Powered by Blogger.
सिन्धुलीमा नयाँ संरचना अनुसार तोकिए निमित्त कार्यकारी




सिन्धुली, ३० फाल्गुण । देश ब्यवाहारिक रुपमै संघीय संरचनामा जाने भएपछि सिन्धुलीमा नयाँ संरचना अनुसार सोमबारबाट काम सुरु गरिएको जिल्ला समन्यव समिति सिन्धुलीले जनाएको छ ।
नयाँ संरचना अनुसार सात गाउँपालिका र २ नगरपालिकामा विभाजित बनेको सिन्धुली जिल्लामा नयाँ संरचना अनुसार कामकार्वाहीलाई अगाडि बढाउन जिम्मेवारी समेत तोकिएको छ । 
सोमबार प्रमुख जिल्ला अधिकारी ताराबाहादुर कार्कीको संयोजकत्वमा बसेको सहजीकरण समन्यव समितिको वैठकले गाउँपालिका र नगरपालिकाको कार्यकारी प्रमुखहरु तय गरेको स्थानीय विकास अधिकारी शिव प्रसाद हुमेगाईले जानकारी दिए । गाउँपालिकाको प्रमुखमा पुरानो संरचना अनुसार गाविस सचिबको जिम्मेवारी सम्हालेका कर्मचारीहरु मध्ये सिनियरलाई तोकिएको छ भने नगरपालिकाको निमित्तमा हाल कार्यरत कार्यकारीहरुलाई नै तोकिएको जनाइएको छ । गाउँपालिका तथा नगरपालिकामा उपसचिब स्तरको दरबन्दी भएपनि हाललाई अधिकृत, सुब्बा तथा खरिदारहरुलाई निमित्त कार्यकारीको जिम्मा दिइएको छ । 
हेर्नुस वैठकले कुन नगरपालिका र गाउँपालिकामा कस्लाई निमित्त कार्यकारीको जिम्मेवारी दिएको छ । 
कमलामाई नगरपालिकाः जगत प्रसाद भुषाल
दुधौली नगरपालिकाः ओमप्रकाश सुवेदी 
सुनकोशी गाउँपालिकाः लक्ष्मी प्रसाद देवकोटा
गोलन्जोर गाउँपालिकाः रोहित कुमार कार्की
तिनपाटन गाउँपालिकाः गोपाल प्रसाद पहाडी 
घ्याङलेक गाउँपालिकाः कमल लामा 
फिक्कल गाउँपालिकाः कृष्ण प्रसाद पौडेल
मरिण गाउँपालिकाः भोला कुमार आले 
हरिहरपुरगढी गाउँपालिकाः विष्णुमणि कोइराला 
हेर्नुस कुन कुन गाविस मिलाएर  गाउँपालिका र नगरपालिका बनेको छ  
१. सोल्पा, रत्नावति, पोखरी, खाङसाङ्ग, खोलागाउँ, महादेवडाडाँ 
२. अरुणठाकुर, दुधौली नगरपालिका, हर्षाही, ककुरठाकुर, सिर्थौली, जिनाखु, निपाने, हत्पते  
३. कमलामाई नगरपालिका, रानिवास, रानिचुरी, भद्रकाली, जलकन्या,डाडीगुरासे
४. लाम्पान्टार, आम्बोटे, जरायोटार, बालाजोर, भिमस्थान, बेलघारी, बाहुनतिल्पुङ्ग, तोश्रामखोला
५. डुडभञ्ज्याङ्ग, वितिजोर, तिनकन्या, भुवनेश्वरी, रतनचुरा, भिमेश्वर, बासेश्वर
६.अमले, बस्तीपुर, नेत्रकाली, शान्तेश्वरी, तामाजोर 
७.कपिलाकोट,  महादेवस्थान, कल्पवृक्ष
८.क्यानेश्वर, हरिहरपुरगढी, पिपलमाढी, महेन्द्रझ्याडी 
९.मझुवा, सित्तलपार्टी, पुरानो झागाँझोली, झागाँझोली रातमाटा, कुशेश्वर दुम्जा 


,

0 comments

Write Down Your Responses