Powered by Blogger.
शहीद सम्झना दाहालको २३ औं स्मृती दिवस सम्पनन्


सिन्धुली, २२ फाल्गुण । शहीद सम्झना दाहालको २३ औं स्मृती दिवसको अवसरमा अनेरास्ववियू सिन्धुलीले आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । 
अनेरास्ववियू सिन्धुलीका अध्यक्ष दिपेश बरालको अध्यक्षता तथा नेकपा(एमाले) केन्द्रिय सल्लाहकार सदस्य केशव देवकोटाको प्रमुख आतिथ्यतामा भएको श्रद्धाञ्जलीसभामा बोल्दै शहीद सम्झना दाहालका भाई संजय दाहालले अनेरास्ववियूले सम्झना दाहालको रगतको अवमुल्यन गर्दै गएको अनुभुति हुँदै गएको बताए । शहीद सम्झना दाहाललाई राष्ट्रिय शहीद घोषणा गर्न अखिल र एमालेलाई सक्रियतापुर्वक लाग्न समेत दाहालले आग्रह गरे । 
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशव देवकोटाले सम्झना दाहाल लगायत जिल्लाका अन्य शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्नका लागी संस्थागत रुपमा दवाव दिन जरुरी रहेको बताए । 
कार्यक्रममा नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वाल, एमालेका अञ्चल कमिटी सदस्य कौशल कोइराला, पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले लगायतले शहीद सम्झना दाहालको योगदानको बारेमा चर्चा गरका थिए । 
अनेरास्ववियूको तत्कालिन जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा क्रियाशिल सम्झना दाहालको स्मृतिमा अनेरास्ववियू सिन्धुलीले प्रत्येक वर्ष विभिनन् खालका रचनात्मक कार्यक्रम गर्दै आएको छ भने अघिल्लो वर्ष अनेरास्ववियू सिन्धुलीले शहीद सम्झना दाहालको स्मृतिमा सम्झना स्मृति बाटीका समेत निर्माण गरेको थियो । 
शहीद सम्झना दाहाललाई राष्ट्रिय शहीद घोषणा गर्न सरकारलाई दवाव दिन अनेरास्ववियू सिन्धुली प्रधानमन्त्री कार्यालयमा डेलिगेसन जाने तयारी गरिरहेको र जसरी पनि शहीद घोषणा गराएरै छाड्ने अनेरास्ववियू सिन्धुलीका अध्यक्ष दिपेश बरालले बताए । 
परिवारको तर्फबाट शहीद सम्झना दाहाल स्मृति छात्रवृत्ति कोषको स्थापना गरी बर्षेनी एसएलसीमा उत्कृष्ट अंक ल्याउने जिल्लाका ३ जना छात्रालाई छात्रवृति र प्रमाणपत्र प्रदान गर्ने गरिएको छ । यस वर्षको पुरस्कार पनि स्मृति दिवसकै दिन पारेर ३ जना छात्राहरुलाई प्रदान गरिएको छ । 
तत्कालिन नेपाली काँग्रेसको सरकारले राष्ट्रघाती टनकपुर सन्धी गरेको विरोधमा वामपन्थी शक्तिहरु एक भएर गरेको शान्तिपूर्ण आन्दोलन अन्र्तगत देशभरीका जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमका क्रममा प्रशासन कार्यालय घेराउ गर्न लाग्दा २०४९ साल फाल्गुन २२ गते कनपा–६ धुराबजारमा प्रहरीले अन्धाधुन्द चलाएको गोली लागी सम्झना दाहालको सहादत भएको थियो । तत्कालिन गृहमन्त्री शेरवहादुर देउवाले घटना र विचार कार्यक्रम मार्फत हत्याको जिम्मेवारी लिएका थिए । कक्षा ९ मा पढीरहेकी सम्झना दाहाललाई हत्या गर्दा तत्कालीन सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रामरतन मिश्र रहेका थिए । 


,

0 comments

Write Down Your Responses