सिन्धुली– डिभिजन बन कार्यालय सिन्धुलीले डढेलो नियन्त्रणका लागी फिक्कल गाउँपालिका–४ मा रहेको प्रहरी चौकी खाङसाङ्गलाई सामाग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिका अध्यक्ष पार्वती सुनुवार, उपाध्यक्ष राजु बराल तथा डिभिजन बन कार्यालय सिन्धुलीको अधिकृत बन्दना बस्नेतको उपस्थितीमा सोमबार सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाको तर्फबाट धन्यवाद ब्यक्त गर्दै डढेलो नियन्त्रणका लागी बन कार्यालयको कर्मचारी, स्थानीय तह, सुरक्षा निकाय, सामुदायीक बन उपभोक्ता समुह साथै आम नागरिकहरुको समन्यव र सहकायृ आवश्यक रहेको बताउनुभयो ।
बन डढेलो भयाबह बन्दै गईरहेकोले सुरक्षा संयन्त्रलाई श्रोतसाधन सम्पनन् गराउने उदेश्यका साथ डिभिजन बन कार्यालय सिन्धुलीले डढेलो नियन्त्रणका सामाग्री प्रदान गर्दै आईरहेको र डढेलो नियन्त्रणका लागी डिभिजन बन कार्यालय सिन्धुलीले सबै संयन्त्रसँग समन्यव गरेर काम गरिरहेको डिभिजन बन कार्यालय सिन्धुलीका बन अधिकृत बन्दना बस्नेतले बताउनुभयो ।
सिन्धुलीमा बर्षेनी बन डढेलोको समस्याले सताउने गरेको छ । जिल्लामा हिउँदो याममा हुने आगलागीका कारण मानवीय क्षति तथा भौतिक सम्पति र पशु चौपायाँको नष्ट हुने गरेको छ । सामुदायीक बन उपभोक्ता समितिहरुको गतिविधी प्रभावकारी हुन नसक्दा बर्षेनी सामुदायीक बनमा आगलागी हुने गरेको स्थानीय नागरिकहरुको गुनासो छ ।
कानुनी कार्वाहीको अवस्था कमजोर हुँदा र सामाजिक चेतनामा कमी हुँदा बनमा आगलागी गर्ने प्रवृत्ति बर्षेनी बढ्दै गएको नागरिक निगरानी सञ्जाल सिन्धुलीका अध्यक्ष बेदराज दाहालले बताउनुभयो ।
डढेलो सुरु भएपछि मात्रै सचेत हुने परम्परागत शैलीका कारण हरेक वर्ष आगलागीबाट धेरै धनजनको क्षति हुने गरेको छ । अनौपचारिक तथ्यांक अनुसार हरेक वर्ष डढेलोबाट १५ लाखदेखि २० लाख हेक्टरसम्म वनमा क्षति पुग्ने गरेको छ । मानवीय क्षति पनि उत्तिकै भइरहेको छ । कतिपय घटनामा सीधा मानवीय क्षति नपुगे पनि पर्यावरणमा गम्भीर क्षति पुग्ने गरेको छ । वन्यजन्तु र रूख बिरुवामा परेको क्षति गणना गरिसाध्य छैन । वर्षौंदेखि हुर्काइएका वन, बहुमूल्य जैविक विविधता र सम्पदा पनि नासिएका छन् । कतिपय डढेलोले मानव बस्तीलाई पूरै उजाड बनाएको छ । जानेर वा नजानेर भए पनि यी सबै घटनामा मानव नै दोषी छन् । आफूलाई आपत नपर्दासम्म नचेतिने मानवीय स्वभावले यस्ता घटना भएका छन् । त्यसैले यसको न्यूनीकरणमा पनि सबै पक्ष जागरुक हुनुपर्छ ।
सिन्धुली– आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार सबैजसो प्रदेश र स्थानीय तहको नतिजा औसत देखिएको छ ।
स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विना शर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेबारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पाएको छ । यस्तो सिफारिस गर्दा आयोगले सुत्र बनाउँछ । जसमध्ये एक मापक कार्य सम्पादन मूल्यांकन हो ।
आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा सिन्धुलीका स्थानीय तहको कार्यसम्पादन औसत देखिएको छ । ९ स्थानीय तहहरु मध्ये दुधौली पहिलो भएको छ भने गोलन्जोर गाउँपालिका अन्तिम भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार दुधौलीले ४७.४५ अंक प्राप्त गरी जिल्लाका स्थानीय तहहरु मध्येमा पहिलो बनेको हो । मरिण गाउँपालिकाले ३८.६८ अंक प्राप्त गरी तेस्रो हुँदा दोस्रो स्थानमा रहेको फिक्कल गाउँपालिकाले ३९.४८ अंक पाएको छ ।
यस्तै ३३.९८ अंक प्राप्त गरी हरिहरगढी गाउँपालिका चौथो, कमलामाई नगरपालिका ३१.७७ अंकका साथ पाँचौं स्थानमा रहेको छ । यसैगरी सुनकोशी गाउँपालिकाको २७.९ अंक, घ्याङलेख गाउँपालिका २४.३०, तीनपाटन गाउँपालिका २३.३४ र गोलन्जोर गाउँपालिकाले २२.९६ अंक पाएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।
स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा ऐनले तोकेको दिन १० असारभित्र बजेट ल्याए÷नल्याएको बारे हेरिएको छ । जसमा धेरैजसो स्थानीय तह तोकिएको दिन बजेट ल्याएको अवस्था देखिएको छ । बजेट ३० असार भित्र पास गर्नुपर्छ । यसमा पनि धेरैजसो स्थानीय तह सफल देखिएका छन् । स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शूल्क, मनोरन्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिनु पर्छ । यस्तो तथ्यांक भने स्थानीय तहले उपलब्ध गराएका छैनन् ।
स्थानीय तहले आगामी आवको आय÷व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए नपठाएकोलाई समेत सूचकमा राखिएको छ । यस सूचकमा समेत सबैजसो स्थानीय सरकार असफल भएका छन् । स्थानीय तहले समेत बजेटको वार्षिक समिक्षा कात्तिक मसान्त भित्र सार्वजनिक गर्नुपर्छ । यसमा पनि धेरैजसो स्थानीय तह असफल भएका छन् ।
अधिकांश स्थानीय तहले आव २०७७/७८ का लागि आन्तरिक राजस्व संकलनको प्रक्षेपित लक्ष्य, यस आवको आन्तरिक राजस्व संकलनको विवरण समेत धेरैजसो स्थानीय तहले पठाएनन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)को प्रयोग स्थानीय तहले गरे/नगरेकोलाई समेत सूचकमा समेटिएको छ । जसमा धेरैजसो स्थानीय तहले प्रयोग गरेको पाइएको छ ।
स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्र स्थानीय स्तरको विकासका लागि आवधिक योजना तर्जुमा गरे÷नगरेको हेर्दा मिश्रित नतिजा आएको छ । स्थानीय तहमा विद्यालय भर्ना भएका बालबालिकाको संख्या, सामुदायिक विद्यालयबाट एसईईमा ल्याएको ग्रेडिङ, गर्भ जाँच, प्रसूति संख्या, बालबालिकाको संख्या, पूर्ण खोप पाएका बालबालिकाको संख्यालाई समेत सूचकमा राखिएको छ । यी सूचकहरुमा गरिएको मूल्यांकनका आधारमा स्थानीय तहको प्राप्तांक समेत औसत देखिएको छ । सिन्धुलीका स्थानीय तहको प्राप्तांक २२ प्रतिशतबाट माथि ४८ प्रतिशतको बीचमा रहेको छ । कुनै स्थानीय तहले ५० प्रतिशत सम्म प्राप्त गर्न सकेका छैनन् ।
सिन्धुली– हेफर इन्टरनेशनल नेपालले सञ्चालन गरेको कृषि तथा पशु उद्यमशिलता परियोजना प्रभावकारी देखिएको छ ।
सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत कृषि तथा पशु उद्यमशिलता परियोजना प्रभावकारी देखिएको हो । स्थानीय तहसँगको सहकार्यमा अन्तरराष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल नेपाललेसँगको सहकार्यमा मानव तथा राष्ट्रिय बिकास समाज(हेड्स) नेपालले सञ्चालन गरेको सो परियोजना सफल भएको स्थानीय तहका जनप्रतिनिधीको बताएका हुन् ।
