Powered by Blogger.
सुचनाको हक प्रवद्र्धनका लागी सुचना अधिकार केन्द्र गठन

सिन्धुली, २३ माघ । जिल्लामा सुचनाको हक सम्बन्धी ऐन प्रयोग गरी जवाफदेही, उत्तरदायी शासन प्रवद्र्धन गर्न तथा सार्वजनिक निकायमा लुकाएर राखिएका जनचासोका विषयहरु उजागर गर्ने उदेश्यले शुक्रबार सुचनाको हक प्रबद्र्धन गर्न सुचना अधिकार केन्द्रको गठन गरिएको छ । 
सुचनाको हक प्रबद्र्धन तथा सहजीकरणका लागी तालिम लिएका सहजकर्ताहरुको सुक्रबार भएको भेलाले उक्त सुचना अधिकार केन्द्रको गठन गरेको हो । 
फाइल फाेटाे अभियान्ता धर्मेन्द्र झाका साथमा नागरीक अधिकार केन्द्रका साथिहरू । 
भेलाले सहजकर्ता शिवकला गुरुङ्गको अध्यक्षतामा सुचना अधिकार केन्द्रको निर्माण गरेको जनाइएको छ । केन्द्रको सदस्यहरुमा पत्रकार राजन गाउँले, बुद्धकुमार आछामी, अनिल भण्डारी, पुस्कर थापा रहेका छन भने सामाजिक क्षेत्रमा क्रियाशिल तथा सुचनाको हक सम्बन्धी सहकर्ताहरुको तालिम प्राप्त सुस्मीता केसी र रमेश कट्टेल रहेका छन । 
सुचनाको हकको प्रयोग गरी जनताका समस्या समाधान गर्न संस्थागत रुपमा प्रयास गर्नुपर्ने आवश्यक्ता देखिएका कारण सुचना अधिकार केन्द्रको निर्माण गरिएको पत्रकार तथा सुचनाको हकका अभियान्ता राजन गाउँलेले बताए । 
सुशासनमा बृद्धि गराउन, जनतालाई बलियो बनाउन र सार्वजनिक निकायलाई पारदर्शी बनाउनका लागी सुचना अधिकार केन्द्रले विभिन्न् खालका गतिविधीहरु सञ्चालन गर्ने जनाइएको छ । 
सरकारले सुचनाको हकलाई प्रबद्र्धन गर्नका लागी सुचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ कार्यान्वयमा ल्याएको भएपनि सार्वजनिक निकायहरुले उक्त ऐन तथा नियमावली अनुसार सुचना सार्वजनिक गर्ने गरेको अवस्था देखिदैन । 





0 comments

Write Down Your Responses