Powered by Blogger.
ओझेलमा पर्यटकीय क्षेत्र फिक्कल(फोटोफिचर सहित)

सिन्धुली, १४  असार । सिन्धुली जिल्लाको सबैभन्दा अग्लो उचाईमा रहेको महादेवडाँडा, सोल्पा, खोलागाउँ र खाङसाङ्गको संगम स्थालको रुपमा रहेको फिक्कल क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँका स्थानीयहरु लागि परेका छन् । त्यहाँका स्थानीय वासिन्दाको प्रयास तथा स्थानीय स्तरमा फिक्कललाई विश्व सामु परिचित गराउन गठन गरिएको ‘विश्व प्रसिद्ध फिक्कल विकास संस्था’को प्रयासमा त्यस क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्र बनाउन लागिएको हो  ।
पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयको आर्थिक सहयोगमा नौ तलाको विश्व अबलोकन धरहराको निर्माण आरम्भ हुनुका साथै फिक्कलमा भएको बहुमूल्य प्राकृतिक स्रोत साधन तथा धार्मिक मान्यताका कारण फिक्कल पर्यटनको क्षेत्रमा नमुना क्षेत्रको रुपमा विकास हुन लागेको महादेवडाँडा गाविसका विष्णु सुनुवारले बताए ।
समग्र जिल्लालाई नै पहिचान दिलाउन सक्ने सुनुवार सस्कृति, मगर सँस्कृति र जिल्लाको नाचको रुपमा परिचित मारुनी नाच र लहरे भाकाको उद्गम स्थल पनि फिक्कल आसपासका गाउँ वस्तीहरु भएकाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सुनुवारको भनाई छ ।
पछिल्लो सर्बे अनुसार ७ हजार ७ सय ७१ फिट उचाईमा रहेको यो पहाड त्यहाँ पाईने १३४ प्रजातिको बहुमूल्य जडिबुटिहरुका कारणले पनि चर्चामा छ भने सम्भावित सुनखानीको क्षेत्र भनेर पनि बेला वखतमा चर्चामा आउने गरेको छ ।
त्यस्तै फिक्कल पहाडमा नै रहेको रहस्यमय गुफा पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको छ ।  फिक्कलको पर्यटकीय विकासले फिक्कल र सिन्धुली जिल्ला मात्र नभएर छिमेकि जिल्लाहरु रामेछाप,
ओखलढुङ्गा, उदयपुर लगायतका जिल्लाहरु समेत आर्थिक दृष्टिले सवल बन्ने स्थानीयको अनुमान छ  । फिक्कललाई पर्यटकीय क्षेत्र बनाउन सुनकोशीमा ¥याफ्टिङको व्यवस्था, लोप हुन थालिसकेको स्याउ खेतिको सुरुवात, जैतुन (ओलीव) खेतीको आरम्भ गरेर आर्थिक रुपमा समेत फिक्कल बासीलाई बलियो बनाउने लक्ष्य रहेको फिक्कल विकास सस्थाले जनाएको छ ।




,

0 comments

Write Down Your Responses