Powered by Blogger.
पासाङ स्वीकार नभए गठवन्धनबारे सोच्ने प्रचण्डको चेतावनी

एमाओवादीले भन्यो-नन्दकिशोरको विकल्प खोज्न सकिँदैन

काठमाडौं,१३ कात्तिक । एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिको लागि पूर्वलडाकू नन्दकिशोर पुन (पासाङ) को विकल्प खोज्न नसकिने बताएको छ । बरु गठवन्धनबारे सोच्ने चेतावनी उसले दिएको छ ।
सत्तारुढ गठबन्धनभित्र उपराष्ट्रपति तराई मधेसबाट हुनुपर्ने आवाज उठेपछि एमाओवादीले स्थायी समिति बैठक बोलाएको थियो ।
प्रचण्ड निवास लाजिम्पाटमा शुक्रबार बिहान बसेको बैठकले उपराष्ट्रपतिमा नन्दकिशोर पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । माओवादी एक पदाधिकारीले भने-‘तराई मधेसबाट उपराष्ट्रपति बनाउने केही ‘मुभ’हरु भएका रहेछन् तर, हामी पासाङबाट ‘ब्याक’ हुन सक्दैनौ ।’
उपराष्ट्रपति पदमा पासाङको उम्मेदवारी दर्ता गराउने एकसुत्रीय निर्णय बैठकले गरेको एमाओवादी स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले जानकारी दिए ।

गठवन्धनबारे सोच्ने चेतावनी

बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले पासाङ स्वीकार नभए गठवन्धनबारे नै सोच्ने चेतावनी दिएका छन् । अधिकांश नेताहरुले पार्टीको निर्णयबाट ब्याक हुन नहुने बताएपछि बैठकमा अन्तिममा प्रचण्डले बरु गठवन्धनबारे सोच्ने कुरा राजनीतिक संयन्त्रमा राख्ने बताएका हुन् ।
उनले पासाङको उम्मदेवारी राष्ट्रियतासँग जोडिएको भन्दै हारे पनि जिते पनि तयार रहन बैठकमा सहभागी पासाङलाई आग्रह गरेका थिए ।
माओवादीले उपराष्ट्रपति तराई-मधेसबाट गर्नुपर्ने माग सैद्दान्तिक रुपमा गलत नभएपनि राष्ट्रपतिको चुनाव भएपछि अन्तिम घडिमा यस्तो प्रस्ताव ल्याउँदा स्वीकार गर्न नसकिएको बताएको छ । साथै मधेसको समस्या राजनीतिक भएको भन्दै कुनै एउटा पद दिँदैमा समाधान नहुने निष्कर्ष निकालेको छ ।


, ,

0 comments

Write Down Your Responses