Powered by Blogger.
अपाङ्गता भएका व्यक्तिहरुलाई सामाग्री बितरण


सिन्धुली, ३० फाल्गुण । अपाङ्ग कल्याण संघ सिन्धुलीको आयोजनामा सोमबार सिन्धुलीमाढीमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न् सामाग्री वितरण गरिएको छ । 
जिल्ला भरिका १०१ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर, सेतो लठ्ठी, वैशाखी लगायतका सामाग्रीहरु वितरण गरिएको अपाङ्ग कल्याण संघ सिन्धुलीका अध्यक्ष बिर्ख बहादुर बम्जनले बताए । 
जिल्ला विकास समिति, कमलामाई नगरपालिका, महिला तथा बालवालिका कार्यालय, प्लान इन्टरनेशनल नेपाल र सामाजिक रुपान्तरण नेपालको आर्थिक सहयोगमा झण्डै १२ लाख मुल्य बराबरको सामाग्री वितरण गरिएको जनाइएको छ । साथै संस्थाले दृष्टिविहिन श्रोत कक्षा दुधौलीको लागी सिलाई मेशिन र अपाङ्गता भएको व्यक्तिका परीवारका लागी आवास निर्माण गर्न ३ वण्डल जस्ता समेत वितरण गरेको छ । 
सामाग्री बुझ्नका लागी आएका कमलामाई नगरपालिका ४ का विशुलाल थिङ्गले आफुहरुको लागी महत्वपूर्ण हुने सामाग्री दिएर संस्थाले महत्वपूर्ण काम गरेकोमा खुसी व्यक्त गरे । उनी २०६८ सालमा सडक दुर्घटनामा परी अपाङ्ग बन्न पुगेका थिए । 
त्यस्तै जलकन्या गाविसका जब्बर बहादुर नेपालीले पनि दृष्टिविहिनको साहाराको रुपमा लठ्ठी पाएपछि आफुलाई ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
संस्थाले ४० थान ह्वीलचियर, ३० थान दृष्टिविहिनका लागी सेतो लठ्ठी, ३० जोर वैशाखी वितरण गरेको जनाएको छ । जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको आधिकारीक तथ्याङक नभए पनि सुचिकृत भएका ४६ सय र बाँकी ४ हजार सहित झण्डै ९ हजारको हाराहारीमा अपाङ्गता भएको व्यक्तिहरुको संख्या रहेको अध्यक्ष विर्ख बहादुर बम्जनले दावि गरे । 


, , ,

0 comments

Write Down Your Responses