Powered by Blogger.
अस्पताल क्वाटरमै किन पटक–पकट हुन्छ चोरी ?

बिजयकिल्ला ब्यूरो 
सिन्धुली, १३ असोज । सिन्धुली जिल्ला अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सुमित्रा गौतमको क्वाटरमा पटक–पटक चोरी भएको छ । पहिलो पटक असोज २४ गते र दोश्रो पटक कात्तिक ३ गते डा.गौतमको क्वाटर तोडफोड र चोरी भएको हो । 
सिन्धुली जिल्ला अस्पताल । फाइल फाेटाे 

चौविसै घण्टा खुल्ला रहने र मानिसहरुको आवत जावत भइरहने जिल्ला अस्पताल परिसर भित्र रहेको डा.सुमित्राको क्वाटरमा किन पटक–पटक चोरी भइरहन्छ र अस्पताल भित्र डाक्टरहरु किन यसरी असुरक्षित बन्दै गएका छन भन्ने विषय स्वयम डाक्टरहको लागी मात्र होइन जिल्लावासीकै लागी दुःखद र उत्सुक्ताको विषय बन्दै गएको छ । 
पहिलो कुरा सुरक्षाका हिसाबले सरकारी अस्पतालको क्वाटरभित्रै तोडफोड र चोरी हुनु निक्कै गम्भीर र आश्यर्च लाग्दो पक्ष हो भने दोश्रो कुरा सिन्धुलीबासीहरुलाई सेवा गर्न आएकी एकजना विशेषज्ञ महिला डाक्टरकै क्वाटर लक्षित गरेर पटक–पटक चोरी हुनु अर्को गम्भीर उत्सुकताको विषय हो । 
अस्पताल परिसर भित्रकाे डा.सुमित्रा गाैतमकाे क्वाटर । फाेटाे बुदकुमार अाछामी 
पहिलो पटक चोरी भएपछि डा.सुमित्रा गौतमले प्रहरी कार्यालयमा आफ्ना चोरीएका सामाग्रीहरुको विवरण सहित उजुरी गरीन र दोश्रो पटक मौखीक रुपमा उजुरी गरीन तर पनि प्रहरीले चोर कोहो भन्ने अझै पक्ता लगाउन सकेको छैन । कोठा भित्र रहेको सुनको सिक्रि लगायत महत्वपूर्ण सामाग्रीहरु चोरी भएको र महत्वपूर्ण डकुमेन्टहरु धुजाधुजा पारेर च्यातिदिएको डा.गौतमको भनाई छ । 
आफ्नो परीवार छाडेर सिन्धुलीबासीलाई सेवा गर्न आएकी एकजना महिला डाक्टरको क्वाटरमा पटक–पटक चोरी हुँदा समेत अस्पताल प्रशासनले भने गम्भीरताका साथ नलिएको र सहयोग नगरेको उनको भनाई छ । डा.गौतम भन्छीन, ‘अस्पताल भित्रै क्वाटरमा २÷२ पटक चोरी हुँदा अस्पताल प्रशासनले खासै वास्ता गरेको छैन ।’ अस्पताल प्रशासनको सहयोग नपाएर निराश देखिएकी डा.गौतम चोरी नियोजित हुन सक्ने आशंका गर्छिन । क्वाटर नजिकै पार्किङ्ग गरेर राखेको आफ्नो निजी कार समेत तोडफोड गरिदिने हुन की भन्ने चिन्ता उनलाई अझ थपिएको छ । 
क्वाटरकाे अगाडि डा.सुमित्रा गाैतम । फाेटाे बुदकुमार अाछामी 
अस्पतालका प्रमुख डा.फडिन्द्र बरालले घटनाको सत्य तथ्य छानविनका लागी प्रहरी कार्यालयमा अनुरोध गरिएको र डा.सुमित्रा गौतमको माग अनुसार कोठा व्यवस्थित गर्न लगाइसकिएको बताए । तर फुलपातिको दिन फोडिएको उनको कोठाको झ्याल सुक्रबार सम्म पनि बनाइएको छैन भने डा.गौतम राति कोठामा सुत्न समेत डर मर्नु रहको बताइरहेकी थिइन । 
उता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव उपरिक्षक अनुराग कुमार द्धिवेदीले घटनाको बारेमा गम्भीर अनुसन्धान भइरहेको बताएका छन । अस्पताल भित्रै चोरी हुनु सुरक्षा चुनौतिकै विषय भएकाले त्यसलाई गम्भीरताका साथ लिइएको र तत्काल सुरक्षा व्यवस्थालाई कडाई गरिसकिएको द्धिवेदीले बताए ।
निक्कै उत्साहित हुँदै सिन्धुलीबासीहरुलाई सेवा गर्न करिब २ महिना अघि मात्र सिन्धुली सरुवा भएर आएकी डा.गौतम निक्कै अनुभवि र क्षमतावान स्त्री रोग विशेषज्ञको रुपमा मानिन्छिन । सिन्धुलीबासीलाई सेवा गर्ने रहरले आफै माग गरेर सिन्धुली आएको बताउने डा.गौतम अस्पताल भित्रैबाट भएको असहयोग, पटक–पटक क्वाटरमा भएको चोरी लगायतका कारण आफु थाक्दै गएको र सिन्धुली अस्पताल छाडेर हिड्ने मानसिकता बन्न थालेको बताउछिन । आफु अस्पतालमा प्रवेश गर्ने वित्तिकै अस्पताल प्रशासन र प्रमुख डाक्टरले सहयोग भन्दा पनि समस्या सिर्जना गरिदिने काम गरेको डा.गौतमको आरोप छ ।  
जिल्ला अस्पतालका प्रमुख डा.फडिन्द् बराल र डा. सुमित्रा गाैतम सहित विशेषज्ञ डाक्टरहरू । फाइल फाेटाे
सिन्धुलीबासीलाई सेवा गर्न आएकी विशेषज्ञ डाक्टर माथि अस्पताल भित्रैबाट असहयोग हुनु, क्वाटरमा पटक–पटक चोरी हुनुले एकातिर समग्र सिन्धुलीबासीहरुको प्रतिष्ठा माथि नै प्रश्न चिन्ह खडा भएको छ भने अर्को तर्फ नेपाल प्रहरीलाई सुरक्षा चुनौती पनि थपिएको छ । 
डा.सुमित्रा गाैतमले उपलब्ध गराउने सेवाहरू । बिजयकिल्ला 

सिन्धुलीको इज्जत र प्रतिष्ठालाई कायम राख्दै सिन्धुलीबासीलाई सेवा दिन आएकी डा.सुमित्रा गौतम जस्ता विशेषज्ञ डाक्टरहरुलाई जिल्ला अस्पतालमा योग्यता र क्षमता अनुसार काम, दाम र सम्मान दिने कुरामा अस्पताल प्रशासनले विशेष ध्यान दिनुपर्ने जरुरी देखिन्छ भने सरकारी क्वाटरमै पटक–पटक चोरी हुँदै गएकाले सुरक्षा निकायले पनि विशेष निगरानी र सुरक्षामा ब्यवस्थामा कडाई गर्नुपर्ने आवश्यक्ता देखिन्छ । 
  


, ,

0 comments

Write Down Your Responses