Powered by Blogger.
लगातारको वर्षाको कारण जनजीवन प्रभावित


मध्यपहाडी लोकमार्ग अबरुद्ध 

राजन गाउँले
सिन्धुली, २७ भदौ । आइतबार देखि सुरु भएको भिषण वर्षाका कारण सिन्धुलीको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाका कारण मध्यपहाडी लोकमार्ग स्थित सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अबरुद्ध हुन पुगेको छ भने जिल्ला भित्रको दर्जनौ कच्ची सडकहरुमा यातयात पूर्ण रुपमा अबरुद्ध भएका छन् । 
मध्यपहाडी लोकमार्ग स्थित खुर्कोट घुर्मी खण्डको बासेश्वर गाविसको हैबार र खाङसाङ्गको कुइभिर भन्ने स्थानमा गएको पहिरोका कारण लोकमार्गमा चल्ने सयौं सवारी साधन बन्द भएको मध्यपहाडी क्षेत्रका स्थानीय गौरव कार्कीले जानकारी दिए । 
कार्कीका अनुसार पहिरोले सडक अबरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग हुँदै राजधानी आउने जाने हजारौं सवारी साधनहरु विचबाटोमै अलपत्र परेका छन् । ‘वर्षातका कारण आइतबार मध्यरातदेखी मध्यपहाडी लोकमार्गको खुर्कोटदेखी घुर्मीसम्मको सडक अबरुद्ध छ । त्यहाँ ठुला पहिरो खसेका कारण खुर्कोट र खाङखाङको कुइभीर नजीक सयौंका संख्यामा सवारी साधन रोकीका छन् ,’ कार्कीले भने । 
पहिरो हटाउने प्रयास गरीएपनि पानी पर्न नरोकीदा समस्या भएको उनको भनाई छ । पहिरोका कारण राजधानी काठमाण्डौं जाने आउने सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुसम्म आवतजावत गर्ने सवारी साधनहरु अलपत्र परेका छन् ।
पहिरो हटाइ अबरुद्ध सडक सञ्चालनका लागि पहल गरेपनि वर्षात नरोकीदाँ समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता निर्मल पनेरुले बताए । मध्यपहाडी लोकमार्गसंगै जिल्लाको मरिण, कमलोखोँज क्षेत्रमा पनि जोखीम बढेको पनेरुको भनाई छ । 
वर्षातका कारण मरिण र कमलानदीमा पानीको सतह बढ्दा नदीको कटानको त्रास बढेको उनले जनाए । उता लगातारको वर्षाको कारण भुकम्पबाट पिडित बनेका स्थानीयहरुको जनजीवन थप कष्ठपूर्ण बन्दै गएको पिडितहरुले जनाएका छन् । अस्थायी टहरोमा जीवन गुजारा चलाईरहेका पिडितहरु लगातारको वर्षाका कारण बाढी तथा पहिरोको आंतकमा समेत परेका हुन् ।
 जिल्लाका कतिपय बस्तीहरु सानुपर्ने भनिएपनि नसारीएका कारण त्यसक्षेत्रका स्थानीयहरु बस्तीनै पहिरोमा परिणत हुने होकी भन्ने त्रासमा छन् । भुकम्पले हल्लीएर चिराचिरा परेका बस्ती बग्न थालेको बताइएको छ । भुकम्पका कारण हल्लीएर चिराचिरा परेको बस्ती बग्न थालेपछि गाउँभरीनै त्रास फैलीएको डुडभञ्ज्याङ्ग गाविस–८ च्याकुटारका स्थानीय पिडित सोमप्रसाद बरालले बताए । उक्त बस्ती सुरक्षित स्थानमा सार्न भुकम्प पछि स्थलगत अनुगमनका क्रममा पुगेको विज्ञहरुको टोलीले यस अघिनै सुझाव दिई सकेको थियो । तर हालसम्म उक्त बस्ती सुरक्षित स्थानमा सार्न कुनै प्रक्रियाको थालनी नगर्दा पहिरो बग्न थालेपछि त्रास थपीएको बरालको भनाई छ । उनले भने, ‘दुइ दिन देखी लगातार वर्षात हुँदा गाउँमा पहिरो बग्न थालेको छ । पहिरोले एक दर्जनबढी घरहरु बग्ला भन्ने डर भएको छ । स्थानीयहरु पहिरोको त्रासका कारण घर छाडेर सुरक्षित स्थानमा जान थालेका छन् ।’ 
जिल्लाको महाभारत क्षेत्रका प्रायः भुकम्प प्रभावित गाविसका सर्वसाधरणहरु प्रभावित भएका छन् । अस्थायी टहरोमा बस्नेहरु पानीमा भिजेर बस्न बाध्य भएको जलकन्याका स्थायीय ऋषीराज सिग्देलले बताए । 
‘गाउँमा सिस्ने भिरमा पहिरो बग्न थालेकापछि त्यस तलका दर्जनौं घरमा बस्ने सर्वसाधरणमा त्रास फैलएिको छ, सिग्देलले भने, ‘अन्य क्षेत्रमा पनि भुकम्पले छियाछिया भएर फाटेको जमिन बग्न थालेको छ । अब अरु केही समयसम्म पानी यसरीनै निरन्तर रहीरहे यसले ठुलो क्षेती पुरयाउन सक्ने छ ।’
कमलानदीमा पानीको बाहव बढेका कारण सिर्थौली गाविस १ डकाहा स्थित दलित बस्ती डुवानमा पर्ने खतरा बढेको स्थानीय राधिका विश्वकर्माले बताईन् । त्यहाँ स्थानीय र प्रहरीले निगरानी बढाएको र डुवानको खतरामा रहेका दलितहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको बताइएको छ । यस्तै लगातारको वर्षाका कारण सुनकोसी नदीमा समेत पानीको बाहव बढेको छ । पानीका कारण सुनकोसी गढ्तीरका सर्वसाधारणमा त्रास छाएको छ ।



, ,

0 comments

Write Down Your Responses