Powered by Blogger.
सिन्धुली धार्मिक महोत्सव–२०७२ को भव्य उदघाटन

सबृद्धिका लागी महोत्सव महत्वपूर्ण ः पहाडी 

महाेत्सवकाे उदघाटन सत्रमा नाच्दै प्र.जि.अ. तारा बहादुर कार्की लगायत अतिथीहरू । 
सिन्धुली २१, फागुन । नेपाल मानव धर्म सेवा समिति सिन्धुलीको आश्रम(मन्दिर)तथा सिन्धुली प्रवेशद्धार निर्माणका लागी सुरु गरिएको ऐतिहासीक सिन्धुली धार्मिक महोत्सव–२०७२ एंव विराट राष्ट्र कल्याण शान्ति महायज्ञ सुक्रबार भव्य समारोह वीच सिन्धुलीमाढीमा उदघाटन गरिएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा राष्ट्रमा शान्तिहोस भन्ने उदेश्यका साथ धानधान्नान्चल तथा शान्ति महायज्ञ सुरु गरिएको हो । 
धार्मिक महोत्सव तथा महायज्ञको उदघाटन समारोहमा प्रमुख अतिथीको रुपमा बोल्दै सिन्धुली क्षेत्र नं.१ का सासंद गणेश कुमार पहाडीले सिन्धुलीको धार्मिक पर्यटनको विकासका लागी महोत्सव र महायज्ञ महत्वपूर्ण हुने बताएका छन । 
सांसद पहाडीले भने, ‘मुलुकमा शान्ति कायम गर्न र सिन्धुलीबासीमा सकारात्मक सोचको विकास गरी जिल्लालाई सबृद्धि तर्फ लान महोत्सव सफल हुनेछ ।’ संविधानसभा मार्फत बनेको संविधानले नेपालीहरुलाई राजनैतिक अधिकार दिएको भएपनि सबृद्धि दिन नसकेको कारण सवैको अभियान सवृद्ध समाज बनाउने तर्फ केन्द्रित हुन आवश्यक्ता रहेको उनको भनाई थियो । 
पहाडीले भने, ‘सबृद्धिका विविध पाटाहरु छन, त्यसमध्ये पर्यटन महत्वपूर्ण पाटो हो ।’ पर्यटन भित्र नेपाल जस्तो विविध सस्कृति र परम्परा बोकेको मुलुकमा धार्मिक पर्यटन महत्वपूर्ण भएकाले महोत्सवले धार्मिक पर्यटन मार्फत समाजलाई सबृद्धि तर्फ लान महत्वपूर्ण सहयोग पुरयाउने पहाडीको तर्क थियो । 
नेपालमा स्थायी शान्ति कायम गर्न सवैपक्ष लागिरहेको भएपनि अझै स्थायी शान्ती स्थापना नभएको भन्दै पहाडीले धार्मिक महोत्सव र विराट राष्ट्र कल्याण शान्ति महायज्ञले स्थायी शान्ति कायम गराउन समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरे । 
त्यस्तै उदघाटन समारोहमा विशेष अतिथीको रुपमा उपस्थित भएका प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्कीले महोत्सव सिन्धुलीको विकास र शान्तिका लागी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्कीले महोत्सव भव्यताका साथ सम्पनन् गर्नका लागी आवश्यक सहयोग गर्न प्रशासन तयार रहेको समेत बताए । 
महोत्सव तथा महायज्ञ मुल आयोजक समारोह समितिका अध्यक्ष बद्रीबहादुर कार्कीका महोत्सवको उदघाटन सत्रमा स्थानीय विकास अधिकारी इश्वर गीरी, नेपाली सेनाका गणपति सुर्य प्रसाद अधिकारी, नेपाली काग्रेसका दिपक मिश्र, नेकपा(एमाले)का जिल्ला अध्यक्ष प्रदिप कट्वा, निर्माण व्यवसायी संघ सिन्धुलीका अध्यक्ष जयकुमार ढकाल, पत्रकार महासंघ सिन्धुलीका सभापति द्धारीका काफ्ले लगायत सुरक्षा निकायका प्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो । 
