङटार लगायतका बैठक र भेलाहरूले भने सही ढंगले विचार संश्लेषण गर्न सकेनन् । यसै कारण टुटफुट भयो । माओवादी पार्टी र आन्दोलन कमजोर भयो ।
विभिन्न घटकमा विभाजित माओवादीहरू कमजोर अवस्थामा छन् । झन्डै ३२ प्रतिशत समानुपातिक मत ल्याएको माओवादी पछिल्लो निर्वाचनमा ११ प्रतिशतमा खुम्चिएको छ । शान्ति प्रक्रियामा आउँदा निर्वाचनजस्तो महत्त्वपूर्ण कार्यनीतिका बारेमा समेत एकरूपता भएन । दिमागमा विद्रोह र मुखमा चुनाव भन्दै हिँडियो । विद्रोहका लागि भनेर लाखौँ जनतालाई काठमाडौँमा उतार्ने लगायत कार्य भए । त्यसैले बुझाइ र कार्यान्वयनमा एकरूपता नहुँदा माओवादी केन्द्र कमजोर बन्दै गएको हो ।
अन्तर्राष्ट्रिय रूपमै चमत्कार लाग्ने गरी संघर्षबाट विकास भएको पार्टी यति छिटो कमजोर हुनुमा मूलतः विचारको विकासमा समस्या देखिएकैले हो । सबै तहमा नेतृत्वको ठूलो हिस्सामा स्खलन देखिएकाले हो । उपभोक्तावाद बढ्दै गएकाले हो । पार्टीमा रंग फेरिँदै गएकाले हो । यसलाई सुधारेर अगाडि बढ्न सकिने विश्वास अभियानले साबित गरेको छ । तर, आजको जनता माओवादीसँग के चाहन्छ, त्यसअनुरूप बिचारको विकास भने हुनै पर्छ । बिचारले मात्रै पुग्दैन, कम्युनिस्ट व्यवहारको विकास समेत हुनै पर्छ ।
आज देखिने गरी नै सत्ता र जनताबिच अन्तर्विरोध बढ्दै गएको छ । त्यसको जबरजस्त प्रभाव पार्टीमा समेत परेको छ । एकथरि नेतृत्वबाट पार्टी र राजकीय सत्तामा पुग्न र टिक्न जस्तोसुकै हर्कत गर्ने काम भइरहेको छ । आफ्नो स्वार्थ वा हितमा धक्का लाग्ने खतरा देखियो भने आफ्नै कमरेडहरूसँग पनि शत्रुतापूर्ण सम्बन्धमा झर्ने कार्य यो अभियानका क्रममा पनि ठाउँ ठाउँमा देखिएका छन् ।
तहगत नेतृत्वको गैरजिम्मेवारीपूर्ण कार्य प्रकट भएका छन् । चरम गुटबन्दीहरू गिरोहमा बदलिएको अवस्था पनि कैयन ठाउँमा देखिएका छन् । उचित कार्यविभाजनको समस्याहरू देखिएका छन् । एउटै मान्छे जिल्ला इन्चार्ज पनि छ, संघीय सांसद पनि छ । पालिकामा कार्यकारी भूमिकामा रहेकाहरूलाई जिल्लाको कार्यकारी भूमिकामा लगिएको छ । गुटबन्दीकै कारणले उही स्तरको र ऊभन्दा योगदान भएको, सन्तुलित व्यक्तिलाई भूमिकाविहीन बनाइएको अवस्था पनि छ । दण्ड र पुरस्कारको मापदण्ड नहुनुले संगठनात्मक कार्यदिशामा व्यापक अराजकतावाद हाबी देखिएको छ ।
समाजवादी कार्यदिशा निर्माण गरेर जाने, जनपक्षीय र माओवादीहरूबिच एकता गर्ने, वाममोर्चा निर्माणमा लाग्ने र संगठनात्मक रूपमा उचित कार्य विभाजन गर्ने हो भने माओवादी र वामपन्थीहरूको बाहेक अरूको भविष्य नेपालमा छैन ।
सभार रातोपाटी डटकमबाट
सिन्धुली, १७ गते । स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पुयाएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पनन् कार्यपालिका सदस्य निर्वाचनमा महिला तर्फ ५ र दलित वा अल्पसंख्यक तर्फका ३ सिटमै जित हासीले गरेको छ ।
जम्मा २४ सदस्य कार्यपालिका रहने नगरपालिकामा एमालेको तर्फबाट १६ सदस्य पुगेको छ भने नेपाली काग्रेस ६ तथा नेकपा(माओवादी) केन्द्र २ सदस्यमा खुम्चीएको छ । गठबन्धन गरेर निर्वाचनमा होमिएका तीन दलहरुले नगर कार्यपालिकामा बहुमत पुयाउन सकेका छैनन् भने एमाले एक्लै दुई तिहाई बहुमतमा पुगेको छ ।
