Powered by Blogger.
सिन्धुलीमा विद्यार्थी बोकेको बोलेरो दुर्घट्ना १ को मृत्यू

सिन्धुली १५, असार । सिन्धुलीमा विद्यार्थी बोकेको सिंगलक्याप बोलेरो बिहिबार दिउँसो दुर्घट्ना हुँदा १ जनाको मृत्यू हुनको साथै १९ जना विद्यार्थी घाइते भएका छन् ।
गौमती उमावि माढीबजारबाट घर तर्फ फर्कदै गरेका विद्यार्थी सवार ज१च १२९७ नम्बरको बोलेरो वीपी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका ७ बुका पुल नजीकै दुर्घट्ना भएको हो ।
दुर्घट्नामा एक जना बालको मृत्यू भएको छ भने ९ जना विद्यार्थीको अवस्ता गम्भीर रहेको छ । मृतक विद्यार्थीको सनाखत हुन सकेको छैन । गम्भीर घाइते हुनेहरुमा कमलामाई नगरपालिका ११ का धनबहादुर वाइवाका १३ वर्षका छोरा अमृत वाइवा, जगतबहादुर गोलेको छोरा पर्तीमान गोले, जनकपुर नगरपालिका ११ का दिपक श्रेष्ठ, कमलामाई नगरपालिका १ कै ललितबहादुर मगर, हर्कबहादुर स्याङ्तान, मानबहादुर मगर राजीव वाइवा, प्रतापसिं स्याङ्तान, विनीता वाइवा, अस्मीमान मगर रहेका छन् ।
अन्य दश जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते मध्ये विनीता वाइवा, ललित मगर र अस्मीमान वाइवालाई थप उपचारका लागि काठमाण्डौं स्थित ट्रमा सेन्टरमा नेपाली सेनाको हेलीकप्टेर मार्फत लगिएको छ ।
अन्य गभीर घाइतेहरुलाई एम्बुलेन्स मार्फत काठामाण्डौं पठाइएको प्रमुख जिल्ला अधिकारी तराबहादुर कार्कीले बताउनु भयो ।
अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । बोलेरो विपी राजमार्गबाट करीव ३० फिट तल खसेको थियो ।
दुर्घट्ना केकारण भएको भन्ने एकिन नभएपनि चालक नजीकै बसेर सिकारुले चलाएका कारण दुर्घट्ना भएको घाइते विद्यार्थीहरुले जनाएका छन् । दुर्घट्नापछि बोलेरोको चालक फरार भएका छन् ।



,

0 comments

Write Down Your Responses