Powered by Blogger.
गणतन्त्र दिवसमा सिन्धुली कारागारका ५ जनाकाे कैद मिनाहा


सिन्धुली, १५ जेठ । गणतन्त्र दिवसका अवसरमा सिन्धुली कारागारका ५ जनाको कैद मिनाहा भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४ औं गणतन्त्र दिवसका अवसरमा ५० प्रतिशत कैदी भुक्तान गरेका र आममाफी दिन उपयुक्त कैदीहरुको बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हाे।नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानुन र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेश समेतका आधारमा उक्त ५ जनालाई मिनाहा दिएको सिन्धुली कारागार कार्यालय प्रमुख मातृका प्रसाद पहाडीले  बताए।

कारागार प्रमुख पहाडीका अनुसार,सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका रुपन्देही सियारी-५ का गणेश केवट,सिन्धुलीको दुधाैली नगरपालिका-५ का आशिष भनिने क्षितिज दनुनार र चितवनकाे भरतपुर महानगरपालिका-१२ का नेत्रबहादुर खड्का रहेका छन् ।

त्यसैगरी चाेरी मुद्धामा सजाय भाेगिरहेका धनुषा जिल्ला जनकपुर उपमहानरपालिका-८ असरफ रायन र ज्यान मार्ने उद्योगमा सजाय भुक्तान गरिहेका सिन्धुलीको दुधाैली नगरपालिका-११ का रामबहादुर माझी रहेका छन।

उनीहरु सबै आ-आफ्नाे घर आज नै गइसकेकाे पहाडीले जानकारी दिए।

सिन्धुली कारागारमा ८० जनाको कैदीबन्दी क्षमता रहेकाे पनि हाल ५सय २० कैदीबन्दीहरु बस्दै आएका छन।


,

0 comments

Write Down Your Responses