एमालेबाट कार्यपालिकामा उपमेयर मन्जु देवकोटा, वडा अध्यक्षहरु खड्ग चौलागाई, कर्ण घिसिङ्ग, कमल कुमार श्रेष्ठ, राम बहादुर थिङ्ग, भिम बहादुर मगर, केशर बहादुर कार्की र राजन न्यौपाने छन भने महिला तर्फबाट जमुना कुमारी श्रेष्ठ, देवी देवकोटा, उमा विश्वकर्मा, धन कुमारी श्रेष्ठ र शिवमायाँ रायमाझी निर्वाचित भएका छन । त्यस्तै दलित वा अल्पसंख्यकको तर्फबाट राजन बहादुर भुजेल, भद्रीमायाँ हायू र मान बहादुर दमै कार्यपालिका सदस्यमा निर्वाचित भएका छन ।
त्यस्तै गठबन्धन दलको तर्फबाट नेपाली काग्रेसबाट मेयर उपेन्द्र कुमार पोखरेल, वडा अध्यक्षहरु पूर्ण बहादुर खड्का, उज्जवल कुमार थापा, नरेश गोले र बिनोद प्रधान छन । त्यस्तै माओबादी केन्द्रको तर्फबाट वडा अध्यक्षहरु इन्द्र वाईबा र दिप बहादुर कार्की रहेका छन ।
सिन्धुली, २८ वैशाख । मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा मुद्धामा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन ।
गत बैशाख १५ गते दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष तथा स्थानीय समेत रहेका पौडेललाई सो घटनामा मध्यस्तकर्ताको भुमीका निर्वाह गर्न आग्रह गरेका थिए । प्रहरी उपरीक्षक कडेलले चिनजान र विश्वासका आधारमा केही व्यक्तिलाई ल्याएर हाजिर गराउने र एक रातमा सो घटना मिलापत्र गराउने आफु समक्ष प्रतिबद्धता गरेको पौडेलले बताए ।
नेकपा(एमाले) सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपि कडेलले गरेका थिए ।
अध्यक्ष कार्कीले पक्राउ पुर्जि जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गर्नुभइको थियो । एसपि कडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा दुर्गा पौडेलले चार जनालाई बैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए ।
तर प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भएपनि बैशाख २६ गते ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफुलाई फसाएको भन्दै आफुसँगको प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल प्रहरी उपरीक्षक कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन ।
प्रहरीले निर्दोष स्थानीयलाई प्रक्राउ गरी मुद्धा चलाएको भन्दै उहाँ जिल्ला प्रहरी कार्यालय स्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन । समस्या समाधानका लागी सहजीकरणको भुमीका निर्वाह गरेका पौडेललाई प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए । उनले घटनालाई राजनीतिकरण नगर्न र सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्धामा नफसाउन प्रहरीलाई आग्रह गरेका छन ।
यता जिल्ला इन्चार्ज पहाडीले प्रहरी उपरीक्षक कांग्रेसको कार्यकर्ता झै व्यवहार गरेको बताए । पदको मर्यादा विपरित प्रहरीले राजनितिक पुर्वाग्रह राखी एमालेका निर्दोष कार्यकर्तालाई फसाउने षड्यन्त्र गरेकाले एमालेले यस घटनाको विरोध गर्दै आएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबत्ता डिएसपी मनोज कुमार लामाले घटनामा संलग्न ब्यक्तिहरुलाई कानुन अनुसार नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाइएको बताउँदै पौडेल अनशनको विषयमा उनीसँग छलफल भईरहेको बताए ।