स्थानीय सरकार र हेफर नेपाल बीच परियोजना सम्झौता भई कार्यान्वयन भईरहेको साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम आर्थिक समृद्धि र सशक्तीकरणका लागि परियोजना फलदायी रहेको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो ।
कृषकहरुका लागी कृषि, पशुपालन तथा आर्थिक सशक्तीकरणका लागि हेफरको कार्यक्रमले ठुलो मद्धत पुगेको गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानले बताउनुभयो । महिला तथा युवाको आर्थिक शसक्तीकरणका लागि हेफर नेपालले खेलेको भूमिका प्रशंसनीय भएको उहाँले बताउनुभयो । मोक्तानले स्थानीय सरकारसँग साधन र स्रोतको पर्याप्त आधार नभएकाले हेफर सँगको सहकार्य फाइदाजनक भएको बताउनुभयो ।
कृषि, पशुपालनमार्फत आर्थिक विकास, समुन्नत जिविको पार्जनमा संस्थाले उल्लेखनीय काम गरेको स्थानीय जनप्रतिनिधीहरुको भनाई रहेको छ ।
स्थानीय सरकारसँगको सहयोगमा संस्थाले आफ्नो घर–घरमै आएर पशुहरुको उपचार सेवा प्रदान गरेकामा मरिण गाउँपालिका–६ कि कृषक हिरामायाँ घलानले खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई प्राविधिक सहयोग र बजारीकरणका लागी सरकारले प्रोत्साहन गरेको छ, हामी खुसी छौं ।”
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आज बिहिबार एक सुचना जारी गर्दै माघ २५ गते बसेको गाउँ कार्यापालिकाको बैठकले २६ गते शुक्रबार र २८ गते आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सिन्धुली– जिल्लाको कमलामाई नगरपालिका ५ नं. वडा कार्यालयले आफ्ना वडाका लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरेको छ ।
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा कमलामाई नगरपालिकाले बैंकको चाप, भूगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी नगरको वडाहरूबाटै भत्ता हस्तान्तरण गरिएको हो । भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफू खुसी भएको सेवाग्राहीले बताएका छन् ।
कमलामाई नगरपालिका वडा नं.–५ की ८० वर्षीया मैया कुमारी विश्वकर्माले आफ्नै वडामा सामाजिक भत्ता बुझ्नुभयो । स्थानीय सरकारले आफ्नै वडा कार्यालयमा बोलाएर सामाजिक भत्ता दिएपछि खुसी हुँदै ज्येष्ठ नागरिक बिकले भन्नुभयो, हिँड्न सकिँदैन अरूको सहायताले बैंक जान्थे, दिनभरि कुर्नुपर्ने, शरीर गलेर कस्तो दुःख दिएको सरकारले जस्तो लाथ्यो आज साह्रै खुसी लागेको छ ।
त्यस्तै, कमलामाई–५ कै जित बहादुर खड्काले समेत वडामा आएर सामाजिक भत्ता वितरण गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । अरूको सहायतमा स्थानीय बजारमा पुगेर सामाजिक भत्ता बुझ्न जाँदा कमजोर वृद्ध शरीरले पाएको दुःखको तीतो अनुभव सुनाउँदै खड्काले भन्नुभयो, ‘बल्ल सरकारले हामी ज्येष्ठ नागरिकलाई सम्झिएछ, खुसी लागेको छ ।’
राष्ट्रिय बाणिज्य बैंक सिन्धुली शाखाको समन्वयमा वडा कार्यालय बाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको हो ।
