Powered by Blogger.
नयाँ शक्तिको जिल्ला परीषद गठन, संयोजकमा श्रेष्ठ


सिन्धुली, २२ फाल्गुण । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले सिन्धुलीमा शनिवार एक कार्यक्रमका विच अन्तरिम जिल्ला परिषद घोषणा गरेको छ । दिर्घराज श्रेष्ठको संयोजकत्वमा एक सय १ सदस्य जिल्ला परिषद घोषणा गरिएको हो ।
परिषदका केन्द्रीय सचिवालय सदस्य गंगानारायण श्रेष्ठ, केन्द्रीय परिषद सदस्य रिसवदेव भट्टराई र नयाँ शक्तिकी तिन नम्बर प्रदेश इन्चार्ज बलावती शर्माको उपस्थितीमा परिषदको घोषणा गरिएको हो ।
कार्यक्रममा परिषदको जिल्ला स्थित तिन वटै निर्वाचन क्षेत्र र नगरपालिकामा नगर संयोजकको समेत जिम्मेवारी वाँड फाँड गरिएको छ । प्राप्त जानकारी अनुसार सिन्धुली क्षेत्र नम्बर एकका लागि विष्णुबहादुर सुनुवार, दुईमा रामबाबु थापा र तिन नम्बर क्षेत्रको संयोजकत्वमा सुरदबहादुर स्याङ्तानलाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ । 
यस्तै कमलामाई नगरपालिकाको नगर संयोजकमा मोदनाथ तिमल्सेना र दुधौली नगरपालिका संयोजकमा प्रभु कार्कीलाई चयन गरीएको छ । 
जिल्ला स्थित नयाँ शक्तिका अभियान्ताहरुको उपस्थितीमा शनिवार नै ३१ सदस्य जिल्ला सचिवालय समितिको गठन गरिएको पनि बताइएको छ । शुसासन,पारदर्शीता र सदाचारका लागि नयाँ शक्तिको गठन गरिएको कार्यक्रममा श्रेष्ठले जनाए । 
यस्तै परिषदले जिल्लामा हुने भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि हेल्प डेक्सको स्थापना गरेर जिल्ला स्थित सरकारी कार्यालयको निगरानी गरिने पनि जनाएका छन् । कार्यक्रममा विपत्त व्यवस्थापन समितिका संयोजक समेत रहेका भट्टराइले सरकारी जागीर पछि पनि राष्ट्रको सहयोगका लागि आफुले नयाँ शक्तिमा आबद्ध भएर राजनीतिक जिवनको सुरुवात गरेको बताए । भट्टराई शसस्त्र प्रहरीका एआइजी हुन् ।
कार्यक्रममा नयाँ शक्तिले आगामी चैत्र मसान्तसम्ममा एक लाख नयाँ सदस्य विस्तार गर्ने नयाँबर्षको सन्ध्या पारेर पार्टीको घोषणा गर्ने तयारी गरिरहेको श्रेष्ठको भनाई छ । 
उनले भने, ‘चैत्र मसान्त सम्ममा देश भरका जिल्लामा जिल्ला परिषदको गठन गरिने छ । र एक लाख सदस्यहरुको विचमा नयाँ पार्टीको नाम सहित केन्द्रीय समितिको घोषणा गरिने छ ।’
उनले नयाँ शक्तिले देशै भर सकारात्मक कार्यको थालनी गर्ने जनाउँदै काठमाण्डौंमा ग्रिन काठमाण्डौं, क्लिन काठमाण्डौं अभियानको थालनी गर्ने जनाए । 
कार्यक्रममा जिल्लामा १४ वटा विभिन्न विभागको समेत गठन गरिएको जनाइएको छ । विभाग अन्तरगत सांगठनीक विभागमा एक बहादुर राना, प्रशिक्षण विभागमा सुरतबहादुर स्याङ्तान, आर्थिक तथा सुसासन विभागमा बन्दना सुवेदी लगायतलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।






, ,

0 comments

Write Down Your Responses