सिन्धुली, २१ बैशाख । नेकपा(माओवादी केन्द्र) मरिण गाउँपालिका भित्रकाे आन्तरिक अन्तरविराेधले झन चर्काे रूप लिएकाे छ ।
माओवादी जिल्ला नेतृत्व बिरूद्व विभिन्न आराेप लगाउँदै जिम्मेवारीबाट राजिनामा दिएका नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटी सचिवालय सदस्य पानिराज बम्जन, सचिवालय सदस्य तथा जिल्ला संयाेजक रामकुमार पाैडेल, प्रदेश कमिटि सदस्य संगीता माझीले मङलबार प्रेस बिज्ञप्ती जारी गर्दै पुन जिम्मेवारीमा फर्केका थिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जिल्ला नेताहरूसँगकाे छलफल पश्चात् जिम्मेवारीमा फर्केका भनिएका नेताहरूलाई गाउँपालिकाका नेताहरूले भने कार्वाहीकाे माग गरेका छन ।
माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिका एक नेताले भने अप्ठेराे परिस्थितीमा राजिनामा दिने, पार्टी बिरूद्व गतिविधी गर्ने अनि फेरि पुरानै जिम्मेवारीमा फर्कन पाउने कम्युनिष्ट पार्टीकाे अनुशासन भित्र पर्दैन, त्यसैले उहाँहरूलाई पार्टीले कार्वाही गर्नु पर्छ ।, उहाँहरूकाे नियत माथि हामीलाई संका छ ।
पार्टीले पुरानै जिम्मेवारीमा फर्काए पनि आफुहरू उनिहरूलाई नेता मान्न तयार नरहेकाे उनले बताए । माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिले आज नै एक प्रेश बिज्ञप्ती जारी गर्दै माओवादीबाट बिद्राेह गरि मरिण गाउँपालिका-४ मा अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका धन बहादुर स्याङतान, वडा नं.-१ मा नेकपा(एमाले)काे तर्फबाट वडा अध्यक्षका उमेदवार बनेका गाेपिलाल लामिछाने, अर्का नेता हिरा ब्लाेन र नर बहादुर प्रसाईलाई पार्टीकाे साधारण सदस्य समेत नरहने गरि निस्कासन गरेकाे छ ।
माओवादी केन्द्र मरिण गाउँपालिका ईन्चार्ज पदम बहादुर अस्थानी र कार्यवाहक अध्यक्ष काजिमान थिङ तामाङ द्वारा जारि प्रेश बिज्ञप्तीमा भनिएकाे छ, स्थापित नीति, विधि, विचार, सिद्वान्त र अनुशासन विपरित क्रियाकलापमा संलग्न कुनै पनि ब्यक्ति, नेता, कार्यकर्ता माओवादी केन्द्रकाे सदस्य हुन सक्दैनन् ।
पटक-पटक सुध्रिन आग्रह गर्दापनि पार्टी बिराेधी गतिबिधी नराेकिएका कारण निस्काशन गरिएकाे प्रेश बिज्ञप्ती मार्फत सार्वजनिक गरिएकाे छ ।
सिन्धुली, २० बैशाख । स्थानीय तह निर्वाचनको सन्दर्भमा गत बैशाख १५ गते राति दुधौली नगरपालिका वडा नं.–२ भलुवाहिमा भएको घटनालाई लिएर गठबन्धन दल नेपाली काग्रेसले एमालेका २ दर्जन बढी स्थानीय नेता कार्यकर्ताहरु माथी झुठ्ठा मुद्धा दर्ता गराएको छ ।
दुधौली नगरपालिकामा नेपाली काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीच तालमेल गरी सयुक्त रुपमा एमाले बिरुद्ध चुनाबी मैदानमा उत्रिएको गठबन्धनले उक्त घटनाकाे विषयलाई लिएर प्रहरी प्रशासनकाे दुरूपयाेग गर्दै नेकपा(एमाले)का २६ जना नेता कार्यकर्ताहरुलाई दुरब्यवाहार सम्बन्धी मुद्धा दर्ता गराएको छ ।