वडा अध्यक्ष पूर्ण बहादुर खड्का लगायत जनप्रतिनिधी र कार्यालयका कर्मचारीहरुको उपस्थितीमा सनिबार कार्यालयमा उपस्थित सबै ज्येष्ठ नागरिक, अशक्त, अपांगहरूलाई सामाजिक भक्ता वितरण गरिएको हो । यसरी वडाबाटै सामाजिक भत्ता वितरण गर्न पाउँदा आफूलाई साह्रै खुसी लागेको बताउनुहुँदैै अध्यक्ष खड्काले भन्नुभयो, ‘अब बैंकमा पुगेर निकै दुःख पाएर सामाजिक सुरक्षा भत्ता बुझ्नुपर्ने दिनको अत्य भयो ।’ कमलामाई नगरपालिका वडा नं.५ मा मात्र ५९८ जना लाभग्राहीहरु रहेका छन । सनिबार १ सय ८३ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ताको रकम बुझेको वडा सचिब उज्जल विक्रम थापाले बताउनुभयो ।
सिन्धुली(सुनकोशी)– जिल्लाको सुनकोशी गाउँपालिका– ३ को गणेशस्थान मन्दिर नजिकै फाँटमा साके सम्वत् १७११ अर्थात् सम्वत् १८४६ मा निर्माण गरिएको धर्मशाला पौवाको शिलालेख भेटिएको छ ।
सुनकोशी गाउँपालिका–३ रातमाटा बजारका व्यवसायी तथा समाजसेवी विश्वनाथ सूर्यवंशीले मङ्गलबार बिहान सो शिलालेख पर्खालमा राखिएको अवस्थामा फेला पार्नुभएको हो ।
पुर्व पश्चिम हिँड्ने मूलबाटोबाट गणेशस्थान मन्दिर तर्फ जाने बाटोको मुखैमा कुनै समय धर्मशाला थियो । झिँगटीको छाना र ईटको तिन तर्फ पर्खाल भएको सो धर्मशाला अहिले अस्तित्वमा छैन ।
स्थानीय सम्पदाप्रेमी विश्वनाथ सूर्यवंशीका अनुसार सो धर्मशाला भत्कन थालेपछि पञ्चायत भवन बनाउन भनी झाँगाझोली खहरेमा काठपात लगिएको थियो । पछिसम्म उक्त स्थानमा खालि रहेको भएपनि अहिले अतिक्रमण गरि घर निर्माण गरिएको छ ।
घरधनीको करेसामा सिमेन्टका ब्लकसँग राखिएको अवस्थामा सो शीलालेख प्राप्त भएको हो । सो धर्मशालाको खोजी र संरक्षणमा स्थानीय सम्पदाप्रेमी, वडा र गाउँपालिकाको साथै पुरातत्व विभागको समेत ध्यान जान जरुरी रहेको र त्यस सम्बन्धमा थप खोजी कार्य भईरहेको पत्रकार दिपक श्रेष्ठले बताउनुभयो ।
सिन्धुली– जिल्लाको फिक्कल गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । फिक्कल गाउँपालिकाका वडा विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो ।
गाउँपालिकाको केन्द्र खाङसाङ पुगेर वृद्घभत्ता बुझ्दै आएका फिक्कल गाउँपालिका –२ का ६५ बर्षीय चर्तुमान रम्तेलले यस आर्थिक बर्षको अन्तिम चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्तावडाबाट दिन्छौँ भन्थे,त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम सुरु गरेकोमा निकै खुशी लागेको छ ।’
त्यस्तैगरी, फिक्कल गाउँपालिका–२ की ७५ बर्षीया जानुका पहाडी पनि वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुहुन्छ । ‘भत्ता बुझ्नका लागि ६ घण्टा हिँडेर खाङसाङ जानुपथ्र्यो, बुढेसकालको शरीर आउन जानै समस्या’, उहाँले भन्नुभयो्, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठुलो राहत मिलेको छ ।
प्राईम कर्मशियल बैंक फिक्कल शाखाको सहकार्यमा फिक्कल गाउँपालिका वडा नम्बर–१ का २ सय २६, वडा नं.३ का १ सय ९४ वडा नं.२ का १ सय ८२ वृद्धवृद्धाहरुलाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । नगरपालिका र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरुको खाता समेत खोलिएको फिक्कल गाउँपालिकाका पन्जीकरण शाखा सहायक फडिन्द्र पहाडीले बताउनुभयो ।
