Powered by Blogger.
उपराष्ट्रपतिकाे सुरक्षाका लागी सिन्धुलीमा पहिलाे पटक तालिम प्राप्त कुकुर

राजन गाउँले
सिन्धुली २३, माघ । उपराष्ट्रपति तथा जनमुक्ती सेनाका पूर्व कमाण्डर नन्दबहादुर पुन शनिवार सिन्धुली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइयो । 
सिन्धुली प्रबेशद्धारा नेपालथोक देखी सिन्धुलीमाढीसम्मकै विपी सडक र पुन सहभागि हुने ताम्बा राष्ट्रिय संस्कृति महोत्सव स्थलसम्मै कडा सुरक्षा व्यवस्था गरिएको थियो । जिल्ला स्थित नेपाली सेना, सशस्त्र वल, नेपाल प्रहरीदेखी तालिम प्राप्त कुकुरहरु समेत सुरक्षामा खटिएका थिए । 
पछिल्लो समय जिल्लामा प्रधानमन्त्री, मन्त्रि, विभिन्न पार्टीका अध्यक्ष देखि विशिष्ठ श्रेणीका विभिन्न व्यक्तिहरु दैनिक जसो आउने जाने क्रम चलेपनि त्यतिको सुरक्षा व्यवस्था जिल्लामा कडाइका साथ गरिएको थिएन् । 
तर, शनिवार उपराष्ट्रपति पुनको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई हम्मे हम्मे परेको थियो । उनको सुरक्षार्थ कार्यक्रम स्थलको निरिक्षणका लागि जिल्लामै पहिलो पटक मध्यमान्चल क्षेत्रीय प्रहरी कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुरहरुलाई समेत झिकाएर शनिवार बिहानै देखि राखीएको थियो ।
 शसस्त्र आन्दोलनका क्रममा तत्कालीन माओवादीले गठन गरेको जनमुक्ती सेनाका कमाण्डर समेत भइसकेका पुनको सुरक्षा थ्रेडकै कारण पनि कार्यक्रम स्थल कडा सुरक्षा निगरानीमा रहेको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए । यस अघि जिल्लामा कुनै पनि विशिष्ठ व्यक्ति जिल्लामा आउँदा यस्ता कुकुरहरुको परिचालन गरिएको थिएन् । सुँगेकै भरमा हातहतियार, विष्पोटक पदार्थ लगायतका सुरक्षामा खल्ल पु¥याउने बस्तुहरुको सहज पहिचानका लागि जिल्लामा कुकुर ल्याइएको बताइएको छ ।
यस्ता कुकुरहरु आइतबारसम्म सिन्धुलीमाढीमा राखिने मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक लालबहादुर थापामगरले जानकारी दिए । ‘यस्ता तालिम प्राप्त कुकुरहरुले रेस्क्यु ट्रयाकरका लागि काम गर्ने भएकाले जिल्लामा पहिलो पटक ल्याइएको हो,’ उनले भने । क्षेत्रीय प्रहरी कार्यालयमा यस्ता छ वटा कुकुरहरु छन् । जस मध्ये जिल्लामा पोनर र जुली नाम गरेका दुई वटा कुकुरहरु ल्याइएको छ । जुली विगत ६ वर्षदेखि र पोनर ३ वर्षदेखि सुरक्षा अनुसन्धानमा खटिदै आएको थापामगरको भनाई छ ।
यस्ता कुकुरहरु दश वर्षसम्म कार्यरत रहने गरेको बताइन्छ । उनिहरुलाई हातहातियार, लागुऔषध ओसारपसार, हत्या, विपत्तमा रेस्क्यूका लागि परिचालन गरिने गरिएको छ । यस्ता कुकुरहरुलाई दैनिक रुपमा परेड, रेस्क्यू तालिम दिने गरिएको छ । ति कुकुरहरुलाई मासिक दश हजार रुपैयाँ खाना भक्ता बापत राज्यले उपलब्ध गराउँदै आउने गरेको छ ।
photo सुरक्षाका लागि जिल्लामा पहिलो पटक ल्याइएका तालिम प्रास्त कुकुरहरुद्धारा उपराष्ट्रपति सहभागि हुने कार्यक्रम स्थलको निरिक्षण गराइदै । 


0 comments

Write Down Your Responses