बैशाख १५ गते राति नेकपा(एमाले)का कार्यकर्ता शिब धामीलाई कुटपिट तथा निजले प्रयोग गरेको स्कुटर तोडफोड गरेपछि आक्रोशित बनेका नेकपा(एमाले)का कार्यकर्ताहरुले काग्रेस कार्यकर्ताहरुले प्रयोग गरेको मोटरसाइकल तथा गाडिमाथि तोडफोड गरिदिएका थिए ।
घटनाको सुरुवात नेपाली काग्रेस पक्षबाट भएको तर त्यसलाई पुरै ढाकछोप गर्दै नेकपा(एमाले) विरुद्ध प्रशासनको समेत दुरुपयोग गर्दै आंतक सिर्जना गर्न खोजिएको भन्दै नेकपा(एमाले)ले छलफल र बार्ता मार्फत समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिएको थियो । बार्ता र छलफल मार्फत सहमति खोज्ने प्रयासहरु हुँदा हुँदै नेपाली काग्रेसले आफ्ना नेता कार्यकर्ताहरुलाई मुद्धा दर्ता गर्ने काम गरेको भन्दै नेकपा(एमाले)ले राजनैतिक पुर्वाग्रह राखेर गरिएका झुठ्ठा मुद्धा खारेजीको माग गरेको छ । एमाले भएकै कारण आफ्ना कार्यकर्ताहरू माथि मुद्वा लगाईएकाे प्रति नेकपा(एमाले) सिन्धुलीले गम्भीर आपत्ति जनाएकाे छ ।
उता नेपाली काग्रेसले एमालेका निर्दोष नेता कार्यकर्ताहरु माथि झुठ्ठा मुद्धा दर्ता गरेका कारण जनमत भने झन बढ्दै गएको छ । उक्त वडामा निक्कै उत्साहका साथ नेता कार्यकर्ताहरु चुनाबी मैदानमा उत्रिएका छन । नेकपा(एमाले)को तर्फबाट वडा नं.२ का वडा अध्यक्षका प्रत्यासी रितेश राउत भन्छन, राजनितिक पुर्वाग्रह र प्रतिशोध साधेर हाम्रा मान्छेहरुलाई झुठ्ठा मुद्धा लगाईएको छ, यो कार्य निन्दनीय छ । उनले भने, यस्ता खाले राजतिनीक प्रतिशोध राखेर गरिने व्यवाहारले ठिक ठाउँमा पुयाउन सक्दैन र सहन सक्ने कुरा पनि हुँदैन । हामी राजनैतिक रुपमा प्रतिबाद र प्रतिरोध गर्न तयार छौं ।
जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न नभएका घरमा सुतिरहेका एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेकाे छ ।
सिन्धुली, १९ बैशाख(कुशेश्वर दुम्जा) । नेकपा(एमाले) सुनकाेशी गाउँपालिका वडा-१ का अध्यक्षका उमेदवार कृष्ण माेक्तानले वडा अध्यक्ष निर्वाचित भएपछि प्राप्त हुने पारिश्रमिक वापतकाे रकम सामाजिक कार्यमा लगानी गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन ।
उनले वडा अध्यक्षकाे उमेदवारकाे तर्फबाट ४२ बुँदे प्रतिबद्वता सार्वजनिक गर्दै उक्त घाेषणा गरेका हुन । उनले मासिक तलब भत्ता काेष बनाउने र सामाजिक शैक्षिक सेवामा खर्च गर्ने उल्लेख गर्दै काेषकाे रकम आधारभुत बिधालय खानिगाउँ ५०% आधारभुत बिधालय घ्याम्पाटार २५% प्रावि नेपालथाेकका लागि २५% रकम उपलब्ध गराउने घाेषणा गरेका छन ।
बिधार्थी राजनितिमा क्रियाशिल माेक्तानले आफ्नाे वडाकाे शैक्षिक गुणस्तर बृद्वि र शैक्षिक बिकासका लागि याेगदान दिने बताएका छन । अध्यक्षका उमेदवार माेक्तानले आफ्नाे वडामा बाैद्व पाठशाला तथा कुशेश्वर मन्दिर परिसरमा गुरूकुल शिक्षाकाे स्थापना गर्ने लक्ष्य राखेका छन ।
उनले सुनकाेशीकाे १ नम्बर वडालाई बिकासकाे नमुनाकाे रूपमा बनाउने बताउँदै कुशेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनकाे रूपमा बिकास गरि बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने, निर्माणाधिन बिपि स्मृति संग्राहालयलाई राजनैतिक पर्यटन क्षेत्रकाे रूपमा बिकास गर्ने लगायतका याेजनाहरू अगाडि सारेका छन ।