भौगोलिक रुपमा टाढा रहेकाले वृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताउनुभयो । साथै यो अभियान सबै वडाहरुमा निरन्तर जारी रहने गाउँपालिकाले जनाएको छ ।
यस अघि खाङसाङ पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन् । भत्ता बुझ्नकै लागि एक दिनको दुरीमा रहेको बैंक सम्मको कष्टकर यात्रा गर्न नपरेको भन्दै लाभग्राहीहरुले खुसी व्यक्त गरे ।
सिन्धुली, २३ असार । हाम्रा गाउँ बस्तीमा रहेका प्राचीन सम्पदाहरू हाम्रा ईतिहास हुन । ती सम्पदाहरूकाे संरक्षण र बिकास गर्नु हामी सबैकाे दायीत्व हाे ।
सिन्धुलीकाे सुनकाेशी गाउँपालिका-१ नेपालथाेक स्थित बिपि राजमार्गकाे छेउमै रहेकाे प्राचीन धर्मशालाकाे पुननिर्माण तथा संरक्षणमा भने स्थानीय सरकारकाे ध्यान जान सकेकाे छैन ।
परापुर्वकालमा निर्मित उक्त धर्मशाला भग्नावशेष अवस्थामा रहेपनि पुननिर्माणमा कसैले चासाे नदेखाएकाे स्थानीयहरूकाे गुनासाे छ । प्राचीन शैलीमा निर्माण गरिएकाे उक्त धर्मशालामा विपि राजमार्ग नहुँदा पुर्वबाट काठमाण्डाै आवतजावत गर्ने बटुवाहरूले आराम तथा बास बस्ने स्थलकाे रूपमा प्रयाेग गर्ने गरेकाे ईतिहास पाईन्छ ।
सिन्धुलीकाे घ्याङलेक गाउँपालिका-१ सिम्लेखाेला, भिमसेनटार ।
बर्षायाममा वारिपारि गर्न समस्या भएपछि स्थनीयहरू आफै जाेखिमपुर्ण काठेपुल निर्माण गर्दैछन । खाेलापारि ७ घरधुरी भन्दा माथि रहेकाे छ । पटक-पटक झाेलुङ्गे पुल निर्माणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग आग्रह गर्दा पनि हाल सम्म पुल निर्माण हुन नसकेकाे स्थानीय कर्ण बहादुर वाईवा बताउछन ।
सिन्धुली, ३ बैशाख । पक्की पुल निर्माणको लागी खोलामा खनेको खाल्डोमा पानी जमेर बनेको दहमा डुबेर सनिबार एक बालकको मृत्यु भएको छ ।
सिन्धुलीको कनपा -४ ढुङ्ग्रेबासबाट धुराबजार जोड्ने पक्की पुल निर्माण स्थलमा पुल निर्माणको लागी बनेको खोलाको दहमा डुबेर फिक्कल गाउँपालिका १ का बर्ष १२ का सृयास भुजेलको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक भुजेल सदरमुकाम स्थित जनता आबासिय मा.बि रातमाटामा कक्षा ४ मा अध्यनरत क्षात्र हुन । शनिबार साथिहरु संग खोलामा पौडी खेल्ने क्रममा खोलाको गहिरो दहमा डुबेर उनको मृत्यु भएको हो ।
फिक्कल १ महादेबडाडा स्थित प्रकाश भुजेल र श्रीमती मन्जु भुजेलको मृतक बालक कान्छो छोरा हुन । साथिहरु संग पौडी खेल्ने क्रममा बालक डुबेको उनिसंगै रहेका साथिहरुले खबर गरेपछी बालकको उक्त दहमा खोजी गरिएको थियो ।
गहिरो दहमा धेरै बेर खोजी कार्य भएपछी बालकलाइ मृत अबस्थामा स्थानियले फेला पारी बाहिर निकालेका हुन । निर्माण स्थलमा तारजाली घेराबेरा नलाएका कारण निर्माण कम्पनीको लापरबाहीमा बालकको ज्यान गएको मृतकका परिवारको आरोप छ ।
सिन्धुली, ७ मंसीर । नेपाल दलित मुक्ति अभियानकाे मङ्गलबार सिन्धुलीमाढीमा जिल्ला भेला सम्पनन् भएकाे छ ।