राष्ट्रको शान्तिका लागि ७५ वटै जिल्लामा शान्ति महायज्ञ सञ्चालन गर्ने समितिको योजना अनुसार सिन्धुलीमा पनि महोत्सव सहितको महायज्ञको आयोजना गरिएको हो । महोत्सव तथा महायज्ञ यही फागुन २९ गतेसम्म चल्ने जनाइएको छ । 
उदघाटन समाराेहमा नाच्दै प्रमुख अतिथी सांसद गणेश कुमार पहाडी लगायत अतिथीहरू । 
यो महायज्ञ मानव धर्म सेवा समितिले आयोजना गरेका महायज्ञ मध्य ४१ औं जिल्ला हो । यस अघि ४० वटा जिल्लामा राष्ट्र शान्तिका लागि महायज्ञको आयोजना गरिसकिएको जनाइएको छ ।  महोत्सव तथा महायज्ञबाट मानव धर्मको संरक्षण तथा परम्परागत सनातन धर्मको जगेर्ना गर्न सहयोग पुग्ने बताइएको छ । मानव धर्मका बारेमा राम्रोसंग नबुझ्दा आफ्नै सन्तानले आफन्तलाई चिन्न छाडेको भन्दै उनिहरुलाई संस्कार सिकाउनका लागि पनि धार्मीक महोत्सवको आयोजना गरिएको जनाइएको छ । 
महोत्सव तथा महायज्ञमा दामोदर कुण्डबाट ल्याइएका एक हजार ८ शालिग्राम कुण्ड, हवन कुण्ड, गृह शान्ति, चौरासी पुजा, रुद्री पुजा लगायतका धार्मीककार्यहरु हुने बस्यालको भनाई छ । महोत्सवमा देश विदेशका भागवत भक्तगणको उल्लेख्य रुपमा उपस्थिती हुनुका साथै प्रशिद्ध तिर्थस्थलहरु हरिद्धार, ऋषिकेस, बद्रिकेदार, कासी, गया, मुक्तिनाथ क्षेत्र, पशुपति आदी स्थलहरुबाट शन्तमहात्माहरुको उपस्थिती साथै धार्मिक मण्डलहरु बन्ने र विभिन्न् तिर्थको जल प्राप्त हुने छ । 
महोत्सव तथा महायज्ञ झण्डै पचास हजार भक्तजनले अवलोकन गर्ने र ७० बढी सादुसन्तहरुको उपस्थिती रहको बताइएको छ । महोत्सवबाट साँढे दुई करोड रुपैयाँ संकलन हुने अपेच्छा गरिएको छ । महोत्सव तथा महायज्ञ आयोजना गर्दा ६५ लाख रुपैयाँ खर्च हुने पूर्वानुमान गरीएको छ ।
महोत्सवका लागि आवश्यक तयारी पुरा भएकाले महायज्ञमा सामान्य शुल्क तिरेर भक्तजनले ग्रह शान्ति, चौरासी पुजा, ब्रतबन्ध, विबाह, गाइदान लगायतका कार्य गर्न सक्ने आयोजकले व्यवस्थापन गरेको मानव धर्म सेवा समितिका अध्यक्ष वुद्धिलाल श्रेष्ठले जानकारी दिए । 
महोत्सव तथा शान्ति महायज्ञमा गोविन्द शरण महाराज र कथा वाचक मिरादेवीले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । 
कार्यतालिका अनुसार प्रत्येक दिन विहान ५ बजेदेखी ६ बजेसम्म योग शिविर, ६ बजे देखी ९ बजेसम्म मण्डप पुजा पाठपरायण, ११ बजेदेखी ५ बजेसम्म भागवत कथा वाचन, साझ ७ देखी १० बजेसम्म भगवत श्रवण, सत्संग, कथा वाचन एवंम भजन किर्तन कार्यक्रम हुने जनाइएको छ । 



,

0 comments

Write Down Your Responses