साेमबार सुनकाेशी-१ दुम्जामा आयाेजित चुनाबिसभालाई सम्बाेधन गर्दै माेक्तानले समृद्व वडा निर्माणका लागि आफुहरूकाे उमेदवारी रहेकाे बताउदै आफुहरूलाई बिश्वास गर्न मतदाताहरूलाई आग्रह गरे ।
सिन्धुली, १९ बैशाख ।(कुशेश्वर दुम्जा) नेकपा(एमाले) सुनकाेशी गाउँपालिकाले आफ्नाे चुनाबि अभियानकाे सुरूवात बिपिकाे जन्मघरमा पुगेर विपि प्रति सम्मान र माल्यार्पण गर्दै कुशेश्वर दुम्जाबाट गरेकाे छ ।
साेमबार सुनकाेशी गाउँपालिकाकाे पहिलाे चुनाबिसभाकाे क्रममा बिपिकाे जन्मस्थलमा पुगेर बिपिकाे सम्मान र सम्झना गर्दै नेकपा(एमाले) सुनकाेशी गाउँपालिकाका उमेदवारहरू तथा नेकपाडएमाले) केन्द्रीय सदस्य उमा काेईराला लगायत एमाले नेताहरूले बिपिकाे समाजवादी चिन्तन र उहाँले पुर्याउनु भएकाे याेगदानकाे प्रशंसा गरेका थिए ।
केन्द्रीय सदस्य उमा काेईरालाले राजनितिकर्मीहरूका लागि विपि आर्दश पात्र रहेकाे बताउदै सुनकाेशी गाउँपालिकाले बिपिकाे जन्मस्थानलाई राजनैतिक पर्यटनकाे रूपमा बिकास गर्न आबश्यक रहेकाे बताईन ।
उनले बिपिकाे बिचार बाेकेका काग्रेसका नेता कार्यकर्ताहरूलाई विचार र बिधिकाे राजनितिमा लाग्न पनि आग्रह गरिन ।
त्यस्तै सुनकाेशी गाउँपालिका अध्यक्षका उमेदवार अशाेक गिरीले बिपि काग्रेसकाे मात्र हाेईन, सबै राजनितिक कर्मिहरूकाे आर्दश पात्र हाे, त्यसैले हामीले हाम्राे चुनाबि अभियानकाे सुरूवात पुर्व बिपि प्रति सम्मान र माल्यार्पण गरेका हाैं । हामी चाहान्छाै राजनिति बिचार, विधि र सस्कार सहितकाे हाेस । राजनिति कर्मि नेता कार्यकर्ताहरूबाट समाजले केही सिकाेस । समाजले सम्झन र सम्मान गर्न लायक बन्न सकियाेस भन्ने हाम्राे मान्यता छ ।
गिरीले सुनकाेशी गाउँपालिकामा सुशासन, सबृद्वि र समाजवादकाे आधार तयार पार्नका लागि नेकपा(एमाले)लाई बिजयी बनाउन सबैलाई आग्रह गरे ।
देश यतिबेला निर्वाचनको संग्राममा छ । नेपालको संविधान–२०७२ ले देशलाई संघीय संरचनामा रुपान्तरण गरेसँगै पहिलो स्थानीय तह निर्वाचन–२०७४ को कार्यकालको अन्त्यसँगै दोश्रो स्थानीय तहको निर्वाचन–२०७९ आउँदो बैशाख ३० मा सम्पनन् हुन लागीरहेको छ । यसपटकको स्थानीय तह निर्वाचन निकै रोचक देखिएको छ । गठबन्धनको नाम काग्रेस, माओवादी, जनता समाजवादी लगायत ५ दलको मोर्चाबन्दी एकातिर छ भने अर्कातिर नेकपा(एमाले) एक्लै चुनाबी मैदानमा छ । सिन्धुली जिल्लामा पनि गाउँपालिका/नगरपालिका तथा वडा तहसम्म नै नेपाली काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बीच गठबन्धन बनेको छ भने नेकपा(एमाले)लगायतका अन्य दलहरु एक्ला एक्लै चुनाबी मैदानमा होमिएका छन ।
उमेदवारी दर्तासँगै सबै राजनैतिक पार्टीहरुले चुनावी अभियानलाई तिब्रता दिईसकेका छन । निर्वाचन अभियानकै सन्दर्भमा केन्द्रित रहेर नेकपा(एमाले) सिन्धुली अध्यक्ष कुमार बहादुर कार्कीसँग गरिएको कुराकानीको संपादित अंश ।(प्रस्तुती बुद्धकुमार आछामी)
निर्वाचनमा बिजय प्राप्त गर्न कस्तो तयारी गरिरहनु भएको छ ?