भेलाले तारादेवी विश्वकर्माकाे अध्यक्षतामा अर्जुन सुन्दास र बिनोद कुमार दियाली उपाध्यक्ष, हेमलाल विक सचिब र सुर्य बहादुर बिक काेषाध्यक्ष रहेको ५७ सदस्यीय जिल्ला कार्यसमितिको निर्माण गरेको छ ।
जिल्ला भेलालाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल दलित मुक्ति अभियानका केन्द्रिय अध्यक्ष सुनिल लोहोनीले नेपालमा जातीय उत्पीडन अझै पनि कायमै रहेकाले दलित समुदाय एकताबद्व रहेर संघर्ष गर्नुकाे बिकल्प नरहेकाे बताए । दलित समुदायहरू सत्ताकाे भर्याङ्ग नबनी सचेत बनेर समुदायकाे मुक्तिकाे लागि लाग्न आबश्यक रहेकाेमा जाेड दिए ।
अध्यक्ष लाेहनीले दलित समुदायको एकता बिना समाजमा दलितको समस्या समाधान नहुने भन्दै संगठित हुने र संघर्ष गर्ने अभियानमा सवैलाई साथ दिन र सशक्त बन्न आग्रह समेत गरे ।
तारादेवी विश्वकर्माको अध्यक्षतामा सम्पनन् जिल्ला भेलालाई नेपाल दलित मुक्ति अभियानका बरिष्ठ उपाध्यक्ष टेक बहादुर ल्वागुन, दलित सेवा संघ सिन्धुलीका अध्यक्ष राजन गाउँले लगायतले आफ्ना धारणा राखेका थिए ।
दलित मुक्ति अभयान नेपालले राजनैतिक दलका भातृ संस्था भन्दा माथि उठेर देशब्यापी रूपमा दलित समुदायलाई संगठित गर्ने र दलित अधिकारका पक्षमा जागरण पैदा गर्ने काम गरिरहेकाे जनाएकाे छ ।
सिन्धुली, १६ कात्तिक । कृषिमा आत्मनिर्भर हुन तथा निर्यात याेग्य कृषि उपजहरूकाे उत्पादकत्व बृद्वि गर्न प्रत्येक निर्वाचन क्षेत्रमा नमुना कृषि फार्म स्थापना र सञ्चालन गर्ने बागमति प्रदेश सरकारकाे नीति सिन्धुलीका कुनैपनि निर्वाचन क्षेत्रमा कार्यान्वयन हुन सकेन ।
बागमति प्रदेश सरकारले भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत कृषि बिकास निर्देशनालय मार्फत कार्यक्रम कार्यान्वयनका लागी आर्थिक बर्ष २०७६/०७७ देखी प्रत्येक निर्वाचन क्षेत्रमा नमुना कृषि फार्म स्थापना तथा सञ्चालनका लागि कृषि सहकारी तथा कषक समूहले पाउने गरि १५/१५ लाख अनुदानकाे ब्यवस्था गरेपनि जिल्लाका कृषकहरूले जानकारी नै पाउन सकेन्न ।
जिल्लाकाे एक निर्वाचन क्षेत्र फिक्कल गाउँपालिका-५ मा सञ्चालित चाल्नेखाेला ब्यवसायीक कृषि फार्मले अनुदानका लागि आवेदन दिएर केही अनुदान प्राप्त गरेपनि काम नै गर्न नसक्दा १५ लाख अनुदान रकममा ४३ हजार ३२० मात्र भुक्तानी लिएका छन ।
जिल्लाका कृषि सहकारी तथा कृषकहरूले पाउने २ बर्षकाे १ कराेड अनुदान रकम फ्रिज हुनुमा सम्बन्धीत निर्वाचन क्षेत्रका जनप्रतिनिधी र कार्यान्वयन गर्ने कार्यालयकाे गम्भीर कमजाेरी देखिएकाे छ ।
कृषिलाई मुख्य पेशा बनाएर व्यवासायीकरण र औद्योगिकीकरणमा आउन चाहने युवा तथा व्यवसायीहरु समेत अनुदान नपाउँदा निरुत्साहित र पलायन भएको अवस्था छ।
प्रदेश सरकारकाे अनुदान सम्बन्धी नीति कार्यक्रम र बजेट ताली पड्काएर पास गरेका सांसदहरूले आफ्नाे निर्वाचन क्षेत्रका कृषकहरूलाई किन उक्त कार्यक्रममा सहभागी गराउन सकेन्न ?
कार्यक्रम कार्यान्वयन गर्ने निकाय कृषि निर्देशनालयले जिल्ला तहमा कृषि ज्ञान केन्द्र, स्थानीय तह लगायतका निकायसँग समन्यवकारी भुमिका निर्वाह गरि कार्यक्रमकाे प्रभावकारी कार्यान्वयन किन गर्न सकेन ?
