Powered by Blogger.
काेराेना संक्रमित बन्दीलाई थप उपचारका लागि हेली मार्फत काठमाण्डाैं


सिन्धुली, १५ जेठ । सिन्धुली कारागार कार्यालयमा रहेका एक जना थुनुवालाई कोरोना सङक्रमणका कारण गम्भिर बनाएपछि शनिबार उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ पठाईएको छ । 

जेठ ४ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार गरिएको थुनुवा साहको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौ पठाएको उक्त कार्यालयले जनाएको छ ।

पुर्पक्षका लागि थुनामा राख्न करिब २० दिन अघि धनुषाबाट ल्याईएका बिराटनगर निवासी थुनुवा ६८ बर्षिय अर्जुन साहका परिवारने नीजि खर्चमा उपचार गर्न हेलिकोप्टरबाट काठमाण्डौ लगेका हुन् । कोरोना सङक्रमित बिरामी साह ठगि, किर्ते अभियोगमा मुद्धा चलाई अदालतले पुपुक्षको लागि थुनामा पठाएको कारागार कार्यालयका प्रमुख मात्रिकाप्रसाद पहाडीले जानकारी दिनुभयो ।

कारागारका अनुसार अभियुक्त साहलाई धनुषाबाट ल्याउने बित्तिकै कारागार भित्र बाहिरबाट ल्याएका कैदीबन्दिलाई आईसोलेसनका रुपमा राख्न व्यवस्था गरिएको छुट्टै कोठामा राखिएको थियो । पिसिआर परिक्षणका क्रममा जेठ ४ गते कोरोना पोजेटिभ देखिएपछि कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो । हाल उक्त कारागारमा कैदीबन्दि गरी ५१९ जना रहेको र उनीहरु कोरोना सङक्रमण मुक्त अवस्थामा रहेको कारागारले जनाएको छ ।



, ,

0 comments

Write Down Your Responses