Powered by Blogger.
सिन्धुलीमा पहाडी र तराईबासीले छुट्टाछुट्टै मनाए होली(फोटो फिचर सहित)


राजन गाउँले
सिन्धुली ३० फागुन । सिन्धुली जिल्लामा पहाडबासी र तराई बासीले छुट्टाछुट्टै  होली पर्व मनाएका छन् । हिन्दुहरुको महान पर्व होली आइतबार पहाडीहरुले र सोमबार तराईबासीले छुट्टाछुट्टै मनाएका हुन् । 
आइतबार जिल्लाभर पहाडीयाहरुले धुमधामका साथ होली पर्व मनाएका भएपनि तराईबासीहरुले भने सोमबार बिहानबाटमात्र होली पर्व मनाएका हुन् ।
नेपालमा फागु पूर्णीमाका दिन पहाडीहरुले र त्यसको भोलीपल्ट तराईबासीले धुमधामका साथ होली पर्व मनाउँने चलन छ । तर, सिन्धुलीमा भने हिन्दुहरुको महान पर्व विजयाँ दशमी तथा शुभदिपावली र छर्ट पर्व एकै पटक एकै थलोमा बसेर मनाउँने गरिएको भएपनि यस पटकको होली पर्व भने भिन्ना भिन्नै मनाएको पाइएको नेपाल पत्रकार महासंघ सिन्धुलीका निर्वतमान अध्यक्ष द्धवारीका काफ्लले बताए । 
‘पहिला पहिलाका वर्षहरुमा प्रायः एकै पटक संगसंगै होली पर्व मनाउने गरिएको भएपनि यस पटक भने पहाड र तराई बासीहरुले अघिल्लो पछिल्लो दिन गरेर होली मनाएका छन्,’ उनले भने । 
जिल्लामा आआफ्नै कला, संस्कृती र परम्परा अनुसार होली पर्व मनाउने चलन छ । मिठा परिकार खाने, सेता कपडा लगाउँने, नाच गान गर्दै घरपरिवार, छरछिमेक तथा बजारमा ठुलो समुहमा भेला भएर फागु पर्व मनाउँने गरिएको छ । 
जिल्ला सदरमुकाममा झण्डै एक हजारको संख्यामा तराईन बासीहरु बर्षौदेखी बस्दै आएका छन् । सिन्धुलीमै थाकथलो भएका तराई बासीहरुले सोमबार र पहाडीयाहरुले आइतबारनै होली पर्व मनाएको स्थानीय सिकन्दर शाहले बताए ।
‘आइतबार फुर्सदहुने तराईबासीहरु पनि होलीमा रमाइलो गरेका भएपनि विशेष गरि आफ्ना आफन्तहरुको उपस्थितीमा भने सोमबारमात्र होली पर्व मनाइएको हो,’ उनले थपे ।
उता परम्परा अनुसार होली पर्वको पहिलो दिनमै आफुहरुले विशेष कार्यक्रमको आयोजना गरी जिल्लामा आइतबारनै होलीपर्व मनाइएको रेडियो शिद्धबाबाका प्रवबन्ध निर्देशक टिकाजंग थापाले बताए ।
जिल्लामा पहाडीया र तराईबासीहरुले फरक फरक दिनमा होली पर्व मनाएको भएपनि आपसी सद्भाव, मायाँ ममत र स्नेह भने प्रगाढ रहेको उनको दावी छ । 

‘फागुपुर्णिमा अर्थात रंगहरुको पर्व होलीमा एक आपसमा रंग दलेर खुसी साटासाट गर्न पाउँदा पहाडी र तराईबासी विचको सम्बन्ध झनै प्रगाढ बन्ने निश्चित छ,’ उनले थपे । 



,

0 comments

Write Down Your Responses