यी प्रश्ननहरूकाे विभिन्न बाहाना सहितका जवाफहरू त पाउन सकिएला तर कृषकहरूले पाउने अनुदान फ्रिज भइसकेकाे छ ।
पुर्वमन्त्री हरिबाेल गजुरेलले बागमति प्रदेश सरकारबाट माेटाे रकम अनुदान लिने तर जिल्लाका सामान्य कृषकहरूका लागि बिनियाेजित लाखाै अनुदान रकमकाे बारेमा कृषक अनभिज्ञ हुने अवस्थालाई सामान्य ढंगले बुझ्न नहुने कृषकहरू बताउछन ।
सिन्धुली, १३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(एमाले)काे मिति २०७८/०७/०९ गते अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएकाे स्थानीय तह गाउँपालिका तथा नगरपालिकाकाे प्रथम अधिवेशन नेकपा(एमाले) सिन्धुलीले सबै स्थानीय तहमा सर्वसम्बत नेतृत्व चयन गर्दै सम्पन्न भएकाे छ ।
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गराैं, जबजकाे मार्गदर्शनमा समाजवादकाे आधार निर्माण गराैं भन्ने मुल नाराका साथ ७५३ स्थानीय तहमा एकैसाथ उदघाटन गरिएकाे अधिवेशनले पार्टी बिधान अनुसार ७५ सदस्यीय नगर तथा गाउँपालिका कमिटी निर्माण गरेकाे छ ।
हेर्नुस नाै स्थानीय तह हाक्ने नयाँ नेतृत्व ।
##सुनकाेशी गाउँपालिका #
अध्यक्ष: राेमनराज गिरी(अशाेक)
उपाध्यक्ष: ज्ञानध्वज लामा
सचिब: गाेबिन्द रायमाझी(राजन)
उप सचिब: हेमा अधिकारी
उप-सचिब: शालिकराम थापा
## मरिण गाउँपालिका##
अध्यक्ष: श्रीलाल माझी
उपाध्यक्ष: लिला प्रसाद पन्त
सचिब: कार्तिक थाङ्वल
उप सचिब: ताराध्वज बल
उप-सचिब: इमल माझी
## फिक्कल गाउँपालिका##
अध्यक्ष: रामप्रसाद भण्डारी
उपाध्यक्ष: बैकुण्ठलाल पहाडी
सचिब: जयप्रसाद न्यौपाने
उप सचिब: बिष्णुकुमारी घिमिरे
उप-सचिब: बिष्णु पहाडी
## गाेलन्जाेर गाउँपालिका##
अध्यक्ष: रेगन राज थापा
उपाध्यक्ष: चन्द्र खुलाल मगर
सचिब: निर्मल कुमार रम्तेल
उप सचिब: कुन्जर मणि बराल
उप-सचिब: माधब बराल (मातृका )
## हरिहरपुरगढी गाउँपालिका##
अध्यक्ष: मान बहादुर वाइवा
उपाध्यक्ष: विजय राई
सचिब: सत्यमान मोक्तान
उप सचिब: चमारसिङ घलान
उप-सचिब : फुलीमायाँ अस्थानीमगर
##घ्याङलेक गाउँपालिका##
अध्यक्ष: चतुर्मान वाइवा
उपाध्यक्ष: कृष्ण थिङ
सचिब: छवि पाख्रीन
उप सचिब: गंगा वाइवा
उप-सचिब:मितल सुनुवार
## तिनपाटन गाउँपालिका##
अध्यक्ष -: क. छत्र बहादुर दाहाल
उपाध्यक्ष -: क. कोमल बहादुर खपाङ्गी
सचीव -: क. पदममायाँ तामाङ
उपसचिव -: क. बरुण घिमिरे
उपसचिव -: क. इन्द्र बहादुर थापा
## कमलामाई नगरपालिका ##
अध्यक्ष : महेन्द्र देव श्रेष्ठ
उपाध्यक्ष : देबराज पौडेल
सचिब : कृष्णहरि घिमिरे
उप सचिब: सीता सत्याल
उप-सचिब: सुन्दर घिसिङ
## दुधाैली नगरपालिका##
अध्यक्ष: क . लक्ष्मण कार्की
उपाध्यक्ष: क . सुकुमाया तामाङ
सचिब: क . सुमन चौधरी
उप सचिब: क . रमेश कार्की
उप-सचिब: क . बिमल बि क
![]() |
| फाइल फाेटाे |
सिन्धुली ५ असाेज । सिन्धुलीको दुधौली नगरपालिका-२ जलकिनी र तीनचम्के बाट आज भरुवा बन्दुक सहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डकाहाको प्रहरीले चार थान भरूवा बन्दुक सहित पक्राउ गरेको हो ।
जलकिनी घर भएका ५० बर्षिय नुरबहादुर बस्नेत, ५५ बर्षिय शिव बहादुर कार्की, ४३ बर्षिय चुडाबहादुर राउत, तीनचम्के निवासि ७२ बर्षिय जित बहादुर बरैमगर र ४० बर्षिय भुवनबहादुर रानामगरलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए ।