विशेषत स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर हामीले २ महिना अगाडि देखी नै योजनाबद्ध ढंगले गतिविधीहरु अगाडी बढाईरहेका छौं । हामीले २ महिना अगाडि देखी घर घरमा एमाले टोल टोलमा एमाले मन मनमा एमाले भन्ने नाराका साथ जनताको घरदैलोमा पुगेर आफ्ना पार्टीका विचार राजनिती र योजनाहरु पुयाउने काम गरेका छौं । जनताको समस्या के हो ? हाम्रो समाजको सबृद्धि र समानताका लागी संभावनाहरु के हुन ? भन्ने सन्दर्भमा नागरिकका सुझाब संकलन गर्दै प्रतिबद्धता पत्र निर्माण गर्ने काम गरेका छौं ।
हामी योजनाबद्ध ढंगले नेता कार्यकर्ताहरुको परिचालन गर्दै परमादेशी सरकारका वेथिती बिरुद्ध ब्यापक भण्डाफोर गर्दै केपी ओली नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार प्रसार र अराजक र अराजनैतिक गतिवीधीहरुको प्रतिबाद गर्ने काम गरिरहेका छौं । हामी चाहान्छौं निर्वाचन शान्तिपूर्ण होस, जनताले स्वतन्त्र ढंगले आफ्नो मतको प्रयोग गर्न पाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । हामीले आफ्नो तर्फबाट पनि सबै तहका नेता कार्यकर्ताहरुलाई संयमित भएर चुनाबि अभियानमा लाग्न निर्देशन गरेका छौं । सबै स्थानीय तहमा उमेदवारहरुले निर्वाचन अभियानलाई अगाडि बढाइसक्नु भएको छ । घरदैलो कार्यक्रमलाई ब्यवस्थित ढंगले अगाडि बढाईरहनु भएको छ । समग्रमा निर्वाचनको तयारी तिब्र गतिमा अगाडि बढिरहेको छ ।
जिल्लामा चुनावी प्रतिसप्रर्धाको अवस्था कस्तो छ ?
हाम्रो पार्टी नेकपा(एमाले) देशकै ठुलो पार्टी हो । सिन्धुली जिल्लाको पनि पहिलो पार्टी हो नेकपा(एमाले), तपाई अघिल्लो स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्नुभयो भने पनि सबैभन्दा बढी जनप्रतिनिधी निर्वाचीत नेकपा(एमाले)बाट नै हुनुभएको छ । यसपटकको निर्वाचनमा पनि नेकपा(एमाले) पहिलो नै हुन्छ भन्नेमा हामी विश्वस्त छौं । बिचार, राजनिती र संगठनमा सबैभन्दा बलियो एमालेलाई हराउन गरिएको गठबन्धनले हामीलाई खासै फरक पार्ने छैन, किनभने जनताले बास्तविकता बुझिसकेका छन, शक्ति र शक्ता प्राप्तीका लागी गरिएको गठबन्धन हो भन्नेमा जनता ढुक्क छन, अपवित्र गठबन्धन जनताले यसपाली साच्चै जनताले अपवित्र सावित गरिदिने छन भन्नेमा हामी विश्वस्त छौं । विचार बिहिन, सिद्धान्त विहिन, योजना विहिन गठबन्धन केवल पद र शक्तिका लागी गरिएको हो भन्ने विषय गठबन्धन पार्टी भित्रका इमान्दार नेता कार्यकर्ता साथीहरुले बुझ्नु भएको छ । अहिले गठबन्धन झमेलामा फसेको अवस्था छ ।
यसपटकको चुनाबमा नेकपा(एमाले)का प्रतिबद्धता र संकल्पहरु चाँहि के छन नी ?
पहिलो कुरा यसपटकको निर्वाचन मार्फत हामी सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो जुन राष्ट्रिय आंकाक्षा रहेको छ त्यसलाई पुरा गर्ने प्रतिबद्धता सहित सुशासन, समृद्धि र समाजवादको आधार, पालिका पालिकामा एमालेको सरकार भन्ने मुल नाराका साथ मतदाताहरुको बीचमा गइरहेका छौं । हामीले हाम्रो यो अभियानलाई पुरा गर्न संकलपहरु पनि गरेका छौं र जिल्लाका मतदाताहरुको बीचमा अपिल पनि गरेका छौं ।
दोश्रो कुरा एमालेका जनप्रतिनिधीहरु शसक होइन जनताको सेवक हुनेछन, सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन, सुशासन, सदाचारका दृष्टान्त बन्नेछन । नागरिक प्रति जवाफदेही र जिम्मेवार बन्ने छन र बनाउनु पर्छ भन्ने कुरामा हामी प्रतिबद्ध छौं ।
तेश्रो कुरा नेकपा(एमाले) नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी हो, बास्तविक अर्थमा राष्ट्र राष्ट्रियता र जनजिविकाको सवालमा नेकपा(एमाले) नै जिम्मेवार पार्टी हो भन्ने कुरा हामी ब्यवाहारबाट पुष्टी गरिसकेका छौं । बिकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा(एमाले) मात्र हो । त्यतिमात्र होइन बामपन्थी आन्दोलनको मुल प्रवाह नेकपा(एमाले) मात्र हो भन्ने पनि जनताले बुझिसकेको छ । त्यसैले हामी फेरि पनि भन्छौं साचो अर्थको कम्युनिष्ट पार्टी एमाले हो र विकास र समृद्धिको सम्बाहक पनि एमाले हो भन्ने कुरा ढुक्क भएर स्थानीय तहमा नेकपा(एमाले)को सरकार निर्माण गर्न सुर्य चिन्हमा मतदान गर्न सबै सिन्धुलीबासीहरुलाई आग्रह गर्न चाहान्छु ।
निर्वाचनको सन्दर्भमा सिन्धुलीबासीलाई नेकपा(एमाले)को तर्फबाट गर्नुपर्ने अपिल केही छ की ?
