Powered by Blogger.
ट्याक्टर दुर्घटनामा एक घाईते



सिन्धुली, २७ भदौ । सोमबार मध्यपहाडी लोकमार्ग स्थित भुवनेश्वरी गाविस–३ मा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छन ।
बासेश्वर गाविसबाट भुनवेश्वरी तर्फ आउँदै गरेको ना ३ त ३०३८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका चालक तथा धनि भुवनेश्वरी ३ का २५ बर्षिय महेन्द्र माझी घाइते भएका हुन । माझीको बायाँ खुट्टा भांचिनुका साथै शरीरको बिभिन्न भागहरमा चोट लागेको प्रहरीले जनाएको छ ।
ट्याक्टर अनियन्त्रित भई सडकबाट ५० फिट तल खसेको प्रहरीको भनाई छ । घटना पछि प्रहरीले उद्धार गरी घाइतेको खुर्कोट स्थित अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।


0 comments

Write Down Your Responses