प्रहरीका अनुसार घर तथा गोठमा भरुवा बन्दुक रहेको भन्ने बिशेष सुचनाका आधारमा खोजी गर्दा बन्दुक फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सिन्धुली १८ साउन । झण्डै १५ बर्ष बैदेशिक राेजगारीकाे शिलशिलामा खाडि मुलुकमा पसिना बगाएर स्वदेश फर्किएका सिन्धुली कमलामाई नगरपालिका-१ डाडीगुरासेका हेम पुलामी र सुदिप पुलामी साथै नेपाली सेनाबाट अबकास प्राप्त सराेज पुलामी यतिबेला स्वदेशमै कृषि मार्फत आयआर्जन गर्ने उदेश्यले ब्रर्दश एग्राे फर्म सञ्चालन गरिरहेका छन । उनिहरूले आफ्नै गाउँ डाडिगुरासेमा उन्नत जातका बाख्रा तथा लाेकल कुखुरा पाल्न सुरू गरेका हुन ।
करिब १ कराेड लगानीमा बाेयर जातका बाख्रा १२० भन्दा माथि र लाेकल कुखुरा करिब ८ सय पाल्न सुरू गरिएकाे हेम पुलामी बताउछन ।
आफ्नै ३ बिगाहा जग्गामा फैलिएकाे उनिहरूकाे फर्म आधुनिक र ब्यवस्थित पनि छ । १ बर्ष अगाडि देखि सुरू गरिएकाे उनिहरूकाे कृर्षि फर्मले बार्षिक २० लाख आम्दानी गर्दै आएकाे फर्मका सञ्चालक पुलामीले बताए ।
पैसा कमाउन बिदेशिनु पर्ने अबस्था छैन स्वदेशमै कमाउन सकिन्छ भन्ने सन्देश पुलामी दाजुभाईहरूले दिइरहेका छन । हेम पुलामीले भने, अर्काकाे देशमा पसिना धेरै बगाईयाे तर अब आफ्दै देश र गाउँमा केही गरेर युवाहरूलाई गाउँमै ब्यवसाय गरेर पनि जीवन खुसी र सुखी बनाउन सकिन्छ भन्ने सिकाउछाैं ।,
आफ्नै लगानीमा कृर्षि फर्म सुरू गरेर उनिहरूलाई अहिले सम्म राज्यले अनुदान भने दिएकाे छैन । पुलामी भन्छन, कृषिमा अनुदान हामीजस्तालाई हाेईन रैछ, नेता र नेता वरिपरिका झाेलामा फर्म बाेक्नेहरूका लागि मात्र हाे ।,
राज्यले युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्राेत्साहन गर्नु पर्ने उनकाे भनाई छ ।
सिन्धुली ५ साउन । लगातारको वर्षाका कारण चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ ।
वडाध्यक्ष गोविन्द राउतका अनुसार चँदाहाखोलाको बाढीले निर्माणाधिन झोलुंगे पुलको एकातर्फको पहुँचमार्ग र पिल्लरहरु भत्काएको छ । पुल अड्याउन बनाएको खम्बाहरु बाढीले ढालेको र लठ्ठामा क्षति पुगेको राउतले बताए ।
चँदाहामा आएको बाढीले तीनपाटन फाँटको खेतसमेत कटान गरेको र सिक्रेको बस्तीसमेत जोखिममा परेको छ ।
सिन्धुली, २१ जेठ । सिन्धुलीकाे फिक्कल गाउँपालिकाले आगामी जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गरेकाे छ । काेराेना संक्रमणकाे दर बढ्दै गईरहेका कारण आज बसेकाे गाउँकार्यपालिकाकाे बैठकले जेठ २३ गते देखि जेठ ३१ गते राति १२ बजे सम्मका लागी निषेधाज्ञा थप गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्याै पानेले जानकारी दिए ।
सिन्धुली २१ जेठ । सिन्धुलीको मरिण गाउँपालिका-६ स्थित मरिणखोलामा एक युवककाे शव फेला परेको छ ।
शरिर भाँसिएको अवस्थामा एकजना युवकको शव आज फेला परेको जनाइएकाे छ । मरिण गाउँपालिका- ६ धमिले बजारका अन्दाजी १७/१८ वर्षको अम्बर वाईबाको शव फेला परेको वडा अध्यक्ष कुर्साङ् लामाले बताए । स्थानिय एक व्यक्तीले माछा मार्न जाल हान्दा वाईबाको शव देखेपछि उनले प्रहरी लगायत जनप्रतिनिधिलाई जानकारी दिएका थिए ।
मंगलबार देखि बेपत्ता भएका वाईबाको शव मरिण खोलामा भेटिएको हो । गत १८ गते बेलुकी माछामार्न भनी घरबाट निस्किएका वाईबा आज मृत अबस्थामा भेटिएका हुन । उनको साथमा माछा भएको फुर्लुङ र जाल पनि भेटिएको छ ।




