आज मुलुक स्पष्ट रुपमा दुई ध्रुवमा ध्रुब्रिकृत हुँदै गईरहेको छ । एकातिर नेकपा(एमाले) छ, जसले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्छ, जसले राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति र जनताको सर्वोच्चताको प्रतिनिधीत्व गर्छ र जसको मुल ध्येय बिकास निर्माणलाई तीब्र रुपमा अगाडि बढाउनु, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नु एवं समाजवादका आधार निर्माण गर्नु रहेको छ ।
अर्कातिर छ नेपाली काग्रेसले नेतृत्व गरेको दक्षिणपन्थी गठबन्धन, जो राष्ट्रिय हित प्रति होइन, विदेशीहरुका लागि कम्फर्टेबल बन्न बचनबद्ध छ, जो राजनीतिक अस्थिरता, अराजकता र अदालतसँगको सेटिङमा विश्वास गर्छ, राज्यका महत्वपूर्ण संस्थाहरु माथि प्रहार गर्छ र जसको एकमात्र ध्येय आफ्नो, आफ्नो गुट र आफ्नो परिवारको स्वार्थपूर्ति गर्नु हो, नेकपा(एमाले)लाई कमजोर पार्नु हो । आज देशको समग्र राजनीति यिनै दुई बिचार, शक्ति र कार्यदिशाका वरिपरि केन्द्रित छ ।
राष्ट्रियताको रक्षा, लोकतन्त्रको स्थापना र सामाजिक आर्थिक रुपान्तरणको लागि हाम्रो पार्टीले गएका पौने शताब्दीमा गरेका बलिदानी सङ्घर्ष र खेलेको अग्रणी भूमिका यहाँहरु समक्ष स्पष्ट छ । हामी यतिबेला समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने नयाँ अभियानमा छौं । यस अभियानमा सफलताका लागि सदा झैं तपाईहरुको पूर्ण साथ र समर्थन रहने कुरामा हामी पूर्णरुपले विस्वस्त छौं । यस अवसरको अधिकतम सदुपयोग गर्दै नेकपा(एमाले)का सुर्य ध्वजाबाहक उम्मेदवारहरुलाई विजयी बनाउन हामी हार्दिक आह्वान र अपिल गर्न चाहान्छु ।
सिन्धुली, १२ बैशाख । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा(माओवादी)बाट निर्वाचित मरिण गाउँपालिकाका उपाध्यक्ष संगिता माझीले नेकपा(एमाले)बाट पुन गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उपाध्यक्ष माझीले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पुन उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट मनोनय गर्दा गर्नुभएको हो ।
सोमबार निर्वाचन अधिकृतको कार्यालय मरिणमा पुगेर उहाँले उमेदवारी दर्ता गराउनुभएको छ । नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला कमिटी सदस्य समेत रहनुभएको माझीले पार्टीको निर्णय असन्तुष्टि भएकाले पार्टीको कुनै पनि पदमा नरहने गरि राजिनामा दिएको बताउनुभयो ।
माओवादी पार्टीको विधान साथै कानुन तल्लो स्तरको नेता तथा कार्यकतालाई मात्र लागु भएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो । साथै गठबन्धन दलले महिलालाई बहिष्कार गरेको उहाँको भनाइ छ । महिलाको आवाज उठाउनका आफुले पुन उपाध्यक्षमा उमेदवारी दर्ता गराएको बताउनुभयो ।
सिन्धुली ११ बैशाख । नेपाल कम्युष्टि पार्टी(एमाले) सिन्धुलीले स्थानीय तह निर्वाचनका लागि नगरपालिका/ गाउँपालिका तथा वडाहरूमा आफ्नाे उमेदवारहरू तय गरेकाे छ । भाेलि साेमबार जिल्लाका ९ वटै स्थानीय तहमा उमेदवारी दर्ताकाे कार्यक्रम रहेकाे उक्त पार्टीले जनाएकाे छ ।
सिन्धुली, ११ बैशाख । स्थानीय तह निर्वाचन २०७९ का लागी नेकपा(एमाले) सिन्धुली मरिण गाउँपालिकाकाले आज उत्सापुर्वक रुपमा उमेदवारी दर्ता गरेको छ ।
