Powered by Blogger.
सुविधा सम्पनन् भवनमा सिन्धुली प्रहरी


बुद्धकुमार आछामी 
सिन्धुली, १० पौष । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार र प्रहरी जवानका लागी सुविधा सम्पनन् आवास भवन निर्माण गरेको छ । नेपाल प्रहरी इकाईहरुको पुर्ननिर्माण गर्ने त्रिवर्षिय रणनीति अनुसार निर्माण गरिएको उक्त भवनको प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सनिबार एक समारोह विच समुदघाटन गरेका हुन । 
३ करोड ४० लाख २४ हजार ९ सय ३० रुपैयाँ लगानीमा निर्माण गरिएको दुईवटा भवनमा १२० जना प्रहरी बस्न सक्ने जनाईएको छ । प्रहरी भवन महिलामैत्री समेत रहेको उदघाटनको क्रममा इन्जीनियर प्रहरी नायव उपरीक्षक रामकुमार चौधरीले जानकारी दिए । 
उक्त भवनको उदघाटन गर्दै महानिरीक्षक अर्यालले सिन्धुलीको विकाससँगै सुरक्षा चुनौति पनि बढ्दै गएकाले सुरक्षा निकायलाई बलियो बनाउन कार्यालयहरुको पुर्ननिर्माणमा विशेष प्राथामिकता दिइएको बताए । भवन समुदघाटन समारोहमा सांसद मोहन प्रसाद बराल, प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए । 



,

0 comments

Write Down Your Responses