Powered by Blogger.
राजनीतिक दललाई ब्याङ्ग गर्दै पौडेलले उचाले दर्शक

राजन गाउँले
सिन्धुली ९, पुष । देशलाई संघियतामा लैजान सिमांकनको कुरालाई लिएर अन्दोलन भइरहेका बेला सिन्धुलीमा भने चर्चीत लोक दोहोरी गायक नविन पौडेलले भने राजनीतिक दलहरुमाथी कडा ब्याङ्ग प्रहार गर्दै दर्शकहरुलाई उचालेका छन् ।
सिन्धुली महोत्सवमा आफ्नो प्रस्तुती दिँदै गायक पौडेलले जात जाती र भाषा भाषीको नाममा देशलाई खण्डखण्ड पारेर सिमांकन निर्धारण गर्दा आपसी मेलमिलाप र भाइचारको सहअस्तित्वमै समस्या आउने भन्दै उनले गित मार्फत दलहरुलाई सचेत हुन आग्रह गरे भने दर्शकहरुलाई राजनीतिक दलहरुमाथी खबरदारी गर्न उचाले ।
गायक पौडेलले अनेक जातजाती र भाषा भाषी हाम्लाई प्यारो लाग्छ, सबै बसौ मिली जुली भन्ने भाव सहितको दोहोरी पस्की रहँदा महोत्सवमा सहभागि राजनीतिक दलहरु रिसले चुर्रीएका थिए भने हजारौंको संख्यामा रहेका दर्शकहरुले भुइछाडेर हुटीङ दिएका थिए । उनले राजनीतिक दलको स्वार्थका कारण नेपाली दाजुभाइ बिचमा मारकाटको अवस्था आएको संकेत गरेका थिए ।
यतिमात्र हैन गायक पौडेलले सामाजिक विकृति र विसंगतिका विरुद्ध समेत आफ्नो आवाज पस्केका थिए । धनी र गारिब विचको विभेद होस या जानजाती तथा कालो र गोरा विचको विभेदलाई होस गायक पौडेलले गित संगित मार्फतन चेतना दिएका थिए । ‘के मायाँ लाउली र धनी साउकी छोरीले...कालो सित गोरीले...’, साथी भाइको विहे भयो....अनेक जातजाती...’ लगायतका बोलका दोहोरी गितले महोत्सवका दर्शकलाई जुरुक जुरक बनाएको थियो ।
हुटीङ र ताली वर्सिरहँदा पौडेल दर्शक दिर्घामै माइक्रोफोन बोकेर पुगेका थिए । दर्शकले साथ दिइ रहँदा पौडेल त निक्कै खुसी थिए तर उनलाइ हुटीङ दिने दर्शकको भिड थेग्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।
गायक पौडेलले विदेशी मरुभुमिमा रगत र पसिना बगाउँनु भन्दा स्वदेशमै रहेर आफ्ना कला, संस्कृती र कृषी जस्ता स्थानीय उत्पादनलाई संरक्षण र आधुनिकीकरण गर्ने हो भने स्वदेशमै रोजगारीको प्रसस्त सम्भावना भएको चर्चा गर्दै यस्ता महोत्सवले महत्वपूर्ण अवसर सिर्जना गर्ने बताएका थिए ।
 उता अर्का चर्चीत लोक तथा दोहोरी गाएक पशुपती शर्माले ‘क्याम्पस पढ्ना आउने सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने....’ गाउँदा युवा पंक्तिबाट वान्समोर पाए ।
‘समृद्ध सिन्धुली निर्माणको आधार कृषी, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने मुल नारा सहित सुरु भएको महोत्सवमा चर्चित हाँस्य व्यङ्ग कलारहरु सुरेन्द्र केसी(मुलाको साग)राजाराजेन्द्र पोखरेल लगायतले देशको समसामयीक विषय बस्तुमाथी तिखो ब्याङ्ग प्रहार गरेका थिए ।
आगामी पुष १८ गतेसम्म संचालन हुने महोत्सवमा रामकृष्ण ढकाल, कुमार बस्नेत, शिव परियार, ज्योती मगर, बद्री पंगेनी लगायतका राष्ट्रियका साथै स्थानीय कलाकारहरुले सांगितीक माहोल पस्कने आयोजक तथा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष विनेश कुमार श्रेष्ठले बताए ।
महोत्सवको दोस्रो दिनसम्ममा एक लाख पचासहजारको टिकट विक्री हुनुका साथै दश लाख रुपैयाँबराबरको ब्यापार भएको अध्यक्ष श्रेष्ठले जनाए । तिन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा झण्डै दुई करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ


, ,

0 comments

Write Down Your Responses