Powered by Blogger.
यस्तो छ,सिन्धुलीमा काग्रेसको क्षेत्रीय अधिवेशबाट निर्वाचित नेतृत्व

मतदान गर्दै कार्यकर्ता । 

सिन्धुली, २३ माघ । नेपाली काग्रेसको सुक्रबार सम्पनन् भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधी सहित क्षेत्रीय समितिहरु समेत निर्वाचीत गरेको छ । तीनवटै निर्वाचन क्षेत्रमा सहमति हुन नसकेपछि क्षेत्र नं.२ र ३ मा शुक्रबार नै निर्वाचन गरिएको थियो भने निर्वाचन क्षेत्र नं.१ मा सनिबार निर्वाचन गरिएको छ । 
यसपालीको अधिवेशनमा कतिपय नेताहरु गाउँमै हारेका छन भने क्षेत्र सम्म आइपुग्दा थुप्रै चर्चित र स्थापित नेताहरु पराजीत हुन पुगेका छन । पुर्व सांसद तथा नेता होमराज दाहाल गाविसमै पराजीत भएका छन भने नेता माणिक ढकाल, दिपक मिश्र, कृष्ण प्रसाद दाहाल, सम्भु राउत लगायतका जिल्ला नेताहरु क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधी चयन हुन सकेन्न् । गाउँ देखी क्षेत्र सम्म आईपुग्दा काग्रेस भित्र युवा पुस्ताले नेतृत्व हत्याउन सफल भएको छ । नेतृत्व लिनका लागी इन्छुक युवाहरुको संख्या नेपाली काग्रेस भित्र पछिल्लो समय बढ्दै गएको छ । 
मत परीणाम अनुसार क्षेत्र नं.२ मा उज्जवल प्रसाद बराल बलियो देखिएका छन भने क्षेत्र नं.३ मा नरेन्द्रजंग थापा बलियो देखिएका छन । उनीहरुले क्षेत्रीय अधिवेशनमा सवैभन्दा बढी मत ल्याएका छन । 

जिल्लाका तिनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधी र नेतृत्वको नामावली यसप्रकार रहेको छ 

निर्वाचन क्षेत्र नं.१ 
क्षेत्रीय सभापतिः कर्ण बहादुर थापामगर 
सचिबः उत्तम कार्की
कोषाध्यक्षः संगीता सिंह ठकुरी 
निर्वाचन क्षेत्र नं.२ 
क्षेत्रीय सभापतिः सुमन कोइराला
सचिबः डोर बहादुर तामाङ्ग
कोषाध्यक्षः बद्रि प्रसाद पहाडी 
निर्वाचन क्षेत्र नं.३ 
क्षेत्रीय सभापतिः जगत बहादुर भोलन 
सचिबः बोधविक्रम थापा 
कोषाध्यक्षः जयराम कार्की

महाधिवेशन प्रतिनिधीहरु 
निर्वाचन क्षेत्र नं.१ 
खुल्ला तर्फः प्रेमचन्द्र दाहाल, मोहन बहादुर कार्की, गंगा गीरी, विपिन कोइराला, प्रेम प्रसाद भट्टराई, लाल बहादुर थापा 
महिला तर्फः गंगा दाहाल, विन्दा गौतम 
दलित तर्फः रित बहादुर परीयार
जनजाती तर्फः दान बहादुर तामाङ्ग
अल्पसंख्यक तर्फः बृजनारायण शाह 
निर्वाचन क्षेत्र नं.२
खुल्ला तर्फः उज्जवल प्रसाद बराल, मोहन प्रसाद बराल, उपेन्द्र पोखरेल, दिनेश अधिकारी, दिपक कुमार घिमिरे, बलराम बराल
महिला तर्फ ः सुशिला थिङ्ग, विजुला बर्मा 
जनजाती तर्फः मिन बहादुर श्रेष्ठ
दलित तर्फः जनक बहादुर तोलाङ्गे
अल्पसंख्यक तर्फः जेवी माझी 
निर्वाचन क्षेत्र नं.३ 
खुल्ला तर्फः नरेन्द्रजंग थापा, नवराज श्रेष्ठ, सरोज मैनाली, कविन्द्र घलान, खड्ग वाईवा, रंगराज खतिवडा 
महिला तर्फः शान्ता कार्की
जनजाती तर्फः दोर्जे तामाङ्ग
दलित तर्फः सन्तोष वि.क.
अल्पसंख्यक तर्फः गौरीसंकर राई 


,

0 comments

Write Down Your Responses