मरिण गाउँपालिकाको केन्द्र कपिलाकोटमा रहेको निर्वाचन कार्यालयमा बाजागाजा सहित हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थितीमा नेकपा(एमाले)ले गाउँपालिकाको अध्यक्षमा उमेदवारी दर्ता गरेको हो ।
उक्त उमेदवारी दर्ता कार्यक्रम पछि सम्पनन् कोणसभालाई नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश कुमार पहाडी, केन्द्रिय सदस्य मनोजजंग थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
अध्यक्षको उमेदवारी आज दर्ता गरेको छ भने उपाध्यक्ष सहित अन्य वडाहरुको उमेदवारी दर्ता सोमबार हुने जनाइएको छ । नेकपा(एमाले)ले सर्वसम्बत रुपमा पुराना स्थापित नेता गोबिन्दलाल माझीलाई अध्यक्षको उमेदवार बनाए पछि मरिण गाउँपालिकामा नेकपा(एमाले)को चुनाबि माहोल बढ्दै गएको छ ।
गठबन्धन दलहरु भने आन्तरिक किचलोमा परेका छन । नेकपा(माओवादी)केन्द्रका नेताहरुले सामुहिक बिद्रोह गरेका छन भने बिद्रोहको क्रम दिनानुदिन बढ्दै गएको छ ।
सिन्धुली, ११ वैशाख । नेपाली काग्रेस सुनकोशी गाउँपालिका–७ का वडा सभापति नेपाली काग्रेसका पुराना नेता उत्तर कुमार लामाले आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन ।
नेपाली काग्रेसले गठबन्धनको नाममा नेपाली काग्रेसको जित सुनिश्चित भएको गाउँपालिका तथा वडाहरु माओवादी केन्द्रलाई बुझाएको भन्दै उनले स्वतन्त्र रुपमा आफु उमेदवार बनेको बताए ।
यस अघि सुनकोशी गाउँपालिकामा कुनै पनि प्रकारको गठबन्धन नगर्ने निर्णय गर्दै ७ वटै वडाका सभापतिहरुले पार्टी कार्यालयमा ज्ञापन पत्र तथा प्रेस बिज्ञप्ती जारी गरेका थिए । तर पार्टीले उक्त मागको वेवास्ता गर्दै गठबन्धन गरेको भन्दै पुन वडा सभापति तथा गाउँपालिका कमिटीको भेलाले गठबन्धनले दिएको टिकट कुनैपनि हालतमा नलिने, टिकट च्यात्ने तथा कसैले टिकट लिएमा कालोमसो दल्ने निर्णय गरेको भएपनि उक्त निर्णयलाई बेवास्ता गर्दै नेतृत्वले दुइजिब्रे कुरा गर्दै टिकट लिएको कारण आफु सबै साथीहरुको प्रतिनिधीत्व गर्दै स्वतन्त्र उमेदवारी लिएको लामाले बताए ।
उनले नेपाली काग्रेसलाई मायाँ गर्ने कार्यकर्ता र जनताको काग्रेसलाई नै भोट हाल्ने चाहाना पुरा गर्न आफुले स्वतन्त्र रुपमा चुनाब लड्ने निर्णय लिएको र कुनै पनि हालतमा आफ्नो उमेदवारी फिर्ता नहुने समेत बताए । पार्टीले कार्वाही गर्ला नी भन्ने प्रश्नमा लामाले आफुलाई पार्टीको कार्वाहीको कुनै डर नभएको स्वतन्त्र भएर चुनाबी मैदानमा उत्रने बताए ।
गठबन्धन दलहरु बीच भएको चुनाबी तालमेलमा सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र नेपाली काग्रेसले गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिने निर्णय भएको छ ।
आज उमेदवारी दर्ताको पहिलो दिन सुनकोशी गाउँपालिकामा गठबन्धन दल र नेकपा(एमाले) तथा अन्य दलहरुले उमेदवारी दर्ता गरेका छैनन् भने उन्नत लोकतान्त्र पार्टीबाट गाउँपालिकाको अध्यक्ष पदका लागी सुनकोशी–२ स्थायी ठेगाना भएका बाल कुमार वुर्जाले र वडा नं.३ का रामचन्द्र अधिकारीले वडा अध्यक्ष पदको लागी स्वतन्त्र उमेदवारको रुपमा उमेदवारी दर्ता गराएका छन ।










